कांग्रेस नेता पौडेल ३ घण्टापछि रिहा
तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै पक्राउ परेका पौडेललाई प्रहरीले तीन घण्टापछि छोडेको हो ।
पौडेलसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले रिहा गरेको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।
Advertisement
व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि गुगेका पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । पुल उद्घाटनका विषयमा नेपाली कांग्रेस र नेकपा निकट युवा सङ्घबीच विवाद भएपछि प्रहरीले दिउँसो निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटनका लागि गएका पौडेलसहितका नेतालाई प्रहरीले पक्राउ गरेको थियो ।
तनहुँका प्रमुख जिल्ला अधिकारी आचार्यले नेता पौडेलको सुरक्षाका लागि उहाँलाई नियन्त्रणमा लिएको बताए । रिहापछि काङ्ग्...









