राजस्व संकलन नियमित, परिस्थितिबारे प्रादेशिक कार्यालयका प्रमुख छलफलमा
विराटनगर । कोसी प्रदेशमा बजेटविहीनताको अवस्था आएर ‘बजेट हालिडे’ भएपनि प्रदेश सम्वद्ध कार्यालयले राजस्व संकलन लगायतका काम पूर्ववतः अवस्थामै गरिरहेका छन् ।
सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश प्रदेशसभाबाट पारित नभएपछि कोसी प्रदेश बजेटविहीन अवस्थामा पुगेको हो ।
यसबाट प्रदेश सरकार मातहतका कार्यालयले गर्ने राजस्व संकलन र साधारण खर्च के हुने भन्ने द्विविधा भएको छ । तर, कतिपय प्रादेशिक कार्यालयले सोमबार पनि पहिले जस्तै नियमित कार्य गरिरहेका छन् ।
प्रदेश सरकारको मुख्य राजस्व संकलनको रूपमा रहेको यातायात व्यवस्था कार्यालयले पूर्ववतः रूपमै कार्यालय सञ्चालन गरेको छ । यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुख राजकुमार गुप्ताले काम रोक्ने वा राजस्व संकलन नगर्ने भन्ने कुनैपनि जानकारी नआएको बताए ।
“हामीले नियमित काम गरिरहेका छौँ । सवारी चालक अनुमतिपत्र र सवा...









