


नेपाली कांग्रेसका नेता गगन थापाले ५४ प्रतिशत सांसद सर्वोच्च अदालत आएको बताएका छन्।
१४६ जना सांसद सोमबार दिउँसो सर्वोच्च आएको भन्दै उनले सर्वोच्चले दायाँबायाँ गर्न नमिल्ने बताए।
‘एउटा अहंकारी प्रधानमन्त्रीले संविधान उलंघन गरेकोले पटकपटक अदालत आउनुपर्यो,’ सर्वोच्च अदालत परिसरमा पत्रकारहरूसँग थापाले भने, ‘पटकपटक अदालत आउनु दुर्भाग्य हो।’
Advertisement



अदालतले आफैँले केही महिनाअगाडि गरेको ब्याख्या र संविधानको धारा अध्ययन गर्दा प्रतिनिधि सभा पुनर्स्थापना हुने उनले बताए।
‘हामी ज्युँदैछौं १४६ जना सर्वोच्चमा श-शरीर आयौं,’ उनले भने, ‘सर्वोच्चले दायाँबायाँ गर्न सक्दैन र गर्दैन। अदालतप्रति हाम्रो भरोसा छ।’

कांग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी ५ दलका सांसद आज सर्वोच्चमा रिट लिएर गएका छन्। बहुमत हुँदाहुँदै पनि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै देउवा रिट लिएर सर्वोच्च पुगेका हुन्।





