२०८२ पुष १०

राजनीति

महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय बैठक

महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय बैठक

राजनीति
नेपाली कांग्रेसले महाधिवेशनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।  Advertisement साउन २८ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने उनले बताए।  बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिइएको छ।  भदौ १६ देखि १९ गतेसम्म कांग्रेसले महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशन सुनिश्चितताका लागि ४२ जना युवा नेताहरूले ध्यानाकर्षण पत्र बुझाएका थिए।  ...
भदौमा महाधिवेशन सम्भव छैन: महामन्त्री कोइराला

भदौमा महाधिवेशन सम्भव छैन: महामन्त्री कोइराला

देश, राजनीति
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अगामी भदौमा १४ औं महाधिवेशन सम्भव नरहेको जानकारी दिएका छन्। आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए। Advertisement उनले भने,‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ।’ पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्ने बताए। कांग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरूको माग रहेको उनले जानकारी दिए। उनले भने,‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु। संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ। सबै निर्वाचन लडे हारिन्छ। एउटामात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ।’ फरक प्र...
सत्तारूढ कार्यदलले प्रधानमन्त्री र शीर्ष नेतालाई बुझाएको प्रतिवेदनमा के छ?

सत्तारूढ कार्यदलले प्रधानमन्त्री र शीर्ष नेतालाई बुझाएको प्रतिवेदनमा के छ?

देश, राजनीति
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका नेताहरू सहभागी कार्यदलको बैठक। तस्बिरः प्रधानमन्त्रीको सचिवालय सत्तारूढ गठबन्धनले बनाएको कार्यदलले सरकारका न्युनतम साझा कार्यक्रमको प्रतिवेदन तयार पारेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।  शुक्रबार बिहान बालुवाटारमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कार्यदलले तयार पारेको प्रतिवेदन बुझाइएको हो। Advertisement ‘प्रधानमन्त्रीसहित गठबन्धनभित्र रहेका दलका शीर्ष नेताहरूलाई कार्यदलले प्रतिवेदन बुझाएको छ,’ कार्यदलका सदस्यसचिव केशवप्रसाद जोशीले भने, ‘प्रधानमन्त्रीले अध्ययन गरेर प्रतिवेदनका विषयबारे विस्तृत सार्वजनिक गर्नुहोला।’ उक्त प्रतिवेदनको नाम- संयुक्त सर...
जाजरकोटमा युवा कुट्ने वडाअध्यक्षको पक्षमा आन्दोलन

जाजरकोटमा युवा कुट्ने वडाअध्यक्षको पक्षमा आन्दोलन

देश, राजनीति, समाचार
भत्ता माग्न जाँदा स्थानीयलाई कट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाअध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले बुधबार पक्राउ गर्यो । नेपालीलाई बिहीबार मात्र जिल्ला सदरमुकाम खलङ्गा पुर्याइयो। प्रहरीले वडाअध्यक्षले स्थानीय १८ वर्षे युवक सर्पे दमाईलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सोधपुछका लागि भनेर पक्राउ गरिएको बतायो । सामाजिक सञ्जालमा वडाअध्यक्षको चर्को विरोध पनि भएको छ । जनता कुट्ने वडाअध्यक्षलाई कारबाही गर्ने सर्वत्र आवाज उठिरहेको छ । तर, ती वडाअध्यक्षका मतदाताहरू भने उनको पक्षमा आन्दोलनमा उत्रिएका छन् । बिहीबार उनलाई प्रहरीले जिल्ला सदरमुकाम पुर्याउँदा यता स्थानीयवासी भने ‘झुट्टा आरोप चाहिँदैन हाम्रो प्रतिनिधि फसाउन पाइँदैन’ जस्ता नाराहरू लगाएर विरोधमा उत्रिएका छन् । Advertisement वडाअध्यक्ष नेपालीलाई रिहाइ गर्न माग गर्दै गाउँ...
माओवादी छाडेका जनप्रतिनिधिलाई प्रचण्डको भ्याकेटबारे जानकारी दिन सर्वोच्चको आदेश

