२०८२ पुष ७

राजनीति

अझै कम्युनिष्ट पार्टीहरु बीचको एकता आवश्यक छ : नारायणकाजी श्रेष्ठ

अझै कम्युनिष्ट पार्टीहरु बीचको एकता आवश्यक छ : नारायणकाजी श्रेष्ठ

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अझैपनि कम्युनिष्ट पार्टीहरू बीचको एकता आवश्यक रहेको बताएका छन् । सोमबार नेता श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरूको एकता आवश्यक रहेको बताएका हुन् । विगतमा नेकपा(एमाले) र नेकपा(माओवादी) केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्यका साथ पार्टी एकिकरण गरिएको भएपनि देशी विदेशी शक्तिहरूको योजनामा पार्टी फुटाइएको नेता श्रेष्ठको भनाई छ । पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पंक्तिमा पुर्याउन नसक्नु पनि कमजोरी भएको उनले बताए । Advertisement कम्युनिष्ट पार्टीको उद्देश्य ...
नेकपा जुट्दा र फुट्दाको हिसाब : फेरि मिले अचम्म नमानौँ

नेकपा जुट्दा र फुट्दाको हिसाब : फेरि मिले अचम्म नमानौँ

देश, राजनीति
तीन वर्षअघि आज (जेठ ३ गते) कै दिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेको थियो, त्यो नेकपा तीन वर्ष पुग्न अढाइ महिना बाँकी रहँदै विघटन हुन पुग्यो । नेकपा एकता हुँदाका बखत एकातिर वाम समर्थकहरूमा ठूलो उत्साह देखिन्थ्यो । तर, अर्कोतिर विचार, सिद्धान्त र संगठन पद्धतिको जगमा त्यो एकता नै बनेको थिएन भन्ने कम मानिसलाई मात्र थाहा थियो  । त्यसकारण नेकपाको प्रारम्भको धरातल नै कमजोर थियो भन्न सकिन्छ । त्यो एकता एक हिसाबले कुनै चुनावी गठबन्धन बनेजस्तो गरेर ट्याक्टिकल मुभमेन्टमा विकसित हुँदै पार्टी एकतासम्म पुग्यो । एकताको प्रारम्भमै सैद्धान्तिक, सांगठनिक र लोकतान्त्रिक प्रक्रिया कमजोर थियो । किनभने, त्यो एकताबारे दुवैतर्फका धेरै नेता–कार्यकर्तालाई थाहा नै थिएन । एकता सरप्राइज जस्तो भएको थियो । यसरी लोकतान्त्रिक र सैद्धान्तिक जग कमजोर बनेर संगठनको समेत प्रक्रिया कमजोर...
महन्थ र उपेन्द्रबीच ‘गोप्य’ वार्ता

महन्थ र उपेन्द्रबीच ‘गोप्य’ वार्ता

देश, राजनीति, समाचार
विवाद मिलाउने प्रयासस्वरुप जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आज वार्ता भइरहेको छ । यादव समूहले सहमतिका लागि अन्तिम पटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधान अनुसार अगाडि बढ्ने निर्णय लिएको भोलिपल्ट दुई अध्यक्षबीच वार्ता भएको हो ।  तर वार्ता स्थल गोप्य राखिएको छ । जसपा नेपालका नेताहरुले दुईजना अध्यक्षको बीचमा वार्ता भइरहेको बताएपनि वार्ता स्थलबारे थाहा नभएको प्रतिक्रिया दिएका छन् ।  Advertisement सत्ता समीकरण बनाउने क्रममा विवाद हुँदा पार्टी दुई चिरा भएको छ । प्रधानमन्त्री ओलीको विकल्प खोज्नु हुँदैन पक्षमा अध्यक्ष महन्थ ठाकुर छन् भने उनको विकल्प खोज्नुपर्छ भन्ने पक्षमा उपेन्द्र यादव रहेका छन् । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदा उपेन्द्र यादवले आफ्ना १५ जना सांसदसहित विपक्षमा मतदान ...
भीम रावलले भने– पार्टीको एकता र देशहित निम्ति पूरा प्रयास हुन्छ

