२०८२ चैत्र १३

राजनीति

सरकार व्यवसायी मैत्री भएन : शेर्पा

सरकार व्यवसायी मैत्री भएन : शेर्पा

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जिप छिरिङ लामा शेर्पाले सरकार व्यवसायी मैत्री नभएको बताएका छन् । आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२ औँ साधारणसभा समुद्घाटन समारोहमा बोल्दै सांसद शेर्पाले सरकार निर्माण व्यवसायी मैत्री नभएको बताएका हुन् । अहिलेको नियमावली तथा खरिद ऐनले सरकारले राखेको समृद्धिको लक्ष्य हासिल हुन नसक्ने उनको भनाई छ । Advertisement नेपालको विकास निर्माणको काममा लागेका विदेशी कम्पनीहरुले ढिलो कार्यसम्पादन गर्दा पनि कारबाही नहुने गरेको तर नेपाली निर्माण व्यवसायीलाई भने कारबाही गरिने गरेको भन्दै उनले निर्माण व्यवसायीहरु माथि विभेद भएको बताए । उनले व्यवसायीमैत्री नीति बनाउनको लागि आगामी निर्वाचनमा चुनाव लड्न पनि सबै व्यवसायीहरुलाई आव्हान गरे । पूर्व भौतिक मन्त्री वीरबहादुर बलायरले नि...
सर्वोच्चको आदेश विपरीत क्रिश्चियनको शव गाड्ने पक्की चिहान

सर्वोच्चको आदेश विपरीत क्रिश्चियनको शव गाड्ने पक्की चिहान

देश, राजनीति, समाचार
सर्वोच्च अदालतको आदेश विपरीत विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीको शव गाड्ने र पक्की चिहान बनाउने क्रम बढेको छ । सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर क्षेत्रमा इसाइ धर्मालम्बीको शव गाडिएकोप्रति सनातन धर्म महासङ्घ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  इसाइ धर्मावलम्बीको उक्त काम गैरकानूनी र अवाञ्छित भएको महासङ्घका महासचिव अभिषेक जोशीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।  सर्वोच्च अदालतको विसं २०६८ जेठ १ गतेको परमादेशअनुसार पशुपतिनाथको वनक्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीलाई शव गाड्न निषेध गरिएको छ ।  Advertisement महासङ्घले चैत २६ मा श्लेषमान्तक वन निरीक्षण गर्दा इसाइ धर्मावलम्बीद्वारा निर्माण गरिएका नयाँ पक्की चिहान फेला परेको महासचिव जोशीले बताए । यसबारे सरोकार भएका निकायको...
कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा १३ जनालाई सफाई

कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा १३ जनालाई सफाई

देश, राजनीति, समाचार
मकवानपुर । उच्च अदालत पाटन हेटौँडा इजलासले कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी १३ जनालाई आइतबार सफाइ दिएको छ ।  प्रतिवादी १३ जना आरोपीहरुको तर्फबाट बहस गरिरहेका अधिवक्ता केशव गौतमका अनुसार न्यायाधीशहरु चण्डिराज ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले आरोपी गोरखा जिल्लाको फुजेल निवासी १३ जनालाई सफाई दिएको हो ।   Advertisement कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको भन्दै अधिकारीका पिता नन्दप्रसाद अधिकारी र दाजु नुरप्रसाद अधिकारीले जिल्ला अदालत चितवनमा गोरखा फुजेलका १३ जना गाउँलेहरुविरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गराएका थिए ।  चितवन अदालतले सो मुद्दाका प्रतिवादी १३ जनालाई नै सफाई दिएको थियो । जिल्ला अदालत चितवनको फैसला विरुद्धमा कृष्णप्रसाद अधिकारीका पिता नन्दप्रसाद र दाजु नुरप्रसादले उच्च अदालत पाटन हेटौँडा इजलासमा पुनरावेदन निवेदन दर्ता गराएका...
प्रदेश २ मा एमाले संसदीय दलको नेतामा महतो चयन

