२०८२ चैत्र १४

राजनीति

पूर्वराजामा कोरोनाको लक्षण कम हुँदै गएको छ : नर्भिक अस्पताल

पूर्वराजामा कोरोनाको लक्षण कम हुँदै गएको छ : नर्भिक अस्पताल

देश, राजनीति, समाचार
१२ वैशाख, काठमाडौं । कोरोना संक्रमित भई अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्थामा सुधार भइरहेको छ । Advertisement पूर्वराजपरिवारका सदस्य उपचाररत नर्भिक अस्पतालका अनुसार उनीहरुमा कोरोनाका लक्षणहरु कम हुँदै गएको छ । कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजपरिवारका तीनै जना सदस्य शनिबार दिउँसो १ बजे अस्पताल भर्ना भएका थिए । Credit: OnlineKhabar ...
मन्त्री पाण्डेलाई आफ्नै पार्टीका नेता कार्यकर्ताले देखाए कालोझण्डा

मन्त्री पाण्डेलाई आफ्नै पार्टीका नेता कार्यकर्ताले देखाए कालोझण्डा

देश, राजनीति, समाचार
११ वैसाख, बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले रुपन्देहीमा कालोझण्डा देखाएर विरोध जनाएका छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै निर्णय बदलेर लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री बनेका सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता–कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध जनाएका हुन् । Advertisement रुपन्देहीको मर्चवारमा एक कार्यक्रममा जाने क्रममा मन्त्री पाण्डेलाई मर्यादपुर, मझगावा र गोनहिया लगायतका स्थानमा जनता समाजवादी पार्टीकै नेता कार्यकर्ताले सडकमा टायर बालेर तथा कालो झण्डा देखाएर विरोध जनाए । जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादव, पूर्वसांसद ओमप्रकाश यादव, केन्द्रीय परिषद सदस्य रुपा मल्ल, केन्द्रीय सदस्य उमाशंकर यादवलगायतले मन्त्री ...
बिपीसँग हिँडेका नारायणदत्त भन्छन् : देश र जनतालाई केन्द्रबिन्दुमा राख्नुपर्छ

बिपीसँग हिँडेका नारायणदत्त भन्छन् : देश र जनतालाई केन्द्रबिन्दुमा राख्नुपर्छ

देश, राजनीति, समाचार
नेपालमा २००७ सालको क्रान्तिको सफलतासँगै भएका विभिन्न राजनीतिक आन्दोलन र त्यसबाट भएको परिवर्तनका जगमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । परिवर्तनकै लागि धेरै नेपालीले बलिदानी दिएका छन् । पटकपटकको सङ्घर्षको जगमा स्थापित लोकतन्त्र दिवस मनाइरहँदा तत्कालीन समयमा योगदान गर्नेहरू अझै पनि ओझेलमा छन् । तत्कालीन समयमा राणा शासनको अन्त्यका लागि २००६ सालमा मुक्ति सेनामा खटिएका व्यक्ति हुन् तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका ९१ वर्षीय नारायणदत्त खनाल ।  Advertisement राजनीतिज्ञ श्रीभद्र खनालको प्रेरणाले आफू तत्कालीन समयमा मुक्ति सेनामा आबद्ध भएको बताउँदै उनले सो क्रममा आफूसहितका साथीहरूले धेरै दुःख कष्ट भोग्नुपरेको अनुभव सुनाए । विसं २००७ को परिवर्तन पछि २००८ सालमा मुक्ति सेनालाई रक्षा दलमा परिणत गरिएको थियो । तत्कालीन समयमा जनपक्षीय से...
एमालेको स्थायी कमिटी महिला विहीन

एमालेको स्थायी कमिटी महिला विहीन

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको नवगठित स्थायी कमिटी महिला विहीन भएको छ । साविक शुक्रबार एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले तत्कालीन नेकपामा स्थायी कमिटी सदस्यको रुपमा रहेका १९ जना सदस्यहरुलाई स्थायी कमिटी सदस्य बनाएको हो । Advertisement १९ सदस्यीय स्थायी कमिटीमा एक जना महिलाले पनि हटाउन सकेनन् ।  साविकको एमालेको २२ सदस्यीय स्थायी कमिटीमा एक जना महिलाको प्रतिनिधित्व थियो । २२ जनामध्ये स्थायी कमिटीमा अष्टलक्ष्मी शाक्यले महिलाको प्रतिनिधित्व गरेकी थिइन्। शाक्य खनाल–नेपाल समूहमा लागेपछि ओली नेतृत्वको एमालेमा महिला प्रतिनिधित्व शुन्य हुन पुगेको छ । खनाल–नेपाल समूहलाई अलग राखेर गठन गरिएको स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा (बादल), विष्णु पौडेल टोपबहादुर रायमाझी, किरण गुरुङ, सुवास नेम्वाङ, शंकर पोखरेल, लेखराज भट्ट,प्...
बागमती प्रदेशमा बलात्कार बढ्यो, ज्यान मुद्दा घट्यो

बागमती प्रदेशमा बलात्कार बढ्यो, ज्यान मुद्दा घट्यो

देश, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेशका उपत्यका बाहेक १० जिल्लामा बलात्कार बढेको छ । पछिल्लो एक वर्षमा बलात्कारका बढेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अघिल्ला दुई वर्षको तुलनामा ०७७ मा बलात्कार, ज्यान मार्ने उद्योग र बोक्सीको आरोप लगाउने जस्ता अपराध बढेको छ । Advertisement ०७५ मा प्रदेशका प्रहरी युनिटमा २ सय ३६ बलात्कारका घटना दर्ता भएको थियो । सो संख्या ०७६ मा बढेर २ सय ४८ पुगेको थियो । ०७७ मा बलात्कार बढेर ३ सय ७ पुगेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अघिल्ला दुई वर्षको तुलनामा ज्यान मार्ने उद्योग बढेको छ । ०७५ मा १०६ वटा ज्यान मार्ने उद्योगका घटना दर्ता भएका थिए । ०७६ मा ९२ वटा घटना भएका थिए । सो संख्या बढेर ०७७ मा ११० पुगेको छ । ०७७ मा १२ वटा बोक्सीका आरोपका घटना दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर जानक...
राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : आयोगद्वारा निर्वाचन कार्यतालिका स्वीकृत

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : आयोगद्वारा निर्वाचन कार्यतालिका स्वीकृत

देश, राजनीति, समाचार
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाको स्थानमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदको उपनिर्वाचनका लागि निर्वाचनले आयोगले तयारी थालेको छ । आयोगले बागमती प्रदेशको अन्य समूह तर्पmबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त रहेको पदको लागि जेठ ६ गते बिहीबारका लागि उपनिर्वाचन तय गरेको हो । Advertisement उपनिर्वाचनको तयारीका आयोगको शुक्रबार बसेको बैठकले निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचनपूर्व, निर्वाचनको समयमा र निर्वाचनपश्चात् गर्नुपर्ने क्रियाकलापहरू समेटिएको निर्वाचन कार्यतालिका स्वीकृत गरी उपनिर्वाचनको लागि मतदानको समय बिहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म निर्धारण गरेको छ । त्यस्तै, बैठकले बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना...
बहिर्गमित जनमुक्ति सेनाले भन्यो– एमालेमा प्रवेश गरेको हल्ला गलत

बहिर्गमित जनमुक्ति सेनाले भन्यो– एमालेमा प्रवेश गरेको हल्ला गलत

देश, राजनीति, समाचार
काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले सरकारले अयोग्य बिल्ला हटाएर ‘लोकतन्त्रका योद्धा’ सम्मान गरेको भन्दै धन्यवाद दिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले आफ्नो भूमिकालाई सम्मान गरेको नेताहरुले आफूहरु कुनै पार्टीमा प्रवेश नगरेको समेत बताएका छन् । एमालेमा प्रवेश गरेका कारण सम्मान गरेको भन्ने हल्ला सत्य नभएको समेत पत्रकार सम्मेलनमा स्पष्ट पारिएको छ । Advertisement संगठनका इन्चार्ज अशिल लिम्बु ‘सुनिल’ले आफूहरुले उठाउँदै आएका ९ वटा मागमध्ये पहिलो माग सरकारले सम्बोधन गरेको बताए । उनले आफूहरुलाई अयोग्यको बिल्ला भिराएर शिविरबाट धपाइएको पीडा भुल्ने वातावरण सरकारले बनाएको भन्दै सरकारलाई धन्यवाद दिए । इन्चार्ज सुनिलले आफूहरुले जनयुद्धका सर्वोच्च कमाण्डरबाटै सम्मानपत्र लिने इच्छा भएपनि दुईपटक सरकारको नेतृत्व गर्दा समेत बेवास्ता ...
दलको सकारात्मक भूमिकाको खाँचो : सभामुख सापकोटा

दलको सकारात्मक भूमिकाको खाँचो : सभामुख सापकोटा

देश, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अहिलेको अवस्थामा राजनीतिक दलले सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।  Advertisement सभामुख सापकोटाले आज नेपाल पत्रकार महासङ्घ शाखा सिन्धुपाल्चोकको निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा कार्यभार हस्तान्तरण कार्यक्रममा मा स्वतन्त्रता नैसर्गिक अधिकार भएको चर्चा गर्दै प्रेस स्वतन्त्रता भन्नु नै लोकतन्त्र हो भने ।  एकअर्को प्रसङ्गमा, गएको बर्खामा बाह्रबीसे, नाकबुचे र लिदीमा गएको पहिरोबाट विस्थापित भई पीडित परिवारको संरक्षण गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै उनले प्राकृतिक मात्र नभई मानव निर्मित यस प्रकारको विपत्ति सामना गर्न योजनाबद्धरुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा महासङ्घका नवनिर्वाचित अध्यक्ष जीवन श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए । साभार: रा...
माधव नेपालसहित ३२ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण (पत्रसहित)

माधव नेपालसहित ३२ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण (पत्रसहित)

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) ले माधवकुमार नेपाल पक्षीय ३२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ ।  नेपाल पक्षीय संघीय २७ र प्रदेश सांसद ५ सहित ३२ जनालाई मंगलबार स्पष्टीकरण सोधेको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव ईश्वरी रिजालले रातोपाटीलाई जानकारी दिए ।  Advertisement ‘माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ जनालाई आज पत्र पठाइएको छ’, रिजालको भनाई छ ।  उनीहरुमाथि पार्टी विधि विधान उलंघन गरेको आरोप लगाइएको छ ।  स्पष्टीकरण पत्रमा तीन दिनभित्र प्रष्टिकरण पेश गर्न भनिएको छ ।  ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?’ स्पष्टिकरण पत्रमा प्रश्न सोधिएको छ । यी हुन् स्पष्टिकरण सोधिएका नेताहरुमा :१) माधवकुमार नेपाल२) भीम रावल३) सुरेन्द्र पाण्डे४) घनश्याम भुसाल५) पवित्रा निरौला६) झपट रावल७) मे...
कञ्चनपुरको लालझाडीमा पाँच दर्जन कार्यकर्ता माओवादीमा प्रवेश

कञ्चनपुरको लालझाडीमा पाँच दर्जन कार्यकर्ता माओवादीमा प्रवेश

देश, राजनीति, समाचार
कन्चनपुर। कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले) का ६० जना कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।  Advertisement लालझाडी गाउँपालिकाको बिस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गरी ६० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। नवआगन्तुक नेता कार्यकर्तालाई पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य बिना मगरले र प्रदेश सांसद तथा माओवादी केन्द्रका कञ्चनपुर जिल्ला इञ्चार्ज देवीलाल चौधरीले पार्टी प्रवेश गराएका हुन्। कार्यक्रममा नेपाली कांग्रेसका नेता शारदा रानाको नेतृत्वको टोली प्रवेश गरेको हो। साभार: रातोपाटी ...