२०८२ पुष ४

राजनीति

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

राजनीति
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण, मन्त्रिपरिषद्को गठन र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइनेछ । यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले संविधानानुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० सभासमक्ष पेस गर्नेलगायत सम्भावित कार्यसूची छ । ...
आरजुलाई कृषि समिति सभापति उम्मेदवार बनाउने कांग्रेसको तयारी, अरू को-को ?

आरजुलाई कृषि समिति सभापति उम्मेदवार बनाउने कांग्रेसको तयारी, अरू को-को ?

राजनीति, समाचार
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आरजु राणा देउवालाई कृषि समिति सभापतिको उम्मेदवार बनाउने तयारी गरेको छ। संसदीय समितिको निर्वाचनका लागि आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोननयन दर्ताको समय निर्धारण गरिएको छ। कांग्रेसले पाउने ४ समिति सभापतिको उम्मेदवार आज बिहान टुंगो लगाएको एक सांसदले जानकारी दिए। उनका अनुसार राज्य व्यवस्था समिति सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइ समितिमा सहमहामन्त्रीसमेत रहेका  जीवन परियार, कृषिमा आरजु राणा ,अर्थ समितिमा सन्तोष चालिसेलाई उम्मेदवार बनाउने तयारी छ। यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले ४, माओवादी केन्द्रले २, एमालेले ३ र एकीकृत समाजवादी, जसपा र जनमत पार्टीलाई १/१ समिति पाउने सहमति भएको थियो। एमालेले पाउने तीन जनामध्ये दुईजना उम्मेदवारको टुंगो लागिसकेको...
विकास समिति सभापतिमा माओवादी केन्द्रले माधव सापकोटालाई उम्मेदवार बनाउने

विकास समिति सभापतिमा माओवादी केन्द्रले माधव सापकोटालाई उम्मेदवार बनाउने

राजनीति, समाचार
नेकपा (माओवादी) केन्द्रले प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको सभापतिमा माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ। प्रतिनिधि सभाका १० वटा विषयगत समितिको नेतृत्वका लागि आज मनोनय दर्ता हुँदै छ। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनय दर्ता गर्ने गरी निर्वाचन तालिका निकालिएको छ। पूर्वाधार विकास समितिमा सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद माधव सापकोटा र  कानुन, न्याय तथा मानवअधिकारी समितिमा नुवाकाेटकी विमला सुवेदीको नाम टुंगो लागेको एक नेताले जानकारी दिए। ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजबाट अघि बढेको छ। यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि संसदीय समितिले सभापति पाउन लागेका हुन्। यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्...
संसदीय समितिका सभापतिको उमेदवारी मनोनयन आज

संसदीय समितिका सभापतिको उमेदवारी मनोनयन आज

देश, राजनीति, समाचार
काठमाडौं । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो । समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उमेदवारी मनोनयन प्रस्ताव दर्ता गराउनसक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ । दल मूल–जिम्मेवारीप्रति पछि रहेको संकेत छ : पूर्वसभामुख नेम्वाङसविधानसभाका अध्यक्ष स...
एमालेको सचिवालय बैठक भदौ १३ गते बस्ने

एमालेको सचिवालय बैठक भदौ १३ गते बस्ने

राजनीति
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक भदौ १३ गते बस्ने भएको छ । सिरहाको विष्णुपुरकट्टीमा भदौ ९ गते बस्नेगरी तय भएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो । बैठक भदौ १३ गते बिहान ११ः३० बजे सिरहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए । ...
रास्वपाले पनि संसदीय समितिको निर्वाचनमा उम्मेदवारी दिने

रास्वपाले पनि संसदीय समितिको निर्वाचनमा उम्मेदवारी दिने

देश, राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिको निर्वाचनमा उम्मेदवारी दिने भएको छ। शुक्रबार साँझ सिंहदरबारस्थित कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। उनका अनुसार समर्थक, प्रस्तावक र उम्मेदवार पुग्ने समितिमा उम्मेदवारी दिने तयारी पार्टीले गरेको हो। 'जसरी सत्तापक्ष र प्रमुख प्रतिपक्षले भागबन्डा गरेका छन्, त्यसमा हाम्रो सैद्धान्तिक विमति हो,' परियारले भने, 'त्यसैले केही समितिका सभापतिमा हामी उम्मेदवारी दिन्छौं।' संसदीय समितिका सभापतिहरू छान्न आगामी भदौ ११ गते निर्वाचन हुँदैछ। निर्वाचन भएसँगै संसदीय समितिहरूले नेतृत्व पाउने भएका छन्। दलहरूबीच नेपाली कांग्रेसले चार, नेकपा एमालेले तीन, नेकपा माओवादी केन्द्रले दुई, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी ले १/१ समितिको सभापति पाउने गरी स...
१८ महिनापछि राजसंस्थाको एजेन्डामा फर्किए कमल थापा

