२०८१ जेष्ठ ४

रामकुमारी झाँक्री पक्राउको काँग्रेस वरिष्ठ नेता पौडेलद्वारा विरोध

सरकारको निर्देशनमा प्रहरीले नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेपछि त्यसको चौतर्फी विरोध भएको छ । यही क्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पक्राउको विरोध गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेका छन् ।  


Advertisement


‘सरकारले नेकपाकी नेतृ एंव निवर्तमान संसद रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ’, पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गर्दै सरकारले झाँक्रीलाई पक्राउ गरेको छ । हामीले ल्याएको लोकतन्त्र बोल्नै नपाउने भन्ने होइन। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म  घोर भत्सर्ना गर्दछु । साथै उनलाई विना शर्त रिहा गर्न समेत माग गर्दछु ।’

साभार: रातोपाटी

Copy link
Powered by Social Snap