२०८२ चैत्र १४

राजनीति

कांग्रेसमाथि खनिए प्रधानमन्त्री ओली- प्रचण्डपथ अंगिकार गरेर कुदेजस्तो छ

कांग्रेसमाथि खनिए प्रधानमन्त्री ओली- प्रचण्डपथ अंगिकार गरेर कुदेजस्तो छ

देश, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसविरूद्ध खनिएका छन्।  आइतबार दिउँसो बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री दाबी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष किर्ते हस्ताक्षर बुझाएको आरोप लगाएका छन्। उनले नेपाली कांग्रेस पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सत्ता कब्जाको पथमा गएको बताए।  Advertisement ‘उनीहरू त हिजो लोकतान्त्रिक प्रणलीका विरूद्ध हतियार उठाएर गएका थिए। पछिल्लो समय ट्याक्टिकल मुभ गरेर पनि उनीहरूको उद्देश्य सत्ता कब्जा नै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर आफूलाई प्रजातान्त्रिक भन्ने नेपाली कांग्रेस पनि प्रचण्डपथ अंगिकार गरेर कुदेको जस्तो लाग्छ।’ उनले कांग्रेस नेता पुष्पा भुषालले प्रधानमन्त्री ओलीले...
सर्वोच्च जाने तयारीमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसद

सर्वोच्च जाने तयारीमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसद

राजनीति
प्रतिनिधि सभा विघटनविरूद्ध रिट लिएर विपक्षी गठबन्धनका ५ दल सर्वोच्च जाने तयारीमा छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरू सर्वोच्च जाने तयारी छ। कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने तयारीमा जुटेका हुन्। कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सेतोपाटीलाई दिएको जानकारीअनुसार सकेसम्म आजै सर्वोच्च जाने तयारी छ। ‘अहिले वकिलहरूले आवश्यक कागजपत्र तयार गर्दै हुनुहुन्छ,’ उनले भने, ‘सकेसम्म आजै सर्वोच्च जान्छौं।’ सांसदहरूलाई नागरिकता लिएर आउनसमेत भनिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल, जस...
निर्वाचनमा आयोगमा माधव नेपाल निकट विद्यार्थी नेताले दिए नेकपा एकीकृत दर्ताका लागि निवेदन

निर्वाचनमा आयोगमा माधव नेपाल निकट विद्यार्थी नेताले दिए नेकपा एकीकृत दर्ताका लागि निवेदन

देश, राजनीति
झलनाथ खनाल- माधव नेपाल पक्षका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।  पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिन्ह ‘कलम’ प्रस्ताव गर्दै आयोगमा निवेदन परेको हो। संखुवासभाका राई नेकपाको विद्यार्थी भातृ संगठन अनेरास्वियूका सचिवालय सदस्य थिए। उक्त पार्टीको उपाध्यक्ष कास्कीकी कल्पना गुरूङ र महासचिवमा काभ्रेका विनोद कुमार खुलाल छन्। सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशिल खनाल रहेका छन्।  राईले दल दर्ताका लागि निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। Advertisement यसअघि कलम चिन्हबाट गत जेठ ६ गते बागमती प्रदेश अन्यतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदमा संघीयताविज्ञ खिमलाल देवकोटा निर्वाचित भएका थिए। उनले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराएका थिए। ...
महामारीका बेला राजनीतिक गञ्जागोल

