२०८२ चैत्र १६

राजनीति

४१ वटा राजनीतिक दलको दर्ता खारेज

४१ वटा राजनीतिक दलको दर्ता खारेज

देश, राजनीति, समाचार
१९ साउन, काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको उनले बताए । Advertisement आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ । जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने प्रवक्ता श्रेष्ठले बताए । आयोगले दर्ता खारेज भएका दलका केन्द्रीय पदाधिकारी, सदस्यहरुको नामसहितको विवरण पनि सार्वजनिक गरेको छ । यी हुन् खारेजीमा परेका दल र तिनका पदाधिकारी ...
सरकारका न्युनतम साझा कार्यक्रम ल्याएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

सरकारका न्युनतम साझा कार्यक्रम ल्याएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

देश, राजनीति
गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम एक/दुई दिनमा सार्वजनिक गर्ने तयारी भएको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदलले बनाइरहेको गठबन्धनबाट सरकारका साझा कार्यक्रमबारे शीर्ष नेतालाई बिफ्रिङ गरिसकिएको छ। कार्यदलले गरिरहेका कामबारे सोमबार अपरान्ह बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा ‘बिफ्रिङ’ गरिएको थियो। गठबन्धन सरकारको साझा कार्यक्रमलाई करिब अन्तिम रूप दिने काम भइरहेको छ।  Advertisement ‘कार्यदलले संसदलाई पुरै कार्यकाल चलाउने वातावरण बनाउनेदेखि लोकतन्त्र सुदृढ गर्ने र गठबन्धनलाई दीगो बनाउनेजस्ता विषय लगायतमा छलफल गरिरहेको छ। कार्यदलले आवश्यकताअनुसार छलफल गरेर साझा कार्यक्रमलाई अन्तिम रूप दिन्छ,’ कार्यदलका सदस्य रहेका नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरूङले भने। साझा कार्यक्रम...
श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

देश, राजनीति, समाचार
प्रेस काउन्सिल नेपालले कोरोना सङ्क्रमणको समस्यालाई देखाएर पत्रकारको सेवा सुविधा कटौती गर्ने र सेवाबाट निष्कासन गर्ने कार्यलाई तत्काल रोक्न सम्बन्धित मिडियालाई आग्रह गरेको छ ।   काउन्सिल अन्तर्गत श्रमजीवी पत्रकार हित तथा कानून उपसमितिको आज बसेको बैठकले नेपाल रिपब्लिका मिडिया प्रालिद्वारा सञ्चालित नागरिक दैनिकमा कार्यरत ३६ भन्दा बढी श्रमजीवी पत्रकारको सेवा सुविधा उपलब्ध नगराएको, सेवाबाट निष्कासन गर्न खोजेको जस्ता कार्यप्रति सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलब्ध नगराउने र सेवाबाटै निष्कासन गर्ने जस्ता कार्य नियम, कानून विपरीत भएको काउन्सिलको भनाइ छ ।  Advertisement नागरिक दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरूले व्यवस्थापनप्रति असहमति जनाउँदै गरेको आन्दोलनपछि पत्रकार र नागरिक व्यवस्थापन बीचको समझदारीको...
एमालेले गठन गर्‍यो नौ वटा विभाग, ओलीको नेतृत्वमा पार्टी स्कुल विभाग

एमालेले गठन गर्‍यो नौ वटा विभाग, ओलीको नेतृत्वमा पार्टी स्कुल विभाग

राजनीति
नेकपा एमालेको स्थायी कमिटी बैठकले नौ वटा विभाग गठन गरेको छ। सोमबार ललितपुरस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा बसेको कमिटी बैठकले नौ वटा विभाग गठन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। Advertisement उनले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै विभागसहित प्रमुखको नाम सार्वजनिक गरेका हुन्। एमाले पार्टीको नियमावलीमा २५ सदस्य राखेर विभाग गठन गर्न मिल्ने भए पनि अहिले थोरै सदस्य राखेको उनले बताए। विष्णु पौडेलको नेतृत्वमा १४ सदस्यीय संगठन विभाग, सुवास नेम्वाङको नेतृत्वमा १४ सदस्यीय संसदीय विभाग, विष्णु रिमालको नेतृत्वमा दुई सदस्यीय आर्थिक विभाग, प्रदीप ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय प्रचार विभाग गठन भएको उनले जानकारी दिए। ‘त्यस्तै, भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्यीय पर्यटन प्रयोजन विभाग, केपी शर्मा ओलीको नेतृत्वमा ११ सदस्यीय पार्टी ...
मन्त्रीले देशलाई घाटा हुने कुरा गरे ‘हुँदैन’ भन्ने कर्मचारी चाहन्छुः अर्थमन्त्री

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे ‘हुँदैन’ भन्ने कर्मचारी चाहन्छुः अर्थमन्त्री

देश, राजनीति
नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीले सोमबार पद बहाली गरेका छन्।  महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाइ गरिएको छ।  आगामी छ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ। मन्त्रालयमा आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान सचिवको विदाइ र नवनियुक्त सचिवको स्वागत गरे।  Advertisement उनले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिए। अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न उनले आग्रह गरे।  आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्...
कर्णालीका दुई मन्त्रीले भेटे गृहमन्त्री, कोरोना खोपबारे कुराकानी

कर्णालीका दुई मन्त्रीले भेटे गृहमन्त्री, कोरोना खोपबारे कुराकानी

देश, राजनीति, स्वास्थ्य
कर्णाली प्रदेशका दुई जना मन्त्रीले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्। Advertisement आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपाली र जलस्रोत तथा ऊर्जा मन्त्री दिनबन्धु श्रेष्ठले गृहमन्त्री खाणलाई आइतबार भेटेर कुराकानी गरेका हुन्। उनीहरूले कर्णाली प्रदेशमा भइरहेका गतिविधिबारे जानकारी गराएका थिए भने कोरोना खोपका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए। भेटका क्रममा गृहमन्त्री खाणले आवश्यक मात्रामा कोरोना खोप कर्णाली पठाउन आफूले पहल गर्ने बताएको गृहमन्त्री खाणको सचिवालयले जानकारी दिएको छ। ...
आफ्नो पार्टीको सरकार ढाल्नेबाट केही पनि सिक्न सकिँदैन : ओली

आफ्नो पार्टीको सरकार ढाल्नेबाट केही पनि सिक्न सकिँदैन : ओली

राजनीति
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुर्‍याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने बताएका छन्। तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीभित्रै कतिपय नेतामा पार्टीप्रतिको निष्ठाको भाव नभएको बताए। Advertisement नेपाली जनताले विकास र सुशासनका लागि कम्युनिष्ट सरकार नै चाहिन्छ भन्ने महसुस गरेको उनले बताए। आफूले नेतृत्व गरेको सरकारका कारण आमजनताको सरकारप्रति आशा र भरोसा बढेको उनले बताए। उनले भने, ‘केही व्यक्तिको हतारो र गैरजिम्मेवारीले गर्दा सरकार र पार्टीमा यो अवस्थामा आएको हो।’ पूर्वप्रधानमन्त्री ओलीले तुलसीलाल अमात्य, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रितलगायतका नेताले पार्टी ...
प्रचण्डले आज नेताहरूसँग छलफल गर्ने, मन्त्री छान्न भोलि स्थायी कमिटी बैठक

प्रचण्डले आज नेताहरूसँग छलफल गर्ने, मन्त्री छान्न भोलि स्थायी कमिटी बैठक

देश, राजनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सत्तारूढ गठबन्धनका नेताहरूसँग भेटेर कुराकानी गर्ने भएका छन्। आज बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डले भेटवार्ता गरिसकेका छन्। आजै बसेको स्थायी कमिटी बैठकमा उनले मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे भइरहेका कुराकानीबारे पनि जानकारी गराएका थिए। Advertisement नेता नारायणकाजी श्रेष्ठका अनुसार आज प्रचण्डले नेताहरूसँग छलफल गर्नेछन्। सोमबार अपरान्ह ३ बजे स्थायी कमिटी बैठक बोलाइएको उनले बताए। उक्त बैठकमा सरकारमा सहभागी हुने मन्त्री छान्नेबारे निर्णय हुनेछ। श्रेष्ठकाअनुसार मन्त्री छान्ने काम स्थायी कमिटीले गर्छ। अहिलेसम्म अध्यक्ष प्रचण्डलाई त्यो अधिकार दिइसकिएको छैन। श्रेष्ठले मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्ने बताए। यतिन्जेल जसपाले आधिकारिकताका लागि पर्खन भनेको र जसपाले ...
अर्थ सचिव शिशिर कुमार ढुंगानाको सरुवा

अर्थ सचिव शिशिर कुमार ढुंगानाको सरुवा

देश, राजनीति, समाचार
अर्थ सचिव शिशिर कुमार ढुंगानाको सरुवा भएको छ । उनको ठाउँमा मधु कुमार मरासिनी आएका छन् । मरासिनी यसअघि महालेखा नियन्त्रक रहेका थिए ।  Advertisement अर्थ मन्त्रालय स्रोतका अनुसार आजमात्रै ढुंगानाले सरुवाको पत्र बुझेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका उनी लामो समयदेखि अर्थ सचिवको रुपमा कार्यरत रहेका थिए ।  हालै बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो ।  साभार: रातोपाटी ...
कांग्रेसका शीर्ष नेतालाई नै छैन भदौ १६ मा महाधिवेशन हुने विश्वास!

कांग्रेसका शीर्ष नेतालाई नै छैन भदौ १६ मा महाधिवेशन हुने विश्वास!

राजनीति
नेपाली कांग्रेसका शीर्ष नेताहरू नै भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशन हुनेमा विश्वस्त छैनन्। तर उनीहरूले समयमै १४ औं महाधिवेशन गर्न खबरदारी भने गरिरहेका छन्। महाधिवेशनका कार्यतालिका प्रभावित भइरहेका छन् तैपनि क्रियाशील सदस्यताबारे टुंगो लगाउन कांग्रेस शीर्ष नेताले सकेका छैनन्। साउन १२ मा हुनुपर्ने वडा अधिवेशन स्थगित छ। यो अधिवेशन कहिले हुन्छ अझै यकिन छैन। केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वमा रहेको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ मा विवादित विषय शीर्ष नेतृत्वले नै हल गर्ने गरी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो। कांग्रेसमा अहिलेसम्म ८ लाख ५२ हजार जना क्रियाशील सदस्य पुगेका छन्। बारा र सप्तरीमा नयाँ क्रियाशील वितरण स्थगित छ। सिन्धुपाल्चोक, सर्लाही, धनुषा र रसुवाका केही क्षेत्रमा क्रियाशीलबारे अझै विवाद छ। यी विवाद टुंगि...