२०८२ पुष ६

राजनीति

संसद् खुलाउन राष्ट्रपतिको सक्रियता

संसद् खुलाउन राष्ट्रपतिको सक्रियता

देश, राजनीति, समाचार
प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षपछि प्रमुख प्रतिपक्ष एमाले अध्यक्षसँग राष्ट्रपतिको छलफल, सर्वदलीय बैठक बोलाउने तयारी काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शीतल निवास बोलाएर संसद्को अवरोध खुलाउने विषयमा सहजीकरण गरेका छन् । त्यसअघि पनि पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग छलफल गरेका थिए । पौडेलले संसद्को अवरोध हटाउने विषयमा सर्वदलीय बैठक बोलाउने मनस्थितिसमेत बनाइरहेको शीतल निवास स्रोतले बतायो । लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्य बढ्ने र संसद्प्रति जनतामा नकारात्मक प्रभाव पर्ने भन्दै पौडेलले एमाले अध्यक्ष ओलीलाई जिम्मेवारी भइदिन आग्रह गरेका छन् । ओलीले सत्तारूढ दलसँग राख्दै आएको न्यायिक जाँचबुझ आयोग गठनको विषय राष्ट्रपतिसँग पन...
संसद्को गतिरोध खुलाउन सत्तारूढ दलबीच छलफल

संसद्को गतिरोध खुलाउन सत्तारूढ दलबीच छलफल

राजनीति
काठमाडौं । सत्तारूढ दलहरूबीच प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गरिरहेको अवरोध खुलाउनेबारे छलफल भएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसद्को गतिरोध खुलाउने विषयमा छलफल गरेका हुन् ।  बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी थिए । ...
कोसीमा कांग्रेसका ज्येष्ठ सदस्य मण्डल बने कृषि राज्यमन्त्री

कोसीमा कांग्रेसका ज्येष्ठ सदस्य मण्डल बने कृषि राज्यमन्त्री

राजनीति
विराटनगर ।‌ नेपाली कांग्रेसका कोसी प्रदेशसभा सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त भएका छन् ।‌ मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।‌ मण्डलले बुधबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् । मण्डल प्रदेशसभामा ज्येष्ठ सदस्य हुन् । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद छन् । सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएसँगै गठबन्धनको बहुमत पुगेपछि कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । थापाले भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्छ ।‌ प्रदेशसभाको बैठक भदौ १ गते बोलाइएको छ । ...
गिरीबन्धु जग्गा प्रकरणमा विस्तारै अनुसन्धान सुरु हुन्छ : प्रधानमन्त्री

गिरीबन्धु जग्गा प्रकरणमा विस्तारै अनुसन्धान सुरु हुन्छ : प्रधानमन्त्री

राजनीति
३० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् । सम्पादकहरुसँग काठमाडौंमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताएका हुन् । केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३४२ विघा १९ कट्ठा, १२ घुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो । टी इस्टेट्सको जग्गा बहुमुल्य जग्गा बेच्नका लागि कानुन संशोधन गरेको आरोप लाग्दै आएको छ । सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिक काम बनाएको उनले बताए । भ्रष्टाचार र सुशासनलाई प्राथमिकता दिने क्रममा नक्कली शरणार्थी र ललिता निवास प्रकरण बाटोमा भेटिएका र त्यसमा सरकारले काम गरिरहेको ...
गण्डकी प्रदेशसभा बैठक बस्दै

गण्डकी प्रदेशसभा बैठक बस्दै

राजनीति
गण्डकी प्रदेशसभा बैठक आज दिउँसो १ः०० बजे बस्दैछ। ‘बिजनेस’ नभएपछि बैठक दुई पटकसम्म स्थगन भएको थियो।   आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ।  सरकारले ल्याएको वन विधेयक बैठकमा पेस हुने सचिवालयका प्रवक्ता प्रेम सुवेदीले बताए। यसअघि गत बिहीबार र सोमबारलाई डाकिएको बैठक सरकारले बिजनेस दिन नसकेपछि स्थगन भएको थियो। प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईवस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरूरी सार्वजनिक महत्वका दुई वटा प्रस्ताव पनि प्रदेश सभा सचिवालयमा दर्ता गरेको छ।  प्रदेश सभाको दोस्रो कार्यकाल सुरू भएको सात महिना बितिसक्दा पनि ‘मिनी संसद’ मानिने विषयगत समिति अझै गठन हुनसकेको छैन। प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेश सभामा अर्थ तथा विकास, सार...
भारतीय स्वतन्त्रता दिवसमा प्रधानमन्त्री प्रचण्‍डले दिए समकक्षी मोदीलाई बधाई

भारतीय स्वतन्त्रता दिवसमा प्रधानमन्त्री प्रचण्‍डले दिए समकक्षी मोदीलाई बधाई

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको उपलक्ष्यमा बधाई तथा शुभकामना दिएका छन्। मंगलबार परेको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले ट्विट गर्दै मोदीलाई बधाई एवं शुभकामना दिएका हुन्।  उनले प्रधानमन्त्री मोदीसँगै भारतका जनतालाई पनि शुभकामना व्यक्त गरेका छन्।  ‘भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा म प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका जनतालाई निरन्तर शान्ति, प्रगति र समृद्धिका लागि हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहान्छु,’ उनले लेखेका छन्।  https://twitter.com/PM_nepal_/status/1691326379152019456?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1691326379152019456%7Ctwgr%5Ebb8a52f762908dcfaf989f3880f12302d2301208%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2F ...
नयाँ-नयाँ काम गर्न एमालेबाट बिदा लिएको हुँः केशव स्थापित

नयाँ-नयाँ काम गर्न एमालेबाट बिदा लिएको हुँः केशव स्थापित

राजनीति
गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी केशव स्थापितले नेकपा (एमाले) को केन्द्रीय कमिटीबाट बिदा लिएका छन्।  राजनीतिकर्मी र विवादित व्यक्तित्वको समानान्तर छवि बनाएका स्थापित नेकपा (एमाले) फर्किएको करिब ८ वर्षपछि पुनः निष्क्रिय बसेका छन्। एमालेको सोमबार बसेको सचिवालय बैठकले उनीसहित सिराहका प्रदोदनारायण यादवलाई बिदा दिने निर्णय गरेको छ। एमालेको सक्रिय राजनीतिबाट विश्राम लिने निर्णयमा पुगेपछि उनीसँग हामीले कुराकानी गरेका छौं। सुरूमा उनले पार्टीबाट बिदा लिएको स्वीकार गर्न चाहेनन्। ‘कसले भन्छ मलाई समेत थाहा नभएको कुरा,’ उनले अस्वीकार गर्दै भने। तर पार्टीका नेताहरूले नै जानकारी गराएको भनेपछि ‘यो त मैले पो भन्नुपर्थ्यो’ भन्दै कारण बताउन थाले। पार्टीको सक्रिय राजनीतिलाई केही समयका लागि बिसाएर अध्ययन र थाती रहेका केही काम गर्न...
उपराष्ट्रपति यादव चीन प्रस्थान

उपराष्ट्रपति यादव चीन प्रस्थान

राजनीति
काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादव पहिलो विदेश भ्रमणको रुपमा चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको गृहकार्य चलिरहँदा उपराष्ट्रपति यादवको नेतृत्वमा एक टोली त्यसतर्फ गएको हो । मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण गत बुधबार स्वीकृत गरेको थियो । उपराष्ट्रपति यादवको भ्रमण साउन २९ देखि भदौ ४ सम्म एक साताको हुनेछ । उपराष्ट्रपति यादव चीनको कुनमिङमा आयोजना हुने सातौं चीन–दक्षिण एसिया एक्स्पो तथा २७ औं चीन आयात–निर्यात एस्क्पोमा सहभागी हुनेछन् । उनको टोलीमा शिक्षामन्त्री अशोक राई, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत अधिकारीहरू सहभागी छन् । ...
अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छु : प्रधानमन्त्री

अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छु : प्रधानमन्त्री

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा आयोजित विभागीय मन्त्री, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीचको संयुक्त बैठकमा बोल्दै प्रधानमन्त्रीले अर्थतन्त्रमा क्रमशः सुधार आए पनि जनतामा विश्वास जाग्ने गरी सुधार ल्याउन अर्थतन्त्र चलायमान बनाउन अनिवार्य रहेको बताएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, "अर्थतन्त्रमा क्रमशः सुधार आएको छ। रेमिट्यान्स बढेको छ, पर्यटक आगमन वृद्धि भएको छ, राजश्व संकलनमा पनि सुधार आएको देखिन्छ, तर जनतामा आशा जाग्ने गरी, व्यवसायमा आत्मविश्वास पैदा हुनेगरी अर्थतन्त्रमा गुणात्मक सुधार आउन सकेको छैन। यसको खास कारण के हो, यसबारे सरकार र निजी क्षेत्र दुवै पक्षले गहन अध्ययन गरौँ र जे–जे गर्नुपर्छ गरेर अर्थतन्त्र चलायमान बनाउँ।" "निजी क्षेत्रलाई विश्वासम...
भ्रष्टाचार, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिँदैनौँ : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचार, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिँदैनौँ : गृहमन्त्री श्रेष्ठ

राजनीति
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन कामय गर्न, मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिने पक्षमा नरहेको बताएका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा गृह मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को अन्तिम त्रैमासिक समीक्षा कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले सरकारको अभियानलाई विश्राम नलिई अगाडि बढाउने पक्षमा रहेको बताए ।  मुलुकमा सुशासन कायम गर्ने विषय पूर्वसर्तको रुपमा लिए भ्रष्टाचार, दण्डहीनता, ठगी अपराधविरुद्धमा कोही पनि निर्दोष नफसुन् र दोषी नउम्किउन् भन्ने हिसाबले काम गरिरहेको उनले बताए ।  मुलुकका जनताले स्वतन्त्रतापूर्वक जीवन बाच्ने वातावरण बनाउने र अपराधी, भ्रष्ट, ठग, तस्कर र अनियमितता गर्नेहरुलाई कानुनको दायरामा ल्याउने गरी काम अगाडि बढाएको उनले दाबी गरे । पुरानै गतिमा काम गरेर नपुग्ने निष्क...