२०८२ पुष ८

राजनीति

यस्तो छ कांग्रेस महाधिवेशनको प्रस्तावित कार्यतालिका

यस्तो छ कांग्रेस महाधिवेशनको प्रस्तावित कार्यतालिका

देश, राजनीति
नेपाली कांग्रेसले १४ औं महाधिवेशन एक साता पर धकेल्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने भएको छ। सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। यो प्रस्तावबारे छलफल गर्न कांग्रेसले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। सम्भवत उक्त बैठकले यो प्रस्ताव अनुमोदन गर्नेछ। कांग्रेसले कोरोना महामारीले क्रियाशील सदस्ता वितरण तथा नवीकरणका काम नसकिनुलाई समयमै महाधिवेशन गर्न कठिनाइ हुने निष्कर्ष निकालेको छ। Advertisement तर कांग्रेसलाई भदौभित्रै महाधिवेशन गर्नुपर्ने बाध्यता छ। नियमित कार्यकाल चार वर्ष सकेर सभापति देउवाले डेढ वर्ष कार्यकाल थपेका थिए जुन भदौमा सकिँदैछ। कांग्रेसले कोरोना महामारीबीच नै महाधिवेशन गर्ने तयारी गरेको छ। असार २० गतेभित्र क्रियाशील बारेका बिबाद हेरेर...
पृथ्वीसुब्बाले दिए मुख्यमन्त्री पोखरेललाई बधाई

पृथ्वीसुब्बाले दिए मुख्यमन्त्री पोखरेललाई बधाई

देश, राजनीति, समाचार
२९ जेठ, पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन् । गुरुङले मुख्यमन्त्री पोखरेललाई फोन गरी आफू र पार्टीको तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना दिएका छन् । Advertisement विपक्षी गठबन्धनको समर्थन पाएका पोखरेललाई प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । त्यसअघि जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र राष्ट्रिय जनमोर्चाले कारबाही गरी पदमुक्त भएका कृष्ण थापाको समर्थनमा गुरुङले पनि दाबी पेश गरेका थिए । त्यसलाई लिएर विपक्षीहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए । एमाले संसदीय दलका नेता गुरुङले भने आफूले दाबी गरेको भए पोखरेलको बहुमत पुग्नै नसक्ने जिकिर गरे । ‘मेरो २७ जना थियो, कृष्णजीको ३१ जना द...
कर्णाली प्रदेशलाई केबुलकारमय बनाउने लक्ष्य

कर्णाली प्रदेशलाई केबुलकारमय बनाउने लक्ष्य

देश, राजनीति, समाचार
कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन प्रबर्द्धन, आवागमन र आर्थिक विकासका गतिविधिहरूलाई टेवा पुग्ने गरी सुर्खेत–सिद्धपाइला, कालिकोट कोटवाडा–मान्म, मुगुको रारा–मुर्माटप लगायतका स्थानहरुमा केवलकारको निर्माणको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ । Advertisement त्यस्तै, सुरुङ मार्ग, जलमार्ग र रोप–वे लगायतका रणनीतिक महत्वका पूर्वाधार आयोजनाको सम्भाव्यता अध्ययन गरी सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गने नीति तथा कार्यक्रम ल्याएको छ । साभार: रातोपाटी ...
फोन गरेर निवर्तमान मुख्यमन्त्रीले दिए नवनियुक्त मुख्यमन्त्रीलाई बधाई

फोन गरेर निवर्तमान मुख्यमन्त्रीले दिए नवनियुक्त मुख्यमन्त्रीलाई बधाई

देश, राजनीति, समाचार
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । Advertisement प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम आज नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै गुरुङले टेलिफोन गरी पोखरेललाई बधाई ज्ञापन गरेको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । आजै मुख्यमन्त्रीसहित माओवादी केन्द्रबाट मधुमाया अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रीको शपथ ग्रहण गर्दै छन् ।  साभार: रातोपाटी ...
गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

देश, राजनीति
२९ जेठ, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए । Advertisement मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए । गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए...
गण्डकी प्रदेशः विपक्षी गठबन्धनका ३१ जना सांसद प्रदेश प्रमुख निवास अगाडि धर्नामा

गण्डकी प्रदेशः विपक्षी गठबन्धनका ३१ जना सांसद प्रदेश प्रमुख निवास अगाडि धर्नामा

देश, राजनीति
गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सकिएको छ। मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङले पनि दाबी पेश गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन्। नयाँ सरकार गठनका लागि मुख्यमन्त्री गुरुङले गरेको दावी असंवैधानिक र अलोकतान्त्रिक हर्कत भएको भन्दै विपक्षी गठबन्धनका सबै ३१ जना सांसदहरू प्रदेश प्रमुकको निवासमा पुगेका हुन्। Advertisement प्रदेश प्रमुखले वैकल्पिक सरकार बनाउन दिएको समयको अन्तिममा शनिबार दिउँसो विघटित सरकारका मुख्यमन्त्री गुरुङले राष्ट्रिय जनमोर्चा नेपालका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको समर्थन रहेको पत्रका आधारमा दाबी पेश गरेका थिए। यसअघि शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका गठबन्धनले स-शरीर उपस्थित भएर नेपाली कांग्रेसको नेतृत्वमा सरकारको दाबी गर्दै ...
गण्डकीमा वैकल्पिक सरकार बनाउन दिएको समय ३ बजे सकिँदै

