विप्लव राजनीतिक–सङ्गठनात्मक काममा व्यस्त रहेको स्पष्टोक्ति
नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द विप्लव पार्टीको राजनीतिक–सङ्गठनात्मक काममा व्यस्त रहेको स्पष्ट पारेको छ । शुक्रबार रातोपाटीमा ‘विप्लव कता गुमनाम’ शीर्षकमा समाचार प्रकाशित भएपछि शनिबार विप्लव समूहले एक विज्ञप्तिमार्फत उनी पार्टीको राजनीतिक तथा संगठनात्मक काममै व्यस्त रहेको स्पष्ट पारेको छ ।
‘हाम्रो पार्टी र महासचिव विप्लव पार्टीको राजनीतिक सङ्गठनात्मक काममा व्यस्त रहेको कुरा जानकारी गराउँछौँ’, नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालयको तर्फबाट जारी भएको प्रेस नोटमा भनिएको छ, ‘यस्ता अनुचित प्रचारबाजी बन्द गर्न पनि अनुरोध गर्दछौँ ।’
Advertisement
विप्लव समूहले पार्टी ३ बुँदे सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।
गत फागुन तेस्रो साता सरकारसँग तीन बुँदे सहमतिका साथ विप्लव शान्तिपूर्ण राजनीतिक मूलधारमा आएका थिए...









