२०८२ पुष ५

राजनीति

संसद् अवरोधको कारक सरकार : बर्तौला

संसद् अवरोधको कारक सरकार : बर्तौला

राजनीति
काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले संसद्‌मा उठाइएको विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले संसद् अवरोधको कारक सरकार भएको आरोप लगाए । संसद् खुलाउने जिम्मेवारी र दायित्व पनि सरकारकै भएकामा उनले जोड दिए । जनप्रतिनिधिले आफ्ना माग राख्दा प्रतिपक्ष दलले संसद् अवरोध गर्‍यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको आरोप पनि उनले लगाए । प्रतिपक्षले उठाएका मागमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने उनले उल्लेख गरे । तर, सरकार संविधान र संसदीय मूल्य–मान्यताविपरीत अगाडि बढेकाले संसद् अवरोध गरिएको उनले बताए । ६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि एमालेले संसद्‌मा उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गर्दै आएको छ । सरकारले त्यसप्रति कुनै चासो नदिनु कहीँ न कहीँ संलग्नताको शंका उत्पन्न भएको उनले बताए ...
भोलिदेखि संसदको अवरोध हट्छः प्रधानमन्त्री प्रचण्ड

भोलिदेखि संसदको अवरोध हट्छः प्रधानमन्त्री प्रचण्ड

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिदेखि संसदको अवरोध हट्ने बताएका छन्। स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने बताएका हुन्। संसदको अवरोध हटाउने विषयमा आज साँझसम्म प्रयास बढाउने उनले बताए। अवरोध हटाउन आफूले विगतदेखि नै भरमग्दुर प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। यसका लागि राष्ट्रपति, सभामुख र गठबन्धनमा पनि छलफल भएको उनले बताए। ‘हिजोमात्रै बालुवाटारमा सभामुखसँग छलफल गरेँ। आज बेलुकासम्म प्रयास बढाउँदै छौं । आशा गरिएको छ भोलि खुल्छ,’ प्रधानमन्त्री प्रचण्डले भने। साउन २९ गते बसेको प्रतिनिधि सभा बैठकमा एमालेले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले भदौ ३ गते बस्नेगरी त्यस दिनको बैठक स्थगित गरेका थिए। त्रिभुवन विमानस्थलब...
कांग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ : नेता सिंह

कांग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ : नेता सिंह

राजनीति
काठमाडौँ — नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन् । शनिबार काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १, क्षेत्रीय सम्मेलनमा बोल्दै नेता सिंहले २०४६ को परिवर्तन आएकोमा खुसी नभएका तत्वहरू अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै कांग्रेस मजबुत भएमात्रै लोकतन्त्र बलियो हुने बताएका हुन् ।  पार्टीलाई विधिअनुसार चलाउनुपर्ने उल्लेख गर्दै नेता सिंहले कांग्रेसको संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसाबले दिनसक्ने सकारात्मक म्यासेज नागरिकहरुमा बाँड्नुपर्ने बताए । ‘केही गरेर कांग्रेस अलिकति यो निर्वाचन, राष्ट्रिय राजनीतिमा कमजोरी जस्तो भयो भने २०४६ को परिवर्तन आएकोमा खुसी नभएका तत्वहरु त छन् । तिनीहरूले त यो सिस्टमलाई नै कमजोर पार्ने काम गरिरहको छन् । कांग्रेस जबसम्म मजबुत हुन्छ, तबसम्म लोकतन्त्र यो देशमा मजबुत हुन्छ, कां...
कांग्रेसको अबको लक्ष्य नै आर्थिक समृद्धि हो: महत

कांग्रेसको अबको लक्ष्य नै आर्थिक समृद्धि हो: महत

राजनीति
काठमाडौँ — कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले कांग्रेसको अबको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने रहेको बताएका छन् । उनले देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने र त्यसमा हरेक नागरिकको पहुँच पुर्‍याउनेमा कांग्रेस केन्द्रित रहेको बताए । कांग्रेसको काठमाडौं क्षेत्र नं ३  (ख) को प्रदेश सम्मेलनमा प्रवक्ता महतले विचार र सिद्धान्तका हिसाबले कांग्रेस अहिले सही ठाउँमा रहेको बताए ।  'हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्‍याउने हो,' उनले भने, 'समृद्धि केही व्यक्तिमा सीमित हुनुभएन । समृद्धि हासिल गर्न हामीले पार्टी बलियो बनाउनुपर्छ । हामी पार्टी बलियो हुने मिसनमा लागौं । हरेक दिन हामी काम गरौं र त्यो कामको प्रचार पनि गरौं ।’ उनले संगठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने तर्क गरे । 'य...
नेतृत्व वर्गमा अझै केन्द्रिकृत मानसिकता छ : विमलेन्द्र निधि

नेतृत्व वर्गमा अझै केन्द्रिकृत मानसिकता छ : विमलेन्द्र निधि

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताएका छन् । शनिबार काठमाडौंमा कांग्रेस स्व. नेता प्रदीप गिरीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले संविधानले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिएको भए पनि गृहमन्त्री वा प्रधानमन्त्रीले नै अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट नेतृत्व वर्ग निर्देशित रहेको बताए । अवशिष्ट अधिकार नेतृत्वले लिनका लागि संविधानमा राख्न पहल गर्दा पनि कांग्रेसका नेताहरुले नमानेको भन्दै आपत्ति उनले जनाए । अवशिष्ट अधिकार सार्वभौम जनतामा निहीत हुनुपर्ने उनको भनाइ छ । “अवशिष्ट अधिकार भनेको त सार्वभौम सत्ता जसमा निहीत हुन्छ, त्यो निहीत अधिकारको तह जनतामा हुन्छ । त्यसैले तल्लो निकायमा हुनुपर्छ भनेर लेख्नुपर्छ भन्ने उहाँ (प्रदीप गिरि), म पनि,” उनले भने,...
संसद् अवरोध नियमसंगत होइन, एमालेले ‘जस्टिफाई’ गर्नुपर्छ : सुवास नेम्वाङ

संसद् अवरोध नियमसंगत होइन, एमालेले ‘जस्टिफाई’ गर्नुपर्छ : सुवास नेम्वाङ

राजनीति
काठमाडौं । पूर्वसभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद् अवरोध नियमसंगत नभएको बताएका छन् । उनले संसद्मा भएको अवरोध ‘जस्टिफाई’ हुनुपर्ने बताए । धुलिखेलमा भएको संसद्–सञ्चार सम्बन्ध विषयक कार्यक्रममा नेम्वाङले संसदीय अभ्यासमा संसद्् अवरोध देखिँदै आएको बताए । “मेरो प्रस्ट मान्यता छ । संसद्मा अवरोध नियमसंगत हैन । संविधान र नियमसंगत हैन । स्पष्ट छ,” उनले भने, “राजनीतिक दलले अवरोध गर्छन् । भारतमा आँखा झिम्काउनेदेखि ‘फ्लाइङ किस’सम्मको बिबाद हुँदो रहेछ । हाम्रोमा पनि अवरोध हुने कुरा छ ।” उनले संविधान निर्माणताका अवरोध नगरौँ भनेर आफूले छलफल गराएको स्मरण गरे । त्यतिबेला संविधानसभा अवरोध नहुने, व्यवस्थापिकामा चाहिँ अवरोध हुने गरेको उनले सम्झिए । भने, “त्यो बेला सोफा नफुटेको त हैनन्, गलबन्दी लगाएर साथीभाइहरू उडेर नआएको हैन । खुर्सानीको धुलोसम्मको कुरा आयो ।”...
कांग्रेसका भ्रातृ सङ्गठन चलायमान बनाउन लाग्छु : महामन्त्री थापा

