२०८२ पुष ९

राजनीति

कांग्रेसमा क्रियाशील सदस्यता विवाद : नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याउने निर्णय

कांग्रेसमा क्रियाशील सदस्यता विवाद : नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याउने निर्णय

देश, राजनीति, समाचार
१५ साउन, काठमाडौं । नेपाली कांग्रेसले बारा, सप्तरी, सिन्धुपाल्चोक लगायतका जिल्लाको क्रियाशील सदस्यता नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याउने भएको छ । Advertisement पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, बारा र सप्तरीको सबै (४/४ क्षेत्र), रसुवा र सिन्धुपाल्चोकको विवाद टुंग्याउन नयाँ मापदण्ड बनाउने निर्णय गरेको हो । पाँच दिनभित्र यो टुंगाइने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकले महाधिवेशनको नयाँ कार्यतालिका भने बनाएको छैन । कार्यतालिका बनाउने र त्यसअनुसार काम नहुँदा गलत सन्देश जाने भन्दै सभापति शेरबहादुर देउवाले विवाद टुंगो लगाएपछि मात्र तालिका बनाउनुपर्ने बताएका छन् । Credit: OnlineKhabar ...
जसपा कार्यकारिणी समितिको बैठक सुरु

जसपा कार्यकारिणी समितिको बैठक सुरु

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको तेस्रो दिनको बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु भएको छ । बिहीबार ११ बजे बस्ने भनिएको बैठक १ बजे सुरु भएको हो । पार्टीका शीर्ष नेताहरु नआएका कारण बैठकमा ढिलाई भएको थियो । Advertisement उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा सरकारमा मन्त्री पठाउने विषय, कार्यकारिणी समितिको पूर्णता, संगठन विस्तार तथा समायोजन लगायतको विषयमा छलफल हुने बताइएको छ । बुधबार बसेको बैठकले सरकारमा मन्त्री पठाउनेबारे निर्णय गर्ने जिम्मेवारी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको थियो । साभार: रातोपाटी ...
कांग्रेस महाधिवेशनको प्रक्रिया सुरू गर्न शेखर कोइरालाको माग

कांग्रेस महाधिवेशनको प्रक्रिया सुरू गर्न शेखर कोइरालाको माग

राजनीति
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले १४ औं महाधिवेशनको प्रक्रिया सुरू गर्न माग गरेका छन्। पदाधिकारी र पूर्वपदाधिकारी बैठक निरन्तर गरे पनि महाधिवेशन प्रक्रिया हालसम्म पनि अगाडि नबढेको कोइराला बताउँछन्। महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको छ। साउन १२ मा हुनुपर्ने वडा अधिवेशन कहिले गर्ने अझै टुंगो लगाउन कांग्रेसले सकेको छैन। Advertisement क्रियाशील सदस्यतामै विवाद देखिएका छन्। आज दिउँसो २ बजेसम्म क्रियाशील विवाद समाधान गर्न रमेश लेखक नेतृत्वको छानबिन समितिलाई समय दिइएको छ। ‘कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया जारी छ। तर पूर्वनिर्धारित कार्यतालिकाको पालना भएको छैन। अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो हुन सकेको छैन। यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ। र पार्टीको सम्पूर्ण साथीहरुम...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए सपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए सपथ

देश, राजनीति
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्व पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन्। Advertisement बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उपाध्यक्ष पौडेलले सपथग्रहण गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष पौडेललाई सपथ गराएका छन्। साथै योजना आयोगका सदस्यद्वय रामकुमार फुयाँल र दिलबहादुर लिम्बु पनि नियुक्त भएका थिए। उनीहरूलाई मन्त्रिपरिषदको गत साउन १२ को बैठकले आयोगमा नियुक्त गरेको थियो। ...
जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्याउनुपर्छ : ऊर्जामन्त्री भुसाल

जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्याउनुपर्छ : ऊर्जामन्त्री भुसाल

देश, राजनीति, समाचार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिकरण गर्दा विशेष ध्यान पुर्याउनुपर्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित मन्त्रालयको वार्षिक समीक्षामा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले जनतालाई मुआब्जा र क्षतिपूर्ति दिँदा न्यायोचित तवरले अर्को ठाउँमा किन्न सक्नेगरी दिनुपर्ने बताए । उनले भनिन्, “हामीले सेवा दिने भनेको जनताका लागि हो, विकास पनि जनताकै लागि हो ।” मन्त्री भुसालले एकीकृत आयोजना जनतामा लैजाँदा ल्याण्ड पुलिङमा जाँदा उपयुक्त हुने बताइन् । उनले भनिन्, “कोही सुकुम्बासी कोही करोडपति हुने अवस्था नआओस् ।” Advertisement जग्गाका सन्दर्भमा राज्यले लिने मूल्य र वास्तविक कारोवार मूल्य एउटै हुनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, “मालपोतमा गयो जग्गाको मूल्य एउटा छ, बजारमा...
गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

देश, राजनीति
तस्बिर : प्रधानमन्त्रीको सचिवालय नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्। Advertisement मंगलबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई भण्डारीले नियुक्त गरेकी थिइन्। गुरूङ कांग्रेस र शेरचन नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका हुन्। यसअघि गण्डकी प्रदेशमा सीताकुमारी पौडेल र लुम्बिनीमा धर्मनाथ यादव थिए। दुबैलाई फालेर देउवा सरकारले नयाँ नियुक्ति गरेको हो। भरतपुरको एउटै टोलका शेरचन र गुरूङ बने लुम्बिनी र गण्डकी प्रदेशका प्रमुख  भरतपुर महानगरपालिकाको एउटै टो...
सशस्त्रका पूर्व डिआईजी श्रेष्ठको रिटमाथि सुनुवाइ हुँदै, अन्तरिम आदेशको निरन्तरता बारे आजै टुङ्गो लाग्ने

सशस्त्रका पूर्व डिआईजी श्रेष्ठको रिटमाथि सुनुवाइ हुँदै, अन्तरिम आदेशको निरन्तरता बारे आजै टुङ्गो लाग्ने

देश, राजनीति, समाचार
सशस्त्र प्रहरी बलका पूर्व डिआइजी प्रवीणकुमार श्रेष्ठको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।  Advertisement उमेर हद र सेवाको समय बाँकी रहँदारहँदै पनि केपी ओली सरकारले म्याद थप नगरेका कारण डिआइजी श्रेष्ठले गत असार ९ गते सेवाबाट अवकाश पाएका थिए । आफूले थप एक वर्ष सेवा गर्न पाउनुपर्ने भन्दै श्रेष्ठ सर्वोच्च अदालतमा पुगेका थिए ।  अन्तरिम आदेशको मागसहित दायर रिटमा शुक्रबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अवकाश पत्र तत्काल कार्यान्वयन नगर्नु र छलफलका लागि दुवै पक्ष उपस्थित हुनु भन्दै अल्पकालीन अन्तरिम आदेश दिएका थिए ।  अल्पकालीन आदेशपछि बुधबार प्रधानन्यायाधीश राणा र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासमा अन्तरिम आदेशले निरन्तरता पाउने कि नपाउने सम्बन्धमा सुनुवाइ ...
मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिइने, मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरूलाई

मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिइने, मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरूलाई

देश, राजनीति
बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। बुधबार बिहान झन्डै २ घन्टासम्म बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको थियो। बैठकमा मन्त्रिमण्डल बिस्तार छिट्टै गर्ने विषयमा छलफल भएको छ।  Advertisement नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा छलफल भएको बताए। ‘अहिलेसम्म सरकारले गरेका कामकारबाहीको छोटो समीक्षा भयो। मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिनेबारे पनि कुराकानी भएको छ,’ बैठकपछि महामन्त्री खड्काले भने, ‘मन्त्रिमण्डल कहिले बिस्तार गर्ने भन्ने ठोस निर्णय भएको छैन, छिट्टै गर्ने भन्नेछ।’ साथै आजको बैठकमा मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति पनि भएको छ। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ ...
राष्ट्रिय योजना आयोगमा ओलीकै पालाका दुई सदस्यको निरन्तरता

राष्ट्रिय योजना आयोगमा ओलीकै पालाका दुई सदस्यको निरन्तरता

देश, राजनीति, समाचार
राष्ट्रिय योजना आयोगमा ओली सरकारकै पालाका दुईजना सदस्यहरु दोहोरिएका छन् । उपाध्यक्षमा भने अर्थशास्त्री विश्व पौडेल नियुक्त भएका छन् । एमाले सरकारका पालामा डा. पुष्प कँडेल उपाध्यक्ष रहेका बेला रामकुमार फुँयाल र दिलबहादुर गुरुङ राष्ट्रिय योजना आयोगको सदस्य थिए । देउवा सरकारले सदस्यमा फुँयाल र गुरुङलाई नै दोहोर्याएको छ । Advertisement फुँयाल र गुरुङले ३ बर्ष १ महिना आयोगमा काम गरेका थिए । जब ओली सरकार अल्पमतमा पर्यो, तब उनीहरु आयोगबाट उपाध्यक्ष कँडेलसँगै बाहिरिएका थिए । सदस्य फुँयालले  रातोपाटीसँग कुरा गर्दै योजना आयोगमा पुनः सहकार्य गर्न पाएकोमा खुसी लागेको बताए । आयोगको उपाध्यक्षमा चर्चित युवा अर्थशास्त्री डा. विश्व पौडेल नियुक्त भएका छन् । पौडेलले काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टमा भिजिटिङ एशोसिएट प्रोफेसरका रुपमा अध्यापन...
महन्थ पक्षका सांसद भन्छन्– हामी जसपामै छौँ

महन्थ पक्षका सांसद भन्छन्– हामी जसपामै छौँ

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टी नेपालको आधिकारिकता सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले पाएपछि महन्थ ठाकुरको पक्षमा रहेका सांसदको अवस्था के हुने हो भन्ने चर्चा सुरु भएको छ । महन्थ ठाकुरको पक्षमा हालसम्म १२ जना सांसदमात्र देखिएका छन् । त्यसमा चार जना समानुपातिकका छन् ।  महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, एकवाल मियाँ, लक्ष्मणलाल कर्ण, उमाशङ्कर अरगरिया, विमल श्रीवास्तव प्रतिनिधि सभामा ठाकुर पक्षका प्रत्यक्ष निर्वाचित सांसद हुन् । Advertisement त्यसैगरी निर्जला राउत, चन्दा चौधरी, कल्लुदेवी विश्वकर्मा र दुलारी देवी खत्वेनी प्रतिनिधिसभाअन्तर्गत ठाकुर पक्षका समानुपातिक सांसद हुन् । कतिपयले ठाकुर पक्षमा रहेका समानुपातिक सांसदहरू संस्थापन पक्षको कारबाहीको भागिदार हुन सक्ने र समानुपातिक सूचीबाट नयाँ सदस्य चयन गरिने आङ्कलन गरिरहेका बेला जस...