२०८१ बैशाख २३

बन्द सफल पार्न ‘ चिउरा – पानि’ लिएर सडकमा प्रचण्ड

काठमाडौं । संवैधानिक नियुक्तिको विरोधमा देशव्यापी आमहड्ताल गरेको नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सडकमा निस्किएका छन् । अध्यक्ष प्रचण्ड नेता कार्यकर्ताका साथमा ललितपुरको सातदोवाटो, कोटेश्वर, पुल्चोकलगायतका क्षेत्रमा प्रदर्शनमा उत्रिएका हुन् । 

सातदोवाटोमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ओली कदमका विरुद्ध आगामी फागुन पहिलो साताबाट जनआन्दोलन नै सुरु गर्ने प्रतिक्रिया दिए । ‘लोकतन्त्रमाथि प्रहार भएको छ । जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो,’ प्रचण्डले भने, ‘यो आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभइ गणतन्त्र पक्षधर गणतन्त्रविरोधीबीको लडाइँ हो ।’ 


Advertisement


साभार: रातोपाटी

Copy link
Powered by Social Snap