कांग्रेसका भ्रातृ सङ्गठन चलायमान बनाउन लाग्छु : महामन्त्री थापा

राजनीति
मङ्गलबारे । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका भ्रातृ सङ्गठन तथा शुभेच्छुक संस्था चलायमान बनाउन आफू लाग्ने बताएका छन् । इलाममा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आज उनले पार्टीको सबैभन्दा पहिलो जग नै भ्रातृ तथा शुभेच्छुक संस्था भएकाले यसलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । केही शुभेच्छुक संस्थाको जिल्ला तथा केन्द्रीय महाधिवेशन भइसके पनि भ्रातृ सङ्गठनहरुको महाधिवेशन गराउन पार्टीले पहल गर्नुपर्ने उनको भनाइ छ । यसमा आफ्ना तर्फबाट आफू लाग्ने र आफ्नो ठाउँबाट सबै लाग्न जरुरी रहेको उनको भनाइ छ । कांग्रेस विधानअनुरुप चलेमा र अवसरको सदुपयोग गरेर अगाडि बढ्न सके अझ धेरै ठूला एवम् थुप्रै अवसर आउने उनको भनाइ छ । उनले कांग्रेस आफैँ सक्षम भएका कारणले पनि आगामी चुनावमा एक्लै जाने आँट गर्नुपर्ने बताए । कांग्रेसका नेतृत्वमा जि...
भोलिदेखि संसदको अवरोध हट्छ : प्रधानमन्त्री प्रचण्ड

भोलिदेखि संसदको अवरोध हट्छ : प्रधानमन्त्री प्रचण्ड

राजनीति
२ भदौ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने दाबी गरेका छन् । शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले पहल भइरहेको भन्दै आइतबारदेखि अवरोध हट्ने बताएका हुन् । संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै उनले आज पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने बताए । आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद सञ्चालन हुने उनको भनाइ छ । ‘हामीले निरन्तर पहल गर्दै आएका छौं हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै आउनुभयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौं । आशा छ भोलि सदन खुल्छ,’ उनले भने । ...
सभामुखको गुनासो– सदन नचल्नु राम्रो भएन, प्रधानमन्त्रीको आश्वासन– खुलाउन भूमिका खेल्छु

सभामुखको गुनासो– सदन नचल्नु राम्रो भएन, प्रधानमन्त्रीको आश्वासन– खुलाउन भूमिका खेल्छु

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित छलफल गरेका छन् । शुक्रबार बिहान बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच छलफल भएको हो । छलफलमा सभामुख घिमिरेले बैठक अवरुद्ध हुनु राम्रो नभएको गुनासो गरेका थिए । प्राकृतिक विपत्तिलगायत धेरै विषयमा सांसदले बोल्न खोजेको तर बैठक सञ्चालनमा व्यवधान हुँदा सम्भव नभएको बताएका थिए । बैठक सञ्चालनका लागि सत्तापक्ष र प्रतिपक्ष गम्भीर हुनुपर्नेमा उनले जोड दिएका थिए । “सदन नचल्नु राम्रो भएन । माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्तिलगायत धेरै विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ, दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन,” सभामुख घिमिरेको भनाइ उद्धृत गर्दै उनको सचिवालय स्रोतले भन्यो, “आमजनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन् । कम्तीमा सदन खुलाउन सत्...
कोसी प्रदेशसभाको बैठक बस्दै

कोसी प्रदेशसभाको बैठक बस्दै

राजनीति
विराटनगर । कोसी प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यही भदौ १० गतेभित्र तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रदेशसभाबाट पारित गराउनुपर्ने बाध्यता छ । तर, वर्तमान प्रदेश सरकारले प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ । यस्तै, मुख्यमन्त्री उद्धव थापाले भदौ १४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्नेछ । गएको असार १५ गते अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । त्यस दिन तत्कालीन मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बसेको थियो । तर, सरकारले विश्वासको मत पाएको थिएन । - ...