२०८१ बैशाख २३

आफू धितोपत्र बोर्डमा नबस्ने भन्दै महासंघ अध्यक्षलाई ढकालको पत्र

९ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा आफू बस्न नचाहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्ष गोल्छालाई पत्र लेखेका छन् । ढकाल महासंघको प्रतिनिधित्व गर्दै धितोपत्र बोर्डको सञ्चालक छन् ।

आफू व्यवसायमै केन्द्रित रहने भन्दै महासंघको तर्फबाट अर्को प्रतिनिधि पठाउन अध्यक्ष गोल्छालाई ढकालले पत्र लेखेको जानकारी दिए ।


Advertisement


‘म महासंघको वरिष्ठ उपाध्यक्ष भएको हिसाबले मलाई प्रतिनिधि पठाइएको थियो, मभन्दा अगाडि शेखर जी वरिष्ठ उपाध्यक्ष हुँदा उहाँ नै सञ्चालक हुनु भएको थियो,’ ढकालले भने, ‘मलाई पहिले पनि सञ्चालकको रुपमा काम गर्ने मन थिएन, तर वरिष्ठ उपाध्यक्ष नै प्रतिनिधिको रुपमा जाने प्रचलन भएका कारण आफू त्यहाँ गएको थिएँ ।’

सर्वोत्तम सिमेन्टको शेयर वरिष्ठ उपाध्यक्ष ढकालको भाइको नाममा समेत छ । ढकाल नै सञ्चालक रहेका बेला भाइले शेयर किनेको भन्दै बिवाद समेत भएको थियो । यस विषयमा महासंघले विज्ञप्ति नै निकालेर सञ्चालक हुनुभन्दा अगावै कानूनअनुसार शेयर किनिएको प्रष्टीकरण दिएको थियो ।

ढकालले पनि आफ्नो सट्टा अर्को कोही पदाधिकारीलाई प्रतिनिधि पठाउन पद छाडेको बताए । सर्वोत्तमको शेयरको कारण राजनीनामा नदिएको उनको भनाइ छ ।

‘मलाई महासंघले प्रतिनिधिको रुपमा धितोपत्र बोर्डको सञ्चालकको रुपमा पठाउनुभन्दा अगाडि नै शेयर किनिएको हो’ उनले भने, ‘मैले कहिले नियम विपरीत काम गरेको छैन र कहिल्यै गर्दिन ।’

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap