२०८२ पुष ७

राजनीति

अविस्वासको प्रस्ताव प्रतिगामी कदम : मुख्यमन्त्री गुरुङ

अविस्वासको प्रस्ताव प्रतिगामी कदम : मुख्यमन्त्री गुरुङ

देश, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफु अविस्वास प्रस्तावबाट भाग्न नखोजेको बताएका छन् । उनले अविस्वास प्रस्ताव छल्नलाई संसद अधिवेशन अन्त्य गरेको नभई प्रदेशको स्थिरताका लागि अविस्वास प्रस्ताव ल्याउने दलहरूसँग वार्ता र संवाद गर्नकै लागि अधिवेशन अन्त्य गरेको दावी गरेका हुन् । Advertisement संसद अधिवेशन अन्त्यपछि विकसित घटनाक्रमबारे कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले वामपन्थीहरुले मुलुकमा विकास र स्थिरताका कुरा गरेपछि प्रदेश सरकारविरुद्ध अविस्वास प्रस्ताव ल्याएर समृद्धिको यात्रामा अवरोध गरेको आरोप लगाए । उनले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मुखले मुलुकमा स्थिरताका कायम हुनुपर्ने बताए पनि अविश्वासको पक्षमा लागेर प्रतिगामी बाटोतर्फ लागेको बताए । ‘चित्रबहादुर केसीले कम्युनिष्ट पार्टीको सरकार भएकाले पार्टीले समर्...
प्रदेश सरकारद्वारा मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय

प्रदेश सरकारद्वारा मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय

देश, राजनीति, समाचार
जनकपुर । प्रदेश सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको जनाइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको लागि सामाजिक सुरक्षाको प्रबन्ध तथा व्यवस्थापन गर्न प्रतिष्ठानको गठन गरेको सामाजिक सञ्जालमार्फत् भूमिसुधार व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिएका हुन् ।  Advertisement २०६३ सालदेखि मधेशको अधिकार प्राप्तीको लागि भएको आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदको परिवार, घाइते भइ अपांग भएकाहरुको समाजिक सुरक्षाको व्यवस्थापन गर्न प्रतिष्ठान गठन गरिएको उनले स्पष्ट पारेका छन् । प्रतिष्ठानले शहीद परिवार, घाइते भई अपाङ्ग भएकाहरुको लागि स्वास्थ्य, शिक्षा, रोजगारी, जीवन निर्वाह भत्ता, आर्थिक उन्नती आदि सम्बन्धी कार्ययोजना तयार गरी कार्या...
कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

देश, राजनीति, समाचार
पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपालिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ । हाल कामपामा ३२ वटा वडा छन् । मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५९औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । महामारी नियन्त्रणका लागि यसअघि काममा लगाइएका जनशक्तिको म्याद थप गरेर कामलाई नियमित गर्ने र आवश्यकताअनुरुप दुई जनासम्म स्वास्थ्यकर्मी थपेर काम गर्नसक्ने व्यवस्था बैठकले गरेको हो । बैठकमा काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहरको दिगो व्यवस्थापनको उपायको खोजी गर्नुपर्नेमा कार्यपालिका सदस्यहरुको जोड थियो । Advertisement दुई वर्षका लागि भन्दै विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । लामो समयसम्म एकै स्थान...
चाहिएको छैन तिम्रो समर्थन फिर्ता लैजाऊ : प्रधानमन्त्री ओली

