२०८२ पुष ६

राजनीति

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

राजनीति
काठमाडौं । आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजेबाट बस्दै छ । बैठकमा जलवायु परिवर्तन र यसले पुर्‍याएको असर र प्रभावबारे छलफल हुने छ ।  सुक्खा ग्रस्त क्षेत्र, बाढी पहिरो, डेंगी प्रकोपलगायतको न्यूनीकरणमा सरकारको तयारी र विश्व जलवायु सम्मेलन(कोप २८) मा नेपालको सहभागिता सम्बन्धमा भएको तयारीका बारेमा पनि बैठकमा छलफल हुने छ । त्यस्तै, बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षण विधि सम्बन्धमा विज्ञबाट जानकारी लिने कार्यसूचि रहेको छ । ...
मधेस प्रदेश : दोस्रो अधिवेशन आह्वान गर्न ढिलाइ

मधेस प्रदेश : दोस्रो अधिवेशन आह्वान गर्न ढिलाइ

राजनीति, समाचार
धनुषा । मधेस प्रदेश प्रदेशसभाको पहिलो अधिवेशन सकिएको एक महिना भए पनि हालसम्म प्रदेशसभाको दोस्रो अधिवेशनको आह्वान गरिएको छैन । गत असार ३१ मा मधेस प्रदेशसभाको पहिलो अधिवेशन सकिएको थियो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आह्वान गर्नुपर्ने प्रवधान छ । प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार आएपछि अहिलेसम्म विभिन्न पाँचवटा विधेयक प्रदेशसभामा पेस गरिएको छ । प्रदेशसभाका अनुसार सरकारले प्रदेश खेलकूद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश बालिका संरक्षण विधेयक, प्रदेश बाल अधिकार संशोधन ऐन, स्थानीय सेवा गठन सम्बन्धमा र सेवाका शर्त व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सवारी यातायात व्यवस्था गर्न बनेको विधेयक प्रदेश सरकारले सभामा पेस गरेको छ । यी विधेयक उपर प्रदेशसभामा टेबुल भई समान्य छलफल पश्चात सम्बन्धित समितिमा पठाइएको प्...
छिट्टै चीन जाँदै छु, नयाँ कार्यक्रम आउँछन् : प्रधानमन्त्री

छिट्टै चीन जाँदै छु, नयाँ कार्यक्रम आउँछन् : प्रधानमन्त्री

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै चीन भ्रमणमा जान लागेको बताएका छन् । बिहीबार रामेछापमा २०औँ दोरम्बा हत्याकाण्ड दिवसमा आयोजित कार्यक्रममा उनले नयाँ कार्यक्रमहरु आउने विश्वास व्यक्त गरे । “म छिट्टै चीनमा जाँदै छु । चीनमा गएर नेपालको कृषि विकासमा, भौतिक पूर्वाधारको विकासमा, व्यापार विकासमा नयाँ कार्यक्रमहरु आउने विश्वास मैले लिएको छु,” उनले भने । उनले सरकारले गेम चेन्जर आयोजनाहरु अघि बढाएको पनि सुनाए । त्यस्तै, उनले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताए । सहिद परिवारलाई आर्थिक परिपूरण, उनीहरुलाई जागिरेको व्यवस्था गर्ने ऐन सदनमा भएको बताए । उक्त ऐन पारित हुनेबित्तिकै प्रकिया अघि बढ्ने उनको भनाइ छ । दिवस र सहिद घोषणा गरेर नपुग्ने भन्दै नयाँ जीवन दिइने उनको भनाइ छ । ...
सहकारीहरूको अनुगमन नगरेको भन्दै सरकारको आलोचना

सहकारीहरूको अनुगमन नगरेको भन्दै सरकारको आलोचना

राजनीति
काठमाडौं । प्रमुख राजनीतिक दलका नेताले सहकारी संस्थाहरुको अनुगमन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले)का नेता खगराज अधिकारी, नेकपा (माओवादी केन्द्र)का नेता लिलामणी पोखरेललगायतले कडा कानुन र अनुगमनमा कडाइ नगरेका कारण सहकारी संस्थाहरुमा विकृति भित्रिएको भन्दै सरकारको आलोचना गरे । एमालेका नेता अधिकारीले सरकारले ध्यान नदिएका कारण सहकारी संस्थाहरुमा विकृति भित्रिएको आरोप लगाए । उनले सहकारी संस्थाहरुको उचित परिचालन हुने गरी कानुन संशोधन गर्न पनि सरकारसँग माग गरे । सरकारले सहकारी संस्थाहरुलाई आवश्यक सहुलियत र सुविधाहरु पनि उपलब्ध गराउनुपर्ने नेता अधिकारीको भनाइ थियो । उनले केही सहकारी संस्थाहरुको कमजोरीलाई लिएर सबै सहकारी उ...
त्रिवि सेवा आयोगको अध्यक्षमा डा. भट्टराई नियुक्त 

त्रिवि सेवा आयोगको अध्यक्षमा डा. भट्टराई नियुक्त 

राजनीति
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा डा. घनश्याम भट्टराई नियुक्त भएका छन् । इतिहास केन्द्रीय विभागमा प्राध्यापनरत डा. भट्टराईलाई गएको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षमा नियुक्त गरेका हुन् । नवनियुक्त अध्यक्षले बुधबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । उनी त्रिवि इतिहास केन्द्रीय विभागका प्रमुख पनि हुन् । ...
एमालेको मञ्चमा अब अध्यक्ष ओलीको मात्र फोटो

एमालेको मञ्चमा अब अध्यक्ष ओलीको मात्र फोटो

राजनीति
नेकपा (एमाले) ले सार्वजनिक कार्यक्रम, मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्र फोटो राख्न परिपत्र गरेको छ। सोमबार बसेको पार्टी सचिवालयले मञ्च सञ्चालन, प्रयोगसम्बन्धी निर्णय गरेको भन्दै उपमहासचिव विष्णु रिमालले सार्वजनिक कार्यक्रममा अध्यक्षको मात्र फोटो राख्ने बताएका हुन्। ‘हिजो एमालेको केन्द्रीय उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको हालैको सार्वजनिक कार्यक्रम व्यवस्थापनसम्बन्धी निर्णय सार्वजनिक गर्नुभयो। उहाँको उद्घोषलाई हलभरि उपस्थित सयौंको संख्याका उद्यमी, व्यवसायी र आमन्त्रित विभिन्न तह तथा तप्काका व्यक्तिहरूले ताली बजाएर स्वागत गर्नुभयो,’ उनले भनेका छन्। ...
एमाले लुम्बिनीको प्रदेश अधिवेशनमा १ हजार प्रतिनिधि, खानेबस्ने प्रबन्ध आफैं गर्नुपर्ने

एमाले लुम्बिनीको प्रदेश अधिवेशनमा १ हजार प्रतिनिधि, खानेबस्ने प्रबन्ध आफैं गर्नुपर्ने

राजनीति
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनका सहभागी प्रतिनिधिले खानेबस्ने प्रबन्ध आफैं मिलाउनु पर्ने भएको छ। एमालेको लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन आगामी भदौ १६ र १७ गते बुटवलमा हुँदै छ। सोही महाधिवेशनमा सहभागी हुन आउने रुकुम पूर्व र रोल्पाका प्रतिनिधि बाहेक अन्य १० जिल्लाका प्रतिनिधिले आफ्नो बस्ने र खाने व्यवस्था आफैं गर्नुपर्ने छ। ‘रोल्पा र रुकुम पूर्वका प्रतिनिधिलाई बस्ने र खाने व्यवस्था आयोजनाले गर्ने छ, अरू १० जिल्लाका प्रतिनिधिलाई भने आयोजकको तर्फबाट खाने बस्ने व्यवस्था गरिएको छैन उहाँहरू आफैंले व्यवस्था गर्नुपर्ने छ,’ एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष एवं अधिवेशन आयोजक समितीका संयोजक राधाकृष्ण कँडेलले भने। अधिवेशनका लागि सहभागी प्रतिनिधीसँग न्यून शुल्क लिने र बस्ने खाने व्यवस्था पनि प्रतिनिधि स्वयंले गर्नुपर्ने निर्णय गरिएको कँडेलले बताए।&nbs...
दोरम्बा जाँदै प्रधानमन्त्री प्रचण्ड

