२०८२ चैत्र ११

राजनीति

पार्टीमा व्यक्तिवाद हावी भएको भन्दै रास्वपाका चितवन सभापतिले दिए राजीनामा

पार्टीमा व्यक्तिवाद हावी भएको भन्दै रास्वपाका चितवन सभापतिले दिए राजीनामा

राजनीति
१८ माघ, चितवन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले पार्टी भित्र व्यक्तिवाद चरम रुपमा हावी भएको भन्दै राजीनामा दिएका छन् । पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौंमा राजीनामा बुझाएका सापकोटाले पार्टी व्यक्तिवादी हैकम र अराजकतामा चलेकोले त्यस्तोमा बसेर काम गर्न नसकिने निष्कर्षसहित राजीनामा दिएको अनलाइनखबरसँग बताए । गत कात्तिकमा चितवन जिल्ल सभापति बनेका सापकोटाले गत मंसिर ४ गतेको निर्वाचन पनि जिल्ला समितिलाई पूर्णयता वाइपास गरेर एकाध झुण्डलाई लिएर चुनावमा परिचालन गरिएको आरोप लगाए । ‘पार्टी सभापति रविलाई नै भेटेर राजीनामा दिने सोच बनाएको थिए, उहाँसँग समय मिलेन’ सापकोटाले भने, ‘महामन्त्रीलाई भन्दा उल्टै चितवनबाट भोट आएन भन्नुभयो, दुई दुई सांसद र सबैभन्दा बढि समानुपातिक मत आएको चितवनलाई नै लान्छना लगाउनुभयो ।’ उनले रवि ल...
गृह मन्त्रालयका कारण गठबन्धन नटुटोस् भन्ने मेरो कोशिस छ : प्रधानमन्त्री

गृह मन्त्रालयका कारण गठबन्धन नटुटोस् भन्ने मेरो कोशिस छ : प्रधानमन्त्री

राजनीति
१७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी दिएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकबाट निस्कदै गर्दा सञ्चारकर्मीले प्रधानमन्त्री प्रचण्डलाई यसबारे जिज्ञासा राखेका थिए । ‘हामी सल्लाह गर्दैछौं । सकेसम्म यो (गठबन्धन) नटुटोस् भन्ने मेरो कोशिस छ,’ जवाफमा प्रधानमन्त्रीले भने । पार्टीको पदाधिकारी बैठकमा रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालयबारे निर्णय नलिन सुझाव आएको समेत प्रचण्डले बताए । ‘अदालतको पूर्णपाठ नआएसम्म आफैंसँग राख्न सुझाव धेरैको छ,’ उनले भने, ‘हामी सल्लाहमै छौं ।’ ...

गृहमन्त्री कसलाई बनाउने प्रधानमन्त्रीको अधिकार हो : महरा

राजनीति
१६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय सरकारको भएको भन्दै त्यो प्रधानमन्त्रीले टुंग्याउने बताएका छन् । सोमबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस बिषयमा पार्टीमा छलफल नभएको बताए । ‘गृहमन्त्रीको विषयमा प्रवेश नै गरिएन, यो सरकारको विषय हो’, महराले भने, ‘गृहमन्त्री को हुन्छ, को हुन्न भन्ने कुरा उहाँ (प्रधानमन्त्री) ले टुंगो लगाउने कुरा हो । यो पार्टीले टुंग्याउने कुरा होइन ।’ उनीअघि बैठकबाट निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि सञ्चारकर्मीले यसबारे प्रश्न सोधका थिए । गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले ‘बनाएपछि थाहा हुन्छ’ भन्ने जवाफ दिएका थिए । अमेरिकी नागरिकता त्यागेर नयाँ नागरिकता नलिएको भन्दै सर्वोच्च अदालतले शुक्रबार गृह मन्त्रालय...
नवलपरासीको समग्र विकासका लागि सांसद विनोद चौधरीले गरे १५ आयोजना प्रस्ताव

नवलपरासीको समग्र विकासका लागि सांसद विनोद चौधरीले गरे १५ आयोजना प्रस्ताव

राजनीति
१३ माघ, बर्दघाट । नवलपरासी पश्चिम–१ बाट निर्वाचित सांसद विनोद चौधरीले जिल्लाकै समग्र विकासका लागि १५ वटा गौरवका आयोजना प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद चौधरीले प्रतिनिधिसभा निर्वाचनका दौरान जनता समक्ष गरेका प्रतिवद्धता अनुसार गौरवका योजनाहरु प्रस्ताव गरेका हुन् । सांसद चौधरीले समग्र जिल्लाको विकास र समृद्धि आफ्नो सरोकार भएको बताए । पहिलो चरणमा निर्वाचन क्षेत्र नम्बर १ को बृहत्तर विकासका लागि गहन अध्ययन गरेर गौरवका आयोजनाहरु छनोट गरिएको उनले बताए । सो क्षेत्रमा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिकाका ४ वटा वडा गरी कुल ३४ वटा वडाहरु पर्दछन् । सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला र विज्ञहरुसँग निरन्तर छलफल गरेर क्षेत्र र जिल्लाका प्राथमिकताहरु निर्धारण गरेका...
‘काठमाडौं महानगरको ज्यादतीविरूद्ध’ आज २ बजे माइतीघरमा खबरदारी सभा

‘काठमाडौं महानगरको ज्यादतीविरूद्ध’ आज २ बजे माइतीघरमा खबरदारी सभा

राजनीति
काठमाडौं महानगरपालिकाको चुनावमा अन्तिम मतपरिणाम घोषणा भएको दिन एउटा रोचक दृश्य देखिएको थियो। नवनिर्वाचित मेयर बालेन शाहलाई बधाई दिन उनकै प्रतिद्वन्द्वी सुमन सायमि अग्रस्थानमा उभिएका थिए। प्रतिस्पर्धाको चौथो स्थानमा रहेका सायमिले त्यस दिन बालेन शाहलाई बधाई र शुभकामना मात्र दिएनन्, राष्ट्रिय सभागृहबाट सुरू विजय जुलुसमा बालेनसँगै एउटै गाडीमा सवार भएर हिँडे। विजय यात्रा क्रममा एकैथरि भादगाउँले टोपी पनि पहिरिए। आँखीझ्याल चिह्न लिएर चुनाव लडेका र १३ हजार ७ सय ७० मत ल्याएका सुमन सायमिले त्यस दिन नयाँ मेयर बालेन शाहसँग मिलेर काम गर्न सक्ने संकेत पनि गरेका थिए। उनको भनाइ थियो, ‘बालेनले मिलेर काम गर्ने हो भनेका छन्। दाजुभाइ मिलेर काठमाडौं बनाउन–बचाउन सकिन्छ भने किन नगर्ने?’ यो २०७९ जेठ १३ को घटना हो। ठ्याक्कै आठ महिनापछि स्थितिले पल्टा खाएको छ। बालेनलाई मेयर जित्नेबित्ति...
<strong>यो कार्यकाल सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित : प्रचण्ड</strong>

यो कार्यकाल सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित : प्रचण्ड

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अहिलेको कार्यकाल सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित गर्ने बताएका छन् ।  मारवाडी सेवा समिति नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनताको शान्ति, समृद्धि, सामाजिक न्यायको आकांक्षालाई सम्बोधन गर्नुपर्ने र यसपटक सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित गर्ने बताए ।  उनले सबै मिलेर देश बनाउनुपर्ने धारणा राखे । आर्थिक परिसूचकहरु चिन्ताजनक अवस्थामा रहेका बेला सरकारको नेतृत्व गर्ने चुनौतीपूर्ण अवसर पाएको भन्दै उनले आर्थिक लगायतका समस्या समाधान गर्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताए । उनले नेपालको आर्थिक क्षेत्रमा मारवाडी समुदायको भूमिकालाई सरकारले सकारात्मक रुपमा लिँदै मारवाडी समुदायका विभिन्न मागलाई समाधान गर्ने प्रतिवद्धता जनाए ।  ...
<strong>राष्ट्रपतिको निर्वाचन फागुन २६ मा गर्ने तयारी </strong>

राष्ट्रपतिको निर्वाचन फागुन २६ मा गर्ने तयारी 

राजनीति
काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २६ गते गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगले यस विषयमा सरकारसँग पनि अनौपचारिक छलफल जारी राखेको स्रोतले जानकारी दिएको छ । आयोगमा भएको अनौपचारिक छलफलमा २६ गते शुक्रबार मतदानका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको छ । “आयोगको अन्तिम निर्णय हुन बाँकी छ,” निर्वाचन आयोग स्रोतले भन्यो, “२६ गते गर्दा उपयुक्त हुने निष्कर्ष निकालिएको छ ।” राष्ट्रपति  निर्वाचनको मिति  निर्वाचन आयोगले तोक्ने व्यवस्था छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिन लागेको हुँदा त्यसअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानमा पाँच वर्षको कार्यकाल हुने उल्लेख गरिएको भए पनि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनले एक महिना अघि नै निर्वाचन गरिसक्नुपर्ने भनेको छ । एक महिना अघि नै निर...
प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन

प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन

राजनीति
आफैमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन भएको छ।  बिहीबार गृह मन्त्रायका सह-सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो। अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सदस्य रहने गरी समिति गठन भएको हो। आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्नेगरी समितिलाई कार्यादेश दिएको मन्त्रालयले जनाएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार...
होटल, रेष्टुरेन्टले सेवा शुल्क लिन पाउने कानुन सर्वोच्चले गर्‍यो खारेज

होटल, रेष्टुरेन्टले सेवा शुल्क लिन पाउने कानुन सर्वोच्चले गर्‍यो खारेज

राजनीति
होटल, रेष्टुरेन्ट, मोटेल, जंगल सफारीलगायतले ग्राहकबाट सेवा शुल्कको नाममा अतिरिक्त पैसा लिन नपाउने भएका छन्।  बुधबारको संवैधानिक इजलासले यसरी सेवा शुल्क लिएर उठाउन पाउने गरी बनेका कानुन र नियमावलीका व्यवस्था खारेज गरिदिएको छ।  कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र अनिल सिन्हाको इजलासले  माघ ११ गतेदेखि नै लागू हुने गरी सो व्यवस्था खारेज गरिदिएको छ।  यसअघि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो। त्यसरी आएको रुपैयाँ मजदुर र उनीहरूका संगठनले भागबन्डा लगाउने व्यवस्था गरिएको थियो। अहिलेसम्म यसरी शुल्क लिनका लागि नियम कानुनले समेत उनीहरूलाई छुट दिएको थियो।  श्रम ऐन २०७४ को दफा ८७ को ३ र श्रम नियमावलीको दफा ८२ ले अतिरिक्त सेवा शुल्क उठाउने छ...
माओवादीमा बहस: कांग्रेसले समेत विश्वासको मत दिएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमति

माओवादीमा बहस: कांग्रेसले समेत विश्वासको मत दिएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमति

राजनीति
नेकपा (माओवादी केन्द्र) भित्र राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमतिलाई जोड दिनेबारे छलफल भएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकमा कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा जोड दिनुपर्ने छलफल भएको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले मिश्रित संसद रहेकाले संसदको पाँच वर्षे कार्यकाल सुनिश्चित गर्न र संविधानको संरक्षण र राजनीतिक दलहरूबीच सहमतिमा सहजताका लागि माओवादीले राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिलाई नै जोड दिने बताए।‘संविधानको संरक्षक तथा साझा अभिभावक राष्ट्रिय सहमतिबाटै चयन गर्दा सहज हुन्छ भन्ने माओवादी केन्द्रमा छलफल भएको छ,’ पौडेलले भने। प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले समेत विश्वासको मत दिएपछि नयाँ परिस्थिति सिर्जना भए...