२०८२ पुष ६

राजनीति

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक जारी

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक जारी

राजनीति
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी छ । अहिले बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । नेताहरुबीच समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । सदनमा जारी रहेको अवरोधको विषयमा पनि छलफल हुने नेताहरुको भनाइ छ ।
७ महिनामा प्रधानमन्त्री प्रचण्डले गरे १२ पटक मन्त्रिपरिषदमा हेरफेर

७ महिनामा प्रधानमन्त्री प्रचण्डले गरे १२ पटक मन्त्रिपरिषदमा हेरफेर

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात महिनाको अवधिमा १२ पटक मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। २०७९ पुस ११ गते नेकपा माओवादी केन्द्र संसदीय दल नेता प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए। यसबीचमा प्रधानमन्त्री दाहालले गठबन्धनसमेत परिवर्तन गरेका थिए। पुसमा नेकपा एमाले, रास्वपा र राप्रपासहित दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहाल राष्ट्रपति निर्वाचनका बेला गत फागुनमा त्यो गठबन्धन छाडेर नेपाली कांग्रेससहित चुनावकै बेलाको गठबन्धनमा फर्केका थिए। प्रधानमन्त्री दाहालले २०७९ पुस ११, माघ ३, माघ १४, माघ २३, फागुन १४, फागुन १६, चैत १७ मा मन्त्रिपरिषद पुनर्गठन गरेका थिए। त्यस्तै २०८० वैशाख ३, वैशाख २१, वैशाख २४, जेठ ९ र साउन २९ मा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद पुनर्गठन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको तथ्यांकले देखाउँछ। पछिल्लो पटक प्रधानमन्त्री...
उपराष्ट्रपति यादव आज चीन जाँदै

उपराष्ट्रपति यादव आज चीन जाँदै

राजनीति
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज चीन जाँदै छन् ।  सातौं चाइना–साउथ एसिया एक्स्पो र २७औं चाइना कुनमिङ इम्पोर्ट एण्ड एक्सपोर्ट (कुनमिङ फेयर) मा सहभागी हुन उनी चीन जान लागेका हुन् ।  एक्स्पो कुनमिङमा बुधबारदेखि सुरु हुँदैछ ।   उपराष्ट्रपतिको चीन भ्रमण टोलीमा उनको श्रीमती चम्पादेवी यादव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र अन्य उच्च सरकारी अधिकारीहरु रहेका छन् ।   उपराष्ट्रपति यादवले एक्स्पोलाई बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  सातौं चाइना–साउथ एसिया एक्स्पोमा नेपाललाई ‘थिम कन्ट्र’को रुपमा राखिएको छ । एक्स्पोमा नेपाल प्याभिलियन रहनेछ जसको उद्घाटन उपराष्ट्रपति यादवले गर्नेछन् । प्याभिलियनमा एक सयभन्दा बढी नेपाली व्यापारीहरुले आफ्ना उत्पादनहरु प्रदर्शनी गर्ने जनाइएको छ ।  उपराष्ट्रपति यादव भद...
‘माधव नेपाल तर्सेर भाग्ने खालको मान्छे हुँदै होइन’

‘माधव नेपाल तर्सेर भाग्ने खालको मान्छे हुँदै होइन’

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । प्रवासी नेपाली एकता मञ्चको निमन्त्रणमा उनी युरोपका विभिन्न देशको भ्रमण पूरा गरी स्वदेश फर्किएका हुन् । “...पत्रपत्रिकामा मेरो बारेमा जोडिएर समाचार आयो, कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्ने कुरा बुझ्नुपर्थ्यो,” उनले भने, “गोली चल्ने बेलामा, गोली खानी बेलामा त नभाग्ने मान्छे, अनि बदमासी र कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल हुँदै होइन । उनी यही साउन २२ गते बिहान टर्किस एयरको विमानबाट स्वीट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेका थिए । त्यसको एक दिनअघि सर्वोच्च अदालतले ललितनिवास जग्गा प्रकरणमा ...
अनितादेवीले लिइन् मन्त्रीको शपथ

अनितादेवीले लिइन् मन्त्रीको शपथ

राजनीति
काठमाडौं । नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सोमबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसित उनले शपथ लिएकी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनी जनमत पार्टीकी सांसद हुन् । यसअघि, नेकपा (माओवादी केन्द्र)का तर्फबाट सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई फिर्ता बोलाइएको थियो । ...
नेपाल र यूएसएआईडीबीच संयुक्त पोर्टफोलियो समीक्षा सम्पन्न

नेपाल र यूएसएआईडीबीच संयुक्त पोर्टफोलियो समीक्षा सम्पन्न

राजनीति
काठमाडौं । नेपाल सरकार र काठमाडौंस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)बीच आज संयुक्त पोर्टफोलियो समीक्षा सम्पन्न भएको छ । दुई निकायहरूबीचको आपसी समझदारी, जवाफदेहिता र सहकार्यलाई वृद्धि गर्दै उनीहरूबीचको साझेदारीलाई थप सुदृढ बनाउने दिशामा कार्यक्रम सफल भएको दाबी गरिएको छ । “अघिल्लो समीक्षाको सफलताको जगमा थप कार्य गर्दै संयुक्त पोर्टफोलियो समीक्षा २०२३ ले नेपालमा विकासका चुनौतीहरूलाई सम्बोधन गर्न र नेपाली नागरिकहरूको हितका लागि रणनीतिहरूलाई पङ्क्तिबद्ध गर्न संयुक्त प्रयासलाई बढावा दिएको छ,” काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रमले नेपाल सरकार र नेपाली जनतासँगको यूएसएआईडीको साझेदारीमार्फत हासिल भएका महत्त्वपूर्ण उपलब्धिहरूमाथि प्रकाश पार्दै थप सहकार्यका लागि क्षेत्रहरू पहिचान गरेको छ । नेपालका लागि अमेरिकी राजदूत ड...
प्रमुख प्रतिपक्षको आवाज दबाउन सदनमा सत्तापक्षले विरोध गर्‍यो : रघुजी पन्त

