२०८१ जेष्ठ ७

सदनको अवरोध खुलाउन प्रधानमन्त्रीले पुनः बोलाए शीर्ष नेताको बैठक




काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताको बैठक बोलाएका छन् । संसद्‌मा जारी अवरोधका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले अपराह्न ४ बजेका लागि शीर्ष नेताको बैठक बोलाएका हुन् । 


Advertisement


प्रधानमन्त्रीले हिजो बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका थिए । ओली उपस्थित नभएपछि आज पुनः बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

साउन १० गतेयता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् अवरोध गर्दै आएको छ ।



ब्रेक–सु मा राखेर भित्र्याइएको ६० किलो सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान हुनुपर्ने अडान राख्दै आएको छ ।

त्यसमा सरकारले असहमति राख्दै नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा सीआईबीमार्फत नै अनुसन्धान अघि बढाउने भन्दै राज्यका निकायमाथि अविश्वास नगर्न गृहन्त्रीले आग्रह गरेका छन् ।

सुरुमा राजस्व अनुसन्धानले हेरेको सुन काण्डको अनुसन्धानपछि सीआईबीलाई दिइएको थियो । तर, एमालेले भने गृहमन्त्रीमाथि नै अनुसन्धान आवश्यक भएकाले सीआईबीले गर्न नसक्ने बताउँदै आएको छ ।

Copy link
Powered by Social Snap