


काठमाडौं – लगानी होल्डिङ कम्पनीको स्वरूपमा स्थापना हुँदै गरेको AFTI Investments ले आफ्नो अधिकृत पूंजी १० करोड रूपैयाँ तोकेको छ। सुरुमा सानो पूँजीबाट संचालन गर्दै क्रमशः बिस्तार गरिने लक्ष्य लिएको यस संस्थाको प्रारम्भिक चुक्ता पुँजी अपेक्षाकृत कम रहने छ।
कम्पनीका सीईओ श्रद्धेश आचार्यले प्रारम्भिक चरणमा १ करोड रूपैयाँ लगानी गर्ने तयारीमा छन्। संस्थाको स्थायीत्व र बिस्तारसँगै आचार्यले आफ्नो ३५ प्रतिशत शेयर स्वामित्व कायम गर्ने दीर्घकालीन योजना बनाएका छन्।
AFTI Investments ले नेपालमा विभिन्न क्षेत्रको सम्भावनालाई नियाल्दै नयाँ युगको होल्डिङ कम्पनी को रूपमा अगाडि बढ्ने बताइएको छ। कम्पनीले आफ्ना लगानीहरू नेपाली कम्पनीहरूमा इक्विटी, साझेदारी, वा नयाँ सम्भावनाहरूको खोज मा केन्द्रित गर्नेछ।
सञ्चालक समितिको नेतृत्वमा नेपाली वित्तीय क्षेत्रका एक उच्च प्रतिष्ठित र अनुभवी व्यक्तित्व लाई अध्यक्ष बनाउने तयारी भइरहेको छ। सञ्चालक समितीमा प्रमुख शेयरधनीहरू, विभिन्न क्षेत्रका विज्ञहरू तथा संस्थापकहरू रहनेछन्, जसले कम्पनीलाई दूरदर्शी रणनीति तर्फ लैजाने विश्वास लिइएको छ।
हाल AFTI Investments ले सीमित नेपाली नागरिकहरूबाट प्रवर्धक शेयरधनीको रूपमा लगानी संकलन गरिरहेको छ।
कम्पनी निकट स्रोतका अनुसार AFTI Investments भविष्यमा नेपालकै एक अग्रणी बहुआयामिक लगानी संस्था बन्ने लक्ष्यसहित अगाडि बढेको छ। संस्था बुद्धिमत्तापूर्ण लगानी प्रविधि र सामाजिक उत्तरदायित्वमा समेत केन्द्रित हुनेछ।


