२०८२ पुष ७

राजनीति

हाम्राे पुरानै अडान यथावत छ : माधव नेपाल

हाम्राे पुरानै अडान यथावत छ : माधव नेपाल

देश, राजनीति, समाचार
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताका लागि आफुहरु पुरानै अडानमा यथावत रहेको बताएका छन् ।  । पछिल्लो समय पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सघन छलफलमा रहेका नेता नेपालले आफ्ना अडानमा ओली सहमत भएपनि पार्टीको मोडालिटीबारे भने टुंगो लागिनसकेको बताएका हुन् । उनले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई पुराउने र गत फागुन २८ को निर्णय फिर्ता गर्नुपर्ने आफुहरुको मागमा अध्यक्ष ओली सहमत भएको पनि जानकारी दिए । Advertisement उनले भने “ फागुन २८ गतेको निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्था पुराउने हाम्रो बटम लाईन थियो । त्यसमा हाम्रो पार्टी अध्यक्ष एवं केपी शर्मा ओली सहमत हुनुभएको छ । पार्टी मोडालिटीको बारेमा छलफल गर्ने भन्नुभएको छ । त्यसमा पनि केही स्पष्टताहरुको आवश्यकता पर्ला । छलफल गरेर टुंग्याउने छौ ।” अध्यक्ष ओलीले म...
उद्घाटन भएका भयै भएर मान्छे आत्तिएका छन् : प्रधानमन्त्री

उद्घाटन भएका भयै भएर मान्छे आत्तिएका छन् : प्रधानमन्त्री

देश, राजनीति, समाचार
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको विकास निर्माणका कामले केही मानिसहरु आत्तिएको टिप्पणी गरेका छन् ।  शुक्रबार बालुवाटारबाट भर्चुअल माध्यमबाट गोदावरी सनराइज सम्मेलन केन्द्रको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आलोचनाहरूमाथि टिप्पणी गर्दै सो कुरा बताएका हुन् ।  ‘हुन त कतिपय मान्छेहरुले केही पनि काम भएन भनिरहेका छन् । एकातिर केही पनि काम भएका छैनन् भनिरहेका छन्, अर्कातिर लगातार निर्माण कार्यहरु सम्पन्न भएर उद्घाटनका कामहरु भएका भयै छन् । त्यससँग आत्तिएका छन्’, प्रधानमन्त्री ओलीले भने,  ‘धरहरा निर्माण कार्य सम्पन्न भयो । त्यहाँ गाडीको पार्किङ र गार्डेन तयार भएको छैन त्यो बेग्लै पार्ट हो ।’ Advertisement उनले आफुले धरहरा निर्माण सम्पन्न भएर उद्घाटन गरेको विषयलाई नकारात्मक अर्थमा टिप्पणी भइरहेको भन्दै सका...
बहुमतको सरकारका लागि दाबी पेस भएन : राष्ट्रपति कार्यालय

बहुमतको सरकारका लागि दाबी पेस भएन : राष्ट्रपति कार्यालय

देश, राजनीति, समाचार
बिहीबार साँझ नौ बजेको समय सीमाभित्र कुनै पनि दलले बहुमतको सरकारको लागि दाबी पेश नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।  Advertisement तर, विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि समयावधिभित्र दाबी पेस गर्न सकेन । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् । अन्ततः उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगेका छन् । अब ७६ (३) बमोजिम केपी ओलीले नै सबैभन्दा ठ...
जसपा सांसदहरु कसरी पुगे भक्तपुरको रिसोर्टमा ?

जसपा सांसदहरु कसरी पुगे भक्तपुरको रिसोर्टमा ?

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरुलाई भक्तपुरको एक रिसोर्ट लगेको खबर बिहीबार निकै चर्चाको विषय बन्यो । नयाँ सरकार गठनका लागि आवेदन दिने अन्तिम दिन जसपाका सांसदहरु एकाएक रिसोर्टमा पुगेको खबर फैलिएपछि त्यसलाई निकै चासोका साथ हेरिएको थियो । आफ्ना पक्षका सांसदको नामावली राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइ सकेपछि सांसदहरु अन्यत्र कतै नजाओस् भनेर अध्यक्ष ठाकुरले आफ्ना पक्षका १९ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर ‘लञ्च’ खुवाएका हुन् । जसपा नेपालका सांसद उमाशंकर अरगरियाले रातोपाटीसँग भने, ‘नेपाली काँग्रेससँग छलफल गरेर आएपछि अध्यक्ष ठाकुरले सबै सांसदलाई बबरमहल पार्टी कार्यालय बोलाउनु भएको थियो । नेपाली काँग्रेससँग भएको छलफलबारे ब्रिफिङ गर्नुको साथै सबै सांसदलाई तटस्थ रहन आग्रह गर्नुभएको थियो ।’ Advertisement विगतमा स...
ओलीले लिए एमालेमा एकलौटी निर्णय गर्ने अधिकार

ओलीले लिए एमालेमा एकलौटी निर्णय गर्ने अधिकार

देश, राजनीति
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा निर्णय गर्ने सबै अधिकार आफूमा लिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएर प्रधानमन्त्री ओलीले सबै अधिकार आफूमा सीमित गरेका हुन्। स्थायी कमिटी बैठकले ओलीलाई पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित परिस्थितिका सन्दर्भमा सबै निर्णय लिने अधिकार दिएको हो। 'पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले कमरेड केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ,' स्थायी कमिटी बैठकको चार बुँदे निर्णयको तीन नम्बर बुँदामा भनिएको छ। Advertisement सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता भंग गरिदिएपछि एमालेभित्र शक्तिशाली बनेका ओलीले त्यसयता पार्टीभित्र आफूखुसी निर्णय गर्दै आएका छन्। फा...
गण्डकी प्रदेश : प्रदेश प्रमुखको व्यवहारप्रति दलहरु असन्तुष्ट

गण्डकी प्रदेश : प्रदेश प्रमुखको व्यवहारप्रति दलहरु असन्तुष्ट

देश, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेश प्रमुखले निर्वाह गरेको भूमिकाप्रति विपक्षी दलहरुले असन्तुष्टि जनाएका छन् । बुधबार प्रदेश प्रमुख सीता कुमारी पौडेलले प्रदेशसभामा ठुलो दलको हैसियतले एमालेलाई सरकार गठनका लागि निम्त्याएकोमा विपक्षी दलहरुले आपत्ति जनाएका हुन् । ​नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेश प्रमुखको भूमिका संविधान सम्मत नदेखिएको गुनासो गरेका छन् । नेपाली काँग्रेसका सांसद कुमार खड्काले संसदमा अविश्वास प्रस्ताव दर्ता भएपछि त्यसको सामना गर्न डराएर मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएको स्मरण गर्दै त्यसयता पनि विभिन्न जालझेल हुँदै आएको बताए । Advertisement प्रदेश प्रमुखले आह्वान गरे बमोजिम हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा पुग्दा दलहरूलाई अमर्यादित व्यवहार गरिएको सांसद खड्काको गुनासो छ । ‘हामी प्रदेश प्रमुखको कार्यालयमा निव...
भारतीय सञ्चारमाध्यमको विश्लेषण : भारतको ‘सुझाव’ मा महन्थ ‘तटस्थ’, दिल्ली पछि हट्नुपर्छ

भारतीय सञ्चारमाध्यमको विश्लेषण : भारतको ‘सुझाव’ मा महन्थ ‘तटस्थ’, दिल्ली पछि हट्नुपर्छ

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सत्ता समीकरणका लागि यतिबेला रस्साकस्सी चलिरहेको छ । माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीको समर्थनमा काँग्रेस सभापति शेरबहादुर देउवा नयाँ सरकार गठनको प्रयासमा छन् । तर, जसपा नेपालभित्रको अन्तरद्वन्द्वले देउवाको सत्तारोहण कठिन देखिन थालेको छ । Advertisement भारतीय सञ्चारमाध्यम द हिन्दुस्तान टाइम्सले प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएपछि नेपालमा अर्को राजनीतिक अस्थिरताको शुरुवात भएको विश्लेषण गरेको छ । पत्रिकाले एक सम्पादकीय लेख्दै भनेको छ, ‘वैकल्पिक सरकार गठनका लागि काँग्रेस, माओवादी, एमालेको नेपाल पक्ष र जसपा एक ठाउँमा आउन जरुरी छ । तर, जसपा यतिबेला विभाजित छ । महन्थ ठाकुरको नेतृत्वमा एक पक्षले यतिबेला ओली र देउवा दुवैसँग समदूरीमा बस्ने नीति अख्तियार गरेको छ ।’ पत्रिकाका अनुस...
घनश्याम भुसालको उद्घोष–हामी ओलीसामू आत्मसमर्पण गर्दैनौं

