२०८२ चैत्र १६

राजनीति

सबै स्थानीय तहमा सूचना प्रविधिको पहुँच सुनिश्‍चित गर्न विकास समितिको निर्देशन

सबै स्थानीय तहमा सूचना प्रविधिको पहुँच सुनिश्‍चित गर्न विकास समितिको निर्देशन

देश, राजनीति, समाचार, सामाजिक
२७ साउन, काठमाडौं । संसदीय समितिले सबै स्थानीय तहमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले सबै स्थानीय तहको वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्रहरुमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो । Advertisement स्थानीय तहको आफ्नै समन्वयमा मुलुकको सुशासन र समृद्धिका लागि वडा तहसम्मै सूचना र प्रविधिको सुनिश्चित हुने गरी काम गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् । समितिले मुलुकमा सुशासन, समृद्धि र विकासका लागि डिजिटल पूर्वाधार तथा प्रविधिको विकास एवं बिस्तार गर्न अर्थ मन्त्रालयसँग समन्वय गरी डिजिटल नेपाल ऐन २०७६ को स्पष्ट कार्ययोजना बनाइ प्रभावक...
लुम्बिनीको विशेष अधिवेशन आह्वानविरूद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

लुम्बिनीको विशेष अधिवेशन आह्वानविरूद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

देश, राजनीति, समाचार
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्ने निर्णयविरूद्ध पेश भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।  Advertisement बुधबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अब उक्त मुद्दा संवैधानिक इजलासले हेर्ने भएको छ। मुख्यमन्त्रीको नियुक्ति, पुन: नियुक्ति, प्रदेशसभाको आह्वान र अन्त्य, अविश्वासको प्रस्ताव पेस, र छलफलका विषय गम्भीर संवैधानिक प्रश्न भएकोले संवैधानिक इजलासले हेर्ने आदेश गरिएको हो। ‘यी विषयहरूलाई संविधानको सही कार्यान्वन एवं संसदीय लोकतन्त्रका मान्यताहरूको रोहमा हेरिनु आवश्यक देखिन्छ’, आदेशमा भनिएको छ। लुम्बिनी प्रदेश प्रमुख कार्यालयले आजका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेको थियो। उक्त आह्वान संविधानविपरीत भएको भन्दै एमालेका प्रदेश सभा सदस्य लिला गिरीले रिट ...
कांग्रेसका जिल्ला सभापतिहरूले दिए नेतृत्वलाई पाँच सुझाव

कांग्रेसका जिल्ला सभापतिहरूले दिए नेतृत्वलाई पाँच सुझाव

राजनीति
सभापति शेरबहादुर देउवासहित शीर्ष नेतृत्वलाई पाँच बुँदे सुझाव दिँदै नेपाली कांग्रेसको जिल्ला सभापति भेला सकिएको छ। सोमबार र मंगलबार ठमेलको होटल यात्रीमा भेला गरेपछि बुधबार जिल्ला सभापतिहरूले विज्ञप्ति जारी गर्दै ५ बुँदे सुझाव दिएका छन्। Advertisement भेलामा सहभागी काभ्रे कांग्रेस सभापति मधु आचार्यका अनुसार क्रियाशील सदस्यतामा देखिएका विवाद छिट्टै हल गरी समयमै महाधिवेशन गर्न जिल्ला सभापतिहरूले जोड दिएका छन्। ‘न्यायपूर्ण तवरले क्रियाशील सदस्यता दिइनुपर्छ। यसमा देखिएका विवाद हल गरी महाधिवेशन तोकिएकै समयभित्र गर्नुपर्छ,’ उनले भने, ‘क्रियाशीलका विवाद समाधान नगरी महाधिवेशन महोत्सव हुन सक्दैन।’ आफूहरूले दिएका पाँच बुँदे सुझाव नेतृत्वले अस्वीकार गरेमा जिल्ला सभापतिहरूले जस्तोसुकै कदम पनि चाल्न सक्ने चेतावनी उनले दिए। जिल्ला सभापतिहरूले क्रियाशी...
अष्टलक्ष्मी शाक्य भन्छिन्- अब वडा तहसम्म संगठन विस्तार गरेर ओलीलाई अन्तिम धक्का दिन्छौं

अष्टलक्ष्मी शाक्य भन्छिन्- अब वडा तहसम्म संगठन विस्तार गरेर ओलीलाई अन्तिम धक्का दिन्छौं

