सदनको गतिरोध अन्त्य गर्ने जिम्मा कसको ?
काठमाडौं । प्रमुख विपक्षी दल एमालेले साउन महिनाभर संसद्मा निरन्तर गतिरोध राख्यो । उसको माग पूरा नभएको हुँदा भदौमा पनि संसद् बन्धक बन्ने सम्भावना बढेको छ । सुन–काण्डको छानबिन गर्न उच्चस्तरीय आयोग बनाइनुपर्ने माग राखी एमालेले निरन्तर संसद् अवरोध जारी राखेको छ । प्रतिनिधिसभाका बैठक साउन १० गतेदेखि लगातार अवरुद्ध छ ।
सभामुख देवराज घिमिरेले भदौ ३ गतेका लागि प्रतिनिधिसभाको अर्को बैठक डाकेका छन् । गत साउन २९ मा प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण स्थगित भएको थियो ।
संसद् लगातार अवरोधमा परेपछि चासो देखाउँदै राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सितल निवासमा डाकी छलफल गरेका थिए । त्यसक्रममा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनको अवरोध हटाउने भूमिकाका लागि राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए ।
उनीहरुको अनुरोधप...