प्रमुख प्रतिपक्षको आवाज दबाउन सदनमा सत्तापक्षले विरोध गर्‍यो : रघुजी पन्त

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले नै संसद्मा विरोध गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए । संसद्मा आज प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्तापक्षले उभिएर विरोध जनाएको घटना संसद्मा पहिलोपटक देखेको पनि उनले बताए । सत्तापक्षका सांसदले प्रमुख प्रतिपक्षलाई बोल्न नदिने कुरा संसदीय मान्यताविपरीत भएको उनले जिकिर गरे । “संसद्मा बिरलै देखिने दृश्य आज देखियो । सामान्यतया संसद् सत्तापक्षले चलाउन चाहन्छ, प्रतिपक्षले आफ्ना कुरा राख्न चाहन्छ । संसद् सुरु भएर मुख्य प्रतिपक्ष दलको सांसद माननीय ज्वाला साहलाई सभामुखले बोल्न समय दिनासाथ सत्ता पक्षका सबै सांसदहरु उठेर उहाँलाई बोलेको कुरा नसुनिने गरी होहल्ला गरेर बोल्नै नदिने अवस्था भयो,” उनले भने, “यो संसदीय मान्यता...
कोशीमा जसपाकी निर्मला लिम्बूले स्वास्थ्य मन्त्रीको शपथ लिँदै

कोशीमा जसपाकी निर्मला लिम्बूले स्वास्थ्य मन्त्रीको शपथ लिँदै

राजनीति
कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बूले आज स्वास्थ्य मन्त्रीको शपथ लिने भएकी छन्। मुख्यमन्त्री उद्धव थापाले लिम्बूलाई आज तीन बजे शपथ गराउने कार्यक्रम छ। सभामुखले समेत हस्ताक्षर गरेर मुख्यमन्त्री बनेका थापालाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि थापा साउन १६ मा दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।  यसअघि सत्ता गठबन्धनका दलहरू कांग्रेस , माओवादी , एकीकृत समाजवादीबाट एक/एक जना मन्त्री नियुक्त भैसकेको प्रदेशमा आज जसपा पनि सामेल हुने भएको हो।  मुख्यमन्त्री थापाले प्रदेशमा कोशी नामविरूद्ध आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिबद्धता जनाएपछि आफू सरकारमा सामेल हुन लागेको लिम्बूले बताइन्। मुख्यमन्त्री थापाले विज्ञप्ति जारी गरेर यस्तो प्रतिबद्धता जनाएका हुन्।  जसपा सांसद निर्मला लिम्बू यसअघि एमाले नेता हिक...
रास्वपाका सांसदले सदन अवरोधको समयको सुविधा नलिने

रास्वपाका सांसदले सदन अवरोधको समयको सुविधा नलिने

राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरोधको समयको सुविधा नलिने भएको छ । रास्वपा संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने जानकारी गराएका हुन् । “पुनश्चः राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्माननीय सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्दछ,” सभामुखलाई बुझाएको पत्रमा भनिएको छ, “साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्दछ ।” त्यस्तै, संसद् बैठक नियमित चल्नका लागि पहलकदमी गर्न पनि सभामुखलाई आग्रह गरिएको छ । ...
उच्चस्तरीय समिति बनाएर भ्रष्टाचारविरुद्ध छानबिन गरौं : नेसपा अध्यक्ष भट्टराई

उच्चस्तरीय समिति बनाएर भ्रष्टाचारविरुद्ध छानबिन गरौं : नेसपा अध्यक्ष भट्टराई

देश, राजनीति, समाचार
बुटवल — नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अधिकार सम्पन्न उच्चस्तरीय छानबिन समिति बनाएर पञ्चायतकालका मन्त्रीदेखि हालका मन्त्री र राष्ट्रपतिसम्मको भ्रष्टाचार विरुद्धका मुद्दाहरु छानबिन गर्न आग्रह गरेका छन् । बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले देशको प्रमुख कार्यकारी माथि नै प्रश्न उठेको समयमा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्न आवश्यक रहेको बताए । देशमा अस्थिर सरकार भएका कारण भ्रष्टाचारीमाथि अहिले उठेका विषयमा कारबाही हुनेमा शंका गर्ने प्रसस्त ठाउँ रहेको बताए । त्यस्तो हुन नदिन अधिकार सम्पन्न उच्चस्तरीय छानबिन समिति बनाएरै भ्रष्टाचारविरुद्ध छानबिन हुनुपर्ने उनले दोहोराए । भट्टराईले आफू शक्तिमा हुँदा विपक्षीलाई तर्साउन सरकारले विषयहरु उछाल्ने तर आफ्ना कुराहरु लुकाउने गर्न नहुने उल्लेख गरे । ‘अहिले प्रकान्तरले छानबिनका कु...