२०८१ बैशाख ८

कर्णालीको मुख्य न्यायाधिवक्तामा खड्का नियुक्त




२० माघ, सुर्खेत। कर्णाली प्रदेश मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त भएका छन् ।


Advertisement


मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परियारले शुक्रबार नियुक्त गरेका हुन् ।



उनलाई नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम नियुक्त गरिएको हो । खड्काले मुख्यमन्त्रीको कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्ने छन् ।

खड्काले आजै उच्च अदालत सुर्खेतका मुख्यन्यायधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गराएका छन् ।

Copy link
Powered by Social Snap