२०८२ पुष ९

राजनीति

तामाकोशीको सफलताले आत्मविश्वास बढायोः ओली

तामाकोशीको सफलताले आत्मविश्वास बढायोः ओली

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले मुलुकको ऊर्जा क्षेत्रको थप विकासका लागि आत्मविश्वास बढाएको बताएका छन् ।  कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज उद्घाटन गँर्दै प्रधानमन्त्रीले आफनै बलबूतामा विकासका थुप्रै काम गर्न सक्छौ भन्ने विश्वासमा अभिवृद्धि भएको उल्लेख गरे ।  हरेक क्षेत्रमा बाह्य देशको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने दिशामा आयोजनाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले ज्ञान, प्रविधिको विकास र विस्तारलगायतका क्षेत्रमा समेत महत्वपूर्ण योगदान गर्ने स्पष्ट पारे । जलविद्युत् क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ पनि आयोजनाले विशेष योगदान गर्ने प्रधानमन्त्रीको भनाइ थियो ।  Advertisement आयोजना सम्पन्न हुनु ज्यादै खुसीको कुरा भएको जानकारी दिँदै प्रधानमन्त्रीले यसले स...
विघटन मुद्दामा एमिकस क्यूरीको दुईथरी राय

विघटन मुद्दामा एमिकस क्यूरीको दुईथरी राय

देश, राजनीति, समाचार
' प्रतिनिधिसभा विघटन मुद्दामा अदालतका साथी (एमिकस क्युरी)ले दुईथरी राय दिएका छन् । नेपाल बारबाट एमिकस क्यूरीमा राय दिन गएकी उषा मल्ल पाठक र सर्वोच्च बारबाट गएका प्रकाश बहादुर केसीले विघटन संविधान बमोजिम नै भएको राय दिएका छन् । नेपाल बारले पठाएका अर्का वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र सर्वोच्च बारले पठाएका कोमल प्रकाश घिमिरेले चाहिँ विघटन संविधान विपरीत भएको राय दिएका छन् । Advertisement स्वतन्त्र राय दिन लयर्स पोडियममा उपस्थित वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकेले रिट खारेज गर्न माग गर्दै कोभिड–१९ को खोप लगाएर चुनाव गराउनुपर्ने राय दिएकी छिन् । वरिष्ठ अधिवक्ता प्रकाश बहादुर केसी र पाठकले धारा ७६ (५)अनुसार सांसदहरू दलीय नियन्त्रणबाट बाहिर जान नसक्ने राय दिएका छन् । वरिष्ठ अधिवक्ता वैद्य र घिमिरेले चाहिँ विघटन असंवैधानिक भएको बताउँदै धारा ७६ (५)मा दलीय नियन्त्...
दलहरूलाई बाँदरको संज्ञा दिँदै कोमल ओलीको कविता बाचन

दलहरूलाई बाँदरको संज्ञा दिँदै कोमल ओलीको कविता बाचन

देश, राजनीति, समाचार
राष्ट्रियसभा सदस्य कोमल ओलीले राष्ट्रियसभाको बैठकमा सरकार विरोधी मोर्चामा सहभागी राजनीतिक दलहरूलाई बाँदरको संज्ञा दिदै व्यंग्यात्मक कविता बाचन गरेकी छन् । राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य ओलीले मुलुकको कोरोना महामारीको चपेटामा देश र देशवासी परेका बेला सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा फुटको राजनीतितर्फ उन्मुख भएको बताइन् । धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उनले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भइकन जनतालाई जलश्रोतसँग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभई विगतका सरकारहरु भएको बताइन् । Advertisement उनले भनिन्– ‘यो बेलामा राष्ट्रका सबै शक्तिहरु एक ठाउँमा उभिनुपर्दैन ? कुन बेला झगडा गर्ने कुन बेलामा मिल्ने भन्ने प्राथमिकता हुँदैन ? यो भन्दा बाँदर चरित्र के हुन्छ ? न आफ्नो घर...
एमाले कार्यदल व्यूँतिदै, आजै बैठक बस्ने तयारी

एमाले कार्यदल व्यूँतिदै, आजै बैठक बस्ने तयारी

देश, राजनीति, समाचार
नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदल व्यूँतिने भएको छ। कार्यदलको बैठक सोमबारनै बस्ने तयारी भएको स्रोतले जानकारी दियो। कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। Advertisement यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्। जेठ ७ गतेदेखि कार्यदलको बैठक बस्न सकेको छैन। यद्यपी त्यसयता दुवै पक्षका नेताहरु अनौपचारिक रुपमा छलफल गर्दै आएका थिए। कार्यदलको औपचारिक बैठक आजै सिंहदरबारमा बस्ने तयारी रहेको कार्यदलका एक सदस्यले बताए। आइतबार राती प्रधानमन्त्री ओली र उपाध्यक्ष रावलबीच कुराकानी भएको थियो। बालुवाटारमा भएको छलफलमा रावलले कार्यदल व्यूउँताउन सुझाव दिएका थिए। प्रधानमन्त...
सामाजिक सुरक्षा कोषमा जबर्जस्ती सामेल नगराउन माग गर्दै रिट निवेदन

सामाजिक सुरक्षा कोषमा जबर्जस्ती सामेल नगराउन माग गर्दै रिट निवेदन

देश, राजनीति, समाचार
सामाजिक सुरक्षा कोषमा जबर्जस्ती सामेल गराउने कार्य रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । आइतबार बैंकिङ क्षेत्रमा विभिन्न ६५ जनाले संयुक्त रुपमा रिट निवेदन दायर गरेका हुन् । उनीहरुले विभिन्न बैंकका अतिरिक्त अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक सुरक्षा कोष लगायतलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन् । रिट निवेदकहरुले सामाजिक सुरक्षा कोषमा सामेल हुने बाध्यकारी व्यवस्था अन्त्य गर्न माग गरेका छन् । बैंकिङ क्षेत्रको हकमा श्रम ऐन, २०७४ लागू हुनुभन्दा पूर्वदेखि नै बहालमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १३३ (१) ले प्रत्यायोजन गरेको अधिकार प्रयोग गरी सोही आधारमा बैंकहरूले कर्मचारीको नियुक्ति, सेवाका शर्तहरू, प्राप्त गर्ने सुविधाहरूको विषयमा कर्मचारी सेवा विनियमावली तर्जुमा गरी सोही बमोजिम नियुक्ति, अवकाश,...
केपी र माधव कमरेड बेस्सरी रिसाउनु भएको छ, म दुबैको रिस शिथिल बनाउन लागेको छु: वामदेव

केपी र माधव कमरेड बेस्सरी रिसाउनु भएको छ, म दुबैको रिस शिथिल बनाउन लागेको छु: वामदेव

देश, राजनीति
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल अहिले एकअर्कासँग रिसाएको अवस्था रहेको बताएका छन्। यस्तो बेला दुबैतर्फका मातहतका नेताहरूको चिन्ता काम लाग्नेवाला नभएको उनले बताए। Advertisement राष्ट्रिय सभा बैठकमा भाग लिएर बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष गौतमले पार्टी एकता गर्नकै लागि आफू अध्यक्ष ओलीतिर लागेको र केन्द्रीय कमिटी बैठकमा गएको बताए। ‘म पार्टी एकता गर्नकै लागि भनेर म केपीतिर लागेको छु,’ उनले भने, ‘एकता प्रस्ताव केन्द्रीय कमिटीमा राखेँ। हलले नै मुख्य रूपमा बामदेवले एकताको प्रयास गर्नुपर्छ भनेर पास गरेको छ।’ उनले आफू पार्टी एकतामा लागिरहेको बताएका छन्। ‘माधव कमरेड ओलीसँग धेरै रिसाउनुभएको छ। केपी पनि माधवसँग बेसरी रिसाउनुभएको छ। दुईटाको रिस...
नेकपाको राष्ट्रिय राजनीतिमा शान्तिपूर्ण प्रवेश सामान्य घटनाक्रम होइन : प्रवक्ता विश्वकर्मा

नेकपाको राष्ट्रिय राजनीतिमा शान्तिपूर्ण प्रवेश सामान्य घटनाक्रम होइन : प्रवक्ता विश्वकर्मा

देश, राजनीति, समाचार
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले राष्ट्रिय राजनीतिमा पार्टीको शान्तिपूर्ण ढंगले प्रवेश सामान्य घटनाक्रम नभएको बताएका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्लो दिनमा सहमतिलाई कार्यान्वयन गर्ने सन्दर्भमा राज्यपक्षबाट ढिलाइ भएको भन्दै असन्तुष्टि जनाए ।  Advertisement उनले भेटका क्रममा हप्ता १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको जानकारी दिए । ‘३ बुँदेलाई कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा हामी पुगेका छौं’ उनले भने, ‘बन्दीलाई छिट्टै छाड्नुपर्ने हामीले भनेका छौं । यो राजनीति हो, परिवर्तन हो, आन्दोलन हो । सहमति कार्यान्वयन नभए त्यसको ठूलो मूल्य चुक्ता त सरकारले गर्नुपर्छ ।’ विश्वकर्माले सरकारक...
विघटनअघि सभामुखसँग परामर्श अनिवार्य : अधिवक्ता सुवेदी

विघटनअघि सभामुखसँग परामर्श अनिवार्य : अधिवक्ता सुवेदी

देश, राजनीति, समाचार
अधिवक्ता श्रीकृष्ण सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई असहयोग गरेको बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै सुवेदीले ०७७ फागुन ११ को फैसलाले पुनःस्थापित संसदको बैठकमा प्रधानमन्त्री एकपटक पनि नगएको बताएका छन् ।  ‘नौ पटक बैठक बस्यो, उहाँ  एकपटक पनि उपस्थित हुनुभएन’ अधिवक्ता सुवेदीले भने–‘विशेष अधिवेशनमा मात्र उहाँ (केपी ओली) विश्वासको मत लिन हाउसभित्र पस्नुभएको थियो ।’ Advertisement सरकारले हाउसलाई बिजनेस नदिएको जिकिर गर्दै सुवेदीले भने–‘प्रधानमन्त्रीले लिखित जवाफमा संसदबाट असहयोग गरेको भन्नुभएको छ तर, उहाँ (प्रधानमन्त्री)ले नै संसदलाई पटक–पटक  असहयोग गर्नुभएको छ ।’ कार्यव्यवस्था परामर्श समितिको बैठकमा मन्त्रीहरु उपस्थित नभएको र मन्त्रीहरुले बिजनेस पेश नगरेको सुवेदीले जिकिर गरेका छन् ।  सभामु...
महेश बस्नेतको प्रस्ताव : सङ्घीयता र धर्मनिरपेक्षताबारे समीक्षा गरौँ, शासकीय स्वरूप पनि फेरौँ

महेश बस्नेतको प्रस्ताव : सङ्घीयता र धर्मनिरपेक्षताबारे समीक्षा गरौँ, शासकीय स्वरूप पनि फेरौँ

देश, राजनीति, समाचार
सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले  सङ्घीयता र धर्मनिरपेक्षताबारे समीक्षा गर्नुपर्ने ८ बुँदे प्रस्ताव अघि सारेका छन् । आगामी चुनावको घोषणा–पत्रमा समेत यो विषयलाई समावेश गरिनुपर्ने बस्नेतको माग छ । प्रधानमन्त्रीको सकारी निवास बालुवाटारमा शुक्रबार र शनिबार सम्पन्न नेकपा एमालेको  केन्द्रीय कमिटीको बैठकमा नेता बस्नेतले सङ्घीयता र धर्मनिरपेक्षतामाथि समीक्षा गर्नुपर्ने प्रश्न उठाएका हुन् । Advertisement युवा नेता बस्नेतले संविधानमा रहेको वर्तमान संसदीय शासकीय स्वरूपलाई बदलेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिनुपर्ने प्रस्तावसमेत अगाडि सारेका छन् । बस्नेतले आफ्ना प्रस्तावहरूलाई व्याख्या नगरीकन संक्षिप्त ८ वटा बुँदामा प्रस्तुत गरेका छन् । बस्नेतले बैठकमा प्रस्तुत गरेका बुँदाहरू यस्ता छन्– प्रस्ताव...
राप्रपाको एकता महाधिवेशन कात्तिक २७ देखि ३० सम्म

राप्रपाको एकता महाधिवेशन कात्तिक २७ देखि ३० सम्म

देश, राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो एकता महाधिवेशन आगामी कात्तिकमा गर्ने निर्णय गरेको छ। राप्रपा अध्यक्षत्रयसहित केन्द्रीय निर्देशन समितिको शनिबार काठमाडौंमा सम्पन्न बैठकले आगामी कात्तिक २७, २८, २९ र ३० गते महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो। बैठकले महाधिवेशनको तालिका परिमार्जन पनि पारित गरेको विज्ञप्तिमार्फत राप्रपाले जनाएको छ। जसअनुसार वडा, गाउँ, नगर, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भदौ मसान्तसम्म सम्पन्न राप्रपाको निर्णय छ। Advertisement यस्तै, सक्रिय सदस्यता वितरण पनि सोही समयमा सक्ने उसको निर्णय छ। सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई २०७८ असोज ७ गतेसम्म उपलब्ध गराइने छ। प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरूबाट महाधिव...