२०८१ बैशाख ७

कुन पसल कुन बार खोल्न पाइने ?

तरकारी र खाद्यका पसल साँझ पनि खोल्न पाइनेलुगा र जुत्ता पसल सोमबार, बुधबार र शनिबार, भाँडा र भान्साका सामाग्री पसल आइतबार, मंगलबार र शुक्रबार खोल्न पाइने

साभार: कान्तिपुर

काठमाडौँ — उपत्यकामा बिहीबारदेखि निजी तथा सार्वजनिक सवारीका साधनहरु जोर बिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ । सार्वजनिक सवारीको सवालमा भने १६ सिटभन्दा बढी क्षमता भएकाले थोरै यात्रु राखेर चलाउन पाइने भएको छ । ट्याक्सीको हकमा चालकसहित ३ जनासम्म चलाउन पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

आदेशअनुसार अब तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ । यो आदेशमा काठमाडौंमा विभिन्न किसिमका पसलहरु कुन बार खोल्न पाइने भन्ने उल्लेख गरिएको छ । सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसलहरु स्वास्थ्य मापदण्ड अपनाइ सातामा सोमबार, बुधबार र शनिबारमात्र खोल्न पाइने निर्णय प्रशासनले गरेको छ । यस्तै, भाडा र भान्साका सामाग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइनेछ । यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबारमात्रै खोल्न पाइनेछ ।


Advertisement


फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने आदेश गरिएको छ । प्रशासनले यी निर्णयहरु भदौ ३१ गते मध्यरातिसम्म लागू हुने पनि जनाएको छ ।

निषेधाज्ञा खुकुलो बनाउने निर्णयहरु हेर्नुस् :


Copy link
Powered by Social Snap