माओवादी छाडेका जनप्रतिनिधिलाई प्रचण्डको भ्याकेटबारे जानकारी दिन सर्वोच्चको आदेश

देश, राजनीति, समाचार
नेकपा (माओवादी केन्द्र)बाट स्थानीय निकायमा निर्वाचित भएर एमालेमा प्रवेश गरेका जनप्रतिनिधिलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्याकेटबारे जानकारी दिन सर्वोच्च अदालतले आदेश गरेको छ । बिहीबार न्यायाधीशहरू आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासले जनप्रतिनिधिलाई भ्याकेट बारे जानकारी दिन आदेश गरेको हो । तीन न्यायाधीशको पूर्ण इजलासले सो मुद्दामा अर्को पेशी तोक्न आदेश गरेको छ । Advertisement सर्वोच्चले यसअघि माओवादी केन्द्रले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न माओवादी केन्द्रको नाममा अन्तरिम आदेश दिएको थियो । सो आदेशविरुद्ध प्रचण्डले साउन ७ मा भ्याकेट निवेदन दर्ता गराएका थिए । नेकपा विभाजनपछि एमालेतर्फ लागेका स्थानीय जनप्रतिनिधिलाई माओवादीले कारबाही गरेपछि उनीहरू अदालत गएका थिए । माओवादी केन्द्रले फागुन २३ मा एमालेमा लागेका मेयर...
कोभिड १९ विरूद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव

कोभिड १९ विरूद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव

राजनीति, समाचार, स्वास्थ्य
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड १९ विरुद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। समितिको बिहीबारको बैठकले कोभिड १९ विरुद्धको खोप सबै नेपालीले लगाउन पाउनेगरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हो। त्यसैगरी समितिले तोकिएको लक्षित समूहलाई खोप दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ। Advertisement फ्रन्टलाइनका काम गर्ने मजदुर, श्रमिक, व्यवसायी, शिक्षक, विद्यार्थी लगायतलाई प्राथमिकतामा राख्न पनि समितिले सरकारलाइृ सुझाव दिएको छ। त्यसैगरी कोभिडको तेस्रो लहर आउनसक्नेमा सचेत हुँदै आईसियू, अक्सिजन, भेन्टीलेटर र जनशक्ति थप गर्ने सम्बन्धमा स्वास्थ्य मन्त्रालयले गम्भिरतापूर्वक लिनुपर्ने पनि समिति सभापति जयपुरी घर्तीले बताए। समिति बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज ...
कांग्रेस महाधिवेशन गर्न ४२ नेताले बुझाए पत्र

कांग्रेस महाधिवेशन गर्न ४२ नेताले बुझाए पत्र

देश, राजनीति
नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुनिश्चितताका लागि ४२ जना युवा नेताहरूले ध्यानाकर्षण पत्र बुझाएका छन्। नेता रञ्जित कर्ण, मनोजमणि आचार्य, सुवासकुमार पोखरेल, श्रीराम लामिछाने, दीपक भट्टराई, रिता खनाल र प्रतिमा गौतमसहित ४२ जनाले हस्ताक्षरसहित महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन्। Advertisement कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेललाई आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सबल कांग्रेस निर्माणका लागि युवा अभियानले ध्यानाकर्षण पत्र बुझाएको हो। मुख्यसचिव पौडेलमार्फत् सभापति शेरबहादुर देउवालाई उनीहरूले ध्यानाकर्षण पत्र पठाएका हुन्। भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि महाधिवेशन अनिश्चित बनेको उनीहरूको भनाइ छ। उनीहरूले ३ बुँदामा सभापति देउवालाई ध्यानाकर्षण गराएका छन्। बारा, सप्तरीलगायतमा क्रियाशील सदस्यता टुंग्याउन पनि उनीहरूले माग...
गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै बन्छ: गृहमन्त्री खाण

गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै बन्छ: गृहमन्त्री खाण

राजनीति
गृहमन्त्री बालकृष्ण खाणले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै निर्माण सम्पन्न हुने बताएका छन्। Advertisement रूपन्देही-काठमाडौं सम्पर्क समाजसँग बुधबार गृह मन्त्रालयमा खाणले उक्त कुरा बताएका हुन्। ‘गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हामी छिटोभन्दा छिटो निर्माण सम्पन्न गराउँछौं,’ गृहमन्त्री खाणले भने। साथै उनले उद्योगीलाई जलविद्युतलगायत क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए। गृहजिल्ला रूपन्देहीमा रहेको नेपाल ग्यास उद्योग, तिलोत्तमा बहुमुखी सहकारी संस्था, सिदार्थ गौतम बुद्ध क्याम्पस, होटेल एभरेस्ट ग्रुप, रिलायन्स फाइन्यान्सलगायतका पदाधिकारीसँग गृहमन्त्रीले छलफल गरेका थिए। खाणलाई गृहमन्त्री भएकोमा उनीहरूले बधाई पनि दिएका छन्। कोरोनाका बेला संघसंस्थाले जिल्लामा गरेका सहयोगप्रति गृहमन्त्री खाणले धन्यबाद दिएका थिए। ...
बैंकको लापरबाहीले जाजरकोटका ९२० बालबालिका पोषण भत्ताबाट वञ्चित

बैंकको लापरबाहीले जाजरकोटका ९२० बालबालिका पोषण भत्ताबाट वञ्चित

देश, राजनीति, समाचार
२० साउन, सुर्खेत । बैंक र नगरपालिकाको लापरबाहीका कारण जाजरकोटको भेरी नगरपालिकाका ९२० बालबालिका पोषण भत्ता पाउनबाट बञ्चित भएका छन् । एनआईसी बैंक जाजरकोट शाखा र नगरपालिकाको लापरबाहीका कारण नगरभित्रका ४ वडाका ९२० बालबालिकाले आर्थिक वर्ष २०७७÷७८ को पोषण भत्ताको रकम नपाएका हुन् । Advertisement नगरको वडा नम्बर ४ का १३९, वडा नम्बर ८ का २६३, वडा नम्बर ९ का २१० र वडा नम्बर १० का ३०८ जना बालबालिकाले आर्थिक बर्ष २०७७÷७८ मा पाउनुपर्ने पोषणभत्ताको रकम ४७ लाख रुपैयाँ फ्रिज भएको हो । नगरपालिकाले आफ्नो प्रक्रिया पूरा गरेपनि बैंकका कर्माचारीको लापरबाहीका कारण रकम फ्रिज भएको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले बताए । ‘यसअघि सम्बन्धित वडाले बालबालिकाका अभिभावकलाई नगद बुझाउदै आएका थिए, तर पछिल्लो समय सरकारले अनिवार्य बैंक खातामा भत्ता जम्मा गर्नुपर्ने व्यवस्...
राष्ट्रपतिका लागि नारायणहिटी ताकेको सरकार किन प्रहरी एकेडेमी हटाउने निर्णयमा?

राष्ट्रपतिका लागि नारायणहिटी ताकेको सरकार किन प्रहरी एकेडेमी हटाउने निर्णयमा?

देश, राजनीति
चार-पाँच वर्षयता राष्ट्रपति कार्यालयले सरकारसँग माग गर्दै आएको छ, शीतल निवासलाई सुविधासम्पन्न बनाइयोस्। नयाँ सरकार गठनपछि राष्ट्रपति कार्यालयबाट आउने यो माग अझ बढेको थियो। यसैलाई सम्बोधन गर्न सरकारले गत जेठ ९ गते एउटा कार्यदल गठन गर्यो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीको नेतृत्वमा गठन भएको चार सदस्यीय कार्यदलमा राष्ट्रपति कार्यालयका सचिव, गृहसचिव र भवन विभागका महानिर्देशक थिए। सरकारले उक्त कार्यदललाई राष्ट्रपति कार्यालय शीतल निवासबाट सार्न सकिने उपयुक्त ठाउँ खोज्न निर्देशन दियो।  कार्यदलले प्रमुख विकल्पका रूपमा नारायणहिटी दरबार रोजेको थियो। जहाँ अत्याधुनिक सुविधासम्पन्न कार्यालय, अन्य भौतिक संरचना तथा खुला जमिन थियो। Advertisement यसबीच राष्ट्रपतिको आवागमन र जीवनशैलीमा ‘राजसी ठाँट’ देखिएको जनगु...