२०८२ पुष ५

राजनीति

रवि लामिछाने नेतृत्वको रास्वपा सामाजिक सञ्जालमा मात्रै सीमित : मीन विश्वकर्मा

रवि लामिछाने नेतृत्वको रास्वपा सामाजिक सञ्जालमा मात्रै सीमित : मीन विश्वकर्मा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमित रहेको दाबी गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो टिप्पणी गरेका हुन् । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख समेत रहेका नेता विश्वकर्माले नेपाली कांग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको जिकीर समेत गरे । समाजमा जन्मिएको पार्टी भएको हुनाले कांग्रेसले जन सेवाको कामलाई निरन्तर अघि बढाएको उनको भनाइ थियो । नेता विश्वकर्माले नेपाली कांग्रेस प्रचारमा नभई जनताको सेवा गर्ने काममा केन्द्रित भइरहेको बताए । उनले भने, "समाजबाट जन्मिएका पार्टीहरू समाजमै छन् । सामाजिक सञ्जालबाट बनेका पार्टीहरू अझै सामाजिक सञ्जालमै छन् भन्ने हाम्रो बुझाइ छ...
उच्चस्तरीय छानबिन समिति बनाउने मागबाट एमाले पछि हट्दैन : महेश बर्तौला

उच्चस्तरीय छानबिन समिति बनाउने मागबाट एमाले पछि हट्दैन : महेश बर्तौला

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको मागबाट एमाले पछि नहट्ने बताएका छन् । मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले चाहेको भए आज नै संसद् अवरोध खुल्न सक्ने भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को कार्यव्यस्तताका कारण संसद् खुल्न नसकेको बताए । उनले सरकार उच्चस्तरीय छानबिन समिति बनाउनका लागि बनिरहेको माहोल बिगार्न लागेको आरोप लगाए । सरकारले तस्करहरूको संरक्षण गरिरहेको बताए । “एमाले संसद् सुचारु हुनुपर्छ भन्ने पक्षमा नै छ तर प्रमुख प्रतिपक्षले उठाएको माग उपयुक्त छैन भनेर सरकार अटेर गरेर बसेको छ । हामीले यो माग उठाइरह्यौँ । हिजो बैठकमा एक प्रकारको उच्चस्तरीय छानबिन समिति बनाउन तयार छौँ भनेको छ,” उनले भने, “उच्चस्तरीय छानबिन समिति निर्माण नभइकन...
शपथलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले गरे पदभार ग्रहण

शपथलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले गरे पदभार ग्रहण

राजनीति
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन् । पद तथा गोपनीयताको शपथ लिएपछि श्रेष्ठले सर्वोच्च अदालत पुगेर आजै पदभार ग्रहण गरेका हुन् ।  उनी हिजो मात्र प्रध्यानन्यायाधीश नियुक्त भएका थिए । श्रेष्ठ संसदीय सुनुवाइ समितिबाट हिजै अनुमोदित भएका थिए । उनले आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । ...
एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक सुरु

एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक सुरु

राजनीति
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीमा बैठक बसेको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । दुवै प्रतिवेदनमाथि छलफलपछि पारित गरिनेछ ।  बैठक यही भदौ ७ गतेसम्म चल्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संगठनको पुनर्गठन, पार्टीको भूमिकालाई सशक्त बनाउनेलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।  ...
राष्ट्रपतिको चासो सकारात्मक : प्रधानमन्त्री

राष्ट्रपतिको चासो सकारात्मक : प्रधानमन्त्री

राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डाकेको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने राष्ट्रपतिको ‘पहलकदमी’लाई ‘सकारात्मक’ भनेर टिप्पणी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संसद् बैठक सञ्चालन होस् र राजनीतिक दलहरूबीच समझदारी बनोस् भन्ने राष्ट्रपतिको शुभेच्छा सकारात्मक रहेको बताएका हुन् । “यसमा कसैले विमति राख्नुपर्ने कारण छैन । हामी निरन्तर छलफलमा छौँ,” प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “संसद् सुचारु गर्ने सहमतिको करिबकरिब नजिक पुगेका छौँ । राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु ।” एमालेले भने राष्ट्रपतिको चासो अनुचित भएको भन्दै बैठक बहिष्कार गरेको हो । एमालेबाट जारी संसद्को अवरोध अन्त्यका लागि राजनीतिक दललाई जिम्मेवार हुन सम्झाउन सोमबार बिहान राष्ट्रपतिले डाकेको बैठकमा एमाले नेता अनुप...
राष्ट्रियसभा बैठकको समय सारियो

राष्ट्रियसभा बैठकको समय सारियो

राजनीति
काठमाडौं । राष्ट्रियसभा बैठकको समय सारिएको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ मिनेटमा बस्ने भएको हो । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा सारिएको उल्लेख छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ । विगत एक महिनादेखि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका कारण संघीय संसद्को दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।  ...
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित, नेम्वाङ भन्छन्– जानकारी भएन 

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित, नेम्वाङ भन्छन्– जानकारी भएन 

राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले भने अनुपस्थित रहेको छ । राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई छलफलका लागि बोलाएका थिए । सबै दलको सहभागिता भए पनि एमाले भने अनुपस्थित छ । नेकपा एमालेका एक नेताले दिएको जानकारीअनुसार राष्ट्रपतिले बोलाएको छलफलप्रति एमालेको विमति छ । “हिजो बेलुकी नै लगभग टुंगिएको छ,” एमाले दलका उपनेता सुवास नेम्वाङले भने, “प्रधानमन्त्रीकै पहलमा लगातार बैठक भइरहेको छ । प्रधानमन्त्रीकै सल्लाहमा राख्ने हो क्यारे । राष्ट्रपतिले कताबाट राख्नुभयो थाहा भएन ।” नेम्वाङले बैठकबारे आफूहरुलाई जानकारी नभएको बताए । साउन १० गतेदेखि लगातार संसद् बैठक अवरुद्ध भइरहेको छ ।  ...
प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने

प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने

राजनीति
५ भदौ, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज भने अवरोध नगर्ने जनाएको छ । सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमाले पनि संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो । एमाले सचेतक महेश बर्तौलाले आजको बैठकमा अवरोध नहुने बताए । बर्तौलाले अनलाइनखबरसँग भने, ‘समिति गठनको प्रक्रिया अघि बढेकाले आजको संसद बैठक सन्चालन हुन्छ ।’ ...
प्रदेश सरकारले नागरिकले अनुभूति हुनेगरी काम गर्नुपर्छः प्रधानमन्त्री

प्रदेश सरकारले नागरिकले अनुभूति हुनेगरी काम गर्नुपर्छः प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रदेश सरकारहरूले नागरिकलाई अनुभूति हुनेगरी काम गर्नुपर्ने बताएका छन्। कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कर्णालीको गरिबी अन्त्यका लागि केन्द्र सरकार तत्परताका साथ लागेको बताए। ‘कर्णालीको गरिबी र भूगोलका बारेमा म जानकार छु, कर्णालीमा बसेर जनयुद्धको नेतृत्व गरेको याद अहिले पनि ताजै छ,’ उनले भने, ‘कर्णाली जस्ता पछाडि परेका नागरिकलाई परिवर्तन महसुस गराउन संघीय सरकार गम्भीर रूपमा लाग्नेछ।’ उनले आफ्नो मुख्य प्राथमिकतामा कर्णाली र सुदूरपश्चिमको समृद्धि रहेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले प्रदेश सरकारको समृद्धि अभियानमा केन्द्र सरकारले साथ र सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। कर्णाली करिडोर, कर्णाली राजमार्ग लगायतका ठूला सडक परियोजना केन्द्र सरकारको प्राथमिक...
मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रदेशसभा बैठक अन्योलमा

मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रदेशसभा बैठक अन्योलमा

राजनीति
मोरङ — सभामुखको जिम्मेवारीमा समेत रहेकी उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै काठमाडौं गएपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रदेशसभाको बैठक सोमबार अनयोलमा परेको छ । मुख्यमन्त्री थापाले शुक्रबार विश्वासको मत लिने सूचना दिएपछि उपसभामुख दनुवारले सोमबार दिउँसो १ बजे छलफलका लागि प्रदेशसभामा पेस गर्न समय तोकेर बिरामीको बहाना बनाइ अनुपस्थित भएको गठबन्धन दलको आरोप छ । उपसभामुख दनुवारले आफैंले सोमबार बिहान बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक अध्यक्षता गर्ने व्यक्तिको अभावमा बस्न नसकेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए । उनले उपस्थित कार्य व्यवस्था समिति सदस्यहरूको बैठकले कानुनी परामर्श गरेर कसको अध्यक्षतामा बस्ने सल्लाह गरेर अपराह्न १२ः१५ बजे पुनः बैठक बस्ने निर्णय भएको उनले बताए । उपसभामुख दनुवारले सभामुख र उपसभामुख अनुपस्थित भएको ...