भीम रावलले भने– पार्टीको एकता र देशहित निम्ति पूरा प्रयास हुन्छ

देश, राजनीति, समाचार
नेकपा एमालेका नेता भिम रावलले पार्टी विवाद समाधानका लागि गठित कार्यदलमा पार्टी एकता एवं देशको हितका निम्ति पुरा प्रयास गर्ने बताएका छन् ।  अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको छलफलमा एमाले विवाद समाधान गर्न रावलसहित १० सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो । कार्यदल घोषणा भएपछि आइतबार साँझ नेता रावलले ट्वीटरमार्फत आफुले नेकपा एमालेको पुनर्जीवनपछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान र नियमावलीअनुसार जेठ २ को स्थितिमा अघि बढ्नुपर्ने भनेर आफुले फागुन २३ लगत्तै भनेको स्मरण गराएका छन् ।  Advertisement ‘नेकपा(एमाले)को पुनर्जीवनपछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणाली अनुरूप २०७५ साल जेठ २ अघिको स्थितिमा एकताबद्ध रूपमा अघि बढ्नु पर्छ भनी मैले गत फागुन २३ लगत्तै भनेको थिएँ’ ...
खनाल-नेपाल पक्षीय केन्द्रीय सदस्यको आशंका: ओलीले उपयोग मात्रै त गर्ने होइनन्?

खनाल-नेपाल पक्षीय केन्द्रीय सदस्यको आशंका: ओलीले उपयोग मात्रै त गर्ने होइनन्?

देश, राजनीति
एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षीय केन्द्रीय सदस्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले वार्ताका नाममा उपयोग गर्न सक्नेतर्फ ख्याल गर्न सचेत गराएका छन्। खनाल-नेपाल पक्षका केन्द्रीय सदस्यको शनिबार भएको जुम बैठकमा बोल्ने केन्द्रीय सदस्यले जेठ २ मा फर्किन ओली तयार भए पनि उनले दाउपेचका रूपमा लिएको हुनसक्ने आशंका समेत गरेका थिए। बैठकमा ओली पक्षसँगको वार्तामा सहभागि नेताले २०७५ जेठ २ को मोडालिटीमा फर्किने सहमति भए पनि त्यसको मोडालिटी तय हुन बाँकी रहेको जानकारी गराएको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए। बैठकमा दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए। Advertisement उनीहरुले एमाले झगडा मिलाउने वार्तामा गृहमन्त्री रामबहादुर थापा बादलको इन्ट्रीले थप आशंका उब्जिएको बताएका थिए। 'एमालेको झगडामा बा...
कोरोना महामारीविरूद्ध प्रधानमन्त्री इमान्दार भएर लाग्ने हो भने साथ दिन तयार छौं: गगन थापा

कोरोना महामारीविरूद्ध प्रधानमन्त्री इमान्दार भएर लाग्ने हो भने साथ दिन तयार छौं: गगन थापा

देश, राजनीति
नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ‌ओली इमान्दार रूपमा कोरोना महामारीविरूद्ध काम गर्ने हो भने आफूहरूले सहयोग गर्ने बताएका छन्। महामारीसँगै लडिरहेका नेपालीका ज्यान जोगाउनलाई प्रधानमन्त्री ओली लाग्ने हो भने आफूजस्ता कयौंले साथ दिने उनको भनाइ छ। ‘तपाईं इमान्दारितापूर्वक यो महामारीसँग जुधिरहेका नेपाली जनताको जीवन जोगाउन लाग्ने हो भने म र मजस्ता कयौंलाई नदीको अर्को किनारामा होइन तपाईंसँगै उभिएको पाउनु हुनेछ,’ थापाले भनेका छन्। Advertisement प्रधानमन्त्रीले सबै ध्यान र समय कोरोना महामारीविरूद्ध लगाएमा सरकारलाई सफल बनाउन सबैले सहयोग गर्ने पनि उनले बताए। ‘योपटक फरक ढंगले काम गरौं। अक्सिजन नपाएर छटपटाएकालाई सास दियौं र आर्यघाट पुग्ने शवलाई घटाउने काम गरौं। महामारीविरूद्ध मिलेर काम गरौं,’ उनले भने। थापाले एक भिडिओ सार्वजन...
महन्थ–राजेन्द्रलाई कारबाही गर्ने चेतावनी

