२०८२ चैत्र ११

राजनीति

भारत सरकारसँग विरोध प्रकट गर्न कमल थापाद्वारा सरकारको ध्यानाकर्षण

भारत सरकारसँग विरोध प्रकट गर्न कमल थापाद्वारा सरकारको ध्यानाकर्षण

देश, राजनीति, समाचार
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सोमबार भएको कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।  मंगलबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमाक्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाप्रति घोर भत्सर्ना गरेका छन् । उनले घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यान आकर्षित गरेका छन् ।  Advertisement उनले भनेका छन् - 'कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार साँझ १६ बर्षिय नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु।घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यान आकर्षित गर्दछु'  सोमबार साझँ भारतीय ...
आन्दोलन नेकपाकै शक्तिको भरमा: रघुजी पन्त

आन्दोलन नेकपाकै शक्तिको भरमा: रघुजी पन्त

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले आगामी आन्दोलन नेकपाकै शक्तिको भरमा अघि बढ्ने बताएका छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकपश्चात सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ स्थायी कमिटी सदस्य पन्तले सरकारको संसद विघटनको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलनको लागि प्रयास जारी राख्दै आगामी आन्दोलन भने नेकपाकै शक्तिको भरमा अगाडी बढाउने बताएका हुन् । Advertisement पन्तले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले कुनै नेता अथवा आन्दोलनकारीको मुख हेरी फैसला नगर्ने टिप्पणी गरे । सर्वोच्च अदालतले संविधान हेरेर फैसला गर्ने भएकोले संसद विघटनको जवाफ पुनस्र्थापना बाहेक केही हुन नसक्ने उनले बताए । संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्...
मन्त्रिपरिषद् विस्तारबारे सरकारका नाममा कारण देखाउ आदेश जारी

मन्त्रिपरिषद् विस्तारबारे सरकारका नाममा कारण देखाउ आदेश जारी

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी ओलीले १० पुसमा गरेको मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आज सुनुवाई भएको छ । रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार उनले मन्त्रिपरिषद् विस्तार गैरसंवैधानिक कदम भएकाले अन्तरिम आदेश जारी गरी पाउँ भनेर निवेदन दिएका थिए ।  Advertisement सो रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले मिति नै तोकेर पुस २८ गते सरकारका प्रतिनिधिलाई मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने कारणसहित उपस्थित हुन आदेश दिएको हो । ‘सरकारका नाममा कारण देखाउ आदेश जारी भयो’, त्रिपाठीले भने, ‘मिति नै तोकेर सरकारलाई उपस्थित हुन आदेश जारी भएको छ ।’ पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि संविधानको धारा ७७ अनुसार ओली सरकार काम चलाउको हैसियतमा छ । काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न पाउँदैन । तर, ओलीले संविधानको व्यवस्था विपरित...
संसद विघटन भयो भन्दै संसदकै गाडीमा सरर !

संसद विघटन भयो भन्दै संसदकै गाडीमा सरर !

देश, राजनीति, समाचार
२० पुस, काठमाडौं । ‘प्रतिनिधि सभा विघटन भइसक्यो, अब मध्यावधि चुनाव नै एकमात्र विकल्प हो’ भन्दै गुटको भेला गरिरहेकामध्ये एक हुन्– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता कृष्ण दाहाल । तर, उनले प्रतिनिधि सभाको अर्थ समितिको सभापतिको हैसियतमा प्राप्त संसदको गाडी भने अझै फिर्ता गरेका छैनन् । Advertisement प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेको घोषणा गरेकी थिइन् । संसद विघटनलाई संविधानसम्मत् बताइरहेका ओली पक्षकै नेताहरू सांसद भएबापत पाउने सुविधा नत्याग्नेमा अग्रपंक्तिमा छन् । संसद सचिवालयका एक शाखा अधिकृत भन्छन्, ‘सांसद भएवापत मात्रै प्रयोग गर्न पाइने गाडी चढेर संसद विघटन भयो भन्दै कुर्लनु पक्कै शोभनीय होइन ।’ ‘यति दिनभित्र फिर्ता गर्नुपर्छ भनेर कुनै कानुनमा लेखिएको त छै...
प्रधानमन्त्रीप्रति रामकुमारी झाँक्रीको आक्रोशः देश कमेडीले चल्दैन

प्रधानमन्त्रीप्रति रामकुमारी झाँक्रीको आक्रोशः देश कमेडीले चल्दैन

देश, राजनीति, समाचार
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेकी छन् । उनले प्रधानमन्त्री ओली उखान टुक्का र कमेडीमै रमाउने गरेको भन्दै देश कमेडीले होइन, सोचले बन्ने बताइन् ।  सोमबार चितवनको भरतपुरमा आयोजित प्रचण्ड–नेपाल समूहको नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । Advertisement ‘प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो’  झाँक्रीले भनिन्, ‘देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिन्छ । सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन ।’ सत्तरी करोडको डिल भएको अडियो सार्वजनिक भएर भ्रष्टाचारमा मुछिएकालाई काखी च्याप्ने प्रधानमन्त्रीले भ्रष्टाचार हुन नदिने भन्नु नै हास्यास्पद भएको उनको भनाइ थियो ।  बाँचुन्ज...
यात्रुको विवरण नभरे उडान रद्ध गर्ने : क्यान

यात्रुको विवरण नभरे उडान रद्ध गर्ने : क्यान

देश, राजनीति, समाचार
काठमाडौं । विदेशबाट आउने यात्रुमाथि निगरानी बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । नेपालमा उडान गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई परिपत्र गर्दै आइतबार प्राधिकरणले यस्तो निर्देशन दिएको हो । सो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले आफ्नो विमानमार्फत् यात्रा गर्ने सम्पूर्ण यात्रुको अनिवार्य रुपमा आईएचआर फर्म भर्नुपर्ने व्यवस्था गरेको छ ।  Advertisement प्राधिकरणले जारी गरेको परिपत्रमा एयरलाइन्स कम्पनीलाई आफ्ना यात्रुको कोभिड रोकथाम समन्वय समिति (सीसीएमसी) ले जारी गरेको फर्म अनिवार्य रुपमा भर्न निर्देशन दिइएको छ । यस्तो निर्देशनको पालना नभएको पाइएमा उडान रद्ध गर्ने चेतावनी समेत क्यानले ती कम्पनीहरुलाई दिएको छ ।  प्राधिकरणको उडान अनुमति शाखाका प्रबन्धक ज्ञानेन्द्र भुलले नियमित रुपमा अ...
नेपालमा राजनीतिक संकटमा अन्तर्राष्ट्रिय समुदाय मौन

नेपालमा राजनीतिक संकटमा अन्तर्राष्ट्रिय समुदाय मौन

देश, राजनीति, समाचार
१९ पुस, काठमाडौं । नेपालमा कुनै नयाँ राजनीतिक परिवर्तन हुँदा तत्कालै प्रतिक्रिया जनाउने अन्तर्राष्ट्रिय समुदाय यसपटक संसद विघटन हुँदा मौन देखिएका छन् । भारत, चीन र अमेरिकालगायतका मुलुकले सञ्चारकर्मीहरुको जिज्ञासापछि केही प्रतिक्रिया दिए पनि अहिलेसम्म औपचारिक विज्ञप्ति जारी गरेका छैनन् । Advertisement भारत, चीन, अमेरिका लगायतका मुलुक मात्र होइन, संयुक्त राष्ट्रसंघ, युरोपियन युनियनले पनि यस सम्बन्धमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । नेपालको आन्तरिक मामिलामा समय समयमा प्रतिक्रिया दिने युरोपियन युनियन र बेलायत पनि यतिबेला मौन छन् । विगतमा अन्तर्राष्ट्रिय समुदायले संक्रमणकालीन न्याय र अन्य समसामयिक विषयमा प्रेस विज्ञप्ति जारी गर्ने गरेका थिए । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आफूले नोट गरेको भारतको जनाएको छ । भारतीय विदेश मन्त्राल...
माधव नेपालको संयोजकत्वमा समिति गठन

माधव नेपालको संयोजकत्वमा समिति गठन

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले पार्टी एकताका बाँकी काम गर्न र प्रदेश तथा जिल्लाका पदाधिकारीका विषयमा गृहकार्यका निम्ति माधव नेपालको संयोजकत्वमा एक समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । सो पक्षको स्थायी समिति बैठकअघि सचिवालय बैठक बसेको थियो ।   Advertisement प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् । त्यसपछि नेकपाको प्रचण्ड–माधव पक्ष उक्त असंवैधानिक कदमको विरोध गर्दै आन्दोलनमा छ । सोमबारको बैठकमा सद विघटनविरुद्धको आन्दोलन र भावी रणनीतिका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।  साभार: रातोपाटी ...
काँग्रेस बैठक आजबाट सुरु : संसद् विघटन र पार्टी महाधिवेशन एजेण्डा

काँग्रेस बैठक आजबाट सुरु : संसद् विघटन र पार्टी महाधिवेशन एजेण्डा

देश, राजनीति, समाचार
काठमाडौं । संसद् विघटनका सन्दर्भमा जारी नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आजबाट फेरि सुरु हुँदैछ । पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो । बैठकले आज आइतबारदेखि निरन्तरता पाउने भएको छ ।  Advertisement बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ। बैठकले प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्नेछ । बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्। नेताहरुले बोल्ने क्रम आज पनि जारी रहनेछ । काँग्रेसमा संसद विघटनविरुद्ध थप संघर्षका कार्यक्रम तय वा सर्वोच्च अदालतको निर्णय पर्खिने भन्नेमा मतभेद छ ।  सभापति शेरबहादुर देउवा गएको १३ गतेको सांकेतिक विरोधपछि संसद् विघटनविरुद्ध सडक संघर्षम जान नहुने पक्षमा देखिन्छन् । तर, वरिष्ठ नेता पौडेल पक्षका अधिकांश नेताले  प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा बनाएर सडक...
राष्ट्रपतिविरुद्ध अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग

राष्ट्रपतिविरुद्ध अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग

देश, राजनीति, समाचार
अखिल नेपाल महिला संघ(अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनिय र अराजक नाराबाजी गर्नेहरु विरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले आइतबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालि गलौज गर्नेहरु बिरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो । Advertisement  लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो बिचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानविय, अर्मयादित, अशोभनिय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति माथि अशोभनिय ...