२०८२ पुष ६

राजनीति

ओली पक्षले भन्यो– चैत ४ र ५ गते कुनै भेला आयोजना गरेको छैन

ओली पक्षले भन्यो– चैत ४ र ५ गते कुनै भेला आयोजना गरेको छैन

देश, राजनीति, समाचार
\ काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले नेकपा एमालेका तर्फबाट चैत ४ र ५ गते कुनैपनि भेला आयोजना नगरेको जनाएका छन् । महासचिव पोखरेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै नेकपा एमालेको नाममा भेला आयोजना गर्न लागेको भनेर गरिएको प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको समेत बताएका छन् ।  उनले एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई लक्षित गर्दै अनाधिकृत गुट भेला नगर्न, नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाए पनि नजान नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।  Advertisement ‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न नगराउन, भेला आयोजनाका नाममा भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटको भेलामा सहभागी नहुन नेकपा एमाले सवै नेता कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ’, पोखरेलले जारी गरेको विज्ञप्तिमा भनि...
अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूतबीच भेट

अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूतबीच भेट

देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले आज शिष्टाचार भेटघाट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्षसम्म दुई देशबीच सुमधुर र मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । उनले दुई देशले संयुक्त राष्ट्रसङ्घ जस्ता अन्तरराष्ट्रिय मञ्चमा साझा चासोका विषयमा निकट रहेर सहकार्य गरिरहेको बताउँदै दुई देशका संसद् बीचसमेत सुमधुर सम्बन्ध रहेको जानकारी गराए । इजरायलले नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकामा धन्यवाद व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले विशेषगरी कृषि क्षेत्रमा प्रविधि भित्र्याउन तथा सीप विकासमा गरेको सहयोगका लागि आभार व्यक्त गरे । ‘इजरायलको कृषि क्षेत्रमा काम गरेर तथा कृषिसम्बन्धी विभिन्न तालीम गरेर फर्किएका नेपालीले कृषिमा सफलता हासिल ग...
एमालेमा बहुकेन्द्र निर्माण हुन दिँदैनौँ  :  मन्त्री ढकाल

एमालेमा बहुकेन्द्र निर्माण हुन दिँदैनौँ : मन्त्री ढकाल

देश, राजनीति, समाचार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेकपा (एमाले)मा बहु शक्ति केन्द्र निर्माण हुन नदिने बताएका छन् । एमाले कोहलपुर नगर कमिटीद्वारा आज कोहलपुरमा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा उनले अब पार्टी विधिमा अघि बढ्ने दाबी गरे । एमालेका केन्द्रीय सदस्य रहेका मन्त्री ढकालले पार्टीलाई विधिमा लैजानकै लागि पार्टीको महाधिवेशन मितिसमेत तय भइसकेको उल्लेख गरे । “हामी सडकबाट पद लिने र दिने गर्दैनौँ, विधिसम्मत तरिकाले अगाडि बढ्छौँ”, उनले भने, “आगामी मङ्सिरमा हुने महाधिवेशनबाटै नेतृत्व चयन हुन्छ ।” Advertisement मन्त्री ढकालले कोरोनाबाट थिलोथिलो बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न मन्त्रालय नयाँ कार्यविधि बनाउन लागिरहेको उल्लेख गरे । उनले सरकारले निजी क्षेत्रसँगको साझेदारीमा पर्यटन क्षेत्रको विकासमा उचित ध्यान दिई कोरोनाले सबैभन्दा बढी प्रभाव...
काँग्रेसको काँधमा जिम्मेवारी आएको छः  देउवा

काँग्रेसको काँधमा जिम्मेवारी आएको छः देउवा

देश, राजनीति, समाचार
बारा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन काँग्रेसको काँधमा जिम्मेवारी आएको बताएका छन् । बारा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख) को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काका स्मृतिमा आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको बेलदारीमा आज उद्घाटन गर्दै सभापति देउवाले सहमति, सहकार्य र एकताका माध्यमबाट प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाई पार्टी अघि बढ्ने जानकारी दिए । पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्र जीवन्त रहे लोकतान्त्रिक पार्टीहरूको भविष्य रहने भन्दै संविधानको रक्षाका लागि आफ्नो पार्टी पूर्णरुपमा प्रतिबद्ध रहेको बताए । उनले भने, “देशलाई काँग्रेसको खाँचो रहेको हुँदा हामी सबै काँग्रेस पार्टीको एक स्वर हुन जरुरी छ, जनताको विश्वास र भरोसा कांग्रेसले दिनुपर्ने बेला आएको छ ।” उनले विकास, समृद्धि सँगसँगै विधिको शासन कायम ...
प्रधानमन्त्रीबाट राजीनामा नदिए केपी ओली थप नांगिन्छन् : प्रमुख सचेतक खाण

प्रधानमन्त्रीबाट राजीनामा नदिए केपी ओली थप नांगिन्छन् : प्रमुख सचेतक खाण

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले अहिले  प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्छन् भन्ने काँग्रेसले विश्वास गरेको बताएका छन्।  ‘आफैंले भंग गरेको संसद सर्वोच्चले स्थापना गरिदिएपछि प्रधानमन्त्री जवाफदेही बन्नु पर्दैन,’ नेता खाणले भने, ‘आफैंले भंग गरेको संसदमा कसरी अध्यादेश ल्याउने, कसरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, कसरी बजेट ल्याउने। अहिले पनि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुहोला भन्ने विश्वास छ।’ Advertisement शनिबार प्रेस युनियन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा  खाणले प्रधानमन्त्रीले मार्गप्रशस्त गरेपछि कोर्स करेक्सन भएर जाने र नगरे प्रधानमन्त्री थप नांगिएर जाने चेतावनी दिए।  सरकारको नेतृत्व लिनेबारे काँग्रेसले उचित समयमा उचित निर्णय गर्ने बताउँदै नेता खाणले प्रधानमन्त्री समेत रहेका...
तातोपानी नाकाबाट पहिलो पटक नेपालमा भित्रियो रासायनिक मल

तातोपानी नाकाबाट पहिलो पटक नेपालमा भित्रियो रासायनिक मल

देश, राजनीति, समाचार
उत्तरी सीमा नाका तातोपानीबाट पहिलो पटक नेपालमा रासायनिक मल भित्रिएको छ । तातोपानी नाकाबाट यस अघि खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामाग्री आयात हुनेगरेको भएपनि यो साता भने ८० हजार बोरा अर्थात ४ हजार टन रासायनिक मल भित्रिएको हो ।  साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले रासायनिक मल भित्र्याएको हो । चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत मल ल्याइएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले गत फागुन २३ गते पहिलो पटक सो नाकाबाट रासायनिक मल नेपाल भित्रिएको बताए । Advertisement अहिलेसम्म २ सय ८० टन युरिया मल आइसकेको छ । हरेक दिन ४÷५ वटा कन्टेनरमा रासायनिक मल आइरहेको प्रमुख खत्रीले बताउनुभयो । आयात गर्दा प्रयोग हुने कन्टेनरको सुविधा राम्रो भए १ महिनामा सबै मल आइसक्ने प्रमुख खत्रीले बताए । उत्तरी नाकाबाट...
नेपालमा संघीयता आउनुमा मधेश आन्दोलनको मुख्य भूमिका छ : मुख्यमन्त्री राउत

नेपालमा संघीयता आउनुमा मधेश आन्दोलनको मुख्य भूमिका छ : मुख्यमन्त्री राउत

देश, राजनीति, समाचार
सुर्खेत । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालमा संघीयता आउनुको मुख्य कारण मधेश आन्दोलन भएको बताएका छन् । संघीयताको लागि थुप्रै मधेशका व्यक्तिहरुले ज्यानको बलिदानी दिएको बताउँदै उनले संघीयताको कार्यान्वयन सहि तरिकाले नभएको बताए । कर्णाली उत्सव कुडा कर्णालीको शनिबार अन्तिम दिन ‘मुख्य मान्ठ मुल कुडा’ विषयमा वक्ताको रुपमा कर्णाली आएका मुख्यमन्त्री राउतले सिंहदरबारको प्रदेश २ र कर्णालीलाई  हेर्ने दृष्टिकोण फरक रहेको टिप्पणी गरे । मुख्यमन्त्री राउतले पुरै समय केन्द्र सरकारको विरुद्धमा नै बोलेका थिए । केन्द्र सरकारले हामीलाई हेपेको छ,’ उनले भने, ‘संघीयता जादुको क्षणी होइन् । सिस्टममा जाने वित्तिकै सबै काम पुरा हुन्छ भन्ने पनि हैन । हामी भर्खरै जन्मेको बच्चालाई हुर्काउँदैछौँ । संघीयता भनियो तर, अधिकार सबै संघीय सरकारको हातमा छ ।’ Advertisement ...
ओलीको कदमको विरोधमा रहेको माधव नेपाल पक्षले बोलायो भेला

ओलीको कदमको विरोधमा रहेको माधव नेपाल पक्षले बोलायो भेला

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी ढंगले पार्टीमा जिम्मेवारी हेरफेर गरेपछि रुष्ट बनेको माधव नेपाल समूहले शनिबार केन्द्रीय समिति र सांसदहरुको भेला बोलाएको छ । भेलामा ओलीको कदमपछि कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गरी निष्कर्षमा पुगिने नेताहरुले बताएका छन् ।  शुक्रबार बैठक राखेर ओलीले नवौं महाधिवेशनबाट चुनिएका अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारीहरूको पद खारेज खारेज गर्नुका साथै जिम्मेवारी हेरफेर गरेका थिए । यस्तै माओवादीमा नफर्किएका रामबहादुर थापा बादल, मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरुलाई ओलीले केन्द्रीय कमिटीमा ल्याउनुका साथै जिम्मेवारी समेत दिएका छन् ।  Advertisement ओलीको यो निर्णयपछि रुष्ट बनेको नेपाल समूहले चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ । ओलीले पार्टी फुटाउने उद्देश्...
जसपामा दुई धार, यस्तो भयो आजको संसदीय दलको बैठकमा

जसपामा दुई धार, यस्तो भयो आजको संसदीय दलको बैठकमा

देश, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक कुनै ठोस निर्णय नगर्दै सकिएको छ । शुक्रबार सिंहदरबारस्थित जसपा संसदीय दलको बैठकमा पार्टीको संसदीय दलको नेता चयन, पार्टीको विधान पारित गर्ने लगायतका विषयमा छलफल हुने भनिएपनि कुनै निर्णय नभई बैठक सकिएको हो । बैठकपछि सो पार्टीका नेताहरुले दुई थरी बिचार व्यक्त गरेका छन् । जसपाका नेता राजकिशोर यादवले आफ्नो दलले सत्ताको नेतृत्व गरेर जान प्रस्ताव गर्ने बताए । उनले सो दलले उठाएका मुद्धा संवोधन गर्ने दलसँग सत्ता समीकरण गरेर जाने उल्लेख गरे । नेकपा एमाले तथा नेपाली काँग्रेससँग सत्ता समीकरणका लागि आफ्ना एजेण्डाहरु प्रस्तुत गर्ने र जो आफ्नो एजेण्डामा सहमति जनाउँछ त्यो दलसँग मिलेर सरकार बनाउन सक्ने बताए ।  तर पार्टीका अर्का दुई प्रमुख नेताहरु डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले नेकपा एमालेसँग कुनै हालतमा सहकार्य हुन नसक्ने बत...
ओलीतिर लागेका पूर्वमाओवादीका मन्त्रीहरु फर्काउन मन छैन :  प्रचण्ड

ओलीतिर लागेका पूर्वमाओवादीका मन्त्रीहरु फर्काउन मन छैन : प्रचण्ड

देश, राजनीति, समाचार
बुटवल  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री राम बहादुर थापा, खानेपानी मन्त्री  मणि थापा, उर्जा मन्त्री टोप बहादुर रायमाझीहरूलाई फर्काउन मन नरहेको बताएका छन् ।  शुक्रबार बुटवल एक कार्यक्रमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई साथ दिने पूर्व माओवादी नेताहरु फेरी माओवादीमा फर्काउनको लागि आफूलाई मन नलागेको बताए । उनले  भने,  'बदमासी गरेकालाई ल्याएर गृहमन्त्री बनाएँ , तर .......।’ Advertisement उनले अन्य मन्त्रीहरु फर्काउन​को लागि मन नभएको भन्दै उतै बसेपनि केही नबिग्रने बताए । । ’अब यस्ता मान्छेलाई फर्काउन पटक्कै मन छैन। साथीहरू तपाईंले भन्यो भने फर्किने भनेका छन् भन्छन्, तर मलाई फकाउन मन लाग्या छैन । उतै बस भन्या छु, यहाँ आएर फेरि रोए भने पग्लिन्छु कि भन्ने डर छ,’ उनले भने । प्रचण्डले दुई तीन वर्ष मिहिनेत गरिए पार्टील...