२०८२ पुष ८

राजनीति

माधव नेपाल पक्ष प्रतिक्रियावादी शक्तिको मतियार बन्योः ओली

माधव नेपाल पक्ष प्रतिक्रियावादी शक्तिको मतियार बन्योः ओली

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षधरहरु प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको आरोप लगाएका छन् ।  शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा स्व. बुद्धिबहादुर रायमाझिद्वारा लिखित पुस्तक ‘पञ्चायती जेलमा तेह्र वर्ष’ विमोचनमा बोल्दै प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षधरलाई लक्षित गर्दै नेपालमा फिँजिएको उज्यालो निभाउने प्रतिक्रियावादी शक्तिहरूको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनका विरुद्धमा लागको बताएका हुन् ।  Advertisement उनले कम्युनिष्ट आन्दोलकाविरुद्ध इतिहासमा कहिँ नदेखिएको अनुशासनहिनता र अराजकता देखिएको बताए । उनले भने, ‘आजपनि हामी देख्न सक्छौँ, आन्दोलनकाविरुद्ध, इतिहासमा कहीँ नदेखिएको अत्यन्तै भद्दा, नग्न, विभत्स, कुरुपताको हद पनि विभत्स, अनुशासनहिनताको, अराजकताको, र विपक्षी...
बागमतीका मुख्यमन्त्री पौडेलले सोधे अष्टलक्ष्मीसहित १४ सांसदलाई स्पष्टीकरण

बागमतीका मुख्यमन्त्री पौडेलले सोधे अष्टलक्ष्मीसहित १४ सांसदलाई स्पष्टीकरण

देश, राजनीति
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले वरिष्ठ नेता माधव नेपाल पक्षधर १४ सांसदलाई स्पष्टीकरण सोधेका छन्। आज बसेको संसदीय बोर्डको बैठकले पार्टी विरोधी काम गरेको भन्दै स्पष्टीकरण सोधेको  बागमती प्रदेशमा एमालेका प्रमुख सचेतक दीपक निरौलाले बताए। 'लामो समयदेखि पार्टी विरोधी र संसदीय दल विरोधी काम गरेकोले स्पष्टीकरण सोधिएको हो,'उनले भने,'१४ जनालाई सोधिएको छ। उहाँहरूले भोलि ५ बजेसम्म स्पष्टीकरण बुझाउनुपर्नेछ।' Advertisement स्पष्टीकरण सोधिएका सांसदहरूमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, बसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरूङ, कृष्णप्रसाद खनाल, बसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मिना ज्ञवाली र लक्ष्मण लम्साल र पार्वती सिलवाल रहेका छन्। जेठ ६ गते भएको राष्ट्रियसभा निर...
बानेश्वर बैठकपछि पाँच दलले जारी गरे संयुक्त वक्तव्य: १४९ जनाको हस्ताक्षरसहित अदालतमा मुद्दा हाल्ने

बानेश्वर बैठकपछि पाँच दलले जारी गरे संयुक्त वक्तव्य: १४९ जनाको हस्ताक्षरसहित अदालतमा मुद्दा हाल्ने

देश, राजनीति
नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध सडक र अदालतमा लडाइँ लड्ने निर्णय गरेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह)  र राष्ट्रिय जनमोर्चाका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले शुक्रबार राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष निकाल्दै प्रतिरोधका लागि आह्वान गरेको छन्। Advertisement विज्ञप्तिमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सडकबाट पनि त्यसको प्रतिरोध हुने र सर्वोच्च अदालतमा पनि रिट दिने बताए। 'हामी हिजोका सबै १४९ जनाको हस्ताक्षर लिएर सर्वोच्च अदालतमा ...
राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको अवमूल्यनः राणा

राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको अवमूल्यनः राणा

देश, राजनीति, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको अवमूल्यन भएको भन्दै विश्वमा सफल राजा सहितको प्रजातन्त्रको मोडल अनुसरण गरेर विगतको गल्ती सच्याउनु पर्ने बताएका छन् । ‘राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको छ । दलभन्दा माथि रहने राष्ट्रप्रमुख, निष्पक्ष अभिभावकको रुपमा शाहवंशीय राजसंस्थाको अपरिहार्यता पुनःपुष्टि गरेको छ,’ राप्रपा अध्यक्ष राणाले शनिबार भने ।  Advertisement राजनीतिक कोर्स करेक्सन गर्नु पर्ने दृष्टान्त प्रस्तुत गर्दै राणाले भने, ‘विश्वका सफल प्रजातान्त्रिक अभ्यास अनुकूल राजा सहितको प्रजातन्त्र अनुसरण गरेर गल्ती सच्याउनुको विकल्प छैन ।’ निर्वाचन प्रजातान्त्रिक अभ्यास भए पनि कुर्सी जोगाउनु जनताको ज्यान जोखिममा पार्नु अमानवीयताको पराकाष्...
संविधान विरोधी तानाशाही कदमको प्रतिवाद गरौं : झलनाथ खनाल

संविधान विरोधी तानाशाही कदमको प्रतिवाद गरौं : झलनाथ खनाल

देश, राजनीति, समाचार
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा संविधान विरोधी काम भएको बताएका छन् । शनिबार खनालले आफ्ना विचार सार्वजनिक गर्दै राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको उल्लेख गरेका छन् । उनीहरुको सो कदम  कदापि क्षम्य नहुने उनको भनाई छ । साथै सो कदमको  घोर भर्त्सना गर्दै त्यसको प्रतिवाद गर्न खनालले आग्रह गरेका छन् ।  Advertisement नेता खनालले भनेका छन्– ‘राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ । यो कदम  कदापि क्षम्य हुने छैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म  घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि  सबै दे...
जसपालाई सरकारमा सहभागी हुन ओलीको अफर, ठाकुर र महतोबीच छलफल

जसपालाई सरकारमा सहभागी हुन ओलीको अफर, ठाकुर र महतोबीच छलफल

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) ले सरकारमा सहभागीको विषयमा पार्टीभित्र छलफल शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन जसपालाई सरकारमा सहभागी हुन आग्रह गरेपछि जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोले त्यसबारे पार्टीमा छलफल सुरु गरेका हुन् । एकजना कार्यकारिणी सदस्यका अनुसार पार्टी सरकारमा जाने लगभग निश्चित भइसकेको र अहिले कतिवटा मन्त्रालय लिने, क–कसलाई मन्त्रीमा पठाउने विषयमा छलफल भइरहेको छ । जसपा नेपाल (महन्थ ठाकुर पक्ष) संसदीय दलका नेता समेत रहेका राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने कुरा तय भइसकेको उनको दाबी छ । अध्यक्ष ठाकुर र नेता महतोले आजै प्रधानमन्त्री ओलीसँग यस विषयमा छलफल गर्ने बताइएको छ । Advertisement मन्त्री बन्ने सूचीमा जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षबाट महन्थ ठाकुर पक्ष...
सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हाले

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हाले

देश, राजनीति
नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हालेको भन्दै महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहीँ र यत्तिमै रोकिनेवाला नभएको बताएका छन्। Advertisement ‘नेतागण! नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं,' शनिबार बिहान सामाजिक सञ्जालमा नेता थापाले लेखेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद! विघटन, पुनर्स्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ (३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ (५) को आह्वान, अनुकूल नभएपछि फेरि विघटन! कस्तो सेटिङ! प्रक्रिया त देखाउनमात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो र लिए!’ ...
जनता अक्सिजन र शैया अभावले छट्पटिरहेका बेला कुन मानवीयताले मत माग्न जानु: प्रकाशमान

जनता अक्सिजन र शैया अभावले छट्पटिरहेका बेला कुन मानवीयताले मत माग्न जानु: प्रकाशमान

राजनीति, स्वास्थ्य
नेपाली कांग्रेसका नता प्रकाशमान श्रेष्ठले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै कसैको सनक र अहंकारको मूल्य देशले चुकाउन नसक्ने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी थिइन्। शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता सिंहले कोरोना महामारीका बेला देशको प्राथमिकता जनताको जीवन रक्षा हुनु पर्नेमा मध्यरातमा संविधान र लोकतन्त्रमाथि प्रहार भएको बताएका छन्। यो प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने उनको भनाइ छ। Advertisement  'नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुपर्थ्यो। तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ । अक्सिजन...
उपेन्द्र यादव पक्षका १२ जना सांसदलाई कारवाही गरिने पत्र राष्ट्रपति कार्यालयमा

उपेन्द्र यादव पक्षका १२ जना सांसदलाई कारवाही गरिने पत्र राष्ट्रपति कार्यालयमा

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १२ जनालाई मान्यता नदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएको छ । जसपा नेपालका संसदीय दलका नेता राजेन्द्र महतोले लेखेको पत्रमा काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो दलबाट १२ जनाले गरेको हस्ताक्षर गर्ने सांसद्लाई पार्टीले कारवाहीको प्रकृया अगाडि बढाएको हुनाले सो हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका छन्  । Advertisement जसपा नेपालका उपेन्द्र यादव पक्षले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा १२ जना सांसदको हस्ताक्षर बुझाएका थिए । यता, जसपा नेपालका अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीको समर्थनमा पार्टीका ३२ जनाको नामसहितको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।   साभार:...
देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले सांसदमाथि कारवाही गरेको पत्र शीतल निवासमा

देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले सांसदमाथि कारवाही गरेको पत्र शीतल निवासमा

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदमाथि कारवाही गरेको पत्र राष्ट्रपति कार्यालयलाई पठाएको छ ।  एमालेका केन्द्रीय सदस्य समेत रहेका एमाले केन्द्रीय कार्यालका सचिव शेरबहादुर तामाङले राष्ट्रपति कार्यालयमा उक्त ब्यहोराको पत्र पठाएको पुष्टि गरे । Advertisement पत्रमा एमाले संसदीय दलको सदस्य भएर पनि प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेको बुझिएकाले मान्यता नदिन भनिएको छ ।  ‘उहाँहरु संसदीय दलको सदस्य हो । एमाले संसदीय दलको सदस्य भनेको एमालेकै सदस्य हो र अन्त कतै सहि गरेको छ भने हामी छानविन गर्दैछौ भनेर भनिएको छ’ तामाङ ले रातोपाटीसँग भने । साभार: रातोपाटी ...