सत्ता गठबन्धन संविधानको रक्षाका लागि हो: उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले चुनावका लागि नभई संविधान रक्षाका लागि गठबन्धन गरिएको बताएका छन्।
उनले जनताको अधिकारलाई हातमा लिने तत्कालीन सरकार प्रमुखको नियत रोक्नका लागि गठबन्धन गरिएको स्पष्ट पारे।
नेपाली कांग्रेस ठूलो दल भए पनि पुस १० पछि कांग्रेस कार्यकर्तामा निराशा छाएको बताउँदै उनले तत्कालीन प्रतिकूलतालाई सफलतापूर्वक अनुकूलतामा परिवर्तन गरेको जिकिर गरे।
कांग्रेस क्षेत्र नं ३ को क्षेत्रीय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता खड्काले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेसले राष्ट्रपतिदेखि चारवटा प्रदेशमा नेतृत्वसमेत गरेको बताए।
‘प्रतिकूलतालाई अनुकूलतामा बदलेर कांग्रेस सहितको सहभागितामा पुष्पकमल दहालको नेतृत्वमा संघदेखि प्रदेशसम्म अभियान चलायौं’, उनले भने, ‘यो चार महिना हामी सरकारमा रहेपछिको उपलब्धी समीक...









