कांग्रेसमा क्रियाशील सदस्यता: जसले विवाद समाधान गर्ने जिम्मेवारी पायो, उसैले पन्छाइदियो
छानबिन समिति प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाउँदै समितिका संयोजक रमेश लेखकलगायत।
विवादित क्रियाशील सदस्यताबारे छानबिन गर्ने जिम्मेवारी पाएको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ‘अपुरो’ प्रतिवेदन बुझाएको छ।
यो समितिको संयोजकमा केन्द्रीय सदस्य रमेश लेखक थिए। सदस्यहरू आनन्दप्रसाद ढुंगाना, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याण गुरूङ, जीवन परियार र योगेन्द्र चौधरी थिए।
गत फागुन ६ गते कांग्रेस केन्द्रीय कार्यसमितिले लेखकको नेतृत्वमा क्रियाशील छानबिन समिति बनाएको थियो। पाँच महिनामा यो समितिले विवाद समाधान गर्न पटकपटक म्याद लियो तर मुख्य विवाद छाडेर आज प्रतिवेदन बुझाएको छ।
समितिले क्रियाशील टुंगो लगाउन नसक्दा मंगलबार देशभरका छ हजार सात सय ४३ वडामा गर्ने भनेको वडा अधिवेशन नै स्थगित गर्नुपर्यो। अब वडा अधिवेशन कहिले हुन्छ, यकिन छैन।
Advertisement
...