चाहिएको छैन तिम्रो समर्थन फिर्ता लैजाऊ : प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिएका छन् । नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडाैंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू विरुद्धका सबै विरोध र टिका टिप्पणीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिए । Advertisement उनले पार्टीलाई ध्वस्त पार्ने प्रयास भयोे भने “ठेगान लगाउने” चेतावनी दिए । उनले भने, “पार्टीलाई ध्वस्त पार्न खोज्नुभयो भने । बघिनीले तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हँुदैन । पार्टीमाथि धावा बोल्नुभयो भने ठेगान लगाइने छ । बोलिरहनुभएको छ तर म सीमा हेरिरहेको छु । तपाईहरुलाई मात्रै निष्कासन गर्न होइन हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस् ।” उनले नेपाल समूहले आफूलाई गरेको कारवाही ‘किर्नाले...
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दै छ । आसन्न महाधिवेशनलाई लिएर आज दिउँसो २ बजे  केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजन बैठकको एजेण्डा छ । यसअघि २० चैतको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता बाँड्ने निर्णय कार्यान्वयन नसकेपछि आजको बैठकले पुन: समय थप्न लागेको छ । Advertisement क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकका अनुसार ७७ जिल्लामध्ये ७० जिल्लाको सदस्यता इन्ट्री भइरहेको छ । सात जिल्लाको सुरु नै भएको छैन । सिन्धुपाल्चोकसहितका जिल्लामा समायोजनमा नै विवाद हुँदा सदस्यता वितरणको लागि फर्म नै वितरणमा समस्या छ ।पाल्पा, हुम्ला, कालिकोट र अर्घाखाँचीको मात्रै सदस्यताको प्रक्रिया सबै पुरा गरेका छन् । सदस...
सरकार व्यवसायी मैत्री भएन : शेर्पा

सरकार व्यवसायी मैत्री भएन : शेर्पा

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जिप छिरिङ लामा शेर्पाले सरकार व्यवसायी मैत्री नभएको बताएका छन् । आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२ औँ साधारणसभा समुद्घाटन समारोहमा बोल्दै सांसद शेर्पाले सरकार निर्माण व्यवसायी मैत्री नभएको बताएका हुन् । अहिलेको नियमावली तथा खरिद ऐनले सरकारले राखेको समृद्धिको लक्ष्य हासिल हुन नसक्ने उनको भनाई छ । Advertisement नेपालको विकास निर्माणको काममा लागेका विदेशी कम्पनीहरुले ढिलो कार्यसम्पादन गर्दा पनि कारबाही नहुने गरेको तर नेपाली निर्माण व्यवसायीलाई भने कारबाही गरिने गरेको भन्दै उनले निर्माण व्यवसायीहरु माथि विभेद भएको बताए । उनले व्यवसायीमैत्री नीति बनाउनको लागि आगामी निर्वाचनमा चुनाव लड्न पनि सबै व्यवसायीहरुलाई आव्हान गरे । पूर्व भौतिक मन्त्री वीरबहादुर बलायरले नि...
सर्वोच्चको आदेश विपरीत क्रिश्चियनको शव गाड्ने पक्की चिहान

सर्वोच्चको आदेश विपरीत क्रिश्चियनको शव गाड्ने पक्की चिहान

देश, राजनीति, समाचार
सर्वोच्च अदालतको आदेश विपरीत विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीको शव गाड्ने र पक्की चिहान बनाउने क्रम बढेको छ । सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर क्षेत्रमा इसाइ धर्मालम्बीको शव गाडिएकोप्रति सनातन धर्म महासङ्घ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  इसाइ धर्मावलम्बीको उक्त काम गैरकानूनी र अवाञ्छित भएको महासङ्घका महासचिव अभिषेक जोशीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।  सर्वोच्च अदालतको विसं २०६८ जेठ १ गतेको परमादेशअनुसार पशुपतिनाथको वनक्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीलाई शव गाड्न निषेध गरिएको छ ।  Advertisement महासङ्घले चैत २६ मा श्लेषमान्तक वन निरीक्षण गर्दा इसाइ धर्मावलम्बीद्वारा निर्माण गरिएका नयाँ पक्की चिहान फेला परेको महासचिव जोशीले बताए । यसबारे सरोकार भएका निकायको...
कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा १३ जनालाई सफाई

कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा १३ जनालाई सफाई

देश, राजनीति, समाचार
मकवानपुर । उच्च अदालत पाटन हेटौँडा इजलासले कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी १३ जनालाई आइतबार सफाइ दिएको छ ।  प्रतिवादी १३ जना आरोपीहरुको तर्फबाट बहस गरिरहेका अधिवक्ता केशव गौतमका अनुसार न्यायाधीशहरु चण्डिराज ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले आरोपी गोरखा जिल्लाको फुजेल निवासी १३ जनालाई सफाई दिएको हो ।   Advertisement कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको भन्दै अधिकारीका पिता नन्दप्रसाद अधिकारी र दाजु नुरप्रसाद अधिकारीले जिल्ला अदालत चितवनमा गोरखा फुजेलका १३ जना गाउँलेहरुविरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गराएका थिए ।  चितवन अदालतले सो मुद्दाका प्रतिवादी १३ जनालाई नै सफाई दिएको थियो । जिल्ला अदालत चितवनको फैसला विरुद्धमा कृष्णप्रसाद अधिकारीका पिता नन्दप्रसाद र दाजु नुरप्रसादले उच्च अदालत पाटन हेटौँडा इजलासमा पुनरावेदन निवेदन दर्ता गराएका...
प्रदेश २ मा एमाले संसदीय दलको नेतामा महतो चयन

प्रदेश २ मा एमाले संसदीय दलको नेतामा महतो चयन

देश, राजनीति, समाचार
जनकपुर । नेकपा एमालेले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डललाई हटाएर शत्रुधन​ महतोलाई चयन गरेको छ । नेकपा एमालेका नेता माधवकुमार नेपाल- झलनाथ खनाल पक्षले प्रदेश– २ को संसदीय दलको नेतामा महतोलाई चयन गरेको हो । Advertisement आइतबार प्रदेश सभा संसदीय दलको कार्यालयमा बसेको माधव–झलनाथ पक्षको संसदीय दलको बैठकबाट दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर महतोलाई नयाँ नेता चयन गरेको प्रदेश सभा सदस्य मञ्जु यादवले जनाइन् । प्रदेशसभा सदस्य यादवले बैठकमा ११ जना सांसदको उपस्थिति रहेको र २ जना बिरामी भएका कारण नआए पनि उनीहरुको पनि हस्ताक्षरसहित मण्डललाई हटाएर महतोलाई चयन गरिएको बताइन् । प्रदेशसभा सदस्यद्वय गोविन्द न्यौपाने र डिल्ली उप्रेती बिरामी भएका कारण बैठकमा उपस्थित हुन सकेनन् । प्रदेश २ मा २१ जना प्रदेश सभा सदस्य  मध्ये  माधव–झलनाथ...
राप्रपा नेता चलाउने काँग्रेसमा प्रवेश

राप्रपा नेता चलाउने काँग्रेसमा प्रवेश

देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रामबहादुर चलाउने नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शनिबारको देउवा निवासमा भएको एक कार्यक्रममा काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टीमा स्वागत गरेका थिए । Advertisement २०३६ सालदेखि राजनीतिमा सक्रिय चलाउनेलाई  देउवाले औपचारिक रुपमा काँग्रेसको सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराएका हुन् । २०४७ सालदेखि राप्रपामा रहेका चलाउने पूर्व जिल्ला बिकास समिति अछामका सदस्य रहनुका साथै २०७० सालको आमनिर्वाचनमा राप्रपाका तर्फबाट अछाम क्षेत्र नम्बर २ बाट सांसदको उम्मेदवार समेत बनेका थिए । तुर्माखाद गाउँपालिका वडा नम्बर ७ तोषी निवासी नेता चलाउने पूर्व शिक्षक पनि हुन् । शिक्षण पेशा छोडेपछि निरन्तर राजनीतिमै क्रियाशील छन् । चलाउनेले अबको सबै समय काँग्रेस पार्टीमा रहेर जनत...