२०८२ पुष ५

राजनीति

गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई प्रगाढ बनाउँछः प्रधानमन्त्री

गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई प्रगाढ बनाउँछः प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्। गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले पर्वको सन्दर्भ पारेर खेलिने डेउडा र यस अवधिमा हुने अन्य सांस्कृतिक गतिविधिले गौराको सम्पन्नतापूर्ण सांस्कृतिक ओजलाई झनै बढाउने गरेको बताएका छन्। ‘यस पर्वमा समाजका सम्पूर्ण सदस्य घरपरिवारमा एकत्रित हुने र सामूहिकरूपमा समुदायपिच्छे मुख्य चाडका रूपमा मनाउने परिपाटीले सामाजिक सद्भाव, समुदायको एकता तथा आपसी सहकार्यसहित सामाजिक सम्बन्धलाई जीवन्त बनाउन विशेष भूमिका खेलेको छ,’ शुभकामना सन्देशमा उनले भनेका छन्। प्रधानमन्त्री दाहालले बहुजातीय, बहुभाषिक एवं बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक अनुभूति सबै तहमा गराउन यस्ता पर्वले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त ...
कोसी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

कोसी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

राजनीति
काठमाडौं । कोसीमा प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभा अन्त्य गरेका हुन् ।  एमालेले संसद् चल्न नदिने देखिएपछि सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । सरकारले बजेटसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । गएको सोमबार मुख्यमन्त्री उद्धव थापाले सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीको समेत मत जोडेर विश्वासको मत लिएका थिए । जसको विरोधमा एमालेले आज संसद् अवरुद्ध गरेको थियो । उसले सर्वोच्च अदालतमा पनि रिट दायर गरिसकेको छ । ...
प्रतिनिधिसभाको बैठक बस्दै 

प्रतिनिधिसभाको बैठक बस्दै 

राजनीति
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।  प्रतिनिधिसभाको बैठक करिब एक महिनापछि बुधबार (हिजो)बाट बसेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण साउन १० गतेबाट बैठक अवरुद्ध हुँदै आएको थियो ।
सर्वोच्चले भन्यो– पूर्वाधार विकासका नाममा सांसद आफैँले रकम छुट्याउँदा स्वार्थ बाझिन्छ

सर्वोच्चले भन्यो– पूर्वाधार विकासका नाममा सांसद आफैँले रकम छुट्याउँदा स्वार्थ बाझिन्छ

देश, राजनीति, समाचार
निर्वाचन क्षेत्रमा छुट्याएको बजेट कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसद मातहत खर्चिने गरी छुट्याएको बजेट कार्यान्वयउन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता त्रिलोकबहादुर चन्दसहितले दायर गरेको रिटमा बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेको संवैधानिक इजलासले अन्तरिम आदेश  जारी गरेको हो ।  सर्वोच्चले राष्ट्रिय योजना आयोग वा प्रदेश योजना आयोग वा सम्बन्धित मन्त्रालयको सिफारिसमा नपरेका विषयमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा सांसद आफैँले आफ्नो संसदीय निर्वाचन क्षेत्रको पूर्वाधार विकासको नाममा रकम छुट्याउँदा स्वार्थ बाझिने अवस्था पनि रहने टिप्पणी गरेको छ । ...
‘चन्द्रयान–३’को सफल अवतरणपछि भारतलाई प्रधानमन्त्रीले दिए बधाई

‘चन्द्रयान–३’को सफल अवतरणपछि भारतलाई प्रधानमन्त्रीले दिए बधाई

राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'चन्द्रयान–३'को सफल अवतरण भएपछि छिमेकी राष्ट्र भारतलाई बधाई दिएका छन् ।  उनले भारतको सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् ।  "संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको छ । यस ऐतिहासिक कार्यका निम्ति समकक्षी महामहिम नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु," प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत भनेका छन् । बुधबार भारतीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ यान चन्द धरातलमा अवतरण भएको थियो । भारतको यो पहिलो अन्तरिक्षयान हो, जुन पृथ्वीको उपग्रहमा अवतरण भएको छ । रुस, अमेरिका र चीनपछि भारत यो सफलता हात पार्ने चौथो देश बने...
निर्वाचन क्षेत्रको विकास गर्न भन्दै सांसदलाई दिइएको रकम खर्च नगर्न सर्वोच्चको आदेश

निर्वाचन क्षेत्रको विकास गर्न भन्दै सांसदलाई दिइएको रकम खर्च नगर्न सर्वोच्चको आदेश