प्रदेश २ मा एमाले संसदीय दलको नेतामा महतो चयन

देश, राजनीति, समाचार
जनकपुर । नेकपा एमालेले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डललाई हटाएर शत्रुधन​ महतोलाई चयन गरेको छ । नेकपा एमालेका नेता माधवकुमार नेपाल- झलनाथ खनाल पक्षले प्रदेश– २ को संसदीय दलको नेतामा महतोलाई चयन गरेको हो । Advertisement आइतबार प्रदेश सभा संसदीय दलको कार्यालयमा बसेको माधव–झलनाथ पक्षको संसदीय दलको बैठकबाट दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर महतोलाई नयाँ नेता चयन गरेको प्रदेश सभा सदस्य मञ्जु यादवले जनाइन् । प्रदेशसभा सदस्य यादवले बैठकमा ११ जना सांसदको उपस्थिति रहेको र २ जना बिरामी भएका कारण नआए पनि उनीहरुको पनि हस्ताक्षरसहित मण्डललाई हटाएर महतोलाई चयन गरिएको बताइन् । प्रदेशसभा सदस्यद्वय गोविन्द न्यौपाने र डिल्ली उप्रेती बिरामी भएका कारण बैठकमा उपस्थित हुन सकेनन् । प्रदेश २ मा २१ जना प्रदेश सभा सदस्य  मध्ये  माधव–झलनाथ...
राप्रपा नेता चलाउने काँग्रेसमा प्रवेश

राप्रपा नेता चलाउने काँग्रेसमा प्रवेश

देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रामबहादुर चलाउने नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शनिबारको देउवा निवासमा भएको एक कार्यक्रममा काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टीमा स्वागत गरेका थिए । Advertisement २०३६ सालदेखि राजनीतिमा सक्रिय चलाउनेलाई  देउवाले औपचारिक रुपमा काँग्रेसको सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराएका हुन् । २०४७ सालदेखि राप्रपामा रहेका चलाउने पूर्व जिल्ला बिकास समिति अछामका सदस्य रहनुका साथै २०७० सालको आमनिर्वाचनमा राप्रपाका तर्फबाट अछाम क्षेत्र नम्बर २ बाट सांसदको उम्मेदवार समेत बनेका थिए । तुर्माखाद गाउँपालिका वडा नम्बर ७ तोषी निवासी नेता चलाउने पूर्व शिक्षक पनि हुन् । शिक्षण पेशा छोडेपछि निरन्तर राजनीतिमै क्रियाशील छन् । चलाउनेले अबको सबै समय काँग्रेस पार्टीमा रहेर जनत...
विप्लव राजनीतिक–सङ्गठनात्मक काममा व्यस्त रहेको स्पष्टोक्ति

विप्लव राजनीतिक–सङ्गठनात्मक काममा व्यस्त रहेको स्पष्टोक्ति

देश, राजनीति, समाचार
नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द विप्लव पार्टीको राजनीतिक–सङ्गठनात्मक काममा व्यस्त रहेको स्पष्ट पारेको छ । शुक्रबार रातोपाटीमा ‘विप्लव कता गुमनाम’ शीर्षकमा समाचार प्रकाशित भएपछि शनिबार विप्लव समूहले एक विज्ञप्तिमार्फत उनी पार्टीको राजनीतिक तथा संगठनात्मक काममै व्यस्त रहेको स्पष्ट पारेको छ ।  ‘हाम्रो पार्टी र महासचिव विप्लव पार्टीको राजनीतिक सङ्गठनात्मक काममा व्यस्त रहेको कुरा जानकारी गराउँछौँ’, नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालयको तर्फबाट जारी भएको प्रेस नोटमा भनिएको छ, ‘यस्ता अनुचित प्रचारबाजी बन्द गर्न पनि अनुरोध गर्दछौँ ।’ Advertisement विप्लव समूहले पार्टी ३ बुँदे सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।  गत फागुन तेस्रो साता सरकारसँग तीन बुँदे सहमतिका साथ विप्लव शान्तिपूर्ण राजनीतिक मूलधारमा आएका थिए...
भूमाफियाले कब्जा गरेका जग्गा सरकारले फिर्ता ल्याउने काम जारी छ : ईश्वर पोखरेल

भूमाफियाले कब्जा गरेका जग्गा सरकारले फिर्ता ल्याउने काम जारी छ : ईश्वर पोखरेल

देश, राजनीति, समाचार
काठमाडौं । गुठीको नाममा भूमाफियाले कब्जा गरेको जग्गा सरकारले फिर्ता ल्याउन सफल भएको छ । काठमाडौंको कालोपुल क्षेत्रमा नदीले धार परिवर्तन गर्दा छुट्टिएको आठ रोपनी जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको हो । धोवी खोलाले धार परिवर्तन गर्दा बचेको जग्गालाई भूमाफियाले अवैध गुठी बनाई स्वामित्व परिवर्तन गरेका थिए । यसरी भूमाफियाले जग्गाको स्वामित्व परिवर्तन गर्दा स्थानीयले विरोध गरेपनि मातहतका कार्यालयले भूमाफियाको पक्षमा निर्णय गर्दा जग्गा माफियाको कब्जामा पुगेको थियो । Advertisement २०७६ फागुन १३ गते सार्वोच्च अदालतले उक्त जग्गा सरकारको नाममा ल्याउने गरी फैसला गरेपछि मालपोत कार्यालयले २०७७ चैत्र २ गते सरकारको नाममा नामसारी गरेको छ । जग्गा फिर्ता भएपछि साइनबोर्ड (संकेत चिन्ह) राख्न पुग्नु भएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाको कब्जामा पुगेका सबै सरका...
सरकार बनाउन विदेशी शक्तिहरुले जुट मिलाउन खोजेका छन्  : चित्रबहादुर केसी