महामारीका बेला राजनीतिक गञ्जागोल

देश, राजनीति, समाचार
८जेठ, काठमाडौं । महामारीबाट नागरिकले भटाभट ज्यान गुमाइरहेको बेला राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु आत्मघाती भएको जनस्वास्थ्यविद्हरूले बताएका छन् । शुक्रबार राति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै जनस्वास्थ्यविद्हरूले त्यसले ठूलो क्षति हुनसक्ने चेतावनी दिएका हुन् । Advertisement ‘सबैको ध्यान र गतिविधि महामारी नियन्त्रणमा भन्दा राजनीतिमा केन्द्रित हुन्छ । जसको कारण संक्रमण झन् विस्तार भई ठूलो क्षति हुन सक्छ, त्यस्तो अवस्थामा चुनावको कल्पना गर्न पनि सकिन्न’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी भन्छन् । कोरोना संक्रमणको कारण पछिल्लो सात दिनमा मात्रै १ हजार ३५५ जनाको मृत्यु भएको छ । अबको दुई साता यो मृत्युदर नघट्ने जनस्वास्थ्यविद्हरू ब...
शुक्रबार राष्ट्रपतिले गरेका निर्णयविरूद्ध अदालतमा मुद्दा लाग्छ?

शुक्रबार राष्ट्रपतिले गरेका निर्णयविरूद्ध अदालतमा मुद्दा लाग्छ?

देश, राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधि सभा फेरि विघटन गरेपछि राजनीतिक दलहरूले त्यसविरूद्ध सर्वोच्च अदालतमा रिट हाल्ने भएका छन्। कतिपयले भने राष्ट्रपतिले गरेका निर्णयउपर अदालतमा मुद्दा नचल्ने बताएका छन्। अर्कातिर राष्ट्रपतिले गरेको नयाँ सरकार गठन प्रक्रिया, दलहरूले दाबी हालेपछि त्यसमाथि गरेको निर्णय र प्रधानमन्त्री नियुक्त हुन नसकेको भन्दै मन्त्रिपरिषदको निर्णयका आधारमा गरेको संसद भंगको निर्णय सबै असंवैधानिक भएको संविधानविद्, राजनीतिक दललगायतले बताइरहेका छन्। मुख्यत: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ जना  सांसदले आफूलाई विश्वासको मत दिने भन्दै हस्ताक्षरसहित र प्रधानमन्त्री ओलीले आफूसँग १५३ जना सांसद छन् भन्दै नयाँ सरकारको दाबी परेपछि राष्ट्रपतिले गरेको निर्णयविरूद्ध मुद्दा लाग्छ कि लाग्दैन भन्ने चासो छ।...
वैकल्पिक सरकार गठनका लागि आधार पेश भइसकेको अवस्थामा संसद विघटन गर्नु अस्वभाविक र असंवैधानिक: अग्नि सापकोटा

वैकल्पिक सरकार गठनका लागि आधार पेश भइसकेको अवस्थामा संसद विघटन गर्नु अस्वभाविक र असंवैधानिक: अग्नि सापकोटा

देश, राजनीति
विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले शुक्रबार मध्यराति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। प्रधानमन्त्रीको उक्त कदम यसअघि पुस ५ को प्रतिनिधि सभा विघटनविरूद्ध ६७ दिनसम्म गरिएको संवैधानिक कानुनी र राजनीतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको फागुन ११ गतेको फैसलाविपरित भएको उनले बताएका छन्। Advertisement संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि आधार पेश भइसकेको अवस्थामा प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु अस्वभाविक र असंवैधानिक कदम भएको उनको ठहर छ। शनिबार उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ- संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री ...
माधव नेपाल पक्ष प्रतिक्रियावादी शक्तिको मतियार बन्योः ओली

माधव नेपाल पक्ष प्रतिक्रियावादी शक्तिको मतियार बन्योः ओली

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षधरहरु प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको आरोप लगाएका छन् ।  शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा स्व. बुद्धिबहादुर रायमाझिद्वारा लिखित पुस्तक ‘पञ्चायती जेलमा तेह्र वर्ष’ विमोचनमा बोल्दै प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षधरलाई लक्षित गर्दै नेपालमा फिँजिएको उज्यालो निभाउने प्रतिक्रियावादी शक्तिहरूको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनका विरुद्धमा लागको बताएका हुन् ।  Advertisement उनले कम्युनिष्ट आन्दोलकाविरुद्ध इतिहासमा कहिँ नदेखिएको अनुशासनहिनता र अराजकता देखिएको बताए । उनले भने, ‘आजपनि हामी देख्न सक्छौँ, आन्दोलनकाविरुद्ध, इतिहासमा कहीँ नदेखिएको अत्यन्तै भद्दा, नग्न, विभत्स, कुरुपताको हद पनि विभत्स, अनुशासनहिनताको, अराजकताको, र विपक्षी...
बागमतीका मुख्यमन्त्री पौडेलले सोधे अष्टलक्ष्मीसहित १४ सांसदलाई स्पष्टीकरण

बागमतीका मुख्यमन्त्री पौडेलले सोधे अष्टलक्ष्मीसहित १४ सांसदलाई स्पष्टीकरण

देश, राजनीति
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले वरिष्ठ नेता माधव नेपाल पक्षधर १४ सांसदलाई स्पष्टीकरण सोधेका छन्। आज बसेको संसदीय बोर्डको बैठकले पार्टी विरोधी काम गरेको भन्दै स्पष्टीकरण सोधेको  बागमती प्रदेशमा एमालेका प्रमुख सचेतक दीपक निरौलाले बताए। 'लामो समयदेखि पार्टी विरोधी र संसदीय दल विरोधी काम गरेकोले स्पष्टीकरण सोधिएको हो,'उनले भने,'१४ जनालाई सोधिएको छ। उहाँहरूले भोलि ५ बजेसम्म स्पष्टीकरण बुझाउनुपर्नेछ।' Advertisement स्पष्टीकरण सोधिएका सांसदहरूमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, बसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरूङ, कृष्णप्रसाद खनाल, बसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मिना ज्ञवाली र लक्ष्मण लम्साल र पार्वती सिलवाल रहेका छन्। जेठ ६ गते भएको राष्ट्रियसभा निर...
बानेश्वर बैठकपछि पाँच दलले जारी गरे संयुक्त वक्तव्य: १४९ जनाको हस्ताक्षरसहित अदालतमा मुद्दा हाल्ने

बानेश्वर बैठकपछि पाँच दलले जारी गरे संयुक्त वक्तव्य: १४९ जनाको हस्ताक्षरसहित अदालतमा मुद्दा हाल्ने

देश, राजनीति
नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध सडक र अदालतमा लडाइँ लड्ने निर्णय गरेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह)  र राष्ट्रिय जनमोर्चाका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले शुक्रबार राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष निकाल्दै प्रतिरोधका लागि आह्वान गरेको छन्। Advertisement विज्ञप्तिमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सडकबाट पनि त्यसको प्रतिरोध हुने र सर्वोच्च अदालतमा पनि रिट दिने बताए। 'हामी हिजोका सबै १४९ जनाको हस्ताक्षर लिएर सर्वोच्च अदालतमा ...
राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको अवमूल्यनः राणा

राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको अवमूल्यनः राणा

देश, राजनीति, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको अवमूल्यन भएको भन्दै विश्वमा सफल राजा सहितको प्रजातन्त्रको मोडल अनुसरण गरेर विगतको गल्ती सच्याउनु पर्ने बताएका छन् । ‘राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको छ । दलभन्दा माथि रहने राष्ट्रप्रमुख, निष्पक्ष अभिभावकको रुपमा शाहवंशीय राजसंस्थाको अपरिहार्यता पुनःपुष्टि गरेको छ,’ राप्रपा अध्यक्ष राणाले शनिबार भने ।  Advertisement राजनीतिक कोर्स करेक्सन गर्नु पर्ने दृष्टान्त प्रस्तुत गर्दै राणाले भने, ‘विश्वका सफल प्रजातान्त्रिक अभ्यास अनुकूल राजा सहितको प्रजातन्त्र अनुसरण गरेर गल्ती सच्याउनुको विकल्प छैन ।’ निर्वाचन प्रजातान्त्रिक अभ्यास भए पनि कुर्सी जोगाउनु जनताको ज्यान जोखिममा पार्नु अमानवीयताको पराकाष्...