२०८२ चैत्र १५

राजनीति

प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

देश, राजनीति, समाचार
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले दिउँसो ४ बजे सम्बोधन गर्न लागेका हुन् । Advertisement संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको छ । Credit: OnlineKhabar ...
ओली सरकार संविधानको मर्म र भावनाविपरीत सत्तामा छ: देउवा

ओली सरकार संविधानको मर्म र भावनाविपरीत सत्तामा छ: देउवा

देश, राजनीति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन रहेको बताएका छन्। यो कुरा आज देउवाले विज्ञप्ति निकालेर उल्लेख गरेका हुन्। Advertisement ‘वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन छ,’ देउवाले भनेका छन्, ‘संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णय सरकारले लिँदैछ।’ उनले सरकारका सम्बन्धमा मुद्दा सर्वोच्चमा रहेकोले कुनै पनि दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारलाई भनेका छन्। उनले सरकारी संयन्त्रको दुरूपयोग नगर्नसमेत चेतावनी दिएका छन्। हालै प्रधानमन्त्रीलाई बुझाएको १५ बुँदे मागबारे देउवाले पुन: ध्यानाकर्षण गराएका छन्। ...
प्रतिनिधिसभा विघटनविरूद्ध रिट दिने निवेदकलाई प्रधानन्यायाधीशका ४ प्रश्न

प्रतिनिधिसभा विघटनविरूद्ध रिट दिने निवेदकलाई प्रधानन्यायाधीशका ४ प्रश्न

देश, राजनीति
प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरूद्ध सर्वोच्च अदालतमा दायर ३० वटा रिटमध्ये १९ वटाको पहिलो सुनुवाइपछि तिनलाई संवैधानिक इजलासमा पठाइएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको इजलासले यी रिटहरूमा संविधानको गम्भीर व्याख्या गर्नुपर्ने देखिएको भन्दै संवैधानिक इजलास पठाएको हो। प्रधानमन्त्री र राष्ट्रपतिका निर्णयविरूद्ध रिट लिएर आएका निवेदकहरूको बहस सुनेका प्रधानन्यायाधीश जबराले बिहीबार उनीहरूलाई मुख्य चार प्रश्न सोधे। ती प्रश्न राष्ट्रपतिको अधिकार, विश्वासको मत लिने आधार नदेखे राजीनामा कसरी गर्ने र धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन गर्दा दलीय समर्थन हुनुपर्छ कि पर्दैन भन्नेबारे थिए। रिट निवेदकहरूले धारा ७६-३ अन्तर्गत नियुक्त प्रधानमन्त्रीले शपथ नलिइकन वा राजीनामा नदिइकन नयाँ सरकार गठनको आह्वान गर्ने, त्यसमाथि बहुम...
काठमाडौंका सिडिओ भन्छन्- अत्यावश्यक सामान अभाव हुन दिँदैनौ

काठमाडौंका सिडिओ भन्छन्- अत्यावश्यक सामान अभाव हुन दिँदैनौ

देश, राजनीति, समाचार, सामाजिक, स्वास्थ्य
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएकाले घरमै बसेर निषेधाज्ञाको पूर्ण पालना गर्न सबैलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले जेठ १४ गते शुक्रबार देखि काठमाण्डौ उपत्यकाका तीन जिल्लामा किराना पसल, खाद्यान्न पसल र डिपार्टमेण्टल स्टोर पनि बन्द गर्ने गरि निषेधाज्ञाको मोडालिटी परिर्वतन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने भन्दै निर्णयको विरोध भइरहेका बेला प्रशासनले त्यस्ता वस्तुको आपूर्ति सहज पारिने जनाएको हो । बिहिबार बिहान जिल्ला प्रशासन कार्यालयले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरूसँग छलफल गरि आगामी एक साता दैनिक उपभोग्य सामान अभाव हुन नदिने गरि व्यवस्था मिलाउन निर्देशन दिएको हो । ...
पौडेललाई देउवाको जवाफ- महाधिवेशन नगरेर मलाई कलंकको टीका लगाउनु छैन

पौडेललाई देउवाको जवाफ- महाधिवेशन नगरेर मलाई कलंकको टीका लगाउनु छैन

देश, राजनीति
नेपाली कांग्रेसमा कोरोना महामारीबीच नै कसरी महाधिवेशन गर्ने भन्ने बहसले ठाउँ पाएको छ। महाधिवेशन आउन अब दुई महिनामात्रै बाँकी छ। कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि १० सम्म काठमाडौंमा गर्ने घोषणा गरेको थियो। तर महाधिवेशनका मतदाता अझै निश्चित भइसकेको छैन। क्रियाशील सदस्यता वितरण र नवीकरणका काम टुंग्याएपछि तिनै क्रियाशील सदस्यले महाधिवेशन प्रतिनिधि चुन्छन् र उनीहरू नै महाधिवेशनका मतदाता हुन्छन्। १० लाख क्रियाशील सदस्य बनाउने तयारी गरेको कांग्रेसले अहिलेसम्म ७ लाख हाराहारीमा क्रियाशील सदस्यको नाम टुंगो लगाएको छ। प्रदेश नम्बर २ का अधिकांश जिल्ला र सिन्धुपाल्चोकमा क्रियाशील सदस्यताका काम धमाधम अगाडि बढेका छैनन्। महाधिवेशन कसरी गर्ने भन्नेबारे आज प्रेस युनियनले गरेको ३१ औं स्थापना दिवसमा पनि कुरा उठ्यो। वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई ...
कोरोनाले जनता मरेका बेला प्रधानमन्त्री ओली भोट माग्न जान हुन्न: प्रवक्ता शर्मा

कोरोनाले जनता मरेका बेला प्रधानमन्त्री ओली भोट माग्न जान हुन्न: प्रवक्ता शर्मा

देश, राजनीति, समाचार
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउन नसकेपछि कांग्रेसले विकल्प दिन लागेको बताएका छन्। झण्डै दुई तिहाइसहित सरकारको नेतृत्व गरेका ओलीले सरकार चलाउन नसकेपछि प्रमुख प्रतिपक्षी दलले विकल्प दिन लागेको उनको भनाइ थियो। साथै प्रवक्ता शर्माले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा पनि विरोध गरेका छन्। ‘कोरोनाले जनता मरेर सेतो कात्रोमा भएका बेला प्रधानमन्त्रीले रातो झण्डा लिएर भोट माग्न जान मिल्दैन,’ प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आज आयोजित भर्चुअल कार्यक्रममा शर्माले भने। Advertisement उनले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका छन्। संविधानको धारा ७६ को ५ अनुसार वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएकोमा...
‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ’

‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ’

देश, राजनीति
कोरोना महामारीसँग लड्न आमनागरिकलाई स्वास्थ्य सेवा र कोरोनाविरूद्ध खोप सुनिश्चित गर्नुपर्ने बेला सरकारले संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेको विरोधमा बृहत् नागरिक आन्दोलनले बुधबार कीर्तिपुर मार्च गरेको छ। Advertisement आमजनता महामारीसँग जुधिरहेका बेला सरकारको ध्यान सत्ता र निर्वाचन केन्द्रित देखिएपछि दबाब दिन निषेधाज्ञाकै बीच प्रदर्शन गर्नुपरेको नागरिक अभियन्ताहरूले बताएका छन्। उनीहरूले पछिल्लो प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको नयाँ शृंखला भनेका छन्। नागरिक अभियन्ताहरूले निषेधाज्ञाबीच सामाजिक दुरी कायम राख्दै यो प्रदर्शन गरेका हुन्। उनीहरूले 'गरिबलाई रोक्न गस्ती छ, शासकहरूलाई मात्र मस्ती छ', 'यो सरकारको छ के पारा- दुष्ट, भ्रष्ट, ज्यानमारा', 'मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ' लगायत नारा लेखिएका प्लेकार्ड बाेकेर मार्चपास ग...
एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी

देश, राजनीति
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक सुरू भएको छ। बुधबार बिहान साढे ८ बजे बोलाइएको बैठक एक घन्टा ढिला सुरू भएको एमाले सुदूरपश्चिमका सचेतक तारा लामा तामाङले बताए। बैठकमा २० जना सासंद सहभागी छन्। सभामुखबाहेक अरू तीन जना सांसद बैठकमा उपस्थित भएका छैनन्। आजको बैठकमा ओली पक्षका रतन थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट अनुपस्थित छन्।  संसदीय दलका नेता प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बैठक आह्वान गरेका हुन्। सोमबार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय केन्द्रले गरेपछि दलको बैठक बसेको छ। बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ। Advertisement केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरिसकेको भए पनि प्रदेशमा एमालेका बहुमत सांसद माधव नेपाल पक्ष...
सर्वोच्च अदालतले भन्यो : प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन

सर्वोच्च अदालतले भन्यो : प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन

देश, राजनीति, समाचार
११ जेठ, काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै भेट नगरेको स्पष्टीकरण दिएको छ । मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको बताएका छन् । Advertisement विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको पनि उल्लेख गरिएको छ । जेठ १० गते प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच प्रधानमन्त्री निवासमा भेट भएको समाचार सार्वजनिक भएका थिए । सर्वोच्चले समाचार असत्य भन्दै यसले न्यायपालिकाको स्वच्छता र यसप्रतिको आस्...
सिंहदरबारमा विपक्षी गठबन्धनका नेताहरुको छलफल सुरु

सिंहदरबारमा विपक्षी गठबन्धनका नेताहरुको छलफल सुरु

देश, राजनीति, समाचार
११ जेठ, काठमाडौं । संसद विघटनपछिको अवस्थाबारे विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् । Advertisement नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका हुन् । सिंहदरबारमा भएको छलफलको विषय खुलाइएको छैन । यद्यपि समसामयिक राजनीतिक अवस्था, संसद विघटनलगायतका विषयमा छलफल भएको हुन सक्ने स्रोतको भनाइ छ । Credit: OnlineKhabar ...