२०८० चैत्र १६

लुम्बिनीका चार मन्त्रीलाई जसपाले फेरि सोध्यो स्पष्टीकरण

६ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका ४ जना सांसदलाई जनता समाजवादी पार्टी (जसपा)ले फेरि स्पष्टिकरण सोधेको छ ।

पार्टीको ह्वीप उल्लंघन गर्दै प्रदेश सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेको भन्दै पार्टीको उपेन्द्र यादव पक्षले सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई स्पष्टीकरण सोधेको हो ।


Advertisement


केन्द्रीय कार्यालय सचिव प्रकाश अधिकारीले चारैजना मन्त्रीलाई छुट्टाछुट्टै पत्र पठाएर पाँच दिनभित्र वस्तुनिष्ट सन्तोषजनक स्पष्टीकरण लिखित रुपमा बुझाउन निर्देशन दिएको छ ।
नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि उल्लंघन गरेकाले कारवाहीका लागि केन्द्रीय समितिमा पत्राचार गरेको र केन्द्रीय समितिले स्पष्टीकरण सोधेको जसपा लुम्बिनी प्रदेश संसदीय दलका नेता सहषराम यादवले बताए ।

तोकिएको अवधिभित्र सन्तोषजनक स्पष्टीकरण नबुझाएमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ (४र ५ ) तथा पार्टीको अन्तरिम विधान २०७७ धारा ४९ र ५० (१) वमोजिम आवश्यक कारवाही हुने पत्रमा उल्लेख छ ।

गत वैशाख १९ मा पार्टीको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि कारबाही गरिएका उनीहरुलाई कारवाही गरी पदमुक्त गरिए पनि सर्वोच्च अदालतले पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap