२०८१ बैशाख ८

‘प्रधानमन्त्रीलाई भनेको छु, काम गर्न जहाँ पनि तयार छु’- डा. खतिवडा

Credit: CLICKMANDU

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्रीलाई आफूले जुन ठाउँमा भए पनि काम गर्न तयार रहेको बताएका छन् ।

शुक्रबार राजीनामा बुझाउनु अघि मन्त्रालय मातहतका विभागीय प्रमुखहरुसँगको भेटमा खतिवडाले भने, ‘मैले प्रधानमन्त्रीलाई भनेको छु, मेरो ज्ञान, अनुभवलाई निष्ठापूर्वक प्रयोग हुने ठाउँमा, जुन पदमा, जुन जिम्मेवारीमा वा बिना पद र जिम्मेवारी रहे पनि पदीय जिम्मेवारी बाहिर रहे पनि काम गर्न तयार छु । त्यसैले मबाट सहयोग प्राप्त हुन सक्छ भने निसंकोच भन्दा हुन्छ ।’

विभागीय प्रमुखहरुसँगको भेटमा खतिवडाले कैयन पटक भविष्यमा केही परे आफू सहयोग गर्न तयार रहेको र निसंकोच सहयोग माग्न आग्रह गरे ।

उनले आफूले मन्त्रालयमा दुई जना सचिवलाई मिलाएर राख्न सकेकोमा गर्व समेत गरे ।

‘पहिले मन्त्रालयमा अर्थ र राजस्व सचिव हुँदा दुईबीच कहिले के कहिले के चलिरहेको हुन्थ्यो । तर, मैले त्यो बुझेको हुनाले त्यो मौका नै दिइन, मैले जहिले पनि उहाँहरुको कुरा बराबरी रुपमा सुने,’ उनले भने ।

आफूले गर्दा अर्थमन्त्रालयको छवी बलियो बनाएकाले सबैले गर्न समेत सुझाव दिए । मेरो आफ्नो निजी सचिवालय ‘फ्यान्ट्यास्टिक’ भयो । मेरो मनोविज्ञान बुझेर काम गर्ने सचिवालय पर्यो । मलाई फेरि २० को १९ पनि हुन नहुने त्यसैले बुझेर काम गर्नु भयो । ठूलो बोली पनि बोल्नु परेन ।


Advertisement


कर नीतिबारे के भने ?
दशकौंदेखि कोसिस गरेको ट्याक्स रिफर्मका कुराहरुमा पहिलो त ट्याक्स सिस्टमलाई प्रोग्रेसिभ बनाऔं भनेर म योजना आयोगको उपाध्यक्ष हुँदा २ पटक प्रयास गरे तर साथीहरुले मान्नु भएन । यो आयकरको दर नचलाऔं, बेस बिग्रन्छ, घट्छ, यहाँ ६ अर्ब घट्छ, यहाँ ४ अर्ब घट्छ भनेर हैसान गर्नु भयो ।

तर मैले भने ‘नो’ ।

यो हाम्रो पार्टीको सिद्दान्त हो, बैचारिक कुरा हो । सामाजिक न्यायसँग सम्बन्धित कुरा भएकाले यो गर्ने नै हो । मूल्यअभिवृद्धि कर रिग्रेसिभ नै हो । त्यो छल्न गाह्रो हुन्छ । सर्वसाधारणले उपयोग गर्ने कुरालाई बाहिर राखौं तर करको दायरामा आएको कुरालाई छुट नदिऔं भने । सर्वसाधारणले तिरेको कुरालाई बिक्रेतालाई फिर्ता नदिऔं भने । मोबाइल, तेल, घिउ, चामलमा पनि दिएर हामीले वर्षमा अर्बौ रुपैयाँ जोगायौं ।

Copy link
Powered by Social Snap