२०८२ पुष २

राजनीति

चौथो पटक सर्‍यो काँग्रेसको बैठक

चौथो पटक सर्‍यो काँग्रेसको बैठक

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक चौथो पटक पनि सरेको छ । केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बैठक २७ कात्तिकमा बस्ने गरी सारिएको जानकारी दिए । यस अघि नेताहरुलाई कोरोना देखिएपछि १९ असोजबाट २५ असोजका लागि बैठक सारिएको थियो । २५ असोजमा पनि केन्द्रीय समिति बैठक बस्न सकेन । त्यसपछि २१ कात्तिकमा बस्ने गरी बैठक बोलाइएको थियो ।  पार्टीमा सहमति नभएपछि २१ कात्तिकका लागि बोलाइएको बैठक २४ कात्तिकका लागि सारिएको थियो ।  Advertisement काँग्रेसका शीर्ष नेताबीच पार्टी केन्द्रीय विभागको गठन, क्रियाशील सदस्यताको वितरण, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका सम्बन्धमा सहमति हुन नसकेपछि चौथो पटक बैठक सारिएको छ ।  उक्त विषयमा विधान विपरीत निर्णय भएको भन्दै वरिष्ठ नेता रामचन्द्र...
संघीयता लौकाको चिचिला होइन : मन्त्री जितेन्द्र सोनल

संघीयता लौकाको चिचिला होइन : मन्त्री जितेन्द्र सोनल

देश, राजनीति, समाचार
२२ कात्तिक, वीरगञ्ज । प्रदेश २ का भौतिक पूर्बाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री नै प्रदेशको अधिकार कटौती गर्न लागेको आरोप लगाएका छन् । ‘संघीय सरकार संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पर्दैन भन्छ । संविधानले प्रदेशलाई दिएको अधिकार कानुन बनाएर कटौति गर्न लागि परेको छ’ उनले भने, संघीयता लौकाको चिचिला होइन, जसलाई हातको औला देखाएपछि मुर्झाउँछ ।’ Advertisement मधेसी, आदिवासी जनजाति, दलित मुस्लिमलगायत सबैको छोराछोरीले शाहदत दिएर संघीयता ल्याएको भन्दै उनले कसले चाहँदैमा यसलाई उल्टाउन नसक्ने बताए । पर्साको बहुदरमाई नगरपालिका-२ पिपरामा आयोजित बहुउपयोगी आकस्मिक भवनको शिलान्यास गर्दै प्रदेश सरकारका मन्त्री सोनलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा असान्र्दभिक विचार र नेतृत्व हावी भएको बताए । राम जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले...
नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक आज पनि निष्कर्ष टुंगिएको छ

नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक आज पनि निष्कर्ष टुंगिएको छ

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक आज पनि निष्कर्ष टुंगिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो १ बजेको देखि ४ बजेसम्म चलेको बैठक आज पनि निष्कर्षमा पुग्न सकेन । चौथो दिन पनि नेताहरुले धारणा राखेरै बैठक टुंगिएको छ । आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता बलबहादुर केसी, रामशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, देउवा पक्षका एनपी साउदलगायतले धारणा राखेका थिए ।  जारी बैठकमा पौडेल पक्षीय नेताहरूले पार्टीको केन्द्रीय कार्यालयमा दर्ता गराएको १६ बुँदे ज्ञापनपत्रको पक्षमा धारणा राखेका थिए । संस्थापन पक्षीय नेताहरूले भने त्यसको प्रतिवाद गरेका थिए । Advertisement पौडेल पक्षले क्रियाशील सदस्यता, केन्द्रीय विभागको गठन, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका विषयमा विधान विपरीत न...
ओली संग अन्तिम वार्ता गर्न ५ नेता जाने : नारायण काजी श्रेष्ठ