घनश्याम भुसालको उद्घोष–हामी ओलीसामू आत्मसमर्पण गर्दैनौं

देश, राजनीति, समाचार
एमाले नेता घनश्याम भुसालले आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू आत्मसमर्पण नगर्ने उद्घोष गरेका छन् । आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफूहरुलाई राम्ररी थाहा भएको भन्दै भुसालले ओलीविरुद्ध संघर्ष जारी राख्ने बताएका हुन् ।  एमालेको झलनाथ खनाल –माधव नेपाल समूहका नेता भुसालले बुधबार रातोपाटीसँग कुरा गर्दै भने, ‘हामी ओलीसँग आत्मसमर्पण गर्दैनौं । पार्टीमा छलफल गरेर उपयुक्त निर्णय गरेर अघि बढ्छौं ।’ वैशाख २७ गते ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिँदा खनाल–नेपाल समूहका २८ सांसदले बैठक बहिस्कार गर्दै ओलीलाई पदमुक्त गर्न महत्वपूर्ण भूमिका लेखेका थिए । त्यसयता ओली समूहले नेपाल समूहलाई कारबाही गर्ने चर्चाका बीच नेता भुसालले आफूहरु अडानमा अडिग रहेकाले ओलीसामू आत्मसमर्पण नगर्ने बताएका हुन् ।  Advertisement ...
कर्णालीमा नयाँ ३ मन्त्री नियुक्त, एक मन्त्रालय फुटाइयो

कर्णालीमा नयाँ ३ मन्त्री नियुक्त, एक मन्त्रालय फुटाइयो

देश, राजनीति, समाचार
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले रातोपाटीलाई बतायो ।  मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल शर्मा (आर्थिक मामिला तथा योजनामन्त्री), सुर्खेतका बिन्दमान विष्ट (आन्तरिक मामिला तथा कानुनमन्त्री) बनेका छन् ।  यस्तै माओवादी केन्द्रकी समानुपातिक सांसद तथा प्रमुख सचेतक सीता नेपाली पनि मन्त्री बनेकी छिन् । उनी जलस्रोत मन्त्री बनेकी छिन् ।  भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालय बनाएर नेपालीलाई मन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ।   Advertisement आजै कर्णाली सरकारका दुई मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्रीले तीन नयाँ अनुहारलाई क्याबिनेटमा ल्याएका...
देउवालाई छेक्ने ओलीको बाटो : जसपालाई तटस्थ राख्ने, माधव नेपाललाई के गर्ने ?

देउवालाई छेक्ने ओलीको बाटो : जसपालाई तटस्थ राख्ने, माधव नेपाललाई के गर्ने ?

देश, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत गुमाइसकेका छन् । सोमबार राति नै राष्ट्रपतिले ओली पदमुक्त भएको बताउँदै नयाँ प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई बैशाख ३० गते राति ९ बजेसम्मको समय दिइसकेकी छिन् । यो अवस्थामा अब ओलीको रणनीति के होला ? अब केपी ओलीले चाल्न सक्ने ‘स्टेप’ दुईवटा हुन सक्छन् । एक– जसपाको महन्थ ठाकुर पक्षलाई तटस्थ नै राख्न प्रयास गर्ने र शेरबहादुर देउवालाई बहुमत पुग्न नदिने । दुई– आफूलाई मतदान नगरेका माधव नेपाल पक्षका २८ सांसदमाथि कारवाही चलाउने । जसपा तटस्थ बस्दा ओलीलाई फाइदा सोमबार प्रतिनिधिसभामा मतदान हुँदा जसपाका १५ सांसद तटस्थ बसेका थिए । एमालेका सबै १२१ सांसदले नै ओलीलाई मत दिने र जसपाका १५ जनाले सघाउने हो भने फेरि पनि ओलीकै बहुमत पुग्ने तर्क अहिले ओली समर्थकहरुले गरिरहेका छन् । महन्थ ठाकुरले भनिसकेका छ...