२०८२ चैत्र ११

राजनीति

ओलीले जबजसँग प्रधानमन्त्री साटे : माधव नेपाल

ओलीले जबजसँग प्रधानमन्त्री साटे : माधव नेपाल

देश, राजनीति, समाचार
२९ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)सँग केपी शर्मा ओलीले प्रधानमन्त्री पद साटेको आरोप लगाएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा कुराकानी गर्दै नेता नेपालले अर्का अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री पद पाउन ओलीले जबज साटेको आरोप लगाएका हुन् । Advertisement ‘जनताको बहुदलीय जनवाद छाड्ने व्यक्ति को ? केपी शर्मा ओली जी,’ नेता नेपालले भने, ‘प्रचण्डजीसँग प्रधानमन्त्री पद पाउनका लागि जनताको बहुदलीय जनवाद छोड्ने व्यक्ति इतिहासमा दर्ज गर्नु पर्ने हो भने केपी शर्मा ओली जी नै हो ।’ पूर्वप्रधानमन्त्री नेपालले  त्यसको प्रमाण आफूसँग भएको पनि बताए । पार्टीमा ओलीले नेतृत्व हस्तान्तरणको विषय उठाए पनि त्यसलाई विश्वास गर्ने आधार नभएको नेता नेपालले बताए । अहिले ओलीकै कारण ...
सचिव न्यौपाने भन्छन ,’सीमा क्षेत्रका समस्याप्रति गृह मन्त्रालय गम्भीर छ’

सचिव न्यौपाने भन्छन ,’सीमा क्षेत्रका समस्याप्रति गृह मन्त्रालय गम्भीर छ’

देश, राजनीति, समाचार
२८ मंसिर, रौतहट । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सीमा नाका लामो समय बन्द हुँदा सीमा क्षेत्रका वासिन्दालाई परेका समस्याप्रति आफूहरु गम्भीर रहेको बताएका छन् । कोरोना भाइरस महामारी रोकथामका लागि भन्दै सरकारले गत चैतमा बन्द गरेको सीमा नाका मंसिर मशान्तसम्म जारी राखेको छ । तर रौतहट जिल्लालगायत सीमावर्ती क्षेत्रका वासिन्दाले सीमा नाका खोल्न माग गर्दै आएका छन् । आइतबार रौतहट आएका गृहसचिव न्यौपानेले सीमावर्ती वासिन्दाबीच सामाजिक साँस्कृतिक सम्बन्ध अप्ठ्यारो नपरोस् भनेर जिल्ला प्रशासन कार्यालयहरुले व्यवहारिक रुपमा सहजता प्रदान गरेको पनि बताए । Advertisement उनले किसानले समयमा नै रासायनिक मल नपाउँदा त्यसको असर सीमा क्षेत्रमा देखिएको भन्दै किसानका नाममा मलको कालोबजारी भएकाले सुरक्षा निकाय सचेत हुनुपर्ने धारणा पनि राखे । कोरोना संक्रमण रोकथाममा...
भाजपा विदेश विभाग प्रमुखको भ्रमण : रावलको संका

भाजपा विदेश विभाग प्रमुखको भ्रमण : रावलको संका

देश, राजनीति, समाचार
२८ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमणको बारेमा पार्टीलाई जानकारी नगराइएको भनी आपत्ति जनाएका छन् । रावलले आइतबार साँझ ट्विटरमा लेखेका छन्, ‘आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले वालुवाटरामा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्काे परिघटना हो । देश, पार्टी र पदको गरिमाको रक्षा होस् ।’ Advertisement प्रधानमन्त्री केपी ओलीलगायत नेकपामा विभिन्न नेताहरु, विपक्षी नेपाली काँङ्ग्रेसका सभापति शेरवहादुर देउवा र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई भेट गरी भाजपा विदेश विभाग प्रमुख फर्किसकेका छन् । उनी सत्...
महानगर दिवसका दिन मृगौला स्वास्थ्य जनचेतना अभियानको घोषणा

महानगर दिवसका दिन मृगौला स्वास्थ्य जनचेतना अभियानको घोषणा

देश, राजनीति, समाचार, स्वास्थ्य
२८ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ । आज २६ औं काठमाडौँ महानगर दिवसबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले यस्तो जानकारी दिनुभएको हो । ‘काठमाडौँ महानगरपालिकाले सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यमा मिर्गौलामा समस्या भएका महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने, अक्सिजन प्लाण्ट राख्ने, कोभिड–१९ को महामारीका बेला स्वास्थ्य सामग्रीसँगै पीसीआर मेसिन हस्तान्तरण गर्नेलगायतका काम गर्दै आएको छ,’ शाक्यले भने, ‘समयमै सावधानी अपनाउन सके लाखौँ रुपैयाँ खर्च गर्नु पर्ने र लामो समयसम्म पीडा खप्न बाध्य मृगौलाको सम्भावित जोखिम र रोगबाट बच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागेको हो ।’ ...
शंकर पोखरेल प्रचण्ड को घर धाउँदै