ओली संग अन्तिम वार्ता गर्न ५ नेता जाने : नारायण काजी श्रेष्ठ

देश, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल औपचारिक रुपमा सचिवालय बैठक राख्न आग्रह गर्ने निर्णय गरेको छ । Advertisement बैठकले पार्टीभित्र देखिएका समस्यालाई बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि तत्काल सचिवालय बैठक डाक्न अर्का अध्यक्ष ओलीसँग आग्रह गर्ने निर्णय गरेको हो । त्यसका लागि शनिबार (भोलि) बिहान अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष प्रचण्डसहितको टोली बालुवाटार जाने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ओलीलाई भेट्न आज बैठकमा उपस्थित पाँचैजना पदाधिकारी जाने निर्णय भएको उनले बताए । प्रवक्ता श्रेष्ठले आजको बैठक पनि अध्यक्ष ओलीसँग सल्लाह गरेरै डाकिएको प्रस्ट पारे । आजको अनौपचारिक बैठकमा अध...
प्रचण्डले बोलाए सचिवालयको अनौपचारिक बैठक

प्रचण्डले बोलाए सचिवालयको अनौपचारिक बैठक

देश, राजनीति, समाचार
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाएका छन् ।  Advertisement अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् ।  नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक बैठक बस्न अस्वीकार गर्दै आएका थिए । साभार: रातोपाटी ...
बेपत्ताको पहिचानका लागि खोजतलासमा सहयोग गर्न आग्रह

बेपत्ताको पहिचानका लागि खोजतलासमा सहयोग गर्न आग्रह

देश, राजनीति, समाचार
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित र सरोकारवालासँग सशस्त्र द्वन्दका क्रममा बेपत्ता पारिएका व्यक्तिको पहिचानका लागि अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।  आज यहाँ आयोजित कार्यक्रममा आयोगका आयुक्त डा गंगाधर अधिकारीले आयोगले बेपत्ता पारिएका व्यक्तिको पहिचान र पीडितका परिवारले भोगिरहेको समस्या सम्वोधनका लागि निरन्तर काम गरिरहेको बताए ।  उनले अनुसन्धानलाई अन्तिम रुप दिन पीडित परिवार, स्थानीय तह, सरकार र अन्य सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको बताए । Advertisement आयोगका सदस्य डा. अधिकारीले आयोगमा देश भरीबाट तीन हजार दुई सय २३ उजुरी परेकामा बर्दियाबाट दुई सय ८८ उजुरी परेको जानकारी दिँदै तीमध्ये दुई सय ५५ उजुरीमा अनुसन्धान प्रक्रिया धेरै अघि बढिसकेको बताए ।  अनुसन्धान अगाडि बढेका उजुरीका पीडित परिवारलाई पीडित, स्थान...
काँग्रेस नेता जोशीले द्वारा कोरोना जोखिम न्यूनीकरण अभियान सुरु

काँग्रेस नेता जोशीले द्वारा कोरोना जोखिम न्यूनीकरण अभियान सुरु

देश, राजनीति, समाचार, सामाजिक
काठमाडौं । नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाबाट बच्न तथा संक्रमितको उपचारमा सहजीकरण अभियान सुरु गरेका छन्। गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेता जोशीले बुधबार पत्रकार सम्मेलन गर्दै अभियानअन्तर्गत मास्क, अक्सिमिटर, स्यानिटाईजर र औषधि वितरणसमेत गरिने जानकारी दिए ।  यसका साथै कोरोना संक्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गरिने समेत जानकारी नेता जोशीले दिए । अभियान सफल बनाउन कार्तिक २४ गतेदेखि नै डाक्टरहरुद्वारा फोन मार्फत कोभिड सम्बन्धी सल्लाह र सुझाव उपलब्ध गराउनेछ । यो सेवा बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा २४ सै घण्टा उपलब्ध जानकारी नेता जोशीले दिए । Advertisement कोरोना सम्बन्धी जानकारी लिनुपरे बिहान ९८४७३९४४३१ मा, दिउँसो ९८४७३९४८४५ मा र साँझ ९८४७३९४८४...
भारतीय राजदूतले भेटे परराष्ट्र सचिव

