२०८२ चैत्र १६

राजनीति

माओवादी छाडेका जनप्रतिनिधिलाई प्रचण्डको भ्याकेटबारे जानकारी दिन सर्वोच्चको आदेश

माओवादी छाडेका जनप्रतिनिधिलाई प्रचण्डको भ्याकेटबारे जानकारी दिन सर्वोच्चको आदेश

देश, राजनीति, समाचार
नेकपा (माओवादी केन्द्र)बाट स्थानीय निकायमा निर्वाचित भएर एमालेमा प्रवेश गरेका जनप्रतिनिधिलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्याकेटबारे जानकारी दिन सर्वोच्च अदालतले आदेश गरेको छ । बिहीबार न्यायाधीशहरू आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासले जनप्रतिनिधिलाई भ्याकेट बारे जानकारी दिन आदेश गरेको हो । तीन न्यायाधीशको पूर्ण इजलासले सो मुद्दामा अर्को पेशी तोक्न आदेश गरेको छ । Advertisement सर्वोच्चले यसअघि माओवादी केन्द्रले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न माओवादी केन्द्रको नाममा अन्तरिम आदेश दिएको थियो । सो आदेशविरुद्ध प्रचण्डले साउन ७ मा भ्याकेट निवेदन दर्ता गराएका थिए । नेकपा विभाजनपछि एमालेतर्फ लागेका स्थानीय जनप्रतिनिधिलाई माओवादीले कारबाही गरेपछि उनीहरू अदालत गएका थिए । माओवादी केन्द्रले फागुन २३ मा एमालेमा लागेका मेयर...
कोभिड १९ विरूद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव

कोभिड १९ विरूद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव

राजनीति, समाचार, स्वास्थ्य
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड १९ विरुद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। समितिको बिहीबारको बैठकले कोभिड १९ विरुद्धको खोप सबै नेपालीले लगाउन पाउनेगरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हो। त्यसैगरी समितिले तोकिएको लक्षित समूहलाई खोप दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ। Advertisement फ्रन्टलाइनका काम गर्ने मजदुर, श्रमिक, व्यवसायी, शिक्षक, विद्यार्थी लगायतलाई प्राथमिकतामा राख्न पनि समितिले सरकारलाइृ सुझाव दिएको छ। त्यसैगरी कोभिडको तेस्रो लहर आउनसक्नेमा सचेत हुँदै आईसियू, अक्सिजन, भेन्टीलेटर र जनशक्ति थप गर्ने सम्बन्धमा स्वास्थ्य मन्त्रालयले गम्भिरतापूर्वक लिनुपर्ने पनि समिति सभापति जयपुरी घर्तीले बताए। समिति बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज ...
कांग्रेस महाधिवेशन गर्न ४२ नेताले बुझाए पत्र

कांग्रेस महाधिवेशन गर्न ४२ नेताले बुझाए पत्र

देश, राजनीति
नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुनिश्चितताका लागि ४२ जना युवा नेताहरूले ध्यानाकर्षण पत्र बुझाएका छन्। नेता रञ्जित कर्ण, मनोजमणि आचार्य, सुवासकुमार पोखरेल, श्रीराम लामिछाने, दीपक भट्टराई, रिता खनाल र प्रतिमा गौतमसहित ४२ जनाले हस्ताक्षरसहित महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन्। Advertisement कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेललाई आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सबल कांग्रेस निर्माणका लागि युवा अभियानले ध्यानाकर्षण पत्र बुझाएको हो। मुख्यसचिव पौडेलमार्फत् सभापति शेरबहादुर देउवालाई उनीहरूले ध्यानाकर्षण पत्र पठाएका हुन्। भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि महाधिवेशन अनिश्चित बनेको उनीहरूको भनाइ छ। उनीहरूले ३ बुँदामा सभापति देउवालाई ध्यानाकर्षण गराएका छन्। बारा, सप्तरीलगायतमा क्रियाशील सदस्यता टुंग्याउन पनि उनीहरूले माग...
गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै बन्छ: गृहमन्त्री खाण

गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै बन्छ: गृहमन्त्री खाण

राजनीति
गृहमन्त्री बालकृष्ण खाणले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै निर्माण सम्पन्न हुने बताएका छन्। Advertisement रूपन्देही-काठमाडौं सम्पर्क समाजसँग बुधबार गृह मन्त्रालयमा खाणले उक्त कुरा बताएका हुन्। ‘गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हामी छिटोभन्दा छिटो निर्माण सम्पन्न गराउँछौं,’ गृहमन्त्री खाणले भने। साथै उनले उद्योगीलाई जलविद्युतलगायत क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए। गृहजिल्ला रूपन्देहीमा रहेको नेपाल ग्यास उद्योग, तिलोत्तमा बहुमुखी सहकारी संस्था, सिदार्थ गौतम बुद्ध क्याम्पस, होटेल एभरेस्ट ग्रुप, रिलायन्स फाइन्यान्सलगायतका पदाधिकारीसँग गृहमन्त्रीले छलफल गरेका थिए। खाणलाई गृहमन्त्री भएकोमा उनीहरूले बधाई पनि दिएका छन्। कोरोनाका बेला संघसंस्थाले जिल्लामा गरेका सहयोगप्रति गृहमन्त्री खाणले धन्यबाद दिएका थिए। ...
बैंकको लापरबाहीले जाजरकोटका ९२० बालबालिका पोषण भत्ताबाट वञ्चित

बैंकको लापरबाहीले जाजरकोटका ९२० बालबालिका पोषण भत्ताबाट वञ्चित

देश, राजनीति, समाचार
२० साउन, सुर्खेत । बैंक र नगरपालिकाको लापरबाहीका कारण जाजरकोटको भेरी नगरपालिकाका ९२० बालबालिका पोषण भत्ता पाउनबाट बञ्चित भएका छन् । एनआईसी बैंक जाजरकोट शाखा र नगरपालिकाको लापरबाहीका कारण नगरभित्रका ४ वडाका ९२० बालबालिकाले आर्थिक वर्ष २०७७÷७८ को पोषण भत्ताको रकम नपाएका हुन् । Advertisement नगरको वडा नम्बर ४ का १३९, वडा नम्बर ८ का २६३, वडा नम्बर ९ का २१० र वडा नम्बर १० का ३०८ जना बालबालिकाले आर्थिक बर्ष २०७७÷७८ मा पाउनुपर्ने पोषणभत्ताको रकम ४७ लाख रुपैयाँ फ्रिज भएको हो । नगरपालिकाले आफ्नो प्रक्रिया पूरा गरेपनि बैंकका कर्माचारीको लापरबाहीका कारण रकम फ्रिज भएको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले बताए । ‘यसअघि सम्बन्धित वडाले बालबालिकाका अभिभावकलाई नगद बुझाउदै आएका थिए, तर पछिल्लो समय सरकारले अनिवार्य बैंक खातामा भत्ता जम्मा गर्नुपर्ने व्यवस्...
राष्ट्रपतिका लागि नारायणहिटी ताकेको सरकार किन प्रहरी एकेडेमी हटाउने निर्णयमा?

राष्ट्रपतिका लागि नारायणहिटी ताकेको सरकार किन प्रहरी एकेडेमी हटाउने निर्णयमा?

देश, राजनीति
चार-पाँच वर्षयता राष्ट्रपति कार्यालयले सरकारसँग माग गर्दै आएको छ, शीतल निवासलाई सुविधासम्पन्न बनाइयोस्। नयाँ सरकार गठनपछि राष्ट्रपति कार्यालयबाट आउने यो माग अझ बढेको थियो। यसैलाई सम्बोधन गर्न सरकारले गत जेठ ९ गते एउटा कार्यदल गठन गर्यो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीको नेतृत्वमा गठन भएको चार सदस्यीय कार्यदलमा राष्ट्रपति कार्यालयका सचिव, गृहसचिव र भवन विभागका महानिर्देशक थिए। सरकारले उक्त कार्यदललाई राष्ट्रपति कार्यालय शीतल निवासबाट सार्न सकिने उपयुक्त ठाउँ खोज्न निर्देशन दियो।  कार्यदलले प्रमुख विकल्पका रूपमा नारायणहिटी दरबार रोजेको थियो। जहाँ अत्याधुनिक सुविधासम्पन्न कार्यालय, अन्य भौतिक संरचना तथा खुला जमिन थियो। Advertisement यसबीच राष्ट्रपतिको आवागमन र जीवनशैलीमा ‘राजसी ठाँट’ देखिएको जनगु...
झलनाथ खनालले गरे दिल्लीमा मिर्गौला प्रत्यारोपण

झलनाथ खनालले गरे दिल्लीमा मिर्गौला प्रत्यारोपण

राजनीति, स्वास्थ्य
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको छ। Advertisement उनको केही समय अघि दिल्लीको एपोलो अस्पतालमा नेप्रोलोजिस्ट डाक्टर अखिल मिश्राको नेतृत्वमा उपचार भइरहेको थियो। बुधबार सर्जन डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले उनको मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको उनको सचिवालयले जनाएको छ। ‘अब उहाँ केही समय अस्पतालमै आराम गर्नुहुनेछ र आराम भएपश्चात् नेपाल फर्किनु हुनेछ’, उनका स्वकीय सचिव कृष्ण भट्टराईले भने। स्वास्थ्यमा समस्या आएपछि गत असार २ गते उनलाई दिल्ली लगिएको थियो। ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको थियो। ...
कुलमानबाहेकले प्राधिकरण हाँक्न सक्दैन भन्‍ने धारणाले संस्था र प्रणाली असफल हुन्छ : नवराज सिलवाल

कुलमानबाहेकले प्राधिकरण हाँक्न सक्दैन भन्‍ने धारणाले संस्था र प्रणाली असफल हुन्छ : नवराज सिलवाल

देश, राजनीति, समाचार
२० साउन, काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले कुलमान घिसिङबाहेक अरुले नेपाल विद्युत् प्राधिकरण हाँक्न सक्दैन भन्ने धारणा जबर्जस्त बनाउन खोजिएको बताएका छन् । यस्तो धारणाले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने उनको भनाइ छ । सिलवालले सामाजिक सन्जालमा लेखेका छन्, ‘कुलमान असल र व्यवसायिक व्यक्ति हुन् म उनको क्षमता माथि शंका गर्दिन तर जुन ढंगले कुलमानबाहेक देशमा अरु कसैले प्राधिकरण हाँक्न सक्दैन भन्ने खालको न्यारेटिभको जवर्जस्त प्रयोग गरिंदैछ, यसले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने छ ।’ Advertisement व्यक्तिभन्दा पनि संस्थाहरुको प्रणाली र संस्कारलाई समयानुकूल परिमार्जन गर्नुपर्ने उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई ल्याउने तया...
स्वास्थ्य राज्यमन्त्रीको पहिलो सरुवामै प्रधानमन्त्रीको अंकुश

स्वास्थ्य राज्यमन्त्रीको पहिलो सरुवामै प्रधानमन्त्रीको अंकुश

देश, राजनीति, समाचार
१९ साउन, काठमाडौं । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले युनिफाइड केन्द्रीय अस्पतालका प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई सरुवा गरेर उनको ठाउँमा ट्रमा सेन्टरका चिकित्सक डा. रुद्र मरासिनीलाई नियुक्त गरे । मरासिनीले स्वास्थ्य मन्त्रालयमा पुगेर युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिपत्र बुझे । नियुक्तिको समाचार सञ्चार माध्यममार्फत सार्वजनिक भएपछि उनलाई बधाईको ओइरो लाग्यो । Advertisement नियुक्ति पत्र हातमै भए पनि सोमबार साँझ नै उनले केही गडबडको संकेत भने पाइसकेका थिए । तर  मंगलबार विहान भने उनको नियुक्ति पत्र नै खोसियो । सोमबार राज्यमन्त्री उमेश श्रेष्ठले गरेको सरुवा निर्णयको मसी नसुक्दै प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसमा लगाम लगाए । स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार डा. मरासिनीलाई युनिफाइड अस्पत...
विवादित ठाउँमा पुरानै क्रियाशीलबाट अधिवेशन गर्न पौडेल पक्षको माग

विवादित ठाउँमा पुरानै क्रियाशीलबाट अधिवेशन गर्न पौडेल पक्षको माग

देश, राजनीति
क्रियाशील सदस्यता विवादित रहेका वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट नयाँ अधिवेशन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले माग गरेको छ। मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीबारीमा बसेको बैठकले क्रियाशीलबारे देखा परेका विवाद छिटो टुंग्याउन नेतृत्वसँग माग गरेको छ। Advertisement यस्तै समयमै महाधिवेशनको प्रक्रिया थाल्न पनि पौडेल पक्षको माग छ। बैठकमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री रामशरण महत र अर्जुननरसिंह केसी र मिनेन्द्र रिजाललगायत नेता उपस्थित थिए। आजको बैठकमा काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू पनि सहभागी थिए। बैठकपछि पूर्वसहमहामन्त्री केसीले विवादित ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट नयाँ अधिवेशन गर्नुपर्ने बताए। यस्तै वडालगायत चार तहबाट आएका क्रियाशीललाई मात्रै स...