२०८२ चैत्र १२

राजनीति

ज्ञानेन्द्रसँग लडेर आएका हौं, सेनाका गाडीले नतर्साए हुन्छ: वर्षमान पुन

ज्ञानेन्द्रसँग लडेर आएका हौं, सेनाका गाडीले नतर्साए हुन्छ: वर्षमान पुन

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने चेतावनी दिएका छन् । संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल पक्षले बिहीबार गरेको आमहड्तालका सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेर आएका आफूहरु ओली र रामबहादुर थापासँग नतर्सने बताए । बिहीबार बुटवलमा  र केही दिनअघि काठमाडौंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङकर गुडाएर तर्साउन खोजिएको पुनको भनाइ थियो । ओली सधैं प्रधानमन्त्री र थापा सधैं गृहमन्त्री रहिनरहने भन्दै पुनले आन्दोलन सफल भएर पदबाट हटेका दिन सेना र प्रहरीले नै उनीहरुलाई उठाएर हिरासतमा राख्ने दाबी गरे । Advertisement केही समयअघिसम्म आफ्नै पार्टीका अध्यक्ष र नेता रहेका प्रचण्डलाई गृहमन्त्रीले सडकबाटै उठा...
बन्द सफल पार्न ‘ चिउरा – पानि’ लिएर सडकमा प्रचण्ड

बन्द सफल पार्न ‘ चिउरा – पानि’ लिएर सडकमा प्रचण्ड

देश, राजनीति, समाचार
काठमाडौं । संवैधानिक नियुक्तिको विरोधमा देशव्यापी आमहड्ताल गरेको नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सडकमा निस्किएका छन् । अध्यक्ष प्रचण्ड नेता कार्यकर्ताका साथमा ललितपुरको सातदोवाटो, कोटेश्वर, पुल्चोकलगायतका क्षेत्रमा प्रदर्शनमा उत्रिएका हुन् ।  सातदोवाटोमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ओली कदमका विरुद्ध आगामी फागुन पहिलो साताबाट जनआन्दोलन नै सुरु गर्ने प्रतिक्रिया दिए । ‘लोकतन्त्रमाथि प्रहार भएको छ । जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो,’ प्रचण्डले भने, ‘यो आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभइ गणतन्त्र पक्षधर गणतन्त्रविरोधीबीको लडाइँ हो ।’  Advertisement साभार: रातोपाटी ...
बन्दको अवज्ञा गरेको भन्दै चार वटा ट्रकमा तोडफोड

बन्दको अवज्ञा गरेको भन्दै चार वटा ट्रकमा तोडफोड

देश, राजनीति, समाचार, सामाजिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।  Advertisement बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् ।  यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...
फागुन पहिलो साताबाट संयुक्त आन्दोलन : प्रचण्ड

फागुन पहिलो साताबाट संयुक्त आन्दोलन : प्रचण्ड

देश, राजनीति, समाचार
२३ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोकमा पुगेर नाराबाजी गरेका छन् । Advertisement त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताए । सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उनले बताए । यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै उनले भने, ‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’ संसद विघटन र संवैधानिक नि...
प्रदेशसभाको स्थापना दिवसमा मुख्यमन्त्री नै अनुपस्थित

