२०८१ जेष्ठ ६

राजनीति

आफ्नो विचार राख्दैमा विचार  अदालतको अवहेलना हुँदैन

आफ्नो विचार राख्दैमा विचार अदालतको अवहेलना हुँदैन

देश, राजनीति, समाचार
काठमाडौं । चारजना पूर्वप्रधान न्यायाधीश र पूर्वसभामुख बिरुद्धको रिटको सुनुवाईमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहिबार बहस गरे । त्रिपाठीले आफ्नो सरोकारको मुद्धा भएकाले सुनुवाईमा संलग्न हुन पाउँ भन्दै निवेदन दिएपछि अदालतले उनलाई बहसका लागि अनुमति दिएको थियो ।  सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्माको इजलाशमा त्रिपाठीले ‘विचार राखेको’ कुरालाई अवहेलना मान्न नहुने भन्दै रिट खारेज गर्न माग गरेका छन् । Advertisement चारजना पूर्व प्रधान न्यायाधीशहरु मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्की तथा पूर्व सभामुख दमननाथ ढुंगानाले कानुन बुझेको उनको भनाई छ ।  ‘पूर्व सभामुख आफैं संविधान निर्माणमा संलग्न हुनुहुन्थ्यो,’ त्रिपाठीले भने,‘अदालतले अनुमान पनि गर्दै कि उहाँहरुबाट अदालतको अवहेलना हुन्छ ।’ विचार व्यत्ति गर्न संविध...
चुच्चे नक्सा जारी भएपछि केपी ओली हटाउने अभियान चल्यो : मन्त्री अर्याल

चुच्चे नक्सा जारी भएपछि केपी ओली हटाउने अभियान चल्यो : मन्त्री अर्याल

देश, राजनीति, समाचार
काभ्रे । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले विगतमा छुटाइएका नेपाली भूभाग समेटेर चुच्चे नक्सा जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल शुरु भएको बताएकी छन् । अखिल नेपाल महिला संघ काभे्रले आज (बिहिवार) बनेपामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताइन् । नेकपाको केन्द्रीय सदस्य समेत रहनुभएकी मन्त्री अर्यालले राष्ट्रियताको पक्षमा खुट्टा नकमाएर दह्रोसँग उभिएका कारण प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई पदबाट हटाउने प्रयासमा विभिन्न गतिविधिहरु शुरु भएको बताइन् ।  Advertisement ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारले चुच्चे नक्सा जारी गरेपछी केपी ओलीलाई नफाली नहुने गरी खेल शुरु भयो । उहाँहरु त्यसरी लाग्नुभयो’, मन्त्री अर्यालले भनिन्, ‘पहिलोपटक नाकाबन्दीको विरुद्धमा उभि...
प्रधानमन्त्री ओलीद्वारा वीरेन्द्र अस्पतालको खोप केन्द्र अवलोकन

प्रधानमन्त्री ओलीद्वारा वीरेन्द्र अस्पतालको खोप केन्द्र अवलोकन

देश, राजनीति, समाचार, सामाजिक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीरेन्द्र अस्पतालस्थित कोभिड १९ रोग विरुद्धको खोप केन्द्र अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार खोप केन्द्रको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा सेनाका वलाधिकृत रथी प्रभुराम शर्माको समेत उपस्थिति रहेको थियो । Advertisement अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले सैनिक अस्पतालमा कार्यरत  स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारी लगायतलाई खोप लगाउने कार्यको शुभारम्भ गरेका थिए । सो केन्न्द्रमा आज १४० जना र उपत्यका बाहिरका अन्य सैनिक अस्पतालहरुमा ३७ जना गरी जम्म १७७ जनाले खोप लगाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । साभार: रातोपाटी ...
प्रचण्ड–माधव पक्षको १० सिट पनि आउँदैनः प्रधानमन्त्री ओली

प्रचण्ड–माधव पक्षको १० सिट पनि आउँदैनः प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि नआउने दाबी गरेका छन् । बुधबार आफु निकट आदिवासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गरेका हुन् ।  Advertisement उनले प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी पनि गरे । जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताए । प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफुहरुको भएको बताए । विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई ...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

देश, राजनीति, समाचार
काठमाडौं । सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवार लगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति गठन गरेको छ । मन्त्रिपरिषद्को माघ ११ गते आइतबार बसेको बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा खानेपानी मन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहनुभएको समिति गठन गरेको हो । Advertisement समितिले नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा जीवन उत्सर्ग गर्ने शहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्धन्द्धपीडित र विस्थापित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख संकलन गर्ने र उनीहरुलाई न...
तानसेन नगरपालिकामा कानुन विपरीत  कर असुली : खारेज गर्न गुल्मीका व्यवसायीहरुको माग

तानसेन नगरपालिकामा कानुन विपरीत कर असुली : खारेज गर्न गुल्मीका व्यवसायीहरुको माग

देश, राजनीति, समाचार
गुल्मी । पाल्पाको तानसेन नगरपालिकाले राजमार्ग र साहयक राजमार्गमा अवैध रुपमा सवारी साधनहरुमा कर असुली गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका छन् । गुल्मीबाट बुटवलतर्फ जाने र उताबाट आउने साना ठूला सवारी साधनमा  पाल्पाको बतासेडाँडा र होलाङ्गदीमा  ऐन कानुन मिचेर दोहोरो कर असुली गरकोेले त्यसलाई तत्काल खारेजीको माग गर्दै गुल्मी उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालय गुल्मीकामार्फत जिल्ला प्रशासन कार्र्यालय पाल्पा र तानसेन नगरपालिकालाई मंगलवार ज्ञापन पत्र पठाएको छ । Advertisement प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले  उक्त ज्ञापन पत्र बुझाएका हुन् ।  राजमार्ग र साहयक राजमार्गमा कुनै पनि प्रकारको कर शुल्क असुल्न नपाईने अहिलेको संविधानमा स्पष्ट व्यवस्था रहेको अवस्थामा तानसेन नगरपालिकाले गुल्...
‘कोभिड–१९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा’