राजनीति
सर्वोच्च अदालतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको रकम खर्च नगर्न अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशसिंह राउत र अनिल सिन्हाको संवैधानिक इजलासले बुधबार यस्तो आदेश गरेको हो। ‘२०८०/८१ को विनियोजन ऐनमा व्यवस्था गरिएका समान प्रकृतिका संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी व्यवस्थाहरू तथा ती व्यवस्थाहरूको लागि छुट्याइएको विनियोजित रकम खर्च गर्ने कार्य प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नभएसम्म कार्यान्वयन नगर्नू/नगराउनू भनि अन्तरिम आदेश जारी गरिएको छ,’ उक्त आदेशमा भनिएको छ। अधिवक्ता त्रिलोकबहादुर चन्दले संघीय संसद सचिवालय समेतलाई विपक्षी बनाई उक्त रिट दायर गरेका थिए। ...
विश्वविद्यालय विधेयक शिक्षा समितिमा पठाइयो

विश्वविद्यालय विधेयक शिक्षा समितिमा पठाइयो

राजनीति
काठमाडौं । नेपाल विश्वविद्यालय विधेयक २०८०, लाई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ । आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पन्न भएको विधेयकलाई छलफलका लागि समितिमा पठाउन स्वीकृति दिएको हो । त्यस्तै, बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पनि सदनमा पेस भएको छ । ...
प्रतिनिधिसभाको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर

प्रतिनिधिसभाको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर

राजनीति
काठमाडौं । सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गरेका छन् । जसमध्ये निर्वतमान मन्त्री अमनलाल मोदीलाई लेखा समितिमा परेका छन् । नगिना यादव अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट कानुन समितिमा नाम हेरफेर भएको छ । संगिता मण्डल अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, सोनु मुर्मु उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, किरणकुमार शाह कानुनबाट महिला तथा सामाजिक मामिला समितिमा हेरफेर भएको छ । कानुन समितिमा रहेका डा. शशांक कोइराला अन्तर्राष्ट्रिय सम्बन्ध समिति, रामहरी खतिवडा काुनन समितिबाट राज्यव्यवस्था समिति, रूपमा सोसी चौधरी कानुनबाट कृषि समिति, अब्दुल खान कृषिबाट उद्योग समिति, विमला सुवेदी कृषिबाट कानुन समिति र योगेश...
यी १६ सांसद, जो १० भन्दा बढी प्रतिनिधिसभा बैठकमा उपस्थित भएनन्

यी १६ सांसद, जो १० भन्दा बढी प्रतिनिधिसभा बैठकमा उपस्थित भएनन्

राजनीति
काठमाडौं । १० वा सोभन्दा बढी प्रतिनिधिसभा बैठकमा उपस्थित नभएका सांसदहरूको सूचना सभाले स्वीकृत गरेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिको लागि पेस गरेका थिए । उक्त सूचना बहुमतले स्वीकृत गरेको छ । उपस्थित नहुने सांसदहरूमा दुर्लभ थापा, मनोरमा शेरचन, विनोद चौधरी रहेका छन् । यस्तै, चन्द्र भण्डारी, विनाकुमारी थनैत, वर्षमान पुन, आशा विक रहेका छन् । अनुपस्थित हुनेहरुमा डा. नारायण खड्का, जीवन परियार, विष्णुकुमार कार्की, धवल शमशेर जवरा, किशोरसिंह राठोर, ज्ञानबहादुर शाही, सपना राजभण्डारी, चन्दा चौधरी, एलपी सवा लिम्बू रहेका छन् । ...
कोसी सरकारविरुद्धको रिटमा बिहीबारलाई पेसी तोकियो

कोसी सरकारविरुद्धको रिटमा बिहीबारलाई पेसी तोकियो

राजनीति
काठमाडौं । कोसी सरकारविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिट दर्ता भएसँगै बिहीबारको पेसी तोकिएको छ । कोसीका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले मत दिएर बहुमत पुर्‍याएको विरोधमा एमाले सर्वोच्च पुगेको हो । बिहीबार अन्तरिम आदेश भएमा थापा नेतृत्वको सरकार फेरि संकटमा पर्ने छ । यसअघि सभामुखको हस्ताक्षरबाट बहुमत पुर्‍याएका थापा नेतृत्वको सरकार साउन १० मा सर्वोच्चको आदेशबाटै ढलेको थियो । ...