शंकर पोखरेल प्रचण्ड को घर धाउँदै

देश, राजनीति, समाचार
२७ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थायी कमिटी सदस्य शंकर पोखरेलले भेटवार्ता गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेल दिउँसो १२ बजेतिर खुमलटार पुगेका थिए दुई नेताबीच करिव आधा घण्टा कुराकानी भएको छ । Advertisement स्रोतका अनसार प्रचण्डसँग भोलि विहान नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि भेटवार्ता गर्ने तय भएको छ । पोखरेल र नेम्वाङ अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता हुन् । सहमति खोज्न भन्दै एक साताका लागि स्थगित भएको नेकपा स्थायी कमिटी बैठक भोलि बस्दैछ । तर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपालबीच सहमति भइसकेकेा छैन । यो अवधिमा ओली र प्रचण्ड बीच एक पटक मात्रै एक्लाएक्लै भेटवार्ता भएको छ । बुधवार...
नयाँ वर्ष रुबीभ्यालीमा गाडी पुग्छ

नयाँ वर्ष रुबीभ्यालीमा गाडी पुग्छ

देश, राजनीति, समाचार
वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आगामी वर्षको पहिलो दिन नै रुबीभ्यालीमा मोटर बाटो पु¥याइने बताएका छन् ।  मन्त्री फुयाँलले नयाँ वर्षमा रुबीभ्यालीमा मोटर पु¥याउने प्रतिबद्धता गरिएको र सो पूरा गर्न तीव्रगतिमा काम गरिने उनको भनाइ थियो । रुबीभ्यालीलाई सडक सञ्जालले जोड्न सके पर्यटनको प्रचुर सम्भावना रहने बताए ।  Advertisement मानव विकासको सूचकाङ्कमा प्रदेशको ११९औँ स्थानमा (सबैभन्दा पुछारमा) स्थानीय तहको रूपमा रहेको रुबीभ्यालीमा पिउनेपानीका लागि ‘एक घर एक धारो कार्यक्रम’ तथा सिँचाइका लागि कूलोको समेत व्यवस्था गरिने दाबी गरे । ‘रुबीभ्याली प्रदेशमा भएका ११९ स्थानीय तहमध्ये मानव विकासको सूचकाङ्कमा सबैभन्दा पछाडि छ । विकट यस गाउँपालिकालाई नयाँ वर्ष २०७८ वैशाख १ गतेसम्म सडक यातायातले जोड्ने प्रयासस्वरुप हामीले काम गरिरहेका...
नेकपाको काँधमा समाजवाद उन्मुख राज्य निर्माणको : प्रचण्ड

नेकपाको काँधमा समाजवाद उन्मुख राज्य निर्माणको : प्रचण्ड

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टी कै काँधमा भएको बताएका छन् ।  नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गर्नुभएकी नेतृ कौसर साहसहित १ सय ९ जना नेता तथा कार्यकर्तालाई आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।  अध्यक्ष प्रचण्डले भने, “हाम्रो पार्टीभित्र चल्ने बहस र छलफलहरु त्यहि समाजवादतिरको यात्राका लागि हुन् । समाजवाद तिरको यात्रामा अगाडि बढ्ने सन्दर्भमा हाम्रो कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यताहरुलाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता हामीले पालना गर्ने, कस्तो विधि विधान र पद्दति स्थापित गर्ने भन्ने नै हाम्रा बहसका विषयहरु हुन् ।” Advertisement ...
काँग्रेसल केन्द्रीय समितिको आकस्मिक बैठक आज

काँग्रेसल केन्द्रीय समितिको आकस्मिक बैठक आज

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा शोकप्रस्ताव पारित गर्नका लागि बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा विहान १० बजेका लागि बैठक बोलाइएको छ। स्व श्रेष्ठप्रति सम्मान प्रकट गर्दै काँग्रेसले यही मङ्सिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।  साथै मङ्सिर २८ गते आइतबारका केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने काँग्रेस मुख्य सचिव पौडेलले जानकारी दिए ।  Advertisement ...
गेलाल सचिवमा बढुवा, घिमिरे महावाणिज्यदुत

गेलाल सचिवमा बढुवा, घिमिरे महावाणिज्यदुत

देश, राजनीति, समाचार
सहसचिव मणिराम गेलालाई सरकारले सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव गेलाललाई बरिष्ठताको आधारमा सचिवमा बढुवा गरेको हो एक मन्त्रीले जानकारी दिए । Advertisement गेलाल सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा कार्यरत थिए । विहीबारकै मन्त्रिपरिषद बैठकले सहसचिव दिनेशकुमार घिमिरेलाई छेन्दुको महावाणिज्यदूत बनाएर पठाउने निर्णय पनि गरेको छ।  साभार: रातोपाटी ...
नेकपाको निमन्त्रणमा भाजपाका नेता नेपालमा

नेकपाको निमन्त्रणमा भाजपाका नेता नेपालमा

देश, राजनीति, समाचार
काठमाडौं । भारतीय विदेश विभागका प्रमुख विजय चौथाइवाले दुई दिने नेपाल भ्रमणमा आएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निमन्त्रणामा नेपाल आएका उनले आज प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटघाट गरेका छन् । दुई देशका सत्तारुढ दल समेत रहेका पार्टीबीच सम्बन्ध प्रगाढ बनाउनका लागि चौथाईवालेलाई नेकपाले नेपाल बोलाएको बताइएको छ । तर भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले नेपाल भ्रमणमा आएको कुरा नेकपा विदेश विभागको जानकारीमा छैन । विदेश विभागका उपप्रमुख विष्णु रिजालले भाजपाका विदेश विभाग प्रमुख नेपाल भ्रमणमा आएको जानकारी नेकपाका विदेश विभागलाई नरहेको बताए ।  स्रोतका अनुसार नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको निर्देशनमा पार्टीका महासचिव विष्णु पौडेलले पत्र लेखेर विदेश विभागका प्रमुख चौथाइवालालाई नेपाल बोलाएका छन्...