प्रतिकार गर्यो, गोली खायो : शिक्षक श्रेष्ठ मृत्यु बारे विप्लव
काठमाडौं । मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी प्रतिबन्धि नेत्रविक्रम चन्द (विप्लव) समूहले लिएको छ। विप्लव समूहको मेची कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ ।
तर स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
Advertisement
‘सुराकी’ गरेको आरोप लगाएको विप्लव समूहले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची कोसी ब्युरो बैठकमा प्रहरी बोलाएर ‘दमन गराएको’ दावी विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठले जनताका घरमा पटक पटक प्रहरी पठाएर ने...









