२०८२ चैत्र १२

राजनीति

रेल चलाउन अब छिट्टै जनकपुर आउँछुः प्रधानमन्त्री ओली

रेल चलाउन अब छिट्टै जनकपुर आउँछुः प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार, सामाजिक
धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढिसकेकाले निर्वाचन एक दिन पनि तलमाथि नसर्ने बताएका छन् । धनुषा, मिथिला नगरपालिका वडा नं ७ ढल्केवरमा सङ्घीय सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित नेपालको पहिलो ४०० केभी सबस्टेशन तथा विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको २२०/१३२ केभी सबस्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रदेश नं २ मा वैशाख १७ गते नै चुनाव हुने भएकाले चुनावको तयारीमा लाग्नुहोस् ।’ प्रधानमन्त्री ओलीले सही, राम्रा र नयाँ कामको शुरुआत गर्नका लागि पुरानो परम्परा तोड्नुपर्ने बताउँदै पशुपतिनाथमा १४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले समाचार लेखेकामा गुनासो गरे ।  प्रधानमन्त्रीले भने, “पशुप...
संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा छः चित्रबहादुर केसी

संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा छः चित्रबहादुर केसी

देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा विघटन मध्यावधि चुनाव गराउनको निम्ति नभएको बताएका छन् । सोमबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संसद विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मध्यावधि चुनाव गराउनको निम्ति संसद विघटन नगरिएको जिकिर गरेका हुन् । चुनाव गराउने समय नै नभएको भन्दै उनले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा भएको उनको भनाई छ । नेपालमा स्थिर सरकार र पार्टीहरु नैतिकवान भए भने विदेशी शक्तिकेन्द्र हरुले हस्तक्षेप गर्न नसक्ने पनि उनको भनाई छ । Advertisement समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विश्वकै उत्कृष्ट संविधान भन्ने पार्टीको प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको आरोप लगाए । आफुहरुले संविधानको निर्माणकालमै संविधानको विरोधमा संव...
अमेरिकाको आधारभूत नेपाल नीतिमा परिवर्तन हुन्न : राजदूत बेरी

अमेरिकाको आधारभूत नेपाल नीतिमा परिवर्तन हुन्न : राजदूत बेरी

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
१९ माघ, काठमाडौं । अमेरिकी राजदूत र्‍याण्डी बेरीले राष्ट्रपति जो बाइडनको कार्यकालमा अमेरिकाको आधारभूत नेपाल नीतिमा परिर्वतन नहुने बताएका छन् । Advertisement सोमबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बेरीले विश्वव्यापी प्राथमिकताहरु फेरिन सक्ने बताए । ‘तर, समग्र नीतिमा परिर्वतन हुँदैन’ उनले भनेका छन् । Credit: OnlineKhabar ...
निर्वाचन तयारीका सम्बन्धमा पूर्व प्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल

निर्वाचन तयारीका सम्बन्धमा पूर्व प्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल

देश, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्व प्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको छ । निर्वाचन आयोगले सोमबार निर्वाचन तयारीको सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त्यसको समाधान राजनीतिक दलहरुसँग नै भएकोले निर्वाचन आयोगलाई कुनै राजनीतिक दलले अप्ठ्यारो पार्नु नहुने बताए । राजनीतिक निकाश हुनासाथ चुनाव गर्न निर्वाचन आयोग प्राविधिक रुपमा तयार रहेको आयोगले जनाएको उनको भनाई छ । Advertisement पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलहरुले सुल्झाउनुपर्ने र निर्वाचन आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताए । मतपत्रको डिजाइन र पार्टी दर्ता नहुञ्जेलसम्म निर्वाचनको तयारी पूर्ण रुपमा ...
ईश्वर पोखरेल नुवाकोट जाँदा बट्टारमा तनाव, झडपमा ५ जना घाइते

ईश्वर पोखरेल नुवाकोट जाँदा बट्टारमा तनाव, झडपमा ५ जना घाइते

देश, राजनीति, समाचार, सामाजिक
नेकपाको केपी ओली पक्षले नुवाकोटको बट्टारमा राखेको कार्यक्रममा सहभागी हुन आएका उपप्रधानमन्त्री तथा सो समूहका सचिवालय सदस्य ईश्वर पोखरेललगायतका नेताहरुलाई प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।  नुवाकोटको बट्टार क्याम्पस अगाडि ओलीको कदमको विरोध गर्न भेला भएका प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले पोखरेललगायतलाई कालोझण्डा देखाएका हुन् । सो क्रममा प्रहरी हस्तक्षेप हुँदा प्रचण्ड नेपाल पक्षका विनोद कोइराला, प्रदीप भट्ट, दिपेश चित्रकारलगायत ५ जना सामान्य घाइते भएको प्रचण्ड नेपाल समूह निकट राष्ट्रिय युवासंघका सुरेश अधिकारीले जानकारी दिए ।  Advertisement सो क्रममा प्रदर्शनकारीले ढुंगामुढा गर्दा २ सटा सरकारी गाडीमा क्षति समेत भएको छ ।  ओली समूहले नुवाकोटको बट्टारमै सभाको आयोजना गरेको छ।  सो सभामा पोखरेलसहित ऊर्जामन्त्री टोपबहादुर रायमा...
छापामार शैलीमा पृथक खालका अभ्यास भएपछि प्रतिनिधिसभा विघटन गर्नुपर्‍योः अर्थमन्त्री पौडेल

छापामार शैलीमा पृथक खालका अभ्यास भएपछि प्रतिनिधिसभा विघटन गर्नुपर्‍योः अर्थमन्त्री पौडेल

देश, राजनीति, समाचार
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी भित्रैबाट छापामार शैलीमा संविधानको प्रवन्धभन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् । मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बद्र्धन सशक्तिकरण विषयमा आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै आर्थमन्त्री पौडेलले छापामार शैलीमा संविधान र कानूनको प्रवन्ध र संसदीय दलको विधानको भन्दा पृथक खालका अभ्यासहरु गर्ने सडयन्त्रमुलक क्रियाकलाप भएकाले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए । उनले अनुशासित प्रतिनिधिसभा निर्माण गर्नका लागि जनताप्रति, राष्ट्रप्रति जवाफदेही भएर काम गर्ने प्रतिनिधिसभा निर्माण गर्न ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको पनि बताए । संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता र समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ मुलुकलाई लैजान गतिशील र अनु...
प्रचण्ड- नेपाल समूहले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

प्रचण्ड- नेपाल समूहले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

देश, राजनीति, समाचार
काठमाडौं । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार ११ बजेका लागि बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए । पार्टीको आधिकारिकता विवाद निर्वाचनका विषयमा बैठकमा केन्द्रित हुने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको निर्णय लिएपछि प्रचण्ड नेपाल समूह आन्दोलित छ । Advertisement संसद् पुनर्स्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने उक्त अडानमा छ । नेकपा यतिबेला केपी ओली र प्रचण्ड नेपाल गरी दुई कित्तामा विभाजित छ । दुबै समूहले आधिकारिता दाबी गरिरहेका छन् ।  तर ११ माघमा आयोगले नेकप...
प्रचण्ड-माधव माइतीघर धर्नामा बस्ने

प्रचण्ड-माधव माइतीघर धर्नामा बस्ने

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल माइतीघरमा जारी धर्नामा सहभागी हुने भएका छन् । केन्द्रीय सदस्य विष्णु रिजालले अध्यक्षद्वय प्रचण्ड र नेपाल १२ बजेपछि माइतीघरको धर्नामा सहभागी हुने जानकारी दिए । प्रतिनिधिसभा विघटनविरुद्ध यो पक्षका संघीय र प्रदेश सांसदहरु गत माघ १४ गतेदेखि माइतीघरमा लगातार धर्ना बस्दै आएका छन् । Advertisement प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र प्रतिगामी भन्दै पुनस्र्थापनाका लागि संघर्षरत सो पक्षले तेस्रो चरणको आन्दोलन जारी राखेको छ । त्यसअन्तर्गत विराटनगर, बुटवल र धनगढीमा व्यापक प्रदर्शन र विरोध सभा गरिसकेको प्रचण्ड–माधव पक्षले आगामी माघ २८ गते काठमाडौँमा अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ । साभार: रातोपाटी ...
प्रतिगमनको मतियार नबन्न : स्थानीय सरकारलाई ज्ञापनपत्र

प्रतिगमनको मतियार नबन्न : स्थानीय सरकारलाई ज्ञापनपत्र

देश, राजनीति, समाचार
१८ माघ, काठमाडौं । संसद विघटनलाई प्रतिगमनकारी कदम भन्दै आन्दोलनरत अनेरास्ववियूको प्रचण्ड–माधव नेपाल समूह निकट विद्यार्थीहरुले आज स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाउँदै छन् । प्रतिगमनकारी सरकारको मतियार नबन्न र स्रोत साधनको बजेट दुरुपयोग नगर्न आग्रह गर्दै आजबाट स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउन लागिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । Advertisement अनेरास्ववियूले स्थानीय तहमा बुझाउन तयार पारिएको ज्ञापन पत्रमा लेखिएको छ, ‘कामचलाउ सरकारले ज्ञानेन्द्रको झल्को दिने दिने गरी पञ्चर्‍याली  आयोजना गर्न थालेको छ । यस्ता र्‍यालीहरुको व्यवस्थापनमा स्थानीय सरकारहरु लागेका र राज्यशक्ति र स्रोतको व्यापक दुरुपयोग भएको हामीले जनगुनासो सुनेका छौं । विकास निर्माणका काममा खर्च गर्नुपर्ने जनताको ढुकुटी दुरुपयोग गरी प्रतिगमनलाई सहयोग पु...
आयल निगम र पेट्रोलियम डिलर्सबीच सहमति

आयल निगम र पेट्रोलियम डिलर्सबीच सहमति

देश, राजनीति, समाचार
काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति गरिरहेको नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनले पेट्रोलियम पदार्थको आपूर्तिमा गर्ने भनेको हड्ताल टरेको छ । शनिबार निगम र एशोसिएसनबीच ५ बुँदे सहमति भएसँगै यस्तो सम्भवना टरेको हो ।  शनिबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय बबरमहलमा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलसहितका अधिकारी तथा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान लगायत एशोसिएसनका पदाधिकारीको उपस्थितिमा यस्तो सहमति भएको हो । Advertisement सो सहमति अनुसार निगमले माघ १६ गतेको पत्र अनुसार वृद्धि गरेको कमिसन रकम कुन मितिबाट लागु हुने भन्ने सम्बन्धमा भएको विवाद अन्त्य भएको छ ।  निगम व्यवस्थापन समितिले पत्र लेखेको दिनदेखि यो नियम लागु हुने बताए पनि निगमको सञ्चालक समितिले निर्णय भएकै लागु गर्ने निर्णय गरेर एशोसिएसनको म...