२०८२ पुष ७

राजनीति

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक

देश, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका  छन्। बैठकका लागि मन्त्रीहरू बालुवाटारमा पुगिसकेका छन्। सामान्यता बैठक सोमबार र बिहीबार बस्ने भए पनि आज भने प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन्। उक्त बैठकलाई अर्थपूर्णरूपमा हेरिएको छ। यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको गठन लागि आह्वान गरेसँगै पदका लागि गठबन्धनतर्फबाट शेरबहादुर देउवा र नेकपा एमालेबाट केपीशर्मा ओली दाबी प्रस्तुत गरेका थिए। Advertisement सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गरिएको दाबीसहित विपक्षी दलहरू १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प...
प्रधानमन्त्रीका लागि ओली र देउवाको दावी

प्रधानमन्त्रीका लागि ओली र देउवाको दावी

देश, राजनीति, समाचार
संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन गर्न राष्ट्रपति आव्हान गरेपछि शीलतनिवासमा विपक्षी गठबन्धन र सत्तारुढ केपी शर्मा ओली पक्षले नयाँ सरकारका लागि छुट्टाछुट्टै हस्ताक्षर शीलतनिवासमा बुझाएका छन् । हाल प्रतिनिधि सभामा २७१ जना सांसद छन् । तर दलहरुले ३०२ जनाको हस्ताक्षर बुझाएका छन् । Advertisement विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै शुक्रबार दिउसो पौने चार बजे नेताहरु शीतलनिवास पुगेका थिए । तर, विपक्षी गठबन्धनका नेता शीतलनिवास पुग्नु अघि नै प्रधानमन्त्री ओली शीतलनिवास पुगेर बहुमत सांसदको हस्ताक्षर बुझाएका थिए । ओलीले एमालेका १२१ सांसद र जनता समाजवादीका ३२ सांसद गरी १५३ सांसदको हस्ताक्षर लगेर सरकारको नेतृत्वका लागि आधार पेश गरेको प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालले जनाएका छन् । रिमालका अनुसा...
सिंहदरबारमा कांग्रेस, माओवादी र जसपा नेताको बैठक

सिंहदरबारमा कांग्रेस, माओवादी र जसपा नेताको बैठक

देश, राजनीति
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरू छलफलमा जुटेका छन्। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा केहीबेरअगाडि बैठक सुरू भएको हो। छलफलका लागि कांग्रेसबाट सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई र उपेन्द्र यादव छन्। तीनै दलबाट केही सांसदहरू पनि बैठकमा छन्। राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समय आज अपरान्ह ५ बजेसम्म छ। वैकल्पिक सरकार गठनलगायत विषयमा तीन दल छलफलमा जुटेका हुन्। Advertisement राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउन दिएको समयभित्र सरकार बनाउन दाबी गर्ने तयारी उनीहरूले गरिरहेका छन्। आजै कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल र जसपा नेत...
माओवादीले बोलायो आकस्मिक स्थायी समितिको बैठक

माओवादीले बोलायो आकस्मिक स्थायी समितिको बैठक

देश, राजनीति, समाचार
काठमाडौं । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।  Advertisement उनले बिहीबारको राजनीतिक घटनाक्रम र भावी रणनीति बनाउन बैठक बोलाएको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । त्यसबारे माओवादी लगायत सवै दल आन्तरिक छलफलमा जुटेका हुन् ।  दलहरुले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी दलहरुले त्यसलाई संसद् विघटन हुँदै संविधान सिध्याउने डिजाइनअन्तर्गत भएको बताएका छन् । साभार: रातोपाटी ...
प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि जालसाजी गर्नुभयो : रामचन्द्र पौडेल

प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि जालसाजी गर्नुभयो : रामचन्द्र पौडेल

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि जालसाजी गरेको भन्दै सवै दलसँग छलफल गरेर विकसित राजनीतिक घटनाक्रमबारे ठोस निष्कर्षमा पुग्ने बताएका छन् ।  काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पुर्व पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिकृया दिदै नेता पौडेलले सो कुराको जानकारी दिएका हुन् ।  Advertisement काँग्रेस बैठकले प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपालको संविधानमाथि ठुलो जालसाजी गरेको ठहर पनि गरेको छ । ‘र, नेपाली काँग्रेसले यसलाई भत्र्सना गरेको छ । यसलाई कारवाही गर्न हामी अगाडि बढ्छौ । राष्ट्रपति र प्रधानमन्त्रीले नयाँ सरकार गठन गर्न जुन किसिमले आव्हान गर्नुभयो,प्रधानमन्त्री राजीनामा गरेको छैन । अपदस्थ भएको छैन । थोरै समय दिएर प्रधानमन्त्री चयन गर्न दिएको समय जालसा...
बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरू

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरू

देश, राजनीति
नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरू भएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा केहीबेर अगाडि बैठक सुरू भएको हो। यो बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ। राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्ने प्रयोजनका लागि समय दिएपछि कांग्रेसले बैठक बोलाएको हो। प्रधानमन्त्रीले विश्वासको मत नलिई/राजीनामा नदिई संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको आह्वान राष्ट्रपतिबाट भएपछि कांग्रेसले विरोध गरेको छ। प्रधानमन्त्री ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए। उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो तर विश्वासको मत आउने अवस्था नरहेको भन्दै अर्को उपधाराअनुसार नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्म राष्ट्रपतिले समय दिएकी छन्। Advertisement राष्ट्रपति संविधानअनुसार...
राधेश्याम अधिकारीको प्रश्न : गणतन्त्रमा यस्तो स्वेच्छाचारी निर्णय गर्ने हक राष्ट्रपतिलाई  हुन्छ ?

