२०८१ जेष्ठ ६

पौडेल भेट्न बोहोराटार पुगे देउवा, भोलिको बैठक सर्‍यो

सोलुखुम्बु । नेकपा केपी ओली पक्षका बरिष्ठ नेता तथा गृहमन्त्री रामबहादुर थापाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने खेल भएपछि संसद विघटन गर्नुपरेको बताएका छन् । मन्त्री थापाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै दल भित्रबाट अविश्वासको प्रस्ताव दर्ता गर्नेदेखि अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्नेलगायत चलखेल बढेपछि संसद् विघटन गर्नुपरेको बताए ।


Advertisement


नेकपाद्वारा आज सल्लेरीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसद् विघटनलाई अग्रगामी कदमको संज्ञा दिए । उनले संविधानमा भएको व्यवस्था अनुसार नै सरकारले संसद् विघटन गरेर अग्रगामी कदम चालेको दाबी गरे । गृहमन्त्री थापाले पार्टी अध्यक्ष ओलीले नेतृत्व गरेको नेकपा आधिकारिक पार्टी भएकाले चुनाव चिन्ह पनि आफूहरुले नै प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap