२०८३ कार्तिक १३

कोसी प्रदेश सभाको चालु अधिवेशन अन्त्य




काठमाडौं । कोसीमा प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभा अन्त्य गरेका हुन् । 


Advertisement


एमालेले संसद् चल्न नदिने देखिएपछि सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । सरकारले बजेटसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ ।



गएको सोमबार मुख्यमन्त्री उद्धव थापाले सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीको समेत मत जोडेर विश्वासको मत लिएका थिए । जसको विरोधमा एमालेले आज संसद् अवरुद्ध गरेको थियो । उसले सर्वोच्च अदालतमा पनि रिट दायर गरिसकेको छ ।

Koshi1692808300.png


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap