२०८२ पुष १०

राजनीति

झलनाथ खनालले गरे दिल्लीमा मिर्गौला प्रत्यारोपण

झलनाथ खनालले गरे दिल्लीमा मिर्गौला प्रत्यारोपण

राजनीति, स्वास्थ्य
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको छ। Advertisement उनको केही समय अघि दिल्लीको एपोलो अस्पतालमा नेप्रोलोजिस्ट डाक्टर अखिल मिश्राको नेतृत्वमा उपचार भइरहेको थियो। बुधबार सर्जन डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले उनको मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको उनको सचिवालयले जनाएको छ। ‘अब उहाँ केही समय अस्पतालमै आराम गर्नुहुनेछ र आराम भएपश्चात् नेपाल फर्किनु हुनेछ’, उनका स्वकीय सचिव कृष्ण भट्टराईले भने। स्वास्थ्यमा समस्या आएपछि गत असार २ गते उनलाई दिल्ली लगिएको थियो। ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको थियो। ...
कुलमानबाहेकले प्राधिकरण हाँक्न सक्दैन भन्‍ने धारणाले संस्था र प्रणाली असफल हुन्छ : नवराज सिलवाल

कुलमानबाहेकले प्राधिकरण हाँक्न सक्दैन भन्‍ने धारणाले संस्था र प्रणाली असफल हुन्छ : नवराज सिलवाल

देश, राजनीति, समाचार
२० साउन, काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले कुलमान घिसिङबाहेक अरुले नेपाल विद्युत् प्राधिकरण हाँक्न सक्दैन भन्ने धारणा जबर्जस्त बनाउन खोजिएको बताएका छन् । यस्तो धारणाले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने उनको भनाइ छ । सिलवालले सामाजिक सन्जालमा लेखेका छन्, ‘कुलमान असल र व्यवसायिक व्यक्ति हुन् म उनको क्षमता माथि शंका गर्दिन तर जुन ढंगले कुलमानबाहेक देशमा अरु कसैले प्राधिकरण हाँक्न सक्दैन भन्ने खालको न्यारेटिभको जवर्जस्त प्रयोग गरिंदैछ, यसले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने छ ।’ Advertisement व्यक्तिभन्दा पनि संस्थाहरुको प्रणाली र संस्कारलाई समयानुकूल परिमार्जन गर्नुपर्ने उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई ल्याउने तया...
स्वास्थ्य राज्यमन्त्रीको पहिलो सरुवामै प्रधानमन्त्रीको अंकुश

स्वास्थ्य राज्यमन्त्रीको पहिलो सरुवामै प्रधानमन्त्रीको अंकुश

देश, राजनीति, समाचार
१९ साउन, काठमाडौं । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले युनिफाइड केन्द्रीय अस्पतालका प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई सरुवा गरेर उनको ठाउँमा ट्रमा सेन्टरका चिकित्सक डा. रुद्र मरासिनीलाई नियुक्त गरे । मरासिनीले स्वास्थ्य मन्त्रालयमा पुगेर युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिपत्र बुझे । नियुक्तिको समाचार सञ्चार माध्यममार्फत सार्वजनिक भएपछि उनलाई बधाईको ओइरो लाग्यो । Advertisement नियुक्ति पत्र हातमै भए पनि सोमबार साँझ नै उनले केही गडबडको संकेत भने पाइसकेका थिए । तर  मंगलबार विहान भने उनको नियुक्ति पत्र नै खोसियो । सोमबार राज्यमन्त्री उमेश श्रेष्ठले गरेको सरुवा निर्णयको मसी नसुक्दै प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसमा लगाम लगाए । स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार डा. मरासिनीलाई युनिफाइड अस्पत...
विवादित ठाउँमा पुरानै क्रियाशीलबाट अधिवेशन गर्न पौडेल पक्षको माग

विवादित ठाउँमा पुरानै क्रियाशीलबाट अधिवेशन गर्न पौडेल पक्षको माग

देश, राजनीति
क्रियाशील सदस्यता विवादित रहेका वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट नयाँ अधिवेशन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले माग गरेको छ। मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीबारीमा बसेको बैठकले क्रियाशीलबारे देखा परेका विवाद छिटो टुंग्याउन नेतृत्वसँग माग गरेको छ। Advertisement यस्तै समयमै महाधिवेशनको प्रक्रिया थाल्न पनि पौडेल पक्षको माग छ। बैठकमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री रामशरण महत र अर्जुननरसिंह केसी र मिनेन्द्र रिजाललगायत नेता उपस्थित थिए। आजको बैठकमा काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू पनि सहभागी थिए। बैठकपछि पूर्वसहमहामन्त्री केसीले विवादित ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट नयाँ अधिवेशन गर्नुपर्ने बताए। यस्तै वडालगायत चार तहबाट आएका क्रियाशीललाई मात्रै स...
४१ वटा राजनीतिक दलको दर्ता खारेज

४१ वटा राजनीतिक दलको दर्ता खारेज

देश, राजनीति, समाचार
१९ साउन, काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको उनले बताए । Advertisement आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ । जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने प्रवक्ता श्रेष्ठले बताए । आयोगले दर्ता खारेज भएका दलका केन्द्रीय पदाधिकारी, सदस्यहरुको नामसहितको विवरण पनि सार्वजनिक गरेको छ । यी हुन् खारेजीमा परेका दल र तिनका पदाधिकारी ...
सरकारका न्युनतम साझा कार्यक्रम ल्याएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

सरकारका न्युनतम साझा कार्यक्रम ल्याएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

देश, राजनीति
गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम एक/दुई दिनमा सार्वजनिक गर्ने तयारी भएको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदलले बनाइरहेको गठबन्धनबाट सरकारका साझा कार्यक्रमबारे शीर्ष नेतालाई बिफ्रिङ गरिसकिएको छ। कार्यदलले गरिरहेका कामबारे सोमबार अपरान्ह बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा ‘बिफ्रिङ’ गरिएको थियो। गठबन्धन सरकारको साझा कार्यक्रमलाई करिब अन्तिम रूप दिने काम भइरहेको छ।  Advertisement ‘कार्यदलले संसदलाई पुरै कार्यकाल चलाउने वातावरण बनाउनेदेखि लोकतन्त्र सुदृढ गर्ने र गठबन्धनलाई दीगो बनाउनेजस्ता विषय लगायतमा छलफल गरिरहेको छ। कार्यदलले आवश्यकताअनुसार छलफल गरेर साझा कार्यक्रमलाई अन्तिम रूप दिन्छ,’ कार्यदलका सदस्य रहेका नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरूङले भने। साझा कार्यक्रम...
श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

देश, राजनीति, समाचार
प्रेस काउन्सिल नेपालले कोरोना सङ्क्रमणको समस्यालाई देखाएर पत्रकारको सेवा सुविधा कटौती गर्ने र सेवाबाट निष्कासन गर्ने कार्यलाई तत्काल रोक्न सम्बन्धित मिडियालाई आग्रह गरेको छ ।   काउन्सिल अन्तर्गत श्रमजीवी पत्रकार हित तथा कानून उपसमितिको आज बसेको बैठकले नेपाल रिपब्लिका मिडिया प्रालिद्वारा सञ्चालित नागरिक दैनिकमा कार्यरत ३६ भन्दा बढी श्रमजीवी पत्रकारको सेवा सुविधा उपलब्ध नगराएको, सेवाबाट निष्कासन गर्न खोजेको जस्ता कार्यप्रति सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलब्ध नगराउने र सेवाबाटै निष्कासन गर्ने जस्ता कार्य नियम, कानून विपरीत भएको काउन्सिलको भनाइ छ ।  Advertisement नागरिक दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरूले व्यवस्थापनप्रति असहमति जनाउँदै गरेको आन्दोलनपछि पत्रकार र नागरिक व्यवस्थापन बीचको समझदारीको...
एमालेले गठन गर्‍यो नौ वटा विभाग, ओलीको नेतृत्वमा पार्टी स्कुल विभाग

एमालेले गठन गर्‍यो नौ वटा विभाग, ओलीको नेतृत्वमा पार्टी स्कुल विभाग

राजनीति
नेकपा एमालेको स्थायी कमिटी बैठकले नौ वटा विभाग गठन गरेको छ। सोमबार ललितपुरस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा बसेको कमिटी बैठकले नौ वटा विभाग गठन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। Advertisement उनले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै विभागसहित प्रमुखको नाम सार्वजनिक गरेका हुन्। एमाले पार्टीको नियमावलीमा २५ सदस्य राखेर विभाग गठन गर्न मिल्ने भए पनि अहिले थोरै सदस्य राखेको उनले बताए। विष्णु पौडेलको नेतृत्वमा १४ सदस्यीय संगठन विभाग, सुवास नेम्वाङको नेतृत्वमा १४ सदस्यीय संसदीय विभाग, विष्णु रिमालको नेतृत्वमा दुई सदस्यीय आर्थिक विभाग, प्रदीप ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय प्रचार विभाग गठन भएको उनले जानकारी दिए। ‘त्यस्तै, भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्यीय पर्यटन प्रयोजन विभाग, केपी शर्मा ओलीको नेतृत्वमा ११ सदस्यीय पार्टी ...
मन्त्रीले देशलाई घाटा हुने कुरा गरे ‘हुँदैन’ भन्ने कर्मचारी चाहन्छुः अर्थमन्त्री

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे ‘हुँदैन’ भन्ने कर्मचारी चाहन्छुः अर्थमन्त्री

देश, राजनीति
नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीले सोमबार पद बहाली गरेका छन्।  महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाइ गरिएको छ।  आगामी छ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ। मन्त्रालयमा आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान सचिवको विदाइ र नवनियुक्त सचिवको स्वागत गरे।  Advertisement उनले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिए। अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न उनले आग्रह गरे।  आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्...
कर्णालीका दुई मन्त्रीले भेटे गृहमन्त्री, कोरोना खोपबारे कुराकानी

कर्णालीका दुई मन्त्रीले भेटे गृहमन्त्री, कोरोना खोपबारे कुराकानी

देश, राजनीति, स्वास्थ्य
कर्णाली प्रदेशका दुई जना मन्त्रीले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्। Advertisement आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपाली र जलस्रोत तथा ऊर्जा मन्त्री दिनबन्धु श्रेष्ठले गृहमन्त्री खाणलाई आइतबार भेटेर कुराकानी गरेका हुन्। उनीहरूले कर्णाली प्रदेशमा भइरहेका गतिविधिबारे जानकारी गराएका थिए भने कोरोना खोपका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए। भेटका क्रममा गृहमन्त्री खाणले आवश्यक मात्रामा कोरोना खोप कर्णाली पठाउन आफूले पहल गर्ने बताएको गृहमन्त्री खाणको सचिवालयले जानकारी दिएको छ। ...