प्रदेशसभाको स्थापना दिवसमा मुख्यमन्त्री नै अनुपस्थित

देश, राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेश सभाको तेस्रो स्थापना दिवसको समारोहमा  मुख्यमन्त्री  शंकर पोखरल र आन्तिरक मालिला मन्त्री प्रसाद केसी अनुपस्थीत भएपछि खल्लो महसुह भएको भएको छ । २०७४ माघ २१ गते पहिलो बैठक बसेको मितिका आधारमा लुम्बिनी प्रदेशसभाले बुधबार स्थापना दिवस तामझामबीच मनाउदाँ मुख्यमन्त्री पोखरेल  र आन्तरिक मामिला मन्त्री कुल प्रसाद केसी उपस्थति नहुँदा खल्लो महसुस भएको प्रदेससभा सदस्यहरुले बताएका छन् । पार्टीको आन्तरिक विवादका कारण प्रदेशमा भन्दा केन्द्रीय राजधानीमा सक्रिय देखिएका उनीहरुले प्रदेश स्थापना दिवसलाई प्राथमिकता नदिएको अनुमान धेरैले लगाएका छन् ।  प्रदेश सभाले मुख्यमन्त्री, मन्त्रीदेखि प्रदेशसभा सदस्यहरु सबैलाई औपचारिक निमन्त्रणा गरेको थियो । लुम्बिनी प्रदेश सभाका प्रवक्ता श्याम  प्रसाद श्रेष्ठले  कार्यक्रमका लागि मुख्यमन्त्री, मन्त्री तथा प्रदेससभा सदस्यहरु सबैलाई औ...
संवैधानिक आयोगमा नियुक्त पदाधिकारीको सपथ ग्रहणप्रति काँग्रेसको विमति

संवैधानिक आयोगमा नियुक्त पदाधिकारीको सपथ ग्रहणप्रति काँग्रेसको विमति

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले  संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहणप्रति विमति जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार ट्विट गर्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको सपथ ग्रहणमा काँग्रेसको विमति रहेको जानकारी दिए । संवैधानिक आयोगमा सिफारिस भएका ३२ जनाले बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएका थिए । सभामुख र प्रतिपक्षी दलका नेताको उपस्थित वेगर गत ३० मंसिरमा बसेको संवैधानिक परिषद्को बैठकले ११ आयोगका ३८ पदमा नियुक्ति सिफारिस गरेको थियो । सरकारका यी कदमले संसद् विघटनको विरोधमा सरकारविरुद्ध जारी सडक आन्दोलनलाई अझै घनिभूत बनाइने शर्माले बताए । उनले लेखेका छन्, ‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरितको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्ध, संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा छौं हामी ।...
लुम्बिनीमा क्षेत्र संरक्षण अभियान

लुम्बिनीमा क्षेत्र संरक्षण अभियान

देश, राजनीति, समाचार, सामाजिक
२० माघ, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा सिमसार क्षेत्र संरक्षण र विस्तार अभियान सुरु भएको छ । लुम्बिनी विकास कोषले संरक्षण गरेको ११ सय ५५ बिघा क्षेत्रमध्ये १ सय ५२ बिघा सिमसार क्षेत्र भएपनि त्यसको उचित संरक्षण हुन नसकेकाले संरक्षण अभियान थालिएको हो । सारसलगायत अन्य वन्यजन्तुको बासस्थान संरक्षण, पर्या–पर्यटन पूर्वाधारमार्फत लुम्बिनी घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने र वातावरण तथा जैविक विविधता संरक्षण गर्ने उद्देश्यले सिमसार क्षेत्र संरक्षण र विस्तार अभियान थालिएको कोषले जनाएको छ । Advertisement हाल लुम्बिनीमा जंगल ४० प्रतिशत, घाँसे मैदान ५२ प्रतिशत, सडक तथा भवनहरु ६ प्रतिशत र सिमसार क्षेत्र २ प्रतिशत मात्र छ । सिमसार क्षेत्र संरक्षण र विस्तार गर्न विकास कोषले अमेरिकाको अन्तर्राष्ट्रिय क्रेन फाउण्डेसनलाई ६ सय ६० बिघा जग्गा ५० वर्षका लागि लिज...
विद्युत खरिद सम्झौताको नीति फेरिँदै, प्रतिस्पर्धा नगराए प्राधिकरण जोखिममा

विद्युत खरिद सम्झौताको नीति फेरिँदै, प्रतिस्पर्धा नगराए प्राधिकरण जोखिममा

देश, राजनीति, समाचार
२० माघ, काठमाडौं । सरकारले विद्युत खरिद सम्झौता (पीपीए)को नीति परिवर्तन गर्ने तयारी गरेको छ । उत्पादन भएपछि बिजुली किन्नैपर्ने र नभए त्यसको क्षतिपूर्ति दिनुपर्ने गरी हाल ‘टेक अर पे’ मा गरिँदै आएको पीपीएको नीतिलाई परिमार्जन गर्न लागेको हो । ‘रन अफ दि रिभर’ (आरओआर) मा आधारित जलविद्युत आयोजनासँग ‘टेक अर पे’मा गरिने पीपीएको कोटा सकिएकाले नयाँ नीति लिने तयारी गरिएको हो । विज्ञहरुले नीति परिवर्तन गरेपनि प्रतिस्पर्धा नगराई पीपीए भएमा नेपाल विद्युत प्राधिकरण वित्तीय जोखिममा पर्न सक्ने औंल्याएका छन् । Advertisement ‘टेक अर पे’मा पीपीए गर्न सकिने आरओआर प्रणालीका आयोजनाको कोटालाई बढाउन सक्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राधिकरणलाई एक प्रतिवेदन पठाएको छ । मन्त्रालयका सहसचिव मधु भेटवालको संयोजकत्वमा बनेको एक कार्यदलले ऊर्जा समिश्रणबारे अध्ययन...
दबाब र हुलबाट होइन, प्रमाणले न्याय दिने हो : न्यायाधीश  हरिकृष्ण कार्की

दबाब र हुलबाट होइन, प्रमाणले न्याय दिने हो : न्यायाधीश हरिकृष्ण कार्की

देश, राजनीति, समाचार
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले दबाब र हुलबाट नभई प्रमाणले न्याय दिने बताएका छन्  । पछिल्लो समयमा न्यायाधीशमा तनावको वातावरण सिर्जना भएको पनि उनले बताए । ‘अहिले अदालतमा कुनै मुद्दा आउँदा त्यसको पक्ष/विपक्षमा जुलुस र प्रदर्शन हुन्छ, ‘उनले भने, ‘न्यायाधीशले मिसिल हेर्ने कि, कानून हेर्ने कि जुलुस हेर्ने ? कसरी न्याय दिने ?’ मंगलबार वीरेन्द्रनगरमा  पत्रकारसँगको अन्तरक्रिया कार्यक्रम उनले  न्यायापालिकामा हुन सक्ने विकृति र अनियमितता रोक्न प्रभावकारी रुपमा कदम चाल्नुपर्नेमा जोड दिए । उनले भने, 'न्यायापालिकामा विकृति र अनियमितता तथा बिचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामका प्रभावकारी रुपमा कदम चाल्नुपर्ने देखिन्छ  ।' Advertisement सो कदमका लागि चाल्नुपर्ने प्रभावकारी उपायहरुको सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्न गठित ...
प्रधानमन्त्रीले राखे संवैधानिक परिषद् बैठक

प्रधानमन्त्रीले राखे संवैधानिक परिषद् बैठक

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बुधवार बिहान ९ बजे बालुवाटारमा संवैधानिक परिषद्को बैठक राखिएको उच्च स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । माघ १८ मा परिषद्ले निर्वाचन आयोग, अख्तियार र मानवअधिकार आयोग लगायतका निकायमा गरेको विवादास्पद सिफारिस सभामुखले फिर्ता गरेका थिए । अध्यादेश ल्याएर ३० मंसिरमा परिषद्ले अख्तियारलगायत संवैधानिक निकायमा ४५ जनालाई नियुक्ति सिफारिस गरेको थियो । Advertisement मंसिर ३० मा बिहानको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि प्रधानमन्त्रीले अध्यादेशमार्फत् कानुन संशोधन गरेर सो साँझ बैठक राखेका थिए । बैठकमा सभामुख र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए । प्रधानन्यायाधीशले के गर्लान् ? बहुमत सदस्यले संवैधानिक नियुक्ती गर्नसक्ने ब्यवस्थासहित अध्यादेश ल्...