दुग्ध विकास बोर्ड ऐन पारित
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड गठन गर्नका लागि ऐन पारित गरेको छ । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्तरगत आइतबार बसेको बैठकले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक २०७७ पारित हो । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको प्रस्तावमा प्रदेश सभाले सो विधेयक पारित गरेको छ । ऐन अन्तरगत गठन भएको बोर्डले प्रदेशमा दुध उत्पादन गर्न किसानलाई सहयोग गर्ने, उत्पादित दुध संकलन गरी प्रशोधन र निर्यात गर्न भूमिका निर्वाह गर्ने छ ।
सो विधेयक पारित हुनु पुर्व सामाजिक विकास समितिले दफावार छलफल गरी तयार गरेको प्रतिवेदनमाथि सांसदहरुले छलफल गरेका थिए । सो क्रममा सांसद् महेश दत्त जोशीले बोर्डले दुध उत्पादनका लागि ठूला ठूला फार्म हाउस सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताए ।
Advertisement
...









