२०८२ पुष ७

राजनीति

व्यक्ति केन्द्रीत स्वार्थ देखेर लज्जाबोध भएको छः ईश्वर पोखरेल

व्यक्ति केन्द्रीत स्वार्थ देखेर लज्जाबोध भएको छः ईश्वर पोखरेल

देश, राजनीति, समाचार
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिँदै गएको भन्दै त्यस विरुद्ध खबरदारी गर्न आव्हान गरेका छन् । काठमाडौंमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय देखापरेका राजनीतिक विसंगति विरुद्ध खबरदारी गर्नुपर्ने आवश्यकता औल्याएका हुन् । Advertisement उनले भने– “जसरी गोपालप्रसाद रिमाल सपना देख्नुहुन्थ्यो, आज आफ्ना सपनाहरुको मृत्यु नहोस् भनेर हामी सजग हुनु जरुरत छ । सपना नदेख्नु पनि राम्रो होइन । तर सपनाको मृत्यु हुनु त सबैभन्दा डरलाग्दो कुरा हो । आज सपना देख्नेहरूलाई सराप्नेहरू पनि छन् । सपनाको मृत्युप्रति परवाह नगर्ने नालायकहरु पनि छन् । तर गोपालप्रसाद रिमाल सपना देख्ने स्वप्नदर्शी पनि हुनुहुन्थ्यो । उहाँले राजनीतिक क्षेत्रको विसंगति व...
नागरिकता सम्बन्धी विधेयक संसदबाट पास गराउन सरकारको ध्यानाकर्षण

नागरिकता सम्बन्धी विधेयक संसदबाट पास गराउन सरकारको ध्यानाकर्षण

देश, राजनीति, समाचार
काठमाडौं ।  संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले नागरिकता सम्बन्धी विधेयकलाई संसदबाट पास गराउन सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभापति श्रेष्ठले आफ्नो समितिबाट पास भएर प्रतिनिधिसभाको बैठकमा पेस भएको नागरिकता सम्बन्धी विधेयक संसदमा नै अड्किएकोमा गम्भीर ध्यानाकर्षण जनाएकी हुन् । नागरिकता राज्य र व्यक्ति बीचको महत्वपुर्ण सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण आधारभूत दस्तावेज भएको भन्दै उनले नागरिकताको अभावमा कयौ युवाहरु शिक्षा स्वास्थय जस्ता मौलिक हकबाट बञ्चित हुनुको साथै बेरोजगार बनेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । Advertisement उनले कुनै पनि व्यक्तिको स्वतन्त्र अस्तित्वको पहिलो पहिचान नै नागरिकता भएको र त्यसैको आधारमा अन्य अधिकारहरू प्राप्त हुने भएकाले नागरिकल...
काँग्रेस भन्दा कम्युनिष्ट १० गुणा भष्ट्र रहेछ : डा. केदारनरसिंह केसी

काँग्रेस भन्दा कम्युनिष्ट १० गुणा भष्ट्र रहेछ : डा. केदारनरसिंह केसी

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका नेता एवं चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले काँग्रेसभन्दा कम्युनिष्ट १० गुणा बढी भ्रष्ट रहेको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले गरेको ‘राजनीतिक समस्याको समाधान : संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था’ विषयक अन्र्तक्रिया कार्यक्रममा डा. केसीले काँग्रेसले भष्ट्राचार गरेपनि डराएर गर्ने तर कम्युनिष्टले हाकाहाकी गर्ने उल्लेख गरे ।  उनले भने–‘काँग्रेसले डराई डराई खल्तीमा हालेर खान्छ तर कम्युनिष्टले सिधै टेबुलमै मागेर खाँदा रहेछन् । कम्युनिष्टले आफूभन्दा आधा उमेरकी केटी बिहे गरेर हेलिकोप्टरमा लाजै नमानी उडाउँदो रहेछ ।’ Advertisement नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको भातृ संस्था नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको कार्यक्रममा बुद्धिजीवीमाथि नै व्यङ्ग्य गर्र्द...
कर्णालीमा माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

कर्णालीमा माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

देश, राजनीति, समाचार
सुर्खेत ।  सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि कर्णाली प्रदेश सरकारमा यसको प्रत्यक्ष प्रभाव परेको छ । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही यतिखेर अल्पमतमा परेका छन् ।  पार्टी ब्युँतिएपछि पूर्व एमालेहरू एक ठाउँमा उभिए सँगै मुख्यमन्त्री शाही नेतृत्वमा रहेको सरकार स्वतः अल्पमतमा परेको हो ।  शाहीले एमालेको माधव नेपाल पक्षलाई फकाउन हर प्रयास गरेपनि आखिरमा आएर नेपाल पक्षले पनि शाहीको साथ छोडेको बताइसकेको छ । Advertisement यस्तै मुख्यमन्त्री शाही माओवादी कै एकजना सांसद गुमाउनु परेको छ । १३ जना सांसद रहेको माओवादी केन्द्रबाट सांसद धर्मराज रेग्मीले पार्टी नै त्यागेर एमालेको प्रदेश कमिटी सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।  उनलाई पार्टीले कारबाही समेत गरिसकेको छ भने उनी पार्टीमा नफर्किने माओवा...
पानीको स्रोत संरक्षण र सम्बर्द्धन साझा दायित्व : राष्ट्रपति भण्डारी

पानीको स्रोत संरक्षण र सम्बर्द्धन साझा दायित्व : राष्ट्रपति भण्डारी

देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पानी र जीवनबीच अभिन्न सम्बन्ध रहेकाले पानीका स्रोतहरुको संरक्षण र सम्बर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताएकी छन् । शुक्रबार काठमाडौमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तन, जनसंख्या बृद्धि, पानी वितरण व्यवस्थापनमा कमजोरी, जमिनमुनिका पानीको अत्याधिक दोहन जस्ता कारणले पानीका स्रोतहरु प्रदूषित र संकटग्रस्त बनेको परिवेशमा मेलम्चीको शुद्ध पानी काठमाडौँ उपत्यकामा ल्याउन सफल भएकोमा सरकारलाई धन्यवाद दिइन् । Advertisement  ‘पानीको स्रोत संरक्षण सम्बर्द्धनमा त्रिभुवन विश्वविद्यालयसहित प्राज्ञिक संस्थाहरुले समेत अध्ययन अनुसन्धानमा अग्रसरता लिनुपर्दछ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘बढ्दो जनसंख्यासँगै काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति गर्न म...
मन्त्रिपरिषद् बैठकका दुई निर्णय : विज्ञापन बोर्डमा हुमागाईं नियुक्त

मन्त्रिपरिषद् बैठकका दुई निर्णय : विज्ञापन बोर्डमा हुमागाईं नियुक्त

देश, राजनीति, समाचार
काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा हुमागाईंलाई नियुक्त गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको थियो । आवेदन दिनेमा लेखनाथ शर्मा (पंगेनी), रमेशकुमार खड्का र लक्ष्मण हुमागाईं  थिए । Advertisement सञ्चार तथा सुचना प्रविधि  मन्त्रालयले फागुन २० गते मात्रै सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुलाई आवेदन माग गरेको थियो । त्यस्तै सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । समितिका सदस्यहरूमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज...
कास्कीमा नेपाल समूहले बनायो छुट्टै कमिटी

कास्कीमा नेपाल समूहले बनायो छुट्टै कमिटी

देश, राजनीति, समाचार
१९ चैत, पोखरा । नेकपा एमालेको माधवकुमार नेपाल समूहले कास्कीमा छुट्टै जिल्ला कमिटी घोषणा गरेको छ । पोखरामा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली छन् । Advertisement छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने नेता नेपालले जानकारी दिएका छन् । Credit: OnlineKhabar ...
मुख्य न्यायाधिवक्तालाई राज्यमन्त्रीसरहको प्रोटोकल माग

मुख्य न्यायाधिवक्तालाई राज्यमन्त्रीसरहको प्रोटोकल माग

देश, राजनीति, समाचार
१८ चैत, जनकपुरधाम । प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले प्रदेशका मुख्य न्यायाधिवक्तालाई राज्यमन्त्रीसरहको प्रोटोकल (वरियताक्रम) मा राख्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । बुधबार महान्यायाधिवक्ता रमेश बडाललाई ६ बुँदे मागपत्र बुझाउँदै प्रदेशका मुख्य न्यायाधिवक्ताको वरियता सुधारका लागि गृह मन्त्रालयमा पहल गरिदिन आग्रह गरेका हुन् । Advertisement यसअघि सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको प्रोटोकल राज्यमन्त्रीसरह रहे पनि पछि गृह मन्त्रालयले संशोधन गरी निकै तल राखेको भन्दै झाले पहिलेझैं राज्यमन्त्रीसरहको प्रोटोकलमा राख्न गृह मन्त्रालयसँग पहल गरिदिन महान्यायाधिवक्तालाई आग्रह गरेका हुन् । मुख्य न्यायाधिवक्ता झाले दक्ष कर्मचारी नहुँदा काम प्रभावित भएको भन्दै सुहाउँदो क्षमताका कर्मचारी निश्चित अवधि तोकेर पठाउन महान्यायाधिवक्ता कार्यालयलाई...
मन्त्री आङ्बुहाङलाई माओवादी केन्द्रको प्रश्न : तपाईंलाई किन पदमुक्त नगर्ने ?

मन्त्री आङ्बुहाङलाई माओवादी केन्द्रको प्रश्न : तपाईंलाई किन पदमुक्त नगर्ने ?

देश, राजनीति, समाचार
१७ चैत, विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले दल त्याग गर्दै प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका प्रदेशसभा सदस्य टङ्क आङबुहाङलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टीको निर्णय बिना प्रदेश सरकारमा किन सहभागी भएको भनी स्पष्टीकरण मागेको हो । Advertisement ‘पार्टीको अनुमतिमा अर्काे दलको मन्त्रिपरिषदमा सहभागी हुनुभएको हो ?,’ पत्रमा भनिएको छ,‘प्रदेशसभा संसदीय दलको विधान २०७७ को धरा ११(५), राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१(१) ३२(२)ख को प्रतिकुल तपाईंको गतिविधि देखिएकाले तपाईंलाई यस दलको सदस्यसमेतबाट पदमुक्त किन नगर्ने ?’ तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका ताप्लेजुङ ‘ख’ बाट निर्वाचित टंक आङ्बुहाङ नेकपा एमाले प्रवेश गरेका थिए । हाल एमाले केन्द्रीय सदस्य उनलाई शुक्रबार मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा...
मानन्धरको निधनले कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति : प्रचण्ड

मानन्धरको निधनले कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति : प्रचण्ड

देश, राजनीति, समाचार
१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनले नेपालको सिंगो किसान आन्दोलन र कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति भएको बताएका छन् । मंगलबार शोक वक्तव्य जारी गर्दै प्रचण्डले सो धारणा राखेका हुन् । मानन्धरले नेपालको वामपन्थी आन्दोलनमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहीरहने विश्वास पनि प्रचण्डले व्यक्त गरेका छन् । Advertisement ‘२००७ सालमा आफ्नै घरबाट विद्रोहको बिगुल फुक्नुभएका उहाँले २००९ सालको रौतहटको चर्चित किसान आन्दोलनमा अग्रणी भूमिका खेल्नुभएको थियो । कमरेड मानन्धरले नेपालको वामपन्थी आन्दोलनमा पुर्‍याउनु भएको योगदानको सधैं स्मरणीय रहीरहने विश्वास लिएको छु,’ प्रचण्डले जारी गरेको शोक वक्तव्यमा लेखिएको छ । मानन्धरको ९१ वर्षको उमेरमा आइतबार राति निधन भएको थियो । उनको मंग...