२०८२ चैत्र १५

राजनीति

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले माग्यो थप १० दिन

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले माग्यो थप १० दिन

देश, राजनीति, समाचार
३ असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार ३० गतेसम्म समय मागेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औं महाधिवेशनको संशोधित कार्यतालिका प्रस्ताव गरेका छन् । जसमा क्रियाशील सदस्यता छानबिनका लागि असार २० सम्म म्याद दिइएको छ । Advertisement छानबिन समितिका संयोजक रमेश लेखकले भने थप १० दिन चाहिने बताएका छन् । समितिका सदस्य प्रदीप पौडेलका अनुसार हालसम्म ८ लाख ३ हजार क्रियाशील सदस्यको डेटा इन्ट्री भएको छ । अझै १६ वटा निर्वाचन क्षेत्रका क्रियाशील सदस्यको डेटा इन्ट्री भएको छैन । त्यसमा पनि सप्तरी र बाराका चारवटै, सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रको डेटा इन्ट्री सुरु नै हुन सकेको छैन । समितिमा भएको छलफलमा ढिलोमा डेटा इन्ट्रीका लागि १० गते...
अदालतले अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाऊ भन्न मिल्दैन: राष्ट्रपति कार्यालय (पूर्णपाठ)

अदालतले अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाऊ भन्न मिल्दैन: राष्ट्रपति कार्यालय (पूर्णपाठ)

देश, राजनीति
राष्ट्रपति कार्यालयले अदालतले कसैलाई प्रधानमन्त्री बनाऊ भन्ने परमादेश दिन नमिल्ने लिखित जवाफ सर्वोच्च अदालतलाई पठाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जनाको रिट निवेदनमा लिखित जवाफ पठाउँदै राष्ट्रपतिले संविधान बमोजिम गरेको काम बदर नहुने पनि बताएको छ।  'कसैको सिफारिस बिना राष्ट्रपतिबाट संविधानबमोजिम सम्पादन भएको कामकारबाही र निर्णय अदालतबाट बदर हुन सक्दैन र अमुक व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गर्नु भनि परमादेश जारी हुन सक्दैन,' राष्ट्रपति कार्यालयको लिखित जवाफमा उल्लेख छ। राष्ट्रपतिले संविधानले दिएको जिम्मेवारी पूरा गर्दा मुद्दा नलाग्ने कानुन राष्ट्रपति कार्यालयले लिखित जवाफमा उल्लेख गरेको छ।  राष्ट्रपतिलाई संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्ने सिलसिलामा आफ्नो पदीय हैसियतले सम्पादन गरेका काम कारबाहीको विषयमा मुद्दा नचलाइने व्यवस्था राष्ट...
माधव समूहले गर्‍यो झलनाथ खनालको स्वास्थ्यलाभको कामना

माधव समूहले गर्‍यो झलनाथ खनालको स्वास्थ्यलाभको कामना

देश, राजनीति, समाचार
३ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ । भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक बसेर खनालको स्वास्थ्यलाभको कामना गरिएको हो । खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि दिल्ली लगिएको छ । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले संयुक्त वक्तव्य जारी गरेर खनालको स्वास्थ्यलाभको कामना गरेका छन् । Advertisement बैठकले स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्यलाभको कामना गर्ने निर्णय पनि गरेका छन् । पन्त काठमाडौंमै उपचारत छन् । यो समूहको बैठकले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारमा समवेदना प्रकट गरेको छ । प्रकोपमा परेकाहरुको उद्धार र पुनस्र्थापनामा ध्यान दिन सरकारलाई आग्रहसमेत गरेको छ । यस्तै प्रकोपमा परेकाहरुको उद्धारमा खटिन कार्यकर्ता पंक्तिलाई निर्देशन पनि दिइएको छ । ...
बाढी-पहिरोबाट थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन

बाढी-पहिरोबाट थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन

देश, राजनीति, समाचार
२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाध्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिए । Advertisement उनले सरकारले विपद्पूर्व नै सम्भावित जोखिमको आँकलन गरी तयारी गरिरहेको र हाल सोही अनुरुप कार्य भइरहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकमा प्रधानमन्त्रीले उद्धार र राहतकार्यमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिए । उनले ठूलो संख्यामा जनताालाई सुरक्षि...
निर्भिक वक्ता स्व: इन्द्र लोहनीको हेर्नैपर्ने अन्तरवार्ता : प्रचण्ड र बाबुराम भए “नर्भस”

निर्भिक वक्ता स्व: इन्द्र लोहनीको हेर्नैपर्ने अन्तरवार्ता : प्रचण्ड र बाबुराम भए “नर्भस”

राजनीति, विचार, समाचार
कुनै समयको नेपालको पत्रकारिता क्षत्रका सबै भन्दा निडर र निर्भीक पत्रकारका रूपमा चिनिन्थिये इन्द्र लोहनी। उनको प्रस्तुती निकै नै बोल्ड भनेर मानिन्थ्यो र ति समयमा लिएका ईन्टभिउहर तत्कालीन समयका भाइरल ईन्टरभिउहरु जस्तै लिइएको थियो। ति गजबका ईन्टरभिउहरु मध्य एक ईन्टरभिउ चाहिँ भर्खरै भुमिगत स्थितीबाट सामान्य जीवनमा निस्केका पूर्वप्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पनि रहेको छ। सोही अन्तरबार्तामा कसरी इन्द्र लोहनीले सोधेका छन् त बाबुराम भट्टराईलाई कि तपाईलाई प्रश्न सोधेको मन पर्छ कि मन पर्दैन भनेर। Advertisement आज नेपालको विभिन्न भुभागमा वाडि आएको देख्दा सम्पुर्ण ब्यक्तिहरुले इन्द्र लोहनीले गरेको रेस्किउमिसनको बारेमा सम्झिन्छन। आज भन्दा बाह्र बर्ष अगाडिको रेस्किउमिसन बारेमा सम्झिन्छन र परिकल्पना गर्छन् कि आजको...
सभामुखद्वारा सिन्धुपाल्चोकको पहिरो अवलोकन

सभामुखद्वारा सिन्धुपाल्चोकको पहिरो अवलोकन

देश, राजनीति, समाचार
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाढी र पहिरोको अवलोकन गरेका छन् । सिन्धुपाल्चोकका निवर्तमान सांसदसमेत रहेका सापकोटाको टोलीले पहिरो गएको ठाउँमा हेलिकोप्टरबाट अवलोकन गरेका हुन् । Advertisement सभामुखसँगै हेलिकोप्टरबाट निरीक्षण गरेर फर्केका नेकपा माओवादी केन्द्रका नेता युवराज दुलालले भने, ‘हामीले मेलम्चीभन्दा धेरै माथि पुगेर पहिरो कहाँबाट खसेको रहेछ भनेर पत्ता लगाउने कोसिस गर्यौं, तर पहिरो खसेको मुहान पत्ता लाग्न सकेन ।’ सिन्धुपाल्चोकको मेलम्ची खोलामा मंगलबार साँझदेखि आएको बाढीका कारण हेलम्बु गाउँपालिका लगायतका स्थानमा निकै ठूलो क्षति भएको छ । बाढीमा परेर एक जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।  साभार: रातोपाटी ...
चार वर्षमा आठ पटक सरुवा भएर अवकाश पाएका सचिव मैनाली

चार वर्षमा आठ पटक सरुवा भएर अवकाश पाएका सचिव मैनाली

देश, राजनीति
सोमबार उपराष्ट्रपति कार्यालयबाट विदाइ हुँदै सचिव मैनाली। निजामती सेवामा ३९ वर्ष ८ महिना १९ दिन काम गरेपछि सचिव गोपीनाथ मैनालीले सोमबार अवकाश पाएका छन्। मैनालीलाई अवकाशको मुखमा शिक्षा मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यालय पठाइएको थियो। त्यहाँ चार महिना काम गरेपछि उनी सोमबार निवृत्त भएका हुन्। मैनाली चार वर्षमा आठ पटक सरुवा पाउने बिरलै सचिवमध्ये पर्छन्। जबकि, एउटा सचिवलाई कुनै मन्त्रालयमा काम गर्न सामान्यता दुई वर्ष दिनुपर्ने मान्यता छ।   प्रतिकूल परिस्थिति हुँदा पनि मैनालीले निर्वाचन आयोग, शिक्षा मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयमा सुशासन ल्याउन भूमिका खेलेका थिए। प्रशासनयन्त्रमा ‘ल्याकत’को मूल्यांकन हुने थिति थियो भने मैनालीजतिका सचिवमाथि पटक-पटक सरुवाको दण्ड चल्दैनथियो। ‘यस म्यान’ नभएकैले उनी राजनीतिको ऐनामा ‘आँखाको कसिंगर’ बनेको कर्मचारीहरू नै बत...
कर्णालीमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो !

कर्णालीमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो !

देश, राजनीति, समाचार
कर्णाली प्रदेश सरकारले कर्णालीमा सर्वोत्कृष्ट एकजनालाई सुनको हलो प्रदान गर्ने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै कृषक सम्मान कार्यक्रम मार्फत प्रदेश भरमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो प्रदान गरिने बताएका हुन् । Advertisement बजेटमा भनिएको छ– ‘कृषि पेसालाई मर्यादित बनाई कृषकहरुलाई सम्मान गर्न मुख्यमन्त्री कृषक सम्मान कार्यक्रम मार्फत प्रदेश भरमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो अंकित तक्मा र उत्कृष्ट २०० जना कृषकलाई पुरस्कृत गर्न रु ४० लाख रकम विनियोजन गरिएको छ ।’  यस्तै एक स्थानीय तह एक कृषि उपज उत्पादन पकेट कार्यक्रमलाई निरन्तरता दिईएको छ भने त्यसका लागि दिएको २१ करोड ६० लाख विनियोजन गरिएको छ । मर्यादित, गुणस्तरीय विधिसम्मत र सुशासनयुक्त सहकारी क्षेत्र विकासका लागि प्...
प्रदेश १ सरकारले ल्यायो ३२ अर्बको बजेट, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

प्रदेश १ सरकारले ल्यायो ३२ अर्बको बजेट, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

देश, राजनीति, स्वास्थ्य
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु. ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट पेश गरेको छ । चालु आर्थिक वर्षको लागि सरकारले रु. ४० अर्ब ८९ करोड ९९ लाख बजेट विनियोजन गरेको थियो ।  आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार आय र खर्चको अनुमान समेटिएको बजेट प्रदेशसभामा पेश गरेका हुन ।  कुल विनियोजन मध्ये चालुतर्फ रु. १४ अर्ब १६ करोड अर्थात ४३ दशमबल ५ प्रतिशत र पुँजीगततर्फ १५ अर्ब ३ अर्ब २२ अर्थात ४६ दशमबल ३ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । स्थानीय तहतर्फको वित्तीय हस्तान्तरणका लागि रु. ३ अर्ब २२ करोड ४२ लाख अर्थात १० प्रतिशत विनियोजन गरिएको हो । त्यसैगरी वित्तीय व्यवस्थातर्फ ३ करोड विनियोजन भएको छ ।  उल्लेखित खर्चका लागि स्रोत जुटाउन सरकारले आन्तरिक राजश्वबाट ४ अर्ब ९ करोड ७७ लाख, राजश्व बाँडफाँटबाट रु. ९ अर्ब ८१ करोड ६६ ल...
खनाल-नेपालसहितको स्थायी कमिटी बैठक बोलाउँदै ओली

खनाल-नेपालसहितको स्थायी कमिटी बैठक बोलाउँदै ओली

देश, राजनीति
प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरूलाई पनि डाकेर स्थायी कमिटी बैठक बोलाउने भएका छन्। एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार खनाल-नेपाल समूहका नेताहरू पनि सहभागी हुने गरी स्थायी कमिटी बैठक बोलाउन पछिल्ला दिनहरूमा अनौपचारिक छलफलहरू भइरहेका छन्। Advertisement 'प्रधानमन्त्रीज्यूले यसअघि नै पार्टी एकताका लागि छ बुँदे प्रस्ताव सार्वजनिक गरिसक्नुभएको छ। त्यसैको वरिपरि रहेर कुराकानी भइरहेको छ,’ ज्ञवालीले भने,‘छिट्टै बैठक बोलाउने तयारी छ।’ यसअघि एमाले अध्यक्ष ओलीले जेठ २३ मा वक्तव्य जारी गर्दै पार्टीभित्रको विवाद समाधानका लागि छ बुँदे प्रस्ताव अघि सारेका थिए। अध्यक्ष ओलीले खनाल-नेपाल पक्षक सांसदहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्र...