दोरम्बा जाँदै प्रधानमन्त्री प्रचण्ड

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार (आज) रामेछापको दोरम्बा जाँदै छन्। दोरम्बा स्मृति दिवस र पार्टीका अरू गतिविधिमा सरिक हुन रामेछाप जान लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। ‘आज दोरम्बा स्मृति दिवस पनि हो। पार्टीका अरू कार्यक्रमहरू पनि छन्,’ उनले भने। तत्कालीन सरकार र नेकपा (माओवादी)बीच २०६० सालमा दोस्रो युद्धविराम भएको थियो। दोस्रो युद्धविरामकै सयमा आजकै दिन, साउन ३२ गते रामेछापको दोरम्बामा तत्कालीन नेपाली सेनाले २१ जना माओवादी छापामारहरूको हत्या गरेको थियो। युद्धविराम उल्लंघन गर्दै तल्कालीन जिल्ला जनसरकार प्रमुख बाबुराम लामासहित २१ जना कार्यकर्ता मारिएको सम्झनामा माओवादीले दोरम्बा स्मृति दिवस मनाउँदै आइरहेको छ। ...
रास्वपाले माग्यो ७ वटै प्रदेशमा अनुशासन आयोग प्रमुख, स्नातक उत्तीर्ण भएको हुनुपर्ने

रास्वपाले माग्यो ७ वटै प्रदेशमा अनुशासन आयोग प्रमुख, स्नातक उत्तीर्ण भएको हुनुपर्ने

राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७ वटै प्रदेशमा अनुशासन आयोग त्यहाँ रहने पदाधिकारी र सदस्यहरू माग गरेको छ। पार्टीको विधान, सिद्धान्त, दर्शन, प्रतिवद्धता र उद्देश्य बमोजिमका कार्यहरूमा हुनसक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मुल पार्न तथा पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीहरूलाई अनुशासित, मर्यादित बनाउन भन्दै ७ वटै प्रदेश र जिल्ला समितिमासमेत अनुशासन आयोग बनाउन लागेको हो। पार्टी सदस्यता लिएकामध्येबाट खुला आवेदन माग गरी पदपूर्ति गर्ने उसले बताएको छ। ‘पार्टीका सदस्य एवं पदाधिकारीहरूलाई असल, आचरणयोग्य बनाउन साथै अनुशासन र आचरण उल्लङ्घन गरेको अवस्थामा अनुसन्धान गर्ने, प्रमाण संकलन गर्ने र सजाय गर्न पार्टी विधान २०७९ को धारा ५५ (५) च को अधिनमा रही केन्द्रीय अनुशासन आयोग नियमावली, २०८० जारी भएको हुँदा उक्त नियमावलीको अधिनमा रही यस पार्टीको सदस्...
नेपालमा केही हुँदैन भन्ने होइन, गरे हुन्छ भन्ने भाष्य स्थापित गर्नुपर्छ : पुन 

नेपालमा केही हुँदैन भन्ने होइन, गरे हुन्छ भन्ने भाष्य स्थापित गर्नुपर्छ : पुन 

राजनीति
काठमाडौँ । नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्थामा सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव लिएको छ ।  ‘मुलुकको आर्थिक विकासको मोडल र विकास कार्यक्रम’ सम्बन्धी अन्तरक्रियामा कृषि, पर्यटन, ऊर्जा, जलश्रोत, सूचना प्रविधि, सहकारी, भौतिक पूर्वाधार, खानेपानी, इन्जिनियरिङ, जलश्रोत र बाणिज्यसहित विज्ञिन्न क्षेत्रका जानकारहरुले सुझाव दिएका थिए । कार्यक्रमका प्रमुख वक्ता विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले स्वदेशमै अवसर सिर्जना गरी योग्य श्रमशक्ति पलानयको चक्रलाई रोक्नुपर्ने बताए । औद्योगीकरणमार्फत रोजगारी सिर्जना गरेर कामका लागि युवा विदेशिने क्रम रोक्नुपर्ने उनले बताए । पुनले कमजोर व्यवस्थापन, सुशासनको अभाव, उपयुक्त नीति र अनुगमनको अभावमा धारासायी बन्दै गएका सार्वजनिक संस्थान बचाउन सरकारको ध्य...