गण्डकीमा वैकल्पिक सरकार बनाउन दिएको समय ३ बजे सकिँदै

राजनीति
पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकारका लागि दाबी गर्ने समय आज दिउँसो ३ बजे सकिँदै छ । विपक्षी गठबन्धनले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भइ हस्ताक्षर बुझाइसेको छ । प्रदेश प्रमुखको कार्यालयले पनि छुट्टै हस्ताक्षर गराएको छ । Advertisement संविधानको धारा १६८ (५) बमोजिम सरकार बनाउन गण्डकीमा ३० सांसद भए पुग्छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा शुक्रबार पदमुक्त भएका छन् । उनी पदमुक्त भएसङ्गै ६० सदस्यीय गण्डकी प्रदेशसभा सदस्य संख्या ५९ कायम भएको छ । ५९ को बहुमत संख्या ३० भए सरकार बन्छ ।  विपक्षी नेपाली कांग्रेस १५, माओवादी केन्द्र ११, राष्ट्रिय जनमोर्चा (थापा बाहेक) २, जनता समाजवादीका २ सहित ३० र १ जना स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गरि ३१ जनाको गठबन्धनले प्रदेश प्रमुख समक्ष बहुमत दाबी गर्दै मुख्यमन्त्री दाबी गरेको छ । प्रदे...
नागरिकता र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा सर्वोच्चको विभेद किन?

नागरिकता र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा सर्वोच्चको विभेद किन?

देश, राजनीति
प्रधानमन्त्री ‌केपी शर्मा ओलीले अध्यादेशमार्फत् कहिले तेजाब आक्रमण गर्नेलाई कारबाही गर्ने कानुन ल्याए, कहिले राज्यका संवैधानिक अंगमा पदाधिकारी नियुक्ति गर्ने कानुन संशोधन गराए। पछिल्लोपटक उनले नागरिकतासम्बन्धी ऐन नै संशोधन गर्ने अध्यादेश ल्याएका थिए। प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत् मुलुक चलाएको भन्दै आलोचना खेपिरहेका बेला सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न आदेश दियो। नागरिकतासम्बन्धी अध्यादेशविरूद्धको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बिहीबार अन्तरिम आदेश जारी गरिदियो। आदेशमा राजनीतिक स्वार्थ पूर्तिका लागि संसद छलेर अध्यादेश ल्याउन नपाइने भनिएको छ। नागरिकता अध्यादेशले भन्दा धेरै संविधानको मर्म मिचेर ओली सरकारले ल्याएको संवैधान...
माधव नेपाललाई ओली पक्षको प्रस्ताव- हामी जेठ २ मा लचक छौं

माधव नेपाललाई ओली पक्षको प्रस्ताव- हामी जेठ २ मा लचक छौं

देश, राजनीति
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधव नेपाल पक्षलाई आफूहरू जेठ २ मा फर्किनेबारे छलफल गर्न तयार रहेको प्रस्ताव राखेका छन्। सर्वोच्च अदालतले कर्णाली प्रदेशका ४ सांसदलाई पुनर्बहली गर्न अन्तरिम आदेश दिएपछि ओलीले गठन गरेको महाधिवशेन आयोजक कमिटीको वैधानिकतामाथि प्रश्न उठेको छ। सर्वोच्चलेसमेत महाधिवशेन आयोजक कमिटी केन्द्रिय कमिटी जस्तो अधिकार सम्पन्न नहुने स्पष्ट पारेको छ। Advertisement सर्वोच्चको आदेशपछि ओली पक्षले नेपाल पक्षसँग जेठ २ को प्रस्ताव राखेको हो। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले-माओवादीको एकता भंग गरिदिएसँगै २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउनुपर्ने अडान नेपाल पक्षले राख्दै आएको छ। नेपाल पक्षीय नेतासँग जेठ २ मा जान तयार रहेको भए पनि ओली पक्षले सर्वोच्चको आदेश विरुद्ध भ्याकेटमा जाने तयारी ग...
सभामुखले बोलाएको पूर्वप्रधानमन्त्रीसहितको बैठक सुरु

सभामुखले बोलाएको पूर्वप्रधानमन्त्रीसहितको बैठक सुरु

देश, राजनीति
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरुको बैठक सुरु भएको छ । बैठक संघीय संसद भवन नयाँ वानेश्वरमा सुरु भएको हो ।  Advertisement सभामुख सापकोटाले समसामयिक विषयमा छलफलका लागि बैठक डाकेका हुन् ।   बैठकमा प्रधामन्त्री केपीशर्मा ओली भने सहभागी छैनन् । पूर्वप्रधानमन्त्रीहरुको सहभागिता रहेको छ । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, राप्रपाका दीपक बोहरा, नेमकिपाबाट प्रेम सुवाललगायत सहभागी रहेको बताएको छ । झलनाथ खनाल भने भर्चुअल रूपमा सहभागी भएका छन् ।  ...