वक्ता बाहेकलाई मञ्चमा नलैजाने एमाले निर्णय लुम्बिनीबाट कार्यान्वयन हुन्छ: सचिव अर्याल
नेकपा (एमाले) की सचिव पद्मा अर्यालले कार्यक्रमको मञ्चमा वक्ताबाहेकलाई अतिथि आसन ग्रहण नगराउने पार्टीको निर्णय लुम्बिनी प्रदेशको अधिवेशनबाट कार्यान्वयनमा जाने बताएकी छन्।
एमाले लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेकी अर्यालले प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीसहित आधा दर्जनभन्दा बढी पदाधिकारी सहभागी हुने भए पनि पदाधिकारी सबैको आसन मञ्चमा नभई प्रतिनिधिको लहरमै रहने बताएकी हुन्।
‘पार्टीको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष केपी ओलीसहित आधा दर्जनभन्दा बढी पदाधिकारी सहभागी हुनुहुन्छ तर उहाँहरू सबै प्रतिनिधिकै लहरमा बस्नुहुन्छ,’ अर्यालले भनिन्।
एमालेले अब हरेक कार्यक्रममा आसन ग्रहण नगराउने र वक्तालाई मात्र मञ्चमा उपस्थित गराउने निर्णय गरिसकेको र यो निर्णयको कार्यान्वयन लुम्बिनीबाटै हुने उनले उल्लेख गरिन्। अन्य प्रदेशभन्दा पहिले हुन लागेको लुम्बिनी प्रदेशको अधिवेशनले सिंगो प...









