२०८२ पुष २

राजनीति

मेयरहरुले निर्णय गरेपछि मात्र विद्यालय खोलिने – मेयर फोरम

मेयरहरुले निर्णय गरेपछि मात्र विद्यालय खोलिने – मेयर फोरम

देश, राजनीति, शिक्षा, समाचार, सामाजिक
ललितपुर महानगरपालिकाले काठमाडौँ भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र विद्यालय खोल्न उपयुक्त हुने जनाएको हो । जाडो समयमा कोभिड भाइरस बढी समय बाँच्छ भन्ने भनाइ रहँदा यसको असर विद्यार्थीमा नपरोस् भनी सो बैठकको छलफलपछि कसरी र कहिले विद्यालय खोल्न उपयुक्त हुन्छ, त्यसै गरिने महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, “काठमाडौँ उपत्यकाका नगरप्रमुखसँग छलफल गरेर विद्यालय खोल्दा सबैमा एकरूपता पनि आउनेछ ।” Advertisement अभिभावक र सम्बन्धित विज्ञको सकारात्मक सुझावपछि सही समयमा विद्यालय खोलिने भएको महानगरपालिकाका शिक्षा शाखा उपसचिव म...
सरकारलाई बदनाम गर्न आएको प्रतिवेदन अस्वीकार

सरकारलाई बदनाम गर्न आएको प्रतिवेदन अस्वीकार

देश, राजनीति, समाचार
सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको हालै सार्वजनिक भएको प्रतिवेदन अस्वीकार गर्ने निर्णय गरेको छ । आज मन्त्रिपरिपद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त सार्वजनिक भएको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएकोले अस्वीकार गर्ने निर्णय भएको बताउनुभयो । तथ्य, तथ्याङ्क जुटाएर कुनै खोज अनुसन्धान विनै मनोगत धारणामा प्रेरित गरेर प्रतिवेदन आएको प्रवक्ता गुरुङले बताउनुभयो । यस्तै, ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालको भ्रष्टाचार नियन्त्रणको सम्बन्धमा पु¥याउँदै आएको योगदानप्रति नेपाल सरकारले सम्मान गरेको भए तापनि उक्त संस्थाले हालै सार्वजनिक गरेको प्रतिवदेन पूर्णतः राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङद्धारा जारी गरेको प्रेस विज्ञप्ति उल्लेख गरिएको छ ।प्रमाणित नभएका आधारहीन तथ्यतथ्याङ्क जुटाएर कुनै ख...
प्र.म. को प्रचण्डलाई ‘काउन्टर’ प्रतिवेदन

प्र.म. को प्रचण्डलाई ‘काउन्टर’ प्रतिवेदन

देश, राजनीति, समाचार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छु्ट्टै प्रस्ताव ल्याएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि कार्यकारी अधयक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव ल्याएका हुन् । यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गर्दै प्रतिवेदन ल्याएपछि ओलीले पनि प्रचण्डलाई जवाफ दिने गरी प्रतिवेदन  ल्याएका हुन् । ओलीले आफ्नो प्रस्तावको सुरुमै भनेका छन्, ‘यही २०७७–०७–२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ । त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत न...
सबैको हितका लागि काम गर्छु : वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल

सबैको हितका लागि काम गर्छु : वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल

अर्थतन्त्र, आर्थिक, देश, राजनीति, समाचार
उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल बिजयी भएका छन् । महासङ्घको ५४ औँ वार्षिक साधारणसभामा शनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासङ्घको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र सङ्घाई निर्वाचित भएका छन् । महासङ्घमा जिल्ला नगर तर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । ढकाल समुहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याएका थिए । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मत मध्ये ढकालले ५ सय २२  र प्रधानले ३ सय ७५ मत पाए । यता, ६० जना कार्यकारणी सदस्य निर्वाचित भएका छन् । निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन महासङ्घको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थि...
चिनियाँ रक्षामन्त्री नेपाल आज आउँदै

चिनियाँ रक्षामन्त्री नेपाल आज आउँदै

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
चीनका रक्षामन्त्री आज आइतबार नेपाल आउने भएका छन्। जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। Advertisement साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ताको कार्यक्रम रहेको छ। रक्षामन्त्री वेइले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। ...
नेकपा सचिवालय बैठकका लागि प्रधानमन्त्री ओलीको जवाफ तयार

नेकपा सचिवालय बैठकका लागि प्रधानमन्त्री ओलीको जवाफ तयार

देश, राजनीति, समाचार
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बस्ने सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गरेका छन् । प्रधानमन्त्री ओलीले  पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राख्न लागेका हुन् । पूर्वनिर्धारित सचिवालयको बैठक शनिबार अपराह्न १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आधारभूतरुपमा प्रधानमन्त्री ओलीको जवाफ तयार भएको र त्यसले उनीमाथि लगाएका आरोपबारे स्पष्ट गर्ने बताए ।  नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख थापाले भने, “राजनीतिक आरोपबारे सामना गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ ।” यसअघि यही मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्य...
नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

देश, राजनीति, समाचार
नेपाल र भारतका उच्चतम कूटनीतिक अधिकारीहरूले शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउन पारस्परिक विश्वास र सहयोग अभिवृद्धि गर्दै त्यसलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । करिव एक वर्षको अन्तरालपछि राजधानीमा आज भएको नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठकमा त्यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो भने भारतले आजै भएको अर्को एक सार्वजनिक कार्यक्रममा सोही विषयमा जोड दिँदै ऐतिहासिक एवं मानव सभ्यतासँग जोडिएको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने दृढता व्यक्त गरेको छ ।  कोभिड–१९ सङ्क्रमितको उपचारका लागि भारतीय जनता र सरकारका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई २ हजार भाएल रेम्डिसिभिर इञ्जेक्सन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई मन्त्रालयको प्रेक्षालयमा हस्तान्तरण गरेपछि भारतका विदेश सचिव हर्षवर्धन श्रृङ्...
प्रधानमन्त्री ओलीको मोदीलाई सीमा समस्या बारे सन्देश

प्रधानमन्त्री ओलीको मोदीलाई सीमा समस्या बारे सन्देश

देश, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु¥याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएको छ ।  आफूसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका लागि आउनुभएका भारतीय विदेश सचिव हर्षबद्धैन श्रृङ्गलासँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उक्त सन्देश पु¥याइदिन आग्रह गरे ।  भेटको शुरुमै सचिव श्रृङ्गलाले आफ्ना प्रधानमन्त्री मोदीको दुई देशबीचको आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश प्रधानमन्त्रीलाई सुनाएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले राससलाई जानकारी दिए ।  दुवै देशका प्रधानमन्त्रिस्तरका सकारात्मक सन्देश आदानप्रदानले सीमा विवादलगायत विषयमा आगामी दिनमा ...
भारतीय विदेश सचिव नेपाल आउँदैः यस्तो छ शृङ्गलाको कार्यव्यस्तता

भारतीय विदेश सचिव नेपाल आउँदैः यस्तो छ शृङ्गलाको कार्यव्यस्तता

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
भारतका विदेश सचिव हर्षबर्द्धन शृङ्गला आज नेपाल आउँदैन् । भारतको नयाँ दिल्लीबाट उनी विशेष विमानबाट ११ वजे नेपाल आइपुग्नेछन् । नेपालको औपचारिक भ्रमणमा आउन लागेका शृङ्गलाले काठमाडौँमा २ दिन बिताउनेछन् । बिहीबारबाट नै शृङ्गलाले औपचारिक भेट वार्ता शुरु गर्नेछन् । काठमाडौँ अवतरण भएलगत्तै शृङ्गला त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलबाट सिधै द्वारिका होटल जान्छन् । नेपाल रहँदासम्म उनी द्वाारिकामा बस्छन् । मध्यन्ह १२ बजेदेखि परराष्ट्र मन्त्रालयमै परराष्ट्र सचिव भरत पौड्यासँग भेटघाटको कार्यक्रम रहेको छ । पौडेलले आयोजना गरेको दिवाभोजमा सहभागि हुन्छन् होटल याक एण्ड यतिमा उनी सहभागी हुनेछन् । Advertisement त्यसपछि उनले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भेटघाट गरी दुई देशको सम्बन्धको बारेमा कुराकानी गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले प्रधानमन्त्री केपी शर्...
सामाजिक सुरक्षा योजनामा फेर-बदलको माग

सामाजिक सुरक्षा योजनामा फेर-बदलको माग

देश, राजनीति, समाचार
काठमाडौं । तीनवटा ट्रेड युनियनहरुले अनौपचारिक र स्वरोजगार क्षेत्रलाई समेट्नेगरी सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग गरेका छन् ।  सामाजिक सुरक्षा दिवसको अवशर पारेर नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस र अखिल नेपाल ट्रेड युनियन महासंघले सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न मा गरेका हुन् ।  Advertisement रोजगारीको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यविधिले नसमेटेको बेरोजगारबीमा योजनालाई तत्काल सुरु गर्न समेत ट्रड युनियनहरुले माग गरेका छन् । योगदानकर्ताको आश्रित परिवारलाई समेट्ने गरी स्वास्थ्य तथा उपचार सुविधामा परिमार्ज पनि माग गरिएको नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताए । अवकाशपछिको स्वास्थ्य सुरक्षा समेत समेट्ने गरी कार्यक्रम विस्तार गर्न पनि माग गरिएको उनले बताए । सामाजिक सुरक्षा...