२०८१ जेष्ठ ४

सभामुखले बोलाएको पूर्वप्रधानमन्त्रीसहितको बैठक सुरु

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरुको बैठक सुरु भएको छ । बैठक संघीय संसद भवन नयाँ वानेश्वरमा सुरु भएको हो । 


Advertisement


सभामुख सापकोटाले समसामयिक विषयमा छलफलका लागि बैठक डाकेका हुन् ।   बैठकमा प्रधामन्त्री केपीशर्मा ओली भने सहभागी छैनन् । पूर्वप्रधानमन्त्रीहरुको सहभागिता रहेको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, राप्रपाका दीपक बोहरा, नेमकिपाबाट प्रेम सुवाललगायत सहभागी रहेको बताएको छ । झलनाथ खनाल भने भर्चुअल रूपमा सहभागी भएका छन् । 

Copy link
Powered by Social Snap