२०८२ चैत्र १६

राजनीति

चैतसम्म सबै नेपालीलाई नि:शुल्क कोरोना खोप

चैतसम्म सबै नेपालीलाई नि:शुल्क कोरोना खोप

राजनीति, समाचार, स्वास्थ्य
सरकारले चैतसम्म सबै नेपालीलाई कोरोना खोप दिने भएको छ। गठबन्धनका तर्फबाट आज सरकारका साझा कार्यक्रम सार्वजनिक गर्दै चैतभित्र सबैलाई निशुल्क रूपमा कोरोना खोप दिइने घोषणा गरिएको छ। Advertisement प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन्। सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्रीहरू पनि उपस्थित थिए। सरकारका साझा कार्यक्रम कार्यदलका संयोजकसमेत रहेका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका थिए। खड्काका अनुसार संयुक्त सरकारको साझा न्युनतम कार्यक्रममा चैतसम्म सबै जनतालाई निशुल्क रूपमा कोरो...
भूमी आयोग खारेज गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

भूमी आयोग खारेज गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

राजनीति
सर्वोच्च अदालतमा भूमीसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ। Advertisement विघटित भूमी आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका तर्फबाट अधिवक्ता महेश भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विपक्षी बनाइ आज दायर गरिएको रिट निवेदनमा भूमीसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गरिएको छ। रिट निवेदनमा भूमीहित दलितको संवैधानिक हक र भूमीहीन सुकुम्वासीको कानूनी मार्गलाई अनिश्चिततापूर्वक ढङ्गले अवरुद्ध गर्ने गरी भएको मन्त्रिपरिषद्को यही साउन १९ गतेको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको छ। आयोग खारेज हुँदा भूमीहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई  निर्धारित गर्ने प्रक्रियामा अवरोध पुगेको उल्लेख छ।...
संविधानले दिएको प्रावधान अनुसार नै विशेष अधिवेशन आह्वान : लुम्बिनी प्रदेश प्रमुख

संविधानले दिएको प्रावधान अनुसार नै विशेष अधिवेशन आह्वान : लुम्बिनी प्रदेश प्रमुख

देश, राजनीति, समाचार
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संविधानले दिएको प्रावधान अनुसार नै आफूले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको बताएका छन् । रिपोर्टर्स क्लब लुम्बिनीको स्मारिका विमोचन तथा सम्मान कार्यक्रमलाई आज बुटवलमा सम्बोधन गर्दै प्रमुख शेरचनले  संविधान भन्दामाथि केही पनि नहुने  भएकोले आफु संविधानको पालनकर्ता मात्र भएको बताए ।  Advertisement  उनले संविधानले आफूलाई कुनै पनि राजनीतिक पार्टीको नभनेकाले सोही अनुसार बुझ्न र व्यवहार आग्रह गर्दै विशेष अधिवेशन संविधान अनुसार नै आह्वान भएको  जिकिर  गरे । उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न विपक्षी दलहरु आफूकहाँ आएपनि तत्काल अधिवेशन आह्वान नगरी सरकार पक्षसँग छलफल गरेर मात्र आह्वान गरेको बताए । प्रदेश प्रमुख शेरचनले सकभर विना विवाद लुम्बिनी देखिएका जटिलताहरू हल गर्ने स्पष्ट पार्दै त्य...
आज चार जिल्लामा कार्यकर्ता भेला गर्दै महन्थ ठाकुर पक्ष

आज चार जिल्लामा कार्यकर्ता भेला गर्दै महन्थ ठाकुर पक्ष

राजनीति
जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पक्षले आज चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने भएका छन्। कार्यकर्ता भेला गर्दै हिँडेका ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोलगायतले आज तेस्रो दिन पनि भेलालाई निरन्तरता दिन लागेका छन्। जसपामा ठाकुर र उपेन्द्र यावद पक्षबीच आधिकारिकता विवाद थियो। निर्वाचन आयोगले यादवलाई जसपाको आधिकारिकता दिएको छ। Advertisement यससँगै ठाकुर पक्ष कार्यकर्ता भेला गर्न हिँडेका हुन्। आइतबार सुनसरी, सर्लाही, रूपन्देही र कञ्चनपुरमा ठाकुर पक्षले कार्यकर्ता भेला राखेको छ। यी भेलाका लागि नेताहरू जिल्ला जिल्लामा गएका छन्। सुनसरीमा सुरेन्द्र झा, सन्तोष मेहता, जयप्रकाश ठाकुर, अरविन्द साह गएका छन्। यस्तै सर्लाहीमा राजेन्द्र महतो, जितेन्द्र सोनल, अभिराम शर्माले कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्। रुपन्देहीमा सर्वेन्द्र नाथ शु...
‘कोरोनाको तेस्रो लहर सुरू हुने लक्षण देखिन थालेका छन्, अत्यन्त आवश्यकमा मात्र बाहिर निस्कनू’

‘कोरोनाको तेस्रो लहर सुरू हुने लक्षण देखिन थालेका छन्, अत्यन्त आवश्यकमा मात्र बाहिर निस्कनू’

देश, राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरू हुने लक्षण देखिन थालेको भन्दै सजग रहन आग्रह गरेका छन्। Advertisement शनिबार भिडिओ सन्देशमार्फत् उनले भनेका छन्, ‘तपाईं हामी सबै अहिले कोरोना महामारीको सामना गरिरहेका छौं। कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरू हुने लक्षण देखिन थालेका छन्। सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारी नियन्त्रण गर्न सम्भव छैन। हामी सबै मिलेरमात्र यो महामारीलाई पार लगाउन सक्छौं। त्यसैले म तपाईंहरूसँग आग्रह गर्दछु। अत्यन्त आवश्यक परेकोबेला मात्र बाहिर निस्कनू।’  बाहिर निस्कनै परे स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि उनले आग्रह गरेका छन्। ‘बाहिर निस्कनुअघि नाक र मुख छोपिने गरी मास्क लगाऔं, भौतिक दूरी कायम गरौं।  स्वास्थ्य सचेतनासम्बन्धी मापदण्ड पालन...
धामी बेपत्ता प्रकरणमा सरकारले भारतसँग कुरा गर्न नसक्नु बिपी कोइरालाकै अपमान- कोमल वली

धामी बेपत्ता प्रकरणमा सरकारले भारतसँग कुरा गर्न नसक्नु बिपी कोइरालाकै अपमान- कोमल वली

देश, राजनीति
राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुलाको जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक बिपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी छन्। शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको बताइन्। उनले विपी कोईरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु बिपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी हुन्। Advertisement उनले वर्तमान सरकारले मुलुक चलाउन नसक्ने र जनतालाई सुरक्षा पनि दिन नसक्ने बताइन्। ‘नेपाली जनताको अपमान हुँदा, तुइन काटेर एउटा युवालाई मारिँदा एक शब्द नबोल्ने? समिति बनाएर टार्ने? यही हो बिपीका अनुयायीहरुको चरित्र? यो बिपी कोइरालाको अपमान ह...
महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय बैठक

महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय बैठक

राजनीति
नेपाली कांग्रेसले महाधिवेशनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।  Advertisement साउन २८ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने उनले बताए।  बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिइएको छ।  भदौ १६ देखि १९ गतेसम्म कांग्रेसले महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशन सुनिश्चितताका लागि ४२ जना युवा नेताहरूले ध्यानाकर्षण पत्र बुझाएका थिए।  ...
भदौमा महाधिवेशन सम्भव छैन: महामन्त्री कोइराला

भदौमा महाधिवेशन सम्भव छैन: महामन्त्री कोइराला

देश, राजनीति
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अगामी भदौमा १४ औं महाधिवेशन सम्भव नरहेको जानकारी दिएका छन्। आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए। Advertisement उनले भने,‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ।’ पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्ने बताए। कांग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरूको माग रहेको उनले जानकारी दिए। उनले भने,‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु। संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ। सबै निर्वाचन लडे हारिन्छ। एउटामात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ।’ फरक प्र...
सत्तारूढ कार्यदलले प्रधानमन्त्री र शीर्ष नेतालाई बुझाएको प्रतिवेदनमा के छ?

सत्तारूढ कार्यदलले प्रधानमन्त्री र शीर्ष नेतालाई बुझाएको प्रतिवेदनमा के छ?

देश, राजनीति
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका नेताहरू सहभागी कार्यदलको बैठक। तस्बिरः प्रधानमन्त्रीको सचिवालय सत्तारूढ गठबन्धनले बनाएको कार्यदलले सरकारका न्युनतम साझा कार्यक्रमको प्रतिवेदन तयार पारेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।  शुक्रबार बिहान बालुवाटारमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कार्यदलले तयार पारेको प्रतिवेदन बुझाइएको हो। Advertisement ‘प्रधानमन्त्रीसहित गठबन्धनभित्र रहेका दलका शीर्ष नेताहरूलाई कार्यदलले प्रतिवेदन बुझाएको छ,’ कार्यदलका सदस्यसचिव केशवप्रसाद जोशीले भने, ‘प्रधानमन्त्रीले अध्ययन गरेर प्रतिवेदनका विषयबारे विस्तृत सार्वजनिक गर्नुहोला।’ उक्त प्रतिवेदनको नाम- संयुक्त सर...
जाजरकोटमा युवा कुट्ने वडाअध्यक्षको पक्षमा आन्दोलन

जाजरकोटमा युवा कुट्ने वडाअध्यक्षको पक्षमा आन्दोलन

देश, राजनीति, समाचार
भत्ता माग्न जाँदा स्थानीयलाई कट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाअध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले बुधबार पक्राउ गर्यो । नेपालीलाई बिहीबार मात्र जिल्ला सदरमुकाम खलङ्गा पुर्याइयो। प्रहरीले वडाअध्यक्षले स्थानीय १८ वर्षे युवक सर्पे दमाईलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सोधपुछका लागि भनेर पक्राउ गरिएको बतायो । सामाजिक सञ्जालमा वडाअध्यक्षको चर्को विरोध पनि भएको छ । जनता कुट्ने वडाअध्यक्षलाई कारबाही गर्ने सर्वत्र आवाज उठिरहेको छ । तर, ती वडाअध्यक्षका मतदाताहरू भने उनको पक्षमा आन्दोलनमा उत्रिएका छन् । बिहीबार उनलाई प्रहरीले जिल्ला सदरमुकाम पुर्याउँदा यता स्थानीयवासी भने ‘झुट्टा आरोप चाहिँदैन हाम्रो प्रतिनिधि फसाउन पाइँदैन’ जस्ता नाराहरू लगाएर विरोधमा उत्रिएका छन् । Advertisement वडाअध्यक्ष नेपालीलाई रिहाइ गर्न माग गर्दै गाउँ...