२०८२ चैत्र १४

राजनीति

संसद अधिवेशन अन्त्य गरिएकोमा काँग्रेसद्वारा भर्त्सना

संसद अधिवेशन अन्त्य गरिएकोमा काँग्रेसद्वारा भर्त्सना

देश, राजनीति, समाचार
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले  प्रतिनिधि सभाको अधिवेशन आकस्मिक स्थगन गरिएकोमा आपत्ति जनाएको छ । सोमबार साँझ पार्टी कार्यालय सानेपामा बसेको बैठकले संसद अधिवेशन अप्रत्याशित र हठात अन्त्य गरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति बर्खिलाप रहेको ठहर काँग्रेस बैठकले गरेको छ । Advertisement काँग्रेसले सरकारको स्वेच्छाचारी प्रवृतिको घोर भर्त्सना पनि गरेको छ । यस्तै काँग्रेसले कोरोनाबाट जनताको सुरक्षा विशेष कार्ययोजना तत्काल निर्माण गर्न माग गरेको छ । बैठकको निर्णयमा  भनिएको छ, कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलता दृष्टिगत ग...
प्रचण्डमाथि ओलीको आरोप – चुनावपछि काँग्रेससँग मिलेर एमालेलाई एक्ल्याउने अनैतिक प्रयास

प्रचण्डमाथि ओलीको आरोप – चुनावपछि काँग्रेससँग मिलेर एमालेलाई एक्ल्याउने अनैतिक प्रयास

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७४ सालको निर्वाचनपछि नै एमालेलाई एक्ल्याउने प्रयासमा लागेको आरोप लगाएका छन् । नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका अध्यक्षसमेत रहेका ओलीले सोमबार आयोजित बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रचण्डमाथि यस्तो आरोप लगाएका हुन् । Advertisement ‘एकातिर जनताका उच्च आकाङ्क्षा थिए भने अर्कातिर हामीहरू सीमित साधनस्रोत र पुरानै मानसिकताका राज्यसंयन्त्र जस्ता समस्यासँग जुधिरहेका थियौं,’ राजनीतिक प्रतिवेदनमा ओलीले भनेका छन्, ‘त्यसमाथि, वाम गठबन्धन बनाएर चुनावमा होमिएका, त्यसकै बलमा राम्रो उपलब्धि हासिल गर्न सफल प्रचण्ड र उहाँका कतिपय साथीहरुको ध्यान अन्यत्रै थियो । उहाँहरु निर्वाचनपछि रातोदिन नेपाली काँग्रेससँग गठबन्धन सरकार बनाउन र नेकपा (एमाले...
एमाले बैठक बस्दै, नेपाल समूह आक्रोशित

एमाले बैठक बस्दै, नेपाल समूह आक्रोशित

देश, राजनीति, समाचार
नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ ।   प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।  Advertisement केन्द्रीय सदस्य शेरबहादुर तामाङले बैठकमा समसामयिक विषयमा छलफल हुने बताए  । साथै राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्य विभाजनका बारेमा छलफल र निर्णय हुने नेता तामाङको भनाइ छ ।  ओलीले एकपक्षीय रुपमा बैठक बोलाएपछि एमालेको माधव नेपाल झलनाथ खनाल समूह भने रुष्ट बनेको छ ।  पार्टीभित्रको विवादका विषयमा निर्णय दिन आग्रह गर्दै सो समूह आइतबार नै निर्वाचन आयोग पुगेको थियो । साभार: रातोपाटी ...
‘निजी क्षेत्र एक ढिक्का भएमात्र उद्योग व्यवसायको क्षेत्र बलियो हुन्छ’

‘निजी क्षेत्र एक ढिक्का भएमात्र उद्योग व्यवसायको क्षेत्र बलियो हुन्छ’

देश, राजनीति, समाचार
काठमाडौं । नीजि व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूले निजी क्षेत्रको एकताले मात्र व्यवसायिक क्षेत्र मजबुत हुने निश्कर्ष निकालेका छन् ।  आइतबार राजधानीमा आयोजित नेपाल चेम्बर अफ कमर्सको हालै मात्र सम्पन्न ७० औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष सहित पदाधिकारीहरूको स्वागत कार्यक्रममा यी दुई संस्थाका पदाधिकारीहरुले यस्तो निश्कर्ष निकालेका हुन् । Advertisement निजी क्षेत्र एक ढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने, निजी क्षेत्रले उठाएका मुद्दाहरू कार्यान्वयन हुने र आर्थिक विकासमा समेत बलियो उपस्थिति जनाउन सकिने हुँदा संस्थागत सहकार्य र कार्यगत एकताको विषयलाई जोडतोडका साथ अगाडि बढाउनुपर्ने कुरामा दुवै संस्थाका पदाधिकारीहरूले जोड दिएका छन् ।  संस्थागत सहकार्य र कार्यगत एकत...
बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

देश, राजनीति, समाचार
झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् ।  ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर रु ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए । Advertisement विर्तामोड र भद्रपुर नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा दुई घण्टामा आगो नियन्त्रण भएको थियो ।  इँटा, काठ र छिनको छानोले सो बाख्राफार्म निर्माण भएको थियो । आगलागीमा परी फार्म र त्यहाँ भण्डारण गरिएको दानाको ठूलो मात्रा जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । घटनास्थल बुधवारे बजारबाट चार किलोमिटर उत्तर गाउँमा रहेको छ । इलाका प्रहरी कार्यालय बुधब...
अविस्वासको प्रस्ताव प्रतिगामी कदम : मुख्यमन्त्री गुरुङ

अविस्वासको प्रस्ताव प्रतिगामी कदम : मुख्यमन्त्री गुरुङ

देश, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफु अविस्वास प्रस्तावबाट भाग्न नखोजेको बताएका छन् । उनले अविस्वास प्रस्ताव छल्नलाई संसद अधिवेशन अन्त्य गरेको नभई प्रदेशको स्थिरताका लागि अविस्वास प्रस्ताव ल्याउने दलहरूसँग वार्ता र संवाद गर्नकै लागि अधिवेशन अन्त्य गरेको दावी गरेका हुन् । Advertisement संसद अधिवेशन अन्त्यपछि विकसित घटनाक्रमबारे कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले वामपन्थीहरुले मुलुकमा विकास र स्थिरताका कुरा गरेपछि प्रदेश सरकारविरुद्ध अविस्वास प्रस्ताव ल्याएर समृद्धिको यात्रामा अवरोध गरेको आरोप लगाए । उनले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मुखले मुलुकमा स्थिरताका कायम हुनुपर्ने बताए पनि अविश्वासको पक्षमा लागेर प्रतिगामी बाटोतर्फ लागेको बताए । ‘चित्रबहादुर केसीले कम्युनिष्ट पार्टीको सरकार भएकाले पार्टीले समर्...
प्रदेश सरकारद्वारा मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय

प्रदेश सरकारद्वारा मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय

देश, राजनीति, समाचार
जनकपुर । प्रदेश सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको जनाइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको लागि सामाजिक सुरक्षाको प्रबन्ध तथा व्यवस्थापन गर्न प्रतिष्ठानको गठन गरेको सामाजिक सञ्जालमार्फत् भूमिसुधार व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिएका हुन् ।  Advertisement २०६३ सालदेखि मधेशको अधिकार प्राप्तीको लागि भएको आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदको परिवार, घाइते भइ अपांग भएकाहरुको समाजिक सुरक्षाको व्यवस्थापन गर्न प्रतिष्ठान गठन गरिएको उनले स्पष्ट पारेका छन् । प्रतिष्ठानले शहीद परिवार, घाइते भई अपाङ्ग भएकाहरुको लागि स्वास्थ्य, शिक्षा, रोजगारी, जीवन निर्वाह भत्ता, आर्थिक उन्नती आदि सम्बन्धी कार्ययोजना तयार गरी कार्या...
कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

देश, राजनीति, समाचार
पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपालिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ । हाल कामपामा ३२ वटा वडा छन् । मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५९औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । महामारी नियन्त्रणका लागि यसअघि काममा लगाइएका जनशक्तिको म्याद थप गरेर कामलाई नियमित गर्ने र आवश्यकताअनुरुप दुई जनासम्म स्वास्थ्यकर्मी थपेर काम गर्नसक्ने व्यवस्था बैठकले गरेको हो । बैठकमा काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहरको दिगो व्यवस्थापनको उपायको खोजी गर्नुपर्नेमा कार्यपालिका सदस्यहरुको जोड थियो । Advertisement दुई वर्षका लागि भन्दै विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । लामो समयसम्म एकै स्थान...
चाहिएको छैन तिम्रो समर्थन फिर्ता लैजाऊ : प्रधानमन्त्री ओली

चाहिएको छैन तिम्रो समर्थन फिर्ता लैजाऊ : प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिएका छन् । नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडाैंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू विरुद्धका सबै विरोध र टिका टिप्पणीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिए । Advertisement उनले पार्टीलाई ध्वस्त पार्ने प्रयास भयोे भने “ठेगान लगाउने” चेतावनी दिए । उनले भने, “पार्टीलाई ध्वस्त पार्न खोज्नुभयो भने । बघिनीले तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हँुदैन । पार्टीमाथि धावा बोल्नुभयो भने ठेगान लगाइने छ । बोलिरहनुभएको छ तर म सीमा हेरिरहेको छु । तपाईहरुलाई मात्रै निष्कासन गर्न होइन हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस् ।” उनले नेपाल समूहले आफूलाई गरेको कारवाही ‘किर्नाले...
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दै छ । आसन्न महाधिवेशनलाई लिएर आज दिउँसो २ बजे  केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजन बैठकको एजेण्डा छ । यसअघि २० चैतको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता बाँड्ने निर्णय कार्यान्वयन नसकेपछि आजको बैठकले पुन: समय थप्न लागेको छ । Advertisement क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकका अनुसार ७७ जिल्लामध्ये ७० जिल्लाको सदस्यता इन्ट्री भइरहेको छ । सात जिल्लाको सुरु नै भएको छैन । सिन्धुपाल्चोकसहितका जिल्लामा समायोजनमा नै विवाद हुँदा सदस्यता वितरणको लागि फर्म नै वितरणमा समस्या छ ।पाल्पा, हुम्ला, कालिकोट र अर्घाखाँचीको मात्रै सदस्यताको प्रक्रिया सबै पुरा गरेका छन् । सदस...