महन्थ–राजेन्द्रलाई कारबाही गर्ने चेतावनी

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताएका छन् ।  शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भएपनि राजेन्द्र महतोलाई संसदीय दलको नेता विधान विपरित बनाइएको बताए । उनले भने,  ‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, र त्यो विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन ।’ Advertisement सांसद यादवले महन्थ–राजेन्द्र पक्षले आफुहरुलाई विधानभन्दा माथि बुझ्ने गरेको पनि बताए । संसदीय दलको नेता च...
भट्टराई-यादव पक्षले जसपा कार्यकारिणी समिति बैठक बोलायो

भट्टराई-यादव पक्षले जसपा कार्यकारिणी समिति बैठक बोलायो

देश, राजनीति
जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले कार्यकारीणी समितिको बैठक बोलाएको छ। राष्ट्रिय राजनीतिमा देखिएको पछिल्लो घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको जसपाका कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तिहाक राइले सेतोपाटीलाई जानकारी दिए। ‘आज अनौपचारिक बैठक बोलाइएको हो। बैठकमा अहिलेका घटनाक्रमबारे छलफल हुन्छ,’ उनले भने, ‘पार्टीका केही साथीले विधान विपरित गतिविधि भएको भन्ने सुन्नमा आएको छ त्यसबारेमा समेत छलफल हुन्छ।’ Advertisement बिहिबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदले महतोलाई संसदीय दलको नेता चयन गरेका थिए। भक्तपुरको एक रिसोर्टमा भएको सांसदको भेलाले महतो नेता चुनिएका हुन्। भेलामा १८ जना सांसद रहेको ठाकुर-महतो पक्षको दाबी छ। यस्तै आजको बैठकबारे आफूहरूलाई जानकारी नभएको ठाकुर-महतो निकट...
आफ्नै पार्टीका नेताहरुलाई उपेन्द्र यादवको प्रश्न– प्रधानमन्त्री ओलीले मधेसका के-के माग पूरा गरिदिए ?

आफ्नै पार्टीका नेताहरुलाई उपेन्द्र यादवको प्रश्न– प्रधानमन्त्री ओलीले मधेसका के-के माग पूरा गरिदिए ?

देश, राजनीति, समाचार
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको माग पूरा गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी जनतालाई भ्रममा पारेको दावी गरेका छन् । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीबाट मधेसका माग पूरा भएको र अन्य मागसमेत पूरा गर्न लागेको प्रतिकृया दिइरहेको बेला अर्का अध्यक्ष यादवले मधेसका के के माग पूरा भए भन्नेबारे प्रस्ट पार्न चुनौतीसमेत दिएका छन् । Advertisement उनले मधेसका माग १२ बुँदामा लिपिबद्ध गर्दै तीमध्ये प्रधानमन्त्री ओलीले कुन कुन माग पूरा गरे भन्नेबारे प्रस्ट पार्न मधेसी नेताहरुलाई चुनौती दिएका हुन् । अध्यक्ष यादवले आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री ओलीले मधेसीहरुका सबै माग मुद्दाहरू पूरा गर्छन् भन्ने स्वघोषित मधेसी नेताले भन्नु पर्छ कि यीमध्ये कुन कुन माग प...
प्रधानमन्त्री ओली भन्छन्- आफूले सरकार बनाउन नसक्नु र अरुले सरकार बनाउनु प्रतिगमन !

प्रधानमन्त्री ओली भन्छन्- आफूले सरकार बनाउन नसक्नु र अरुले सरकार बनाउनु प्रतिगमन !

देश, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार आफ्नो पदभार सम्हालेपछि मन्त्री तथा सचिवहरूलाई निर्देशन दिँदै ।  काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन गर्न नसक्नेहरूले मुलुकमा प्रतिगमन भएको आरोप लगाइरहेको बताएका छन् । तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएपछि शुक्रबार पदभार ग्रहण गर्न सिंहदरबार पुगेका ‌ओलीले आफू संविधान र कानुनअनुसार लोकतान्त्रिक प्रक्रियामा अगाडि बढिरहेको पनि बताए ।  राष्ट्रपति कार्यालयमा शुक्रबार शपथ ग्रहण गरेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेपछि बोल्दै प्रधानमन्त्रीले मुलुक लोकतान्त्रिक विधिबाट अघि बढेको बताएका हुन् । Advertisement 'यतिबेला पनि केही अस्थिरता चाहने, मुलुकमा शान्ति देख्न नचाहने तत्व लोकतान्त्रिक मूल्य मान्यताअनुसार संविधान र कानुनबमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा ...