२०८१ जेष्ठ ६

प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि जालसाजी गर्नुभयो : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि जालसाजी गरेको भन्दै सवै दलसँग छलफल गरेर विकसित राजनीतिक घटनाक्रमबारे ठोस निष्कर्षमा पुग्ने बताएका छन् । 

काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पुर्व पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिकृया दिदै नेता पौडेलले सो कुराको जानकारी दिएका हुन् । 


Advertisement


काँग्रेस बैठकले प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपालको संविधानमाथि ठुलो जालसाजी गरेको ठहर पनि गरेको छ ।

‘र, नेपाली काँग्रेसले यसलाई भत्र्सना गरेको छ । यसलाई कारवाही गर्न हामी अगाडि बढ्छौ । राष्ट्रपति र प्रधानमन्त्रीले नयाँ सरकार गठन गर्न जुन किसिमले आव्हान गर्नुभयो,प्रधानमन्त्री राजीनामा गरेको छैन । अपदस्थ भएको छैन । थोरै समय दिएर प्रधानमन्त्री चयन गर्न दिएको समय जालसाजी हो’, पौडेलको भनाइ छ । साथै उनले संविधान बचाउन सवै पार्टीसँग छलफल गरेर ठोस निष्कर्षमा पुग्ने पनि बताए ।  

‘संविधान बचाउन सवै पार्टीसँग कुरा गर्दै छौ कुरा गरेर ठोस कदम चाल्छौ’, पौडेलको भनाइ छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap