आन्तरिक पर्यटन प्रवर्द्धन : ‘घुमौं सौराहा’ अभियान
१३ पुस, वीरगञ्ज । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीहरु आन्तरिक पर्यटन प्रवर्द्धनमा लागेका छन् । कोरोना महामारीले गर्दा बाहृय पर्यटक आउन छोडेपछि उनीहरु आन्तरिक पर्यटन प्रवर्द्धनमा लागेका हुन् ।
आन्तरिक पर्यटकलाई आकर्षित गर्न उनीहरुले ‘घुमौं सौराहा’ अभियान चलाएका छन् । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा ‘घुमौं सौराहा’ अभियान सञ्चालन गरिएको हो । होटलमा २० देखि ४० प्रतिशत छुटको प्याकेजसहित व्यवसायी देश दौडाहामा निस्किएका छन् ।
Advertisement
अभियान मार्फत पहिलो चरणमा प्रदेश १ र प्रदेश २ का विभिन्न सहर पुगेर व्यवसायीहरुले सौराहा आउन निम्तो दिएका छन् । पुस १० गते प्रदेश १ को धरान पुगेको टोलीले विराटनगर पछि प्रदेश २ को जनकपुर, बर्दिबास र वीरगञ्जमा आएर पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ ।
होटल तथा पर्यटन व्यवसायी, उद्योगी, स्थानीय ...