सरकार बनाउन विदेशी शक्तिहरुले जुट मिलाउन खोजेका छन् : चित्रबहादुर केसी

देश, राजनीति, समाचार
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारबाट प्रधानमन्त्री ओली बहिर्गमन हुनुपर्ने बताएका छन् । उनले विदेशी शक्तिहरुले  सरकार बनाउनको लागि जुट मिलाउन खोजेपनि अझैसम्म नमिल्दा  अलमल भएको बताएका छन् । आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले भने, ‘बाह्य शक्तिहरुले दलहरूको जुट मिलाउन खोजेका छन् । त्यो मिलिरहेको छैन ।’ उनले विदेशीहरु आफ्नो स्वार्थ अुनसार चलाउनको लागि दलहरु विरालोले मुसो खेलाए जस्तै खेलाएको बताए । Advertisement पुनःस्थापित संसदलाई विघटन गरी मध्यावधि निर्वाचनमा जाने खेल भइरहेको भन्दै त्यो रोक्नको लागि वामपन्थीहरूको सरकार फेरी बन्नुपर्ने बताए । उनले भने, ' ओली हटाएर फेरी वामपन्थीहरूको सरकार बन्नुपर्छ त्यसको लागि वामपन्थीहरूको विच कार्यगत एकता अथवा अन्य सहकार्य हुनुपर्छ ।' उनले जनताले दिएको म्यान्डेट अनुसार २०...
महासंघको चुनावमा अध्यक्षमा हार ब्यहोरेका बुढाथोकीले सार्वजनिक गरे खर्च विवरण

महासंघको चुनावमा अध्यक्षमा हार ब्यहोरेका बुढाथोकीले सार्वजनिक गरे खर्च विवरण

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित हुन असफल भएका पत्रकार गजेन्द्र बुढाथोकीले चुनाव खर्च विवरण सार्वजनिक गरेका छन् । शुक्रबार आफ्नो फेसबुक पेजमार्फत उनले चुनावका लागि प्राप्त चन्दा सहयोग, त्यसबाट भएको खर्च र बचेको पैसामा थप गरेर स्पाइनल इन्जरी भएका बालबालिकालाई सहयोगको घोषणा गरेका छन् ।  Advertisement यस्तो छ उनको आम्दानी र खर्च विवरण उनले नेपाल पत्रकार महासंघको अध्यक्षमा उम्मेदवारी दिँदा साथीहरुले रु १ सय रुपैयाँका दरले दिएको रकम ४२ हजार रुपैयाँ प्राप्त भएको उल्लेख गरेका छन् ।  उम्मेदवारी शुल्कका लागि १० हजार रुपैयाँ खर्च भएको जनाएका छन् । ट्याक्सी भाडा र स्टेशनरी लगायतमा ३६ हजार ४ सय खर्च भएको जानकारी दिएका छन् ।  उनले लेखेका छन्– ‘जतिसुकै किफायती गर्दा पनि मेरो शारीरिक अवस्थाका कारण ट्याक्सी रिजर्भमा लिनुपर...
प्रधानमन्त्रीले गरे ४ मन्त्रीलाई पुन नियुक्त, सपथग्रहण सुरु

प्रधानमन्त्रीले गरे ४ मन्त्रीलाई पुन नियुक्त, सपथग्रहण सुरु

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सांसद पदबाट हटाएका ४ मन्त्रीलाई पुन नियुक्त गरेका छन् । उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभु साहलाई साविककै मन्त्रालयमा पुन नियुक्ति दिइएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । Advertisement नवनियुक्त मन्त्रीहरुको अहिले राष्ट्रपति निवासमा सपथग्रहण चलिरहेको उनले बताए । माओवादी केन्द्रले दिएको सूचनाको आधारमा संघीय संसद सचिवालयले एमाले प्रवेश गरेका माओवादी केन्द्रका पूर्व सांसदहरुलाई पदबाट हटाएको थियो ।  साभार: रातोपाटी ...