२०८२ चैत्र १५

राजनीति

धनगढीमा सर्वोच्च अदालतको फैसलाविरुद्ध राँके जुलुस

धनगढीमा सर्वोच्च अदालतको फैसलाविरुद्ध राँके जुलुस

देश, राजनीति, समाचार
२८ असार, धनगढी । धनगढीमा सर्वोच्च अदालतको फैसलाविरुद्ध राँके जुलुससहित प्रर्दशन गरिएको छ । नेकपा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियु कैलालीले प्रतिनिधिसभा विघटन पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध राँके जुलुससहित प्रर्दशन गरेको हो । सो क्रममा उनीहरुले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराविरुद्ध नाराबाजी गर्दै पुतला समेत दहन गरेका छन् । Advertisement सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै काँग्रेस सभापति समेत रहेका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । अदालतले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी नपुग्ने ठहर गरेको छ । Credit: OnlineKhabar ...
माधव नेपालले प्रचण्ड-देउवासँगको बैठकमा भने- अब म विपक्षी गठबन्धनमा रहन्नँ

माधव नेपालले प्रचण्ड-देउवासँगको बैठकमा भने- अब म विपक्षी गठबन्धनमा रहन्नँ

देश, राजनीति
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनमा नरहने स्पष्ट पारेका छन्। कोटेश्वरस्थित आफ्नै निवासनजिकै बसेको विपक्षी गठबन्धनको बैठकमा वरिष्ठ नेता नेपालले अब आफू फरक भूमिकामा रहने समेत बताएका थिए। Advertisement बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,जसपा अध्यक्षहरू बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए। बैठकमा वरिष्ठ नेता नेपालले सर्वोच्च अदालतको फैसलासँगै सहकार्यको एउटा चरण पूरा भएको बताएको एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए। 'संविधान, लोकतन्त्र र गणतन्त्रका लागि म गठबन्धनमा आबद्ध भएको हो। प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै त्यो अध्याय अहिलेका लागि सकिएको छ। हा...
विपक्षी गठबन्धनको बैठक सकियो, सानो मन्त्रिपरिषद् भोलि बनाउने

विपक्षी गठबन्धनको बैठक सकियो, सानो मन्त्रिपरिषद् भोलि बनाउने

देश, राजनीति
कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ। सानो मन्त्रिपरिषद् भोलि बनाउने र पछि थप गर्दै जाने बैठकले निष्कर्ष निकालेको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।  ‘सानो मन्त्रिपरिषद् भोलि बनाउने र पछि थप गर्दै लैजाने कुरा भएको छ’, छलफलपछि  खाँणले भने,  ‘भोलि बिहान फेरि शीर्ष नेताको बैठक बस्नेछ।’ यस्तै बैठकले अदालतको फैसलामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ। Advertisement सर्वोच्चले आज प्रतिनिधिसभा पुनर्स्थापना गर्दै दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ। देउवाले गठबन्धनमा छलफल गरेरै अगाडि बढ्ने बताइसकेका छन्। यस्तै बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको बैठकमा अ...
ओली-नेपाल भेटको तयारी

ओली-नेपाल भेटको तयारी

राजनीति
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ। एमालेको आन्तरिक विवाद समाधान गर्न कार्यदलबीच १० बुँदे सहमति भएको र उक्त प्रस्ताव अनुमोदनलगायत विषयमा छलफल गर्न ओली-नेपालबीच भेटवार्ताको तयारी छ। Advertisement नेता सुवास नेम्वाङका अनुसार अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ताको तयारी छ। ‘हामीले तपाईंहरू भेटेर कुरा गर्नुस् भनेका छौं। उहाँहरू कतिबेला भेट गर्नुहुन्छ समय टुंगो भइसकेको छैन,’ नेम्वाङले भने। साथै कार्यदलबीच सहमति भएका १० बुँदाबारे स्थायी कमिटी बैठक गरी अनुमोदन गर्ने तयारी छ। साथै नेता नेपालले कार्यदलबीच भएको सहमतिलाई गलत व्याख्या गरेर अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न नमिल्ने बताइरहेका छन्। एमालेमा पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्नेलगायत सहमतिमा ...
स्थायी कमिटि बैठक स्थगित गरेर ओलीले मंगलबार बिहान ११ बजेका लागि बोलाए केन्द्रीय कमिटी बैठक

स्थायी कमिटि बैठक स्थगित गरेर ओलीले मंगलबार बिहान ११ बजेका लागि बोलाए केन्द्रीय कमिटी बैठक

देश, राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बोलाएको स्थायी कमिटि बैठक स्थगित गरेका छन्। Advertisement आज साँझका लागि बोलाइएको बैठक अध्यक्ष ओलीले भोलि सोमबार अपरान्ह ५ बजे बस्ने गरि स्थगित गरेका छ। यस्तै असार २९ गते (मंगलबार) बिहान ११ केन्द्रीय कमिटि बैठक बस्ने भएको छ। स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल) सहितका नेताहरुलाई पनि बोलाइएको जनाइएको छ। ...
माओवादी छाडेर एमालेमा गएकाहरूले दिएको निवेदन आयोगले गरिदियो खारेज

माओवादी छाडेर एमालेमा गएकाहरूले दिएको निवेदन आयोगले गरिदियो खारेज

राजनीति
नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीसहित माग गर्दै निर्वाचन आयोगमा परेको निवेदन खारेज भएको छ। रामबहादुर थापा बादललगायत माओवादी केन्द्र छाडेर एमालेमा गएका नेताहरू निकट समूहले आयोगमा माओवादीको हैसियत गुमिसकेको भन्दै दल दर्ता खारेजी माग गरेका थिए। Advertisement आज बसेको आयोगको बैठकले निवेदनअनुसार दाबी नपुगेको भन्दै उक्त निवेदन खारेज गरिदिएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निवेदनमा भनेजस्तो दाबी नपुगेकोले निवेदन नै खारेज भएको बताए। गत असार २३ गते सरोज बुढाथोकीले माओवादी केन्द्रको दल दर्ता खारेजीलगायत माग गर्दै आयोगमा निवेदन दिएका थिए भने नेताहरू मणि थापा, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलगायत आयोग पुगेर उक्त निवेदनबारे के भइरहेको छ भन्ने बुझेका थिए। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र चारै जना आयुक्तहरूको बैठक...
एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी

देश, राजनीति
सत्तारूढ नेकपा एमालेको विवाद मिलाउन गठन गरिएको कार्यदलको बैठक आज पनि बसेको छ। आइतबार बिहान दुबै पक्षका कार्यदल सदस्यहरूले आन्तरिक छलफल गरेपछि केहीबेरअघि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरू भएको हो। Advertisement बैठकअघि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यले उनीसँग कोटेश्वरमा छलफल गरेका थिए। दुबै पक्षका कार्यदल सदस्यले आज निष्कर्षमा पुग्ने तयारी भइरहेको बताएका छन्। यसअघि शनिबार पनि कार्यदलको बैठक बसेको थियो। कार्यदलमा नेपाल पक्षले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षरबारे फैसला कुर्ने, पार्टीका सबै निर्णयहरू  सहमतिका आधारमा हुनुपर्नेलगायत कुरालाई बटम लाइन बनाएका छन्। नेताहरूले आज सहमति हुने बताएकाले यो बैठकलाई निकै चासोका साथ हेरिकएको छ।  ...
बुढानिलकण्ठमा प्रचण्ड-देउवाबीच भेट

बुढानिलकण्ठमा प्रचण्ड-देउवाबीच भेट

देश, राजनीति
नेकपा माओादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल' प्रचण्ड' ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। Advertisement शनिबार दिउँसो देउवा निवास बुढानिलकण्ठमा उनीहरूबीच भेट भएको हो। उनीहरूबीच राजनीतिक छलफल भएको बताइएको छ। यसअघि उनले माधवकुमार नेपाललाई पनि भेटेका थिए।  जनैखटिरा आएर घरमै आराम गरिरहेका नेपाललाई भेट्न प्रचण्ड उनको निवासमा गएका हुन्। प्रचण्ड स्वास्थ्य लाभ गरी राजनीतिक विषयमा प्रवेशनै नगरी उनी फर्किएका थिए। ...
एमाले कार्यदलको बैठक सकियो, सुवास नेम्वाङ भन्छन्- भोलि बिहान सुखद् समाचार सुन्न पाउनुहुन्छ

एमाले कार्यदलको बैठक सकियो, सुवास नेम्वाङ भन्छन्- भोलि बिहान सुखद् समाचार सुन्न पाउनुहुन्छ

देश, राजनीति
नेकपा एमाले विवाद हल गर्नको लागि गठन भएको कार्यदलको बैठक सकिएको छ। Advertisement शनिबार निर्धारित समयभन्दा ढिला गरी सिंहदरबारमा बैठक बसेको थियो। कार्यदल सदस्य सुवास नेम्वाङले कार्यदलको काम टुंग्याए बराबर भएको भन्दै भोलि बिहान सुखद् समाचार सुन्न पाइने बताए। बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘हामीले साह्रै मेहनतका साथ तपाईंहरूको शुभकामनाले हामीले काम टुंग्याए बराबर छ। भोलि बिहान ८ बजे तपाईंहरूले सुखद् समाचार सुन्न पाउनु हुनेछ।’ कार्यदलले सबै विवादित विषय टुंगो लगाएको हो? भन्ने प्रश्नमा उनले भने,‘ अब त्यो सबै कुरा भोलि बिहान भन्ने छ।’ ...
माधव नेपाल भन्छन्- हस्ताक्षर फिर्ता हुँदैन, अदालतको निर्णयलाई प्रभावित गर्न पाइँदैन

माधव नेपाल भन्छन्- हस्ताक्षर फिर्ता हुँदैन, अदालतको निर्णयलाई प्रभावित गर्न पाइँदैन

देश, राजनीति
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा भएको हस्ताक्षर फिर्ता नहुने स्पष्ट पारेका छन्। कुराकानी गर्दै वरिष्ठ नेता नेपालले अदालतको निर्णयलाई प्रभावित पार्ने गरी कुनै काम नहुने समेत बताए। ‘हस्ताक्षर फिर्ता हुँदैन। अदालतको निर्णयलाई प्रभावित गर्न पाइँदैन। सहमतिमा बेइमानी र धोकाधडी हुँदैन,’ उनले भने, ‘पार्टी एकताको लागि सहमति हुनसक्छ। तर विगतमा भएको सहमतिबाट पछि हट्न सकिँदैन। मेरो बटमलाइन यही हो।’ उनले अरूलाई धोका दिएर कुनै सहमति नहुने समेत बताए। Advertisement एमाले एकताका लागि गठित कार्यदलका सदस्यहरूले आफूहरू सहमतिको नजिक पुगेको दाबी गरिरहेका बेला नेपालको यस्तो प्रतिक्रिया आएको हो। कांग्रेस सभापति देउवाको पक्षमा भएको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले लिँदै आए...