१८ महिनापछि राजसंस्थाको एजेन्डामा फर्किए कमल थापा

राजनीति
राप्रपा नेपालले फेरि संवैधानिक राजतन्त्र एजेन्डालाई आत्मसात् गरेको छ। काठमाडौंमा शुक्रबार केन्द्रीय समिति बैठक राखेर अध्यक्ष कमल थापाले पार्टीको विचार अबदेखि संवैधानिक राजसंस्था हुने निर्णय गराए। यसबारे जानकारी दिन राप्रपा नेपालले घोषणा सभा नै गरेको थियो। सभामा बोल्दै थापाले संवैधानिक राजसंस्थासहित प्रजातन्त्र पार्टीको विचार हुने बताए। ‘राप्रपा नेपालको मुलभूत विचार संवैधानिक राजसंस्थासहित प्रजातन्त्र हुनेछ। राजसंस्था पुनर्स्थापना पार्टीको कार्यनीति हुनेछ,’ उनले भने। थापाले राजसंस्था आत्मसात् गरेको घोषणा गर्दा स्वागतमा नेता, कार्यकर्ताले ताली बजाए, हुटिङ गरे। २०६३ मा राजासहित प्रजातन्त्रको मूल विचारलाई बोकेर राप्रपा नेपाल स्थापना भएको थियो। तर २०७८ मा राप्रपा महाधिवेशनमा थापा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग हारेका थिए। त्यसपछि तत्कालीन राजा ज्ञा...
सरकार ढाल्न केही व्यक्तिहरू धूप हालेर हिँडे : प्रधानमन्त्री

सरकार ढाल्न केही व्यक्तिहरू धूप हालेर हिँडे : प्रधानमन्त्री

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार ढाल्न केही व्यक्तिहरू धूप हालेर हिँडेको बताएका छन् ।  शुक्रबार पर्साको वीरगञ्जमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विभिन्न प्रकरणको फाइल खोल्नेदेखि विभिन्न क्षेत्रमा सरकारले राम्रा काम गरेकाले केहीले सरकार ढाल्ने प्रयास गरेको बताए ।  उनले अब आफूलाई मुलुकका लागि राम्रोबाहेक अरू केही नभएको बताए । जीवनको उत्तरार्धमा राम्रो काम गरेर नेपाली जनताले सम्झनलायक काम गर्ने विचार रहेको भन्दै प्रचण्डले देशका लागि राम्रा काम गरेर ढुक्कसँग मर्ने रहर मात्रै रहेको बताए ।  प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई सुदृढ गर्दै मोर्चाले समाजवादीको क्रान्ति गर्ने पनि बताए । ...
पार्टीका तीन सदस्य भएका सबै संसदीय समितिमा रास्वपाले उमेदवारी दिने

पार्टीका तीन सदस्य भएका सबै संसदीय समितिमा रास्वपाले उमेदवारी दिने

राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिको सभापतिमा उमेदवारी दिने भएको छ ।  समिति सभापतिमा उमेदवारी दिन उमेदवारसहित प्रस्तावक र समर्थक गरी तीनजना अनिवार्य चाहिने भएकाले रास्वपाले आफ्नो क्षमताले भ्याउने सबै समितिमा सभापतिका लागि उमेदवारी दिने निर्णय गरेको हो । शुक्रबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भदौ ११ गते हुने संसदीय समितिको सभापतिका लागि क्षमताले पुग्ने समितिमा नेतृत्वका लागि उमेदवारी दिने र क्षमता नपुग्ने समितिका लागि आन्तरिक छलफल गर्ने जानकारी दिए ।  बैठकमा पार्टी सभापति रवि लामिछानेले लम्पी स्किनसम्बन्धी सार्वजनिक महत्त्वको विषय भदौ १७ गतेपछि बस्ने संसद्को बैठकमा छलफल गर्ने निर्णय गरेको बताए ।  ...
संसद्‌मा गहन अध्ययन र बहसबिनै विधेयक पारित हुन्छन् : अध्यक्ष राउत

संसद्‌मा गहन अध्ययन र बहसबिनै विधेयक पारित हुन्छन् : अध्यक्ष राउत

राजनीति, समाचार
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके साउत)ले संसद्‌मा गहन अध्ययन र बहस बिनै विधेयकहरू पारित गर्ने गरिएको भन्दै आपत्ति जनाएका छन् ।  शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू संसद् छिरेको छोटो समयमै संसद्प्रति वितृष्णा जागेको बताए ।  “सबैले संसद् ऐन, कानुन निर्माण गर्ने थलो हो भन्ने सोचेपनि बिना छलफल र अध्ययन बहुमतको आडमा ऐनहरू पारित भएको छ,” उनले भने ।  उनले अहिलेको संसदीय व्यवस्थाबाट देशलाई आवश्यक पर्ने ऐनहरू गहन र विषयवस्तुमा आधारित भएर छलफल गरी पारित गर्न कठिनाइ रहेको बताए ।  उनले ऐन बनाउँदा कुनै एक कर्मचारीले लेख्ने र त्यो ऐन पढ्न माग्दा समेत कमजोरी पत्ता लाग्ने डरले सचिवहरूले नदिने गरेको दाबी गरे ।  ...