२०८२ पुष ८

राजनीति

हामी ज्युँदै छौं, १४६ सांसद सर्वोच्च आयौं: गगन थापा

हामी ज्युँदै छौं, १४६ सांसद सर्वोच्च आयौं: गगन थापा

राजनीति
नेपाली कांग्रेसका नेता गगन थापाले ५४ प्रतिशत सांसद सर्वोच्च अदालत आएको बताएका छन्। १४६ जना सांसद सोमबार दिउँसो सर्वोच्च आएको भन्दै उनले सर्वोच्चले दायाँबायाँ गर्न नमिल्ने बताए। ‘एउटा अहंकारी प्रधानमन्त्रीले संविधान उलंघन गरेकोले पटकपटक अदालत आउनुपर्‍यो,’ सर्वोच्च अदालत परिसरमा पत्रकारहरूसँग थापाले भने, ‘पटकपटक अदालत आउनु दुर्भाग्य हो।’ Advertisement अदालतले आफैँले केही महिनाअगाडि गरेको ब्याख्या र संविधानको धारा अध्ययन गर्दा प्रतिनिधि सभा पुनर्स्थापना हुने उनले बताए। ‘हामी ज्युँदैछौं १४६ जना सर्वोच्चमा श-शरीर आयौं,’ उनले भने, ‘सर्वोच्चले दायाँबायाँ गर्न सक्दैन र गर्दैन। अदालतप्रति हाम्रो भरोसा छ।’ कांग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी ५ दलका सांसद आज सर्वोच्चमा रिट लिएर गएका छन्। बहुमत हुँदाहुँदै पनि राष्ट्रपतिले प्रधानमन्त्री निय...
रिट निवेदनमा सनाखत गर्न १४६ सांसदको सर्वोच्चमा लाइन

रिट निवेदनमा सनाखत गर्न १४६ सांसदको सर्वोच्चमा लाइन

देश, राजनीति
आफूहरूले समर्थन गरेका नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त नगरेको उल्टै प्रतिनिधि सभा विघटन गरेको विरोधमा विपक्षी गठबन्धनका सांसद अहिले सर्वोच्च अदालतमा रिट हाल्न गएका छन्। Advertisement रिट निवेदनमा सनाखत गर्न १४६ सांसद अहिले सर्वोच्च अदालत परिसरमा लाइन लागेका छन्। नेकपा एमालेका सांसद झपट रावलले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न १४६ सांसदले हस्ताक्षर गरेको र उनीहरू अहिले आफ्नो सनाखत गर्न सर्वोच्चमा लाइन लागेको बताए। ...
सात मन्त्रालय लिएर ओली सरकारमा जाने तयारीमा जसपाका महन्थ-राजेन्द्र पक्ष

सात मन्त्रालय लिएर ओली सरकारमा जाने तयारीमा जसपाका महन्थ-राजेन्द्र पक्ष

देश, राजनीति
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारीमा जुटेको छ। उक्त पार्टीका एक नेताका अनुसार रिक्त रहेका मन्त्रालय लिने गरी सरकारमा आउन प्रधानमन्त्री ओलीले आग्रह गरिरहेका छन्। आफूहरूले उठाएका माग ओली सरकारले पूरा गर्दै गएकोले सरकारमा जानुपर्ने मत अध्यक्ष ठाकुर पक्षभित्र छ। अरू माग पनि पूरा गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले देखाएकोले सरकारमा जानुपर्ने निश्कर्षमा अध्यक्ष ठाकुर र नेता महतो छन्। प्रधानमन्त्री ओलीले पहिलेदेखि नै सरकारमा आउन आग्रह गरिरहे पनि वातावरण बल्ल बनेको जसपाका एक कार्यकारिणी समिति सदस्यले सेतोपाटीलाई बताए। ‘हामीले राखेका माग ओली सरकारबाट पूरा भइरहेका छन्। अब हाम्रो छलफल सरकारमा सहभागिता जनाउने विषयमा नै केन्द्रीत हुन्छ,’ अध्यक्ष ठाकुरनिकट जसपाका ती ने...
कार्टुनप्रति प्रधानमन्त्री ओलीको आपत्ति: प्रेत संस्थाको खल्तीमा राष्ट्रपतिलाई राखेर गणतन्त्रको अपमान गरियो

कार्टुनप्रति प्रधानमन्त्री ओलीको आपत्ति: प्रेत संस्थाको खल्तीमा राष्ट्रपतिलाई राखेर गणतन्त्रको अपमान गरियो

देश, राजनीति
आइतबार कान्तिपुर दैनिकमा प्रकाशित अविन श्रेष्ठको कार्टुन। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रकाशित भएको एक कार्टुनमा आपत्ति जनाएका छन्। कान्तिपुर राष्ट्रिय दैनिकको आइतबारको अंकको प्रथम पृष्ठमा कार्टुनिष्ट अविन श्रेष्ठले बनाएको कार्टुनप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाएका हुन्। कार्टुनमा प्रधानमन्त्री ओलीलाई राजाको रूपमा श्रीपेच लगाइदिएर उनको खल्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राखिएको छ। प्रधानमन्त्री ओलीले प्रेत संस्थाको खल्तीमा राष्ट्रपतिलाई राखेर गणतन्त्रको अपमान गर्न खोजिएको  बताए। Advertisement 'एउटा प्रेत संस्थाको खल्तीमा गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई राखेर गणतन्त्रकै अपमान गर्न खोजिएको छ। यो अभिव्यक्ति स्वतन्त्रताको दुरूपयोग हो,’ प्रधानमन्त्री ‌ओलीले भने। प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई आफ्नो 'खल्तीमा राखेकाल...
कांग्रेसमाथि खनिए प्रधानमन्त्री ओली- प्रचण्डपथ अंगिकार गरेर कुदेजस्तो छ

कांग्रेसमाथि खनिए प्रधानमन्त्री ओली- प्रचण्डपथ अंगिकार गरेर कुदेजस्तो छ

देश, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसविरूद्ध खनिएका छन्।  आइतबार दिउँसो बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री दाबी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष किर्ते हस्ताक्षर बुझाएको आरोप लगाएका छन्। उनले नेपाली कांग्रेस पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सत्ता कब्जाको पथमा गएको बताए।  Advertisement ‘उनीहरू त हिजो लोकतान्त्रिक प्रणलीका विरूद्ध हतियार उठाएर गएका थिए। पछिल्लो समय ट्याक्टिकल मुभ गरेर पनि उनीहरूको उद्देश्य सत्ता कब्जा नै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर आफूलाई प्रजातान्त्रिक भन्ने नेपाली कांग्रेस पनि प्रचण्डपथ अंगिकार गरेर कुदेको जस्तो लाग्छ।’ उनले कांग्रेस नेता पुष्पा भुषालले प्रधानमन्त्री ओलीले...
सर्वोच्च जाने तयारीमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसद

सर्वोच्च जाने तयारीमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसद

राजनीति
प्रतिनिधि सभा विघटनविरूद्ध रिट लिएर विपक्षी गठबन्धनका ५ दल सर्वोच्च जाने तयारीमा छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरू सर्वोच्च जाने तयारी छ। कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने तयारीमा जुटेका हुन्। कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सेतोपाटीलाई दिएको जानकारीअनुसार सकेसम्म आजै सर्वोच्च जाने तयारी छ। ‘अहिले वकिलहरूले आवश्यक कागजपत्र तयार गर्दै हुनुहुन्छ,’ उनले भने, ‘सकेसम्म आजै सर्वोच्च जान्छौं।’ सांसदहरूलाई नागरिकता लिएर आउनसमेत भनिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल, जस...
निर्वाचनमा आयोगमा माधव नेपाल निकट विद्यार्थी नेताले दिए नेकपा एकीकृत दर्ताका लागि निवेदन

निर्वाचनमा आयोगमा माधव नेपाल निकट विद्यार्थी नेताले दिए नेकपा एकीकृत दर्ताका लागि निवेदन

देश, राजनीति
झलनाथ खनाल- माधव नेपाल पक्षका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।  पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिन्ह ‘कलम’ प्रस्ताव गर्दै आयोगमा निवेदन परेको हो। संखुवासभाका राई नेकपाको विद्यार्थी भातृ संगठन अनेरास्वियूका सचिवालय सदस्य थिए। उक्त पार्टीको उपाध्यक्ष कास्कीकी कल्पना गुरूङ र महासचिवमा काभ्रेका विनोद कुमार खुलाल छन्। सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशिल खनाल रहेका छन्।  राईले दल दर्ताका लागि निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। Advertisement यसअघि कलम चिन्हबाट गत जेठ ६ गते बागमती प्रदेश अन्यतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदमा संघीयताविज्ञ खिमलाल देवकोटा निर्वाचित भएका थिए। उनले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराएका थिए। ...
महामारीका बेला राजनीतिक गञ्जागोल

महामारीका बेला राजनीतिक गञ्जागोल

देश, राजनीति, समाचार
८जेठ, काठमाडौं । महामारीबाट नागरिकले भटाभट ज्यान गुमाइरहेको बेला राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु आत्मघाती भएको जनस्वास्थ्यविद्हरूले बताएका छन् । शुक्रबार राति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै जनस्वास्थ्यविद्हरूले त्यसले ठूलो क्षति हुनसक्ने चेतावनी दिएका हुन् । Advertisement ‘सबैको ध्यान र गतिविधि महामारी नियन्त्रणमा भन्दा राजनीतिमा केन्द्रित हुन्छ । जसको कारण संक्रमण झन् विस्तार भई ठूलो क्षति हुन सक्छ, त्यस्तो अवस्थामा चुनावको कल्पना गर्न पनि सकिन्न’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी भन्छन् । कोरोना संक्रमणको कारण पछिल्लो सात दिनमा मात्रै १ हजार ३५५ जनाको मृत्यु भएको छ । अबको दुई साता यो मृत्युदर नघट्ने जनस्वास्थ्यविद्हरू ब...
शुक्रबार राष्ट्रपतिले गरेका निर्णयविरूद्ध अदालतमा मुद्दा लाग्छ?

शुक्रबार राष्ट्रपतिले गरेका निर्णयविरूद्ध अदालतमा मुद्दा लाग्छ?

देश, राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधि सभा फेरि विघटन गरेपछि राजनीतिक दलहरूले त्यसविरूद्ध सर्वोच्च अदालतमा रिट हाल्ने भएका छन्। कतिपयले भने राष्ट्रपतिले गरेका निर्णयउपर अदालतमा मुद्दा नचल्ने बताएका छन्। अर्कातिर राष्ट्रपतिले गरेको नयाँ सरकार गठन प्रक्रिया, दलहरूले दाबी हालेपछि त्यसमाथि गरेको निर्णय र प्रधानमन्त्री नियुक्त हुन नसकेको भन्दै मन्त्रिपरिषदको निर्णयका आधारमा गरेको संसद भंगको निर्णय सबै असंवैधानिक भएको संविधानविद्, राजनीतिक दललगायतले बताइरहेका छन्। मुख्यत: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ जना  सांसदले आफूलाई विश्वासको मत दिने भन्दै हस्ताक्षरसहित र प्रधानमन्त्री ओलीले आफूसँग १५३ जना सांसद छन् भन्दै नयाँ सरकारको दाबी परेपछि राष्ट्रपतिले गरेको निर्णयविरूद्ध मुद्दा लाग्छ कि लाग्दैन भन्ने चासो छ।...
वैकल्पिक सरकार गठनका लागि आधार पेश भइसकेको अवस्थामा संसद विघटन गर्नु अस्वभाविक र असंवैधानिक: अग्नि सापकोटा

वैकल्पिक सरकार गठनका लागि आधार पेश भइसकेको अवस्थामा संसद विघटन गर्नु अस्वभाविक र असंवैधानिक: अग्नि सापकोटा

देश, राजनीति
विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले शुक्रबार मध्यराति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। प्रधानमन्त्रीको उक्त कदम यसअघि पुस ५ को प्रतिनिधि सभा विघटनविरूद्ध ६७ दिनसम्म गरिएको संवैधानिक कानुनी र राजनीतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको फागुन ११ गतेको फैसलाविपरित भएको उनले बताएका छन्। Advertisement संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि आधार पेश भइसकेको अवस्थामा प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु अस्वभाविक र असंवैधानिक कदम भएको उनको ठहर छ। शनिबार उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ- संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री ...