भारतीय राजदूतले भेटे परराष्ट्र सचिव

देश, राजनीति, समाचार
१९ कात्तिक, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटघाट गरेका छन् । भारतीय प्रधान सेनापति काठमाडौं आउनु भन्दा केही घन्टा अगाडि वुधबार विहान उनीहरुबीच भेट भएको हो । Advertisement भेटवार्ताको बारेमा क्वात्राले नेपाली भाषामै ट्विट मार्फत भनेका छन, ‘परराष्ट्र सचिव भरतराज पौड्यालजीसँग न्यानो भेट भयो । हामीबिच भारत–नेपाल सहकार्यमा भइरहेको ठोस प्रगतीबारे सकारात्मक छलफल भयो ।’ परराष्ट्र मन्त्रालयको सचिव बनेकोमा पौड्याललाई राजदूत क्वात्राले बधाईसमेत दिएका थिए । गत २२ असोजमा बसेको मन्त्रिपरिषद बैठकले पौड्याललाई परराष्ट्र मन्त्रालयको सचिवमा नियुक्त गरेको थियो । Credit: OnlineKhabar ...
सीमा विवादबारे चिनियाँ विदेश मन्त्रालयमा बाद विवाद

सीमा विवादबारे चिनियाँ विदेश मन्त्रालयमा बाद विवाद

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
१८ कात्तिक, काठमाडौं । हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको खबर असोज पहिलो साता सार्वजनिक भएपछि बेइजिङभन्दा पहिले नेपाल सरकार बोल्यो । र, चीनले नेपाली भूमि अतिक्रमण नगरेको स्पष्टीकरण दियो । काठमाडौंस्थित चिनियाँ दूताबासले पनि हुम्लामा नेपाली भूमि नमिचेको बतायो । तर सीमा विवादको बहस रोकिएन । प्रमुख विपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई स्थलगत अध्ययनमा पठायो र चिनियाँ पक्षबाट सीमा मिचिएको प्रतिवेदन सार्वजनिक गर्‍यो । त्यही प्रतिवेदनलाई टेकेर बेलायती पत्रिका दि डेल्ली टेलिग्राफले मंगलबार ‘एक्सक्लुसिभ’ भन्दै चीनले सेना पठाएर नेपाली भूभाग अतिक्रमण गरेको समाचार प्रकाशित गर्‍यो । त्यही समाचारमा आधारित भएर विश्वका अन्य सञ्चारमाध्यमले पनि सीमा मिचेको समाचार प्रकाशित गरेपछि चीन निकै क्रुद्ध बनेको छ । र, नेपालबारे कमै प्रश्न उठ्ने...
कांग्रेस प्रमुख सचेतकमा फखरुद्दिन नियुक्त, हमाल हटाइए : लुम्बिनी

कांग्रेस प्रमुख सचेतकमा फखरुद्दिन नियुक्त, हमाल हटाइए : लुम्बिनी

देश, राजनीति, समाचार
१८ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११ (१) को अधिकार प्रयोग गर्दै बाँकेका सुरेन्द्र हमाललाई हटाएर रुपन्देही ५ (२) बाट प्रत्यक्ष निर्वाचित खानलाई नियुक्त गरेका हुन् । खानलाई कात्तिक १७ गतेबाट लागू हुने गरी प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती र कांग्रेस केन्द्रीय कार्यालय सचिवलाई गराइसकेको नेता कनौडियाले जानकारी दिए । Advertisement पार्टी संसदीय दलको निर्देशन विपरीत गतिविधि गरेकाले हमाललाई हटाएर खानलाई नियुक्त गरिएको कांग्रेस स्रोतले जनाएको छ । प्रमुख सचेतकमा नियुक्त ४० वर्षका खान प्रदेशसभाका कांग्रेस सांसदमध्ये अध्...