राधेश्याम अधिकारीको प्रश्न : गणतन्त्रमा यस्तो स्वेच्छाचारी निर्णय गर्ने हक राष्ट्रपतिलाई हुन्छ ?

देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रियसभा नेपाली काँग्रेस दलको नेता तथा संविधानविद् राधेश्याम अधिकारीले प्रधानमन्त्रीको असंवैधानिक कदममाथि राष्ट्रपतिले स्वेच्छाचारी साथ दिएको टिप्पणी गरेका छन् । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसारको सरकार गठनका लागि गरिएको आह्वान  संवैधानिक नभएको उनले बताए । वरिष्ठ अधिवक्ता समेत रहेका उनले भने,'प्रधानमन्त्रीले पहिले राजीनामा गर्नुपर्छ ।  राजीनामा नगरिकन मार्गप्रशस्त गरेर मात्र उहाँले सुख पाउनुहुन्न । तर कारण उहाँले जुन निर्णय गर्नुभएको छ । त्यो असंवैधानिक छ ।' Advertisement प्रधानमन्त्रीले विश्वासको मत दिन नचाहेको अवस्थामा राजीनामा दिएपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने अधिकारीले बताए । 'उहाँले विश्वासको मत मागेर विश्वासको मत प्राप्त गर्न नसकेको भएको भए उहा...
किन गर्‍यो सर्वोच्चले ओली सरकारका सात मन्त्रीलाई काम गर्न नदिन आदेश?

किन गर्‍यो सर्वोच्चले ओली सरकारका सात मन्त्रीलाई काम गर्न नदिन आदेश?

देश, राजनीति
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका गृहमन्त्री रामबहादुर थापा 'बादल' सहित सात मन्त्रीलाई काम नगराउन आदेश गर्‍यो।  प्रधानमन्त्री ओलीले वैशाख ३१ मा संघीय सांसदका सदस्य नरहेका सात मन्त्री नियुक्त गरेर सपथसमेत गराएका थिए।  सर्वोच्च अदालतले भने उनीहरूलाई प्रधानमन्त्री ओलीले संविधानविपरीत नियुक्त गरेको भन्दै मन्त्रीका हैसियतमा कुनैपनि काम नगराउन भनेको हो।  बादल, मणिचन्द्र थापा, टोपबहादुर रायमाझी,लेखराज भट्ट, गौरीशंकर चौधरी, दावा लामा तामाङ र प्रभु साहलाई गरिएको पुन:नियुक्ति संविधानविपरीत भएको भन्दै अधिवक्ता विराज थापा र कपिलदेव ढकालले बुधबार छुट्टाछुट्टै रिट दायर गरेका थिए। उक्त रिटमाथि पहिलो सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले उनीहरूलाई गरिएको नियुक्ति र सपथग्रहण लगायतका काम संविधान अनुकूल नभएकाले मन्त्रीको हैसियत...
बादललाई हराउँदै राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी

बादललाई हराउँदै राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी

देश, राजनीति
नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्। Advertisement आज भएको मतगणनामा देवकोटाको पक्षमा पाँच हजार ८८ मत आएको हो। नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले देवकोटा विजयी भएको बताए। देवकोटालाई नेकपा एमालेकै नेता माधवकुमार नेपाल समूहको पनि समर्थन थियो। संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिन्छन्। तर उनी अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार थिए। ...
प्रधानमन्त्री र शिक्षा मन्त्रीविरूद्ध निर्वाचन आयोगमा कांग्रेसले दियो उजुरी

प्रधानमन्त्री र शिक्षा मन्त्रीविरूद्ध निर्वाचन आयोगमा कांग्रेसले दियो उजुरी

देश, राजनीति
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ। राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मौन अवधिमा अपिल सार्वजनिक गर्दै गृहमन्त्रीसमेत रहेका पार्टी उम्मेदवार रामबहादुर थापा बादलका पक्षमा भोट मागेपछि कांग्रेसले आयोगमा प्रधानमन्त्री र शिक्षामन्त्रीविरूद्ध कारवाही माग गर्दै उजुरी दिएको छ। आज बागमती प्रदेशमा रिक्त रहेको एक राष्ट्रिय सभा सदस्यका लागि चुनाव भइरहेको छ। बुधबार प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले बादलका पक्षमा मत माग गर्दै अपिल जारी गरेका थिए। Advertisement ‘मौन अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टीको अध्यक्षको हैसियतले र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिलमार्फत् मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु भएकोले निर्वाचन आचार सहि...