राजनीति
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूहरुले वडा तहसम्म नै संगठन विस्तार गर्ने बताएकी छन्। शाक्यले अध्यक्ष केपी शर्मा ओली निरंकुश र सर्वसत्तावादी ढंगले अघि बढ्न खोजेको बताएकी छन्। कम्युनिष्ट आन्दोलन जोगाउन आफूहरु एमालेमै रहेर संघर्ष गर्ने योजनामा रहेको भए पनि अहिले अलि अफ्ठ्यारो अवस्था आएको उनले बताइन्। Advertisement ‘कम्युनिष्ट आन्दोलनको उचाइ एमालेका कारण भएको हो, केपी ओलीका कारण होइन। हामीले त्यहाँ गएर ओलीको गलत सोचसँग वैचारिक संघर्ष गर्दै पार्टी जोगाउने हो,’ कुराकानीमा उनले भनिन्, ‘ओली झ्यालढोका बन्द गरेर ल आइज त भनेर झनै निरंकुश बन्न खोजेका छन्। अब त्यहीँ भित्रकाले बोल्न सुरु गर्दैछन्। अहिले अलिकति अफ्ठ्यारो भएको छ।’ उनले देशैभर समानान्तर गतिविधिलाई तीव्रता दिइने पनि बताएकी छन्। ‘वडा तहसम्मै संगठन विस्तार गर्छौं,’ उनले भनिन्, ‘एकच...
संसदमा ओलीको सम्बोधनपछि बाबुरामको टिप्पणी- जो चोर उसको ठूलो स्वर!

संसदमा ओलीको सम्बोधनपछि बाबुरामको टिप्पणी- जो चोर उसको ठूलो स्वर!

देश, राजनीति
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि प्रधानमन्त्रीबाट हटेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पहिलोपटक प्रतिनिधि सभा बैठकमा बोले। Advertisement प्रमुख प्रतिपक्षी एमालेका नेता ओलीले सरकार परिवर्तन हुनु, गठबन्धन बन्नु तथा सरकारका न्युनतम साझा कार्यक्रममाथि केन्द्रित रहेर अभिव्यक्ति दिएका दिए। ओलीले प्रतिनिधि सभामा आफ्ना भनाइ सकेलगत्तै सत्तारूढ जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले ओलीका कुराप्रति कटाक्ष गरेका छन्। ‘सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मूर्खको,’ भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘भर्खरै आफ्नो कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कुलमा पढेको कवितांशको याद आयो। पटकपटक संविधानको उलंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना! उल्टै जो चोर उसको ठ...
समानुपातिक खोप वितरण गर्न र कालोबजारी रोक्न सर्वोच्चको आदेश

समानुपातिक खोप वितरण गर्न र कालोबजारी रोक्न सर्वोच्चको आदेश

राजनीति, समाचार
सर्वोच्च अदालतले कोरोनाको खोप समानुपातिकरूपमा सबैको पहुँचमा पुर्‍याउन, पर्याप्त अक्सिजनको व्यवस्था गर्न र औषधी लगायतका वस्तुमा कालोबजारी रोक्न सरकारलाई आदेश गरेको छ।  अधिवक्ता शैलेन्द्र अम्बेडकर र मोहना अन्सारीले दिएको रिटमा जेठ ११  गते फैसला गर्दै न्यायाधीश दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासले खोप बेलैमा ल्याउन, कोरोना उपचारको व्यवस्था गर्न लगायतका आदेश दिएको छ। उक्त फैसलाको पूर्णपाठ अदालतले सार्वजनिक गरेको छ।  Advertisement 'खोप खरिदको निमित्त राज्यको स्रोत साधनको प्रयोग प्राथमिकताको आधारमा गर्न, गराउन। गरिब तथा भौगोलिक विकट अवस्थामा रहेका जनतामा समेत समानुपातिक तरिकाले खोपको पहुँचको सुनिश्चितता गर्नू, गराउनू,' फैसलामा भनिएको छ, '२४ अक्सिजनको अभावमा धेरै मानिसले ज्यान गुमाउनु परेको अवस्थालाई ध्यानमा राख्दा दीर्घकालीन रूपमा नै यसको सहज व्...
प्रक्रिया छोट्याएर भदौ १६ मै महाधिवेशन गर्ने पक्षमा पौडेल पक्ष

प्रक्रिया छोट्याएर भदौ १६ मै महाधिवेशन गर्ने पक्षमा पौडेल पक्ष

राजनीति
महाधिवेशन नजिकिए पनि क्रियाशील सदस्यता सम्बन्धी विवाद कायमै रहेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यहरूले सोमबार भिन्नै बैठक गरे। महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा भएको अनौपचारिक बैठकमा पार्टीलाई संकटमा जान नदिन १४ औं महाधिवेशन भदौ १६ देखि नै गर्नुपर्नेमा केन्द्रीय सदस्यहरूले जोड दिएका थिए। भदौ १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन छ। तर साउन १२ मा गर्ने भनेको वडा अधिवेशनदेखि गाउँ/नगर, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका प्रभावित भइसकेको छ। Advertisement तर पनि नयाँ कार्यतालिका ल्याइएको छैन। वरिष्ठ नेता पौडेलले प्रक्रिया छोट्याएर भए पनि भदौ १६ मै महाधिवेशन गरिनुपर्ने बताए। ‘महाधिवेशन तोकिएको समयमा गरेर अझै पनि पार्टीको वैधानिकता जोगाउन सकिने ठाउँ छ,’ पौडेलले ...
एमालेमा शक्तिशाली अध्यक्षको प्रस्ताव

एमालेमा शक्तिशाली अध्यक्षको प्रस्ताव

राजनीति, समाचार
नेकपा एमालेमा शक्तिशाली अध्यक्षको प्रस्ताव गरिएको छ। सोमबार तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसेको स्थायी कमिटी बैठकमा उक्त प्रस्ताव गरिएको हो। अधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित हुने विधान प्रस्ताव गरिएको छ। Advertisement महाधिवेशनबाट २२५ सदस्यीय केन्द्रीय समिति र एक जना निर्वाचित हुन्छन्।  २ जना उपाध्यक्ष, एक जना महासचिव दुई जना उपमहासचिव सात जना सचिव केन्द्रीय समितिले चयन गर्छ। तपाईंहरूले शक्तिशाली अध्यक्षको प्रस्ताव गर्नु भएको हो? प्रश्नमा प्रवक्ता प्रदीप ज्ञवालीले विगतको अनुभवले अध्यक्षलाई काम गर्न अप्ठ्यारो महसुस भएकाले अध्यक्षमात्र निर्वाचित हुने परिकल्पना गरिएको बताए। ‘पदाधिकारी पनि निर्वाचित भएर आउने,  अध्यक्ष पनि निर्वाचित भएर आउने भएकोले त्यसले क्षेत्राधिकार बाँडफाँटमा अप्ठ्यारो पर्‍यो’, बैठकपछि पत्...
ठमेलमा पौडेल पक्षका जिल्ला सभापतिको भेला सुरू

ठमेलमा पौडेल पक्षका जिल्ला सभापतिको भेला सुरू

राजनीति
नेपाली कांग्रेसका जिल्ला सभापतिहरू काठमाडौंस्थित ठमेलमा भेला भएका छन्। पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेपछि समयमै महाधिवेशन गर्न दवाव दिन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले सोमबार काठमाडौंमा भेला गरेका हुन्। Advertisement भेला ठमेलस्थित यात्री होटलमा भएको छ। एक जना जिल्ला सभापतिले दिएको जानकारीअनुसार मंगलबारसम्म भेला चल्नेछ। महाधिवेशन समयमै गर्न र पार्टीलाई संकटमा नपुर्‍याउन सभापति शेरबहादुर देउवालाई सुझाव र दवाव दिने तयारीस्वरूप भेला गरिएको हो। ‘महाधिवेशन अन्योलमा परेको र कार्यतालिका पनि प्रभावित भएको अवस्थामा सामुहिक रूपमा छलफल गरी निष्कर्ष निकालेर सभापति शेरबहादुर देउवालाई समयमै महाधिवेशन गर्न दवाव दिन लागेका हौं,’ एक जिल्ला सभापतिले भने, ‘भेला सुरू भइसकेको छ। साथीहरूले आफ्ना भनाइ राखिरहनुभएको छ।’ भेलामा ...
लोकसेवा आयोग र विद्युत् विधेयक स्वीकृत

लोकसेवा आयोग र विद्युत् विधेयक स्वीकृत

राजनीति
राष्ट्रियसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ। बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७५’ र ‘विद्युत् विधेयक २०७७’ लाई सर्वसम्मतिले स्वीकृत गरेको हो।  बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्रीका तर्फबाट लोकसेवा विधेयक विचार गरियोस् भन्ने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो।  विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै सांसदहरुले निजामती सेवालाई सक्षम र सेवामुखी बनाउने महत्वपूर्ण विधेयक भएकाले यसलाई चाँडोभन्दा चाँडो पारित गरी कार्यान्वयनमा ल्याउन माग गरे। Advertisement सांसदहरु खिमलाल देवकोटा, उदया शर्मा पौडेल, प्रकाश पन्थ, डा विमला राई पौडेल, कोमल वलीले छलफलमा भाग ल...