२०८२ माघ २४

राजनीति

उपसभामुखमा मुक्ताकुमारीलाई मतदान गर्न कांग्रेसको ह्वीप

उपसभामुखमा मुक्ताकुमारीलाई मतदान गर्न कांग्रेसको ह्वीप

राजनीति
नेपाली कांग्रेसले उपसभामुख पदमा पार्टीकी उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न ह्वीप जारी गरेको छ। मुख्यसचेतक रमेश लेखकले शुक्रबार सूचना निकालेर उपसभामुखमा यादवलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन्। शुक्रबार उपसभामुख पदका लागि कांग्रेसबाट सांसद यादवले उम्मेदवारी दिएकी छन्। कांग्रेसले शनिबार हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई आग्रहसमेत गरेको छ। ‘उपसभामुखको निर्वाचन सम्बन्धी प्रस्तावहरु प्रस्तुत हुने भएकोले उक्त बैठकमा प्रतिनिधि सभामा नेपाली कांग्रेसका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न र इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय...
वर्षमान पुन डिस्चार्ज

वर्षमान पुन डिस्चार्ज

राजनीति
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका छन्। कलेजोमा समस्याका कारण सुमेरू अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको उनको सचिवालयले जनाएको छ। उनको उपचारमा संलग्न चिकित्सक युवराज शर्माले स्थिति जटिल बनेपछि कलेजो प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका थिए। स्वास्थ्यमा सुधार भएपछि प्रत्यारोपण गर्नुपर्ने जरूरी नदेखिएको बताइएको छ।  ...
विगतको सरकारले छिमेक सम्बन्ध तरंगित र असन्तुलित बनायो: ओली

विगतको सरकारले छिमेक सम्बन्ध तरंगित र असन्तुलित बनायो: ओली

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतको सरकारले छिमेकी देशहरूसँगको सम्बन्ध तरंगित र असन्तुलित बनाएको बताएका छन्। एमाले परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले विगतमा अन्तर्राष्ट्रिय सम्बन्ध विवादास्पद ढंगले चलेको बताए। ‘विगत सरकारका समयमा हामीले देख्यौं अनावश्यक ढंगले हाम्रो छिमेक सम्बन्ध तरंगित, असन्तुलित र बहुत बेढंगी तालले चल्यो। हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध विवास्दास्पद ढंगले चल्यो,’ उनले भने। उनले दुई छिमेकी देशसँग आफूहरूले कुनै प्रति प्रकारको ‘कार्ड’ नखेल्नेसमेत बताएका थिए। उनले छिमेकीहरूका निम्ति असल छिमेकी बन्न चाहेको र उनीहरूको कुभलो नगर्नेसमेत बताएका थिए। ‘हाम्रो भूमि कसैकाविरूद्ध प्रयोग गर्न दिँदैनौं। हामी कसैका पनि सैन्य गतिविधिहरू वा त्यस्ता अड्डा हाम्रो देशमा राख्न दिँदैनौं,’ उनले भने, ‘छिमेक सम्बन्ध तनावग्रस...
एमालेले राष्ट्रपति उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ: ओली

एमालेले राष्ट्रपति उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ: ओली

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिने बताएका छन्। राष्ट्रपति एमालेले पाउने सहमति भइसकेको उनको दाबी छ। प्रतिनिधि सभा बैठक सकिएपछि बाहिरिने क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहीबार अपरान्ह पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले राष्ट्रपति पदमा एमालेबाट उम्मेदवार हुने बताए। ‘नेकपा एमालेले राष्ट्रपति उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो,’ अध्यक्ष ओलीले भने, ‘त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरूबीच सहमति अनुसार नै राष्ट्रपति चयन गरिने बताइरहेका छन्। गत पुस २६ मा प्रधानमन्त्री दाहाललाई कांग्रेसले पनि विश्वासको मत दिएको थियो। कांग्रेसले राष्ट्रपति आफूहरूले पाउनुपर्ने दाबी गरिरहेको छ। कांग्रेसले गठबन्धन भत्काउने र राष्ट्रपति लिने कोसिस गरिरहेकोबारे सोधिएको प्रश्नमा ओली...
लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

राजनीति
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन्। सात वटा दलका ५६ र दुई जना स्वतन्त्र सांसद गरी ५८ जनाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले बिहीबार दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा विश्वासको मत लिएका हुन्। नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन्। यसअघि मुख्यमन्त्री नियुक्ति हुँदा समर्थन नगरेको एकीकृत समाजवादीले पनि गिरीलाई विश्वासको मत दिएको छ। सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य भगवती घिमिरेले मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएकी छन्। योसँगै प्रदेश सरकारलाई ८ वटा राजनीतिक दल र दुई जना स्वतन्त्र सांसदको समर्थन पुगेको छ। नेकपा माओवादी केन्द्रका संसदीय दलका ने...
देवराज घिमिरे सभामुखमा निर्वाचित भएपछि…(तस्बिरहरू)

देवराज घिमिरे सभामुखमा निर्वाचित भएपछि…(तस्बिरहरू)

राजनीति
नेकपा (एमाले) का सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन्। बिहीबार भएको मतदानमा घिमिरेले १६७ मत पाए भने उनको विपक्षमा १०० मत पर्‍यो। एक जना सांसदले मत दिएनन्। आजको बैठकमा २६८ सांसद उपस्थित थिए। घिमिरे सभामुखमा निर्वाचित भएपछि सांसदले उनलाई खादा लगाएर बधाई दिएका थिए। तस्बिरहरू: ...
सभामुख निर्वाचनमा यी हुन् अनुपस्थित हुने ६ जना सांसद

सभामुख निर्वाचनमा यी हुन् अनुपस्थित हुने ६ जना सांसद

राजनीति
नेकपा (एमाले) का सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्। कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी ईश्वरीदेवी न्यौपानेले १०० मत प्राप्त गरेकी थिइन्। २७५ सदस्य रहेको प्रतिनिधि सभामा बिहिबार २६८ जना उपस्थित थिए। मतदान प्रक्रियामा सहभागी नभएका ७ जनामध्ये राप्रपाका सांसद सभाध्यक्षको भूमिकामा छन्। यस्तै अन्य अनुपस्थित हुने सांसदहरूमा नेपाली कांग्रेसका ३ जना, माओवादी केन्द्र र नेकपा एमालेका १-१ जना थिए। माओवादी केन्द्रका वर्षमान पुन अस्पतालमा उपचाररत छन् भने नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी र कांग्रेसका बिनाकुमारी थनैत, मनोरमा शेरचन र सपना राज भण्डारी अनुपस्थित रहे। ...
राष्ट्रिय सभामा विश्वविद्यालय विधेयक, २०७९ पेस

राष्ट्रिय सभामा विश्वविद्यालय विधेयक, २०७९ पेस

राजनीति
राष्ट्रियसभा आजको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएको छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले उक्त विधेयकसभासमक्ष पेस गरेकी हुन्। मन्त्री पौड्यालले विधेयक प्रस्तुत गर्दै सूचना र प्रविधिको विकाससँगै मौलिक विषय समेटेर गुणस्तरीय र समयसापेक्ष मुलुकको विकासका लागि उक्त विश्वविद्यालय स्थापना गर्नुपर्ने जरूरी भएको बताइन्। उनले मुलुकको समृद्धिका लागि नैतिक मूल्य र मान्यताको विकासका लागि उक्त विधेयक आवश्यकता भएकाले ल्याइएको स्पष्ट पारिन्। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा जानकारी गराए। बैठकमा राष्ट्रियसभाअन्तर्गत विषयगत समितिमा रहने सदस्यको थप नाम मनोनयन गरिएको थियो। बैठकमा अध्यक्ष तिमिल्सिनाले जनता समा...
उपसभामुख निर्वाचन माघ ७ मा हुने

उपसभामुख निर्वाचन माघ ७ मा हुने

राजनीति
यही माघ ७ गते शनिबार उपसभामुख चयनका लागि निर्वाचन हुने भएको छ। ज्येष्ठ सदस्य पशुपतिशम्मेर जबराले शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने र उक्त बैठकमा उपसभामुख चयन गरिने बताए। बिहीबार बसेको प्रतिनिधि सभा बैठकले नेकपा एमालेका सांसद देवराज घिमिरेलाई सभामुख चयन गरेको छ। नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने भने पराजित भइन्। उपसभामुखको निर्वाचन कार्यतालिका पनि प्रकाशित गर्न ज्येष्ठ सदस्यले निर्देशन दिएका छन्। उपसभामुखमा दलहरूले कसलाई उम्मेदवार बनाउने टुंगो लागिसकेको छैन। ...
पूर्वप्रधानमन्त्री खनालको संयोजकत्वमा ‘वैचारिक नीति निर्माण समिति’ गठन

पूर्वप्रधानमन्त्री खनालको संयोजकत्वमा ‘वैचारिक नीति निर्माण समिति’ गठन

राजनीति
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा पार्टीको वैचारिक नीति निर्माण समिति गठन गरिएको छ। यो समितिले पार्टी निर्माणको मूल दिशाको बारेमा दस्तावेज मस्यौदा तयार गर्ने उक्त समितिको सदस्यमा महासचिव बेदुराम भुसाल, उपमहासचिवहरू जगन्नाथ खतिवडा, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन्। यसैगरी समितिमा राजेन्द्र राई, रामकुमारी झाक्री, सावित्रा भुसाल र गणेश विक सदस्य छन्। समितिले निर्माण गर्ने पार्टीको सिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक मूल नीति, कार्यक्रम निर्माण गरेपछि त्यसलाई पार्टीको केन्द्रीय बैठकले पारित गरी कार्यान्वयन गर्नेछ। पार्टीको दस्तावेज मस्यौदा समितिले पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजना गरेको कार्यक्रममा पार्टी जनसंगठनका अध्यक्ष  र महासचिवहरू, विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिव,...