माधव नेपालको अपिल- ओली सरकारलाई बढारेर मुलुकमा कानुनी राजको स्थापना गरौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीबाट निष्काशन गरेका वरिष्ठ नेता माधवकुमार नेपालले ओली सरकारालई बढारेर मुलुकमा कानुनी राजको स्थापना गर्न अपिल गरेका छन्।
मंगलबार दिउँसो सामाजिक सञ्जालमा अपिल जारी गर्दै नेपालले ओली समूहले आफूहरूलाई गरेको कारबाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको बताएका छन्।
उनले आफूले पार्टी एकतालाई कायम राख्न सकेजति प्रयास गरे पनि ओलीले प्रतिशोध साँधेको बताए।
ओलीले व्यक्तिगत स्वार्थ पूरा गर्न सरकारको चरम दुरूपयोग गरेको पनि बताएका छन्।
यस्तो छ नेपालको अपिलको पूर्ण पाठ:
कम्युनिष्ट पार्टीलाई माया गर्ने तमाम नेपाली जनता - नेपालका कम्युनिष्ट पार्टीहरू एक हुन्, कम्युनिस्ट आन्दोलन एक र सशक्त होस् , जनजीविका, जनताको हित, स्वार्थ र सरोकार तथा सुशासनका पक्षमा एवम् समाजवाद उन्मुख काम गरून् भन्ने चाहन्छन्। तर जनअपेक्षा विपरीत केपी ओल...









