भ्रष्टाचार, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिँदैनौँ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन कामय गर्न, मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिने पक्षमा नरहेको बताएका छन् ।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा गृह मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को अन्तिम त्रैमासिक समीक्षा कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले सरकारको अभियानलाई विश्राम नलिई अगाडि बढाउने पक्षमा रहेको बताए ।
मुलुकमा सुशासन कायम गर्ने विषय पूर्वसर्तको रुपमा लिए भ्रष्टाचार, दण्डहीनता, ठगी अपराधविरुद्धमा कोही पनि निर्दोष नफसुन् र दोषी नउम्किउन् भन्ने हिसाबले काम गरिरहेको उनले बताए ।
मुलुकका जनताले स्वतन्त्रतापूर्वक जीवन बाच्ने वातावरण बनाउने र अपराधी, भ्रष्ट, ठग, तस्कर र अनियमितता गर्नेहरुलाई कानुनको दायरामा ल्याउने गरी काम अगाडि बढाएको उनले दाबी गरे । पुरानै गतिमा काम गरेर नपुग्ने निष्क...