‘कोभिड–१९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा’

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । बुधबार बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौँका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २२० स्थानबाट खोप अभियान सुभारम्भ भएको जानकारी दिए । उनले माघ १८ गते सम्म ७७ वटै जिल्लाका ३ सय केन्द्रमा खोप अभियान अघि बढ्ने पनि बताए । Advertisement ‘खोप अभियानबाट कोभिड १९ विरुद्धको लडाईंलाई माथि उठाएका छौँ । गएको एक बर्ष अत्यन्तै कठिन भएको छ । महामारीका रुपमा आएको कोभिडबारे यसअघि कसैलाई पनि ज्ञान नभएपनि यसको सामना गर्न हामी अघि बढिरह्यौँ,’ सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने । उनले  अग्रपंक्तिमा रहेर खटिने स्वास्थ्यकर्मीको उच्च प्रशंसा गर्दै आफु खतरा मोल्न चाहेर पनि देश हितमा लाग्नेहरुको कठिन घडीमा पुर्...
मोदी- ओलिको विचार केही मिल्दो

मोदी- ओलिको विचार केही मिल्दो

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिर गएर विशेष पूजापाठ गरेका थिए । ईश्वरका नाममा सपथ लिन नमान्ने तर पशुपति मन्दिरमा गएर पूजा गर्ने उनको परस्पर विरोधाभासपूर्ण दुई चरित्रका बारे अहिले राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । प्रधानमन्त्री ओली त्यसो त धर्मकर्ममा त्यति विश्वास गर्दैनन् । यसअघि पनि प्रधानमन्त्री भइसकेका उनी यसरी पशुपति मन्दिरमा गएर कहिल्यै पूजापाठ गरेका थिएनन् । उनीमात्र होइन, कम्युनिस्ट पार्टीका कुनै पनि प्रधानमन्त्रीले पशुपतिमा गएर पूजापाठ गरेका थिएनन् । तर ओलीले सोमबार त्यो परम्परालाई क्रमभङ्ग गरे । Advertisement ओलीले पशुपति मन्दिरमा जानका लागि अहिलेकै समयलाई किन रोजे ? यो प्रश्न धेरैको मनमा उब्जिएको छ । प्रतिनिधिसभा भङ्ग गरेर चुनावको घोषणा भइसकेको अवस्था एकातिर छ भने अर्कोतिर ओलीकै विरुद्धमा आ...
आयोगको निर्णयसँगै नेकपा  आधिकारिकता ‘च्याप्टर’ समापन

आयोगको निर्णयसँगै नेकपा आधिकारिकता ‘च्याप्टर’ समापन

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिकताको प्रश्न टुङ्गिएको बताएका छन् । नेकपा पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । आयोगको निर्णयसँगै आधिकारिक नेकपा आफूहरु रहेको दाबी गरे ।   अध्यक्ष नेपालले  भने– ‘निर्वाचन आयोगले ४११ केन्द्रीय सदस्यलाई मान्यता दिएपछि त्यसको बहुमतका आधारमा हामी आधिकारिक नेकपा हौँ ।’ चार सय ४१ को केन्द्रीय कमिटी र ४५ का स्थायी समिति आधिकारिक भएको र त्यसमा आफूहरुसँग बहुमत रहेको नेता नेपालको भनाइ थियो ।  Advertisement पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले संविधानको कुनै धारामा नटेकी प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय भएको जिकिर गर्दै यसबाट उक्त निर्णय अवैधानि...
ओलीले व्यवस्थासँग रिस राख्छन, त्यसैले संसद विघटन गरे : भुसाल

ओलीले व्यवस्थासँग रिस राख्छन, त्यसैले संसद विघटन गरे : भुसाल

देश, राजनीति, समाचार
१३ माघ, बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासँग बदला लिन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । तिलोत्तमाको ड्राइभरटोलमा मंगलबार आयोजित अन्तरक्रियामा नेता भुसालले प्रधानमन्त्रीले विधायिकाको हत्या गर्न खोजेकाले अदालतले त्यसलाई रोक्नु पर्ने बताए । ‘संसद विघटन सदर भयो भने यो व्यवस्था प्यारालाइज हुन्छ र न्यायपालिकामाथि आक्रमण सुरु हुन्छ,’ भुसालले भने, ‘संविधानको रक्षा गर्ने दायित्व अदालतको हो, संसद पुनर्स्थापनाले मात्रै संविधान जोगिन्छ र भविष्यमा अर्को केपी ओलीको जन्म हुन्न ।’ Advertisement नेकपाको प्रचण्ड–माधव पक्षले गरिरहेको आन्दोलन अदालतको स्वतन्त्रता र स्वच्छताका लागि भएको भुसालले बताए । ‘यदि कतै सेटिङ भएको छ भनेपनि त्यसले अदालतलाई प्रभावित नगरोस् भन्ने...