सर्वोच्चको आदेशपछि प्रतिनिधिसभा विघटनपछि हटाइएका मन्त्रीहरूको पद के हुन्छ?
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषदलाई काम नगर्न आदेश दिएको छ। यो आदेशसँगै उनले पछिल्लोपटक थप गरेका २० मन्त्रीको पद गएको छ।
प्रतिनिधिसभा विघटनअघि नै नियुक्त भएको भएर ओली मन्त्रीपरिषदमा अब अर्थमन्त्री विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ, वसन्तकुमार नेम्वाङ, र लीलानाथ श्रेष्ठ गरि पाँच मन्त्रीमात्र बाँकी रहे।
न्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संविधानको धारा ७७ को (३) लाई समातेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई मान्यता नदिएको हो।
Advertisement
उक्त इजलासले भनेको छ, ‘प्रतिनिधिसभा विघटन भएको विशेष परिस्थितिमा प्रधानमन्त्रीको अध्यक्षतामा जे-जुन अवस्थाको मन्त्रिपरिषद् छ, त्यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ भनी स्पष्ट र...









