२०८२ चैत्र १४

राजनीति

जसपालाई सरकारमा सहभागी हुन ओलीको अफर, ठाकुर र महतोबीच छलफल

जसपालाई सरकारमा सहभागी हुन ओलीको अफर, ठाकुर र महतोबीच छलफल

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) ले सरकारमा सहभागीको विषयमा पार्टीभित्र छलफल शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन जसपालाई सरकारमा सहभागी हुन आग्रह गरेपछि जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोले त्यसबारे पार्टीमा छलफल सुरु गरेका हुन् । एकजना कार्यकारिणी सदस्यका अनुसार पार्टी सरकारमा जाने लगभग निश्चित भइसकेको र अहिले कतिवटा मन्त्रालय लिने, क–कसलाई मन्त्रीमा पठाउने विषयमा छलफल भइरहेको छ । जसपा नेपाल (महन्थ ठाकुर पक्ष) संसदीय दलका नेता समेत रहेका राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने कुरा तय भइसकेको उनको दाबी छ । अध्यक्ष ठाकुर र नेता महतोले आजै प्रधानमन्त्री ओलीसँग यस विषयमा छलफल गर्ने बताइएको छ । Advertisement मन्त्री बन्ने सूचीमा जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षबाट महन्थ ठाकुर पक्ष...
सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हाले

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हाले

देश, राजनीति
नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हालेको भन्दै महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहीँ र यत्तिमै रोकिनेवाला नभएको बताएका छन्। Advertisement ‘नेतागण! नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं,' शनिबार बिहान सामाजिक सञ्जालमा नेता थापाले लेखेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद! विघटन, पुनर्स्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ (३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ (५) को आह्वान, अनुकूल नभएपछि फेरि विघटन! कस्तो सेटिङ! प्रक्रिया त देखाउनमात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो र लिए!’ ...
जनता अक्सिजन र शैया अभावले छट्पटिरहेका बेला कुन मानवीयताले मत माग्न जानु: प्रकाशमान

जनता अक्सिजन र शैया अभावले छट्पटिरहेका बेला कुन मानवीयताले मत माग्न जानु: प्रकाशमान

राजनीति, स्वास्थ्य
नेपाली कांग्रेसका नता प्रकाशमान श्रेष्ठले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै कसैको सनक र अहंकारको मूल्य देशले चुकाउन नसक्ने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी थिइन्। शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता सिंहले कोरोना महामारीका बेला देशको प्राथमिकता जनताको जीवन रक्षा हुनु पर्नेमा मध्यरातमा संविधान र लोकतन्त्रमाथि प्रहार भएको बताएका छन्। यो प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने उनको भनाइ छ। Advertisement  'नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुपर्थ्यो। तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ । अक्सिजन...
उपेन्द्र यादव पक्षका १२ जना सांसदलाई कारवाही गरिने पत्र राष्ट्रपति कार्यालयमा

उपेन्द्र यादव पक्षका १२ जना सांसदलाई कारवाही गरिने पत्र राष्ट्रपति कार्यालयमा

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १२ जनालाई मान्यता नदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएको छ । जसपा नेपालका संसदीय दलका नेता राजेन्द्र महतोले लेखेको पत्रमा काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो दलबाट १२ जनाले गरेको हस्ताक्षर गर्ने सांसद्लाई पार्टीले कारवाहीको प्रकृया अगाडि बढाएको हुनाले सो हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका छन्  । Advertisement जसपा नेपालका उपेन्द्र यादव पक्षले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा १२ जना सांसदको हस्ताक्षर बुझाएका थिए । यता, जसपा नेपालका अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीको समर्थनमा पार्टीका ३२ जनाको नामसहितको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।   साभार:...
देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले सांसदमाथि कारवाही गरेको पत्र शीतल निवासमा

देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले सांसदमाथि कारवाही गरेको पत्र शीतल निवासमा

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदमाथि कारवाही गरेको पत्र राष्ट्रपति कार्यालयलाई पठाएको छ ।  एमालेका केन्द्रीय सदस्य समेत रहेका एमाले केन्द्रीय कार्यालका सचिव शेरबहादुर तामाङले राष्ट्रपति कार्यालयमा उक्त ब्यहोराको पत्र पठाएको पुष्टि गरे । Advertisement पत्रमा एमाले संसदीय दलको सदस्य भएर पनि प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेको बुझिएकाले मान्यता नदिन भनिएको छ ।  ‘उहाँहरु संसदीय दलको सदस्य हो । एमाले संसदीय दलको सदस्य भनेको एमालेकै सदस्य हो र अन्त कतै सहि गरेको छ भने हामी छानविन गर्दैछौ भनेर भनिएको छ’ तामाङ ले रातोपाटीसँग भने । साभार: रातोपाटी ...
बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक

देश, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका  छन्। बैठकका लागि मन्त्रीहरू बालुवाटारमा पुगिसकेका छन्। सामान्यता बैठक सोमबार र बिहीबार बस्ने भए पनि आज भने प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन्। उक्त बैठकलाई अर्थपूर्णरूपमा हेरिएको छ। यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको गठन लागि आह्वान गरेसँगै पदका लागि गठबन्धनतर्फबाट शेरबहादुर देउवा र नेकपा एमालेबाट केपीशर्मा ओली दाबी प्रस्तुत गरेका थिए। Advertisement सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गरिएको दाबीसहित विपक्षी दलहरू १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प...
प्रधानमन्त्रीका लागि ओली र देउवाको दावी

प्रधानमन्त्रीका लागि ओली र देउवाको दावी

देश, राजनीति, समाचार
संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन गर्न राष्ट्रपति आव्हान गरेपछि शीलतनिवासमा विपक्षी गठबन्धन र सत्तारुढ केपी शर्मा ओली पक्षले नयाँ सरकारका लागि छुट्टाछुट्टै हस्ताक्षर शीलतनिवासमा बुझाएका छन् । हाल प्रतिनिधि सभामा २७१ जना सांसद छन् । तर दलहरुले ३०२ जनाको हस्ताक्षर बुझाएका छन् । Advertisement विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै शुक्रबार दिउसो पौने चार बजे नेताहरु शीतलनिवास पुगेका थिए । तर, विपक्षी गठबन्धनका नेता शीतलनिवास पुग्नु अघि नै प्रधानमन्त्री ओली शीतलनिवास पुगेर बहुमत सांसदको हस्ताक्षर बुझाएका थिए । ओलीले एमालेका १२१ सांसद र जनता समाजवादीका ३२ सांसद गरी १५३ सांसदको हस्ताक्षर लगेर सरकारको नेतृत्वका लागि आधार पेश गरेको प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालले जनाएका छन् । रिमालका अनुसा...
सिंहदरबारमा कांग्रेस, माओवादी र जसपा नेताको बैठक

सिंहदरबारमा कांग्रेस, माओवादी र जसपा नेताको बैठक

देश, राजनीति
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरू छलफलमा जुटेका छन्। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा केहीबेरअगाडि बैठक सुरू भएको हो। छलफलका लागि कांग्रेसबाट सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई र उपेन्द्र यादव छन्। तीनै दलबाट केही सांसदहरू पनि बैठकमा छन्। राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समय आज अपरान्ह ५ बजेसम्म छ। वैकल्पिक सरकार गठनलगायत विषयमा तीन दल छलफलमा जुटेका हुन्। Advertisement राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउन दिएको समयभित्र सरकार बनाउन दाबी गर्ने तयारी उनीहरूले गरिरहेका छन्। आजै कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल र जसपा नेत...
माओवादीले बोलायो आकस्मिक स्थायी समितिको बैठक

माओवादीले बोलायो आकस्मिक स्थायी समितिको बैठक

देश, राजनीति, समाचार
काठमाडौं । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।  Advertisement उनले बिहीबारको राजनीतिक घटनाक्रम र भावी रणनीति बनाउन बैठक बोलाएको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । त्यसबारे माओवादी लगायत सवै दल आन्तरिक छलफलमा जुटेका हुन् ।  दलहरुले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी दलहरुले त्यसलाई संसद् विघटन हुँदै संविधान सिध्याउने डिजाइनअन्तर्गत भएको बताएका छन् । साभार: रातोपाटी ...
प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि जालसाजी गर्नुभयो : रामचन्द्र पौडेल

प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि जालसाजी गर्नुभयो : रामचन्द्र पौडेल

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि जालसाजी गरेको भन्दै सवै दलसँग छलफल गरेर विकसित राजनीतिक घटनाक्रमबारे ठोस निष्कर्षमा पुग्ने बताएका छन् ।  काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पुर्व पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिकृया दिदै नेता पौडेलले सो कुराको जानकारी दिएका हुन् ।  Advertisement काँग्रेस बैठकले प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपालको संविधानमाथि ठुलो जालसाजी गरेको ठहर पनि गरेको छ । ‘र, नेपाली काँग्रेसले यसलाई भत्र्सना गरेको छ । यसलाई कारवाही गर्न हामी अगाडि बढ्छौ । राष्ट्रपति र प्रधानमन्त्रीले नयाँ सरकार गठन गर्न जुन किसिमले आव्हान गर्नुभयो,प्रधानमन्त्री राजीनामा गरेको छैन । अपदस्थ भएको छैन । थोरै समय दिएर प्रधानमन्त्री चयन गर्